सिङ्घिया नदीमा फेला पर्योपर्यो नयाँ प्रजातीका माछा
पूर्णपुष्टि,चैत्र २७ । विराटनगरको पूवी सिमाना भएर बग्ने सिङ्घिया नदीमा नयाँ प्रजातिको माछा फेला परेको छ । झापा र मोरङका पाँच नदीमा गरिएको खोज अनुसन्धानका क्रममा नेपालमै पहिलो पटक नयाँ प्रजातीको माछा एम्ब्लिसेप्स वाइखोमी’ फेला परेको अनुसन्धानकर्ताले जनाएको छ । अनुसन्धानकर्ताहरूले २०७८ मङ्सिरदेखि २०७९ असोजसम्म कोशी प्रदेशका दुई जिल्लामा बग्ने पाँच नदीमा अनुसन्धान गरेका थिए ।
अनुसन्धानकर्ताहरू जसहाङ लिम्बू, दीपक राजवंशी, भरतराज सुब्बा, अस्मित सुब्बा तथा विदेशीहरू जिनक्वान याङ र चेनहोङ लीको समूहले सिङ्घियाको तल्लो भाग जहदा पुल र बुधनगर गरी दुईवटा अध्ययन बिन्दुमा नयाँ प्रजातिको माछा फेला परेको दाबी गरेको छ । यो माछा नेपालका लागि नयाँ रेकर्ड भन्दै अमेरिकाबाट प्रकाशित इन्टरनेसनल जर्नल अफ जुलोजीको २०२३ अप्रिलको अङ्कमा प्रकाशित छ ।
अनुसन्धानमा संलग्न त्रिभुवन विश्वविद्यालयको जुलोजी विषयका पूर...








