एमाले मिसन ग्रासरुट अभियान अन्तर संवाद तथा प्रगति विवरण सार्वजनिक
पूर्णपुष्टि, चैत्र २८ । नेकपा एमाले उदयपुरले मिसन ग्रासरुट अभियान लिएर जिल्लाको सबै ठाउँ पुगेको जनाएको छ । आज पत्रकार सम्मेलन गर्दै पार्टी जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले आठ स्थानीय तहको ७५ वडामा ६५० टोल कमिटि बनाएको जनाए । संगठनात्मक कामलाई प्राथमिकता दिदैँ जिल्ला कमिटीमा ११८, पालिका कमिटिमा ७२०, वडा कमिटिमा २ हजार ३२५ र टोल कमिटिमा ९ हजार ७५० जना आवद्ध गराएको बताए ।
एमालेले स्थानीय तहमा जहाँ अगुवाई त्यहाँ राम्रो काम गर्ने, जनताको सुखदुुःखका साथी बन्ने, कम्यूनिष्ट आचार र योगदानको सम्मान गर्ने, निर्वाचनको प्रतिवद्धता सुनुवाई गर्ने र बामपन्थी एकता बढ्ने जनाएको छ । “समृद्धिका लागी सञ्चार कर्म, प्रेस चौतारीको मुल मर्म” भन्ने नारका साथ सञ्चालन गरिएको कार्यक्रम गाईघाटको आर एन होटलमा गरिएको थियो ।
प्रेस चौतारीको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी र...









