गाईघाटमा व्यवसायीहरुलाई १५ दिने सिलाई मेसिन मर्मत तालिम सुरु
पूर्णपुष्टि, चैत्र २७ । गाईघाटमा सोमवारबाट १५ दिने सिलाई मेसिन मर्मत तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना तथा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, उदयपुरको समन्वयमा तालिम सुरु भएको हो । तालिममा २० जना सिलाई व्यवसायीहरुले सहभागीता जनाएको छ ।
सहभागी व्यवसायीहरुलाई सिलाई व्यवसायमा सहजता दिने भन्दै उक्त तालिम प्रदान गरिएको घरेलु उद्योगका कार्यालय प्रमुख नरेन्द्र पराजुलीले जनाए । पराजुलीले तालिमलाई सिरियस तरिकाले सिक्ने र प्रयोगमा ल्याउनु पर्ने जनाए ।
प्रमाण पत्र र सहभागीताले मात्रै आफ्नो व्यवसायन नफस्टाउने भन्दै भविष्यमा उक्त तालिमबाट भरपुर फाईदा लिने गरी सिक्नु पर्ने बताए । तालिमका लागि आवश्यक सामाग्रीहरु कुनै पनि कमि हुन नदिने गरी उपलब्ध गराउने भन्दै मेसनरीमा सिकाईनु पर्ने सबैकुरा कन्जुसाई नगरी सिकाउन प्रशिक्षकलाई कार्यालयले अनुरोध समेत गरे । नेपाल कपडा तथा स...









