Friday, August 7News That Matters

Month: ३ वर्ष अगाडि

सन्दिप विरुद्धको मुद्धा आज सुनुवाई हुने

सन्दिप विरुद्धको मुद्धा आज सुनुवाई हुने

समाचार
पूर्णपुष्टि, चैत्र २६ । क्रिकेटर सन्दिप लामिछाने विरुद्ध मुद्धाको सुनुवाई आज हुने भएको छ । जिल्ला अदालत काठमाण्डौंले बलात्कार आरोप लागेका लामिछाने विरुद्धको मुद्धाको पेसी आज आईतबार तोकेको हो । अघिल्लो साता पालो नपाएको कारण मुद्धाको सुनुवाई हुन नसकेकोले तेस्रो प्राथमितामा राख्दै आजै सुनुवाई हुने सम्भावना रहेको छ । गोला प्रकियाबाट इजालस छानिएपछि मात्र इजालस निर्धारण गरिने छ । गोला प्रक्रियाबाट इजलास चयन गरेपछि मात्रै इजलास निर्धारण हुनेछ ।...
सप्तरीमा ज्वाईको कुटपिटबाट ससुराको मृत्यु

सप्तरीमा ज्वाईको कुटपिटबाट ससुराको मृत्यु

समाचार
पूर्णपुष्टि,चैत्र २६ । सप्तरीको बोदेबर्साइन नगरपालिका–६ खामगडामा ज्वाइँको कुटपिटबाट घाइते भएका ससुराको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ बर्षीय छठु महतो रहेका छन् । गत पुस ११ गते घरायसी विवादका कारण बोदेबर्साइन नगरपालिका–७ का आफ्नै छोरी ज्वाइँ २३ वर्षीय रामचन्द्र महतोको कुटपिटबाट ससुरा छठु गम्भीर घाइते भएका थिए । कुटपिटबाट महतोको नाक, मुख, टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेको उनको स्थानीय जीवन ज्योति अस्पतालमा समान्य उपचार पश्चात थप उपचारको लागि धरान लगिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए । उनका अनुसार स्वास्थ्यमा सुधार हुँदा गत चैत १८ गते घर फर्केर औषधि खाइरहेका उनको शनिबार दिउँसो मृत्यु भएको हो । कुटपिटमा संलग्न ज्वाइँमाथि छठुकी श्रीमती मायाबति नौनियाको ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएकी थिइन् । ज्वाइँ महतो अहिले पुर्पक्षका लागि थुनामा छन् ...
गाईघाटमा ट्रकको ठक्करबाट मृत्यु हुनेको पहिचान खुल्यो

गाईघाटमा ट्रकको ठक्करबाट मृत्यु हुनेको पहिचान खुल्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र २६ । उदयपुरको मदनभण्डारी लोकमार्ग अन्तरगत त्रियुगा नगरपालिका ११ स्थित मेनचोक नजिकै ट्रकको ठक्करबाट मृत्यु हुँनेको पहिचान खुलेको छ । ट्रकको ठक्करबाट मृत्यु हुँनेमा त्रियुगा नगरपालिका वडा नम्बर १४ स्थित साउनेका अन्दाजी ४५ बर्षिय तारिणी मगर रहेको प्रहरीले जनाएको । आज आईतबार बिहान करिव पौने ६ को समयमा मदनभण्डारी लोकमार्गमा पर्ने मेनचोक नजिकै पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको मे १ ख २१४८ नं को मालबहाक ट्रकले प्र.नं.१–०५–००१ प.६१५९ नम्बरका मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घट्ना स्थलमै मृत्यु भएको थियो । मोटरसाईकललाई ठक्कर दिने ट्राक ड्राइभरलाई भने आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुर लगगिएको जनाएको छ ।...
रोजगारको सिलसीलामा दैनिक ३ हजार भन्दा बढी नेपाली विदेशिन्छन्

रोजगारको सिलसीलामा दैनिक ३ हजार भन्दा बढी नेपाली विदेशिन्छन्

समाचार
पूर्णपुष्टि,चैत्र २६ । नेपालको पछिल्लो तथ्यांक हेर्नेहो भने दैनिक जसो युवाहरु रोजगार सिलसीलामा औपचारिक रुपमा विदेशिइरहेको सरकारी तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागका अनुसार गएको फागुनमा श्रमस्वीकृति लिएर ९९ हजार ८३९ नेपाली विदेशिएका छन् । यो पोहोर फागुनको तुलनामा २३ दशमलव २९ प्रतिशत बढी हो । पोहोर फागुनमा ८० हजार ९७७ नेपाली श्रमस्वीकृति लिएर विदेशिएका थिए । औपचारिक रूपमा रोजगारीका लागि विदेश जान विभागबाट श्रमस्वीकृति लिनुपर्छ । सरकारी तथ्यांकले दैनिक उक्त संख्याका नेपाली रोजगारीका लागि विदेश गइरहेको देखाए पनि वास्तविक संख्या भने त्योभन्दा निकै बढी छ ।...
गाईघाटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

गाईघाटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र २६ । उदयपुरको गाईघाटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । आईतवार विहान त्रियुगा नगरपालिका ११, स्थित मुख्यचोकको पश्चिम दिसा पर्ने चौकमा प्रदेश नं.१–०५–००१ प.६१५९ नम्बरको मोटरसाईकललाई पश्चिम तर्फबाट आउँदै गरेको मे १ ख २१८४ नम्बरको ट्रकले ठक्कर दिदाँ मोटरसाइकल चालकको घट्ना स्थलमै मृत्यु भएको हो । मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुर पठाएको प्रहरीले जनाएको छ । यस घट्ना बारे थप समाचार आउँन बाकी छ ।    ...
वडा नं. ९ स्तरीय हाजिरी जवाफ प्रतियोगितामा नवउदय टोलविकास संस्था प्रथम

वडा नं. ९ स्तरीय हाजिरी जवाफ प्रतियोगितामा नवउदय टोलविकास संस्था प्रथम

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र २५ । उदयपुरको त्रियुगा नगरपालिका वडा ९ स्तरीय अन्तर टोल विकास संस्थाको हाजिरी जवाफ प्रतियोगितामा नवउदय टोल विकास संस्था प्रथम भएको छ । शनिवार नवउदय टोल विकास संस्थाको आयोजनामा सम्पन्न प्रतियोगितामा आयोजक टिमले प्रथम स्थान हासिल गरेको हो । “नवउदय टोल विकासको आह्वान,बाल वालिकाहरुलाई गरौँ प्रोत्साहण” भन्ने मुन नाराको साथ त्रिपुरेश्वर माहादेव मन्दिर परिसरमा भएको हाजिरी जवाफ प्रतियोगितामा वडा नं.९का बिभिन्न २७ वटा टोल विकास संस्थाहरुले प्रतिस्पर्धामा सहभागित जनाएको थिए । कार्यक्रममा वडा क्षेत्रमा रहेका बिभिन्न विद्यायलयहरुबाट कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुले प्रत्यक्ष सहभागिता जनाएको नवउदय टोल विकास संस्थाका अध्यक्ष तुलसी भुसण निरौलाले जानकारी दिए । उनका अनुसार बार्षिक परिक्षा दिएका बालबालिकाहरुलाई लक्षीत यस कार्यक्रमले विद्यार्थीहरुलाई गुणस्तर शैक्षिक प्राप्त हुने र क्ष...
भष्ट्रचारीले मात्र रास्वपाको आलोचना गर्छ : रवी लामिछाने

भष्ट्रचारीले मात्र रास्वपाको आलोचना गर्छ : रवी लामिछाने

राजनीति, समाचार
पूर्णपुष्टि,चेत्र २५ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापती रवी लामिछानेले भ्रष्ट्रचारीले मात्र रास्वपाको र आफ्नो आलोचना गर्ने गरेको बताएका छन् । शनिबार तनहुँको चुनावी सभामा बोल्दै उनले आफ्ना आलोचकको इतिहास र काम हेर्दा त्यस्ता व्यक्तिहरुलाई भ्रष्ट्रचार अभियोगमा जेल हाल्नुपर्ने खालको रहेको बताएका हुन् । हामिलाई प्रश्न गर्ने मानिसहरुलाई हाम्रो सरकार बन्यो भने भ्रष्ट्रचारको आरोपमा जेल हाल्नको लागी त्यस्ता व्यक्तिहरुको लिष्टसम्म तयार गरिरहेको छौं ‘उनले भने’ त्यस्तो व्यक्तिलाइ मैले जवाफ दिन जरुरी छैन । सर्वसाधरणले सोधेको प्रश्नको जवाफ जहाँ पनि दिन तयार रहेको र त्यस्ता भ्रष्ट्र मान्छेको एउटा पनि जवाफ दिदिन किनकी त्यस्तालाई त जेल कुच्ने हो उनले भने । मुलुक आज यो अवस्था तिर पुग्नु बर्षौदेखी शासन गर्नेहरुको कारण रहेको भन्दै उनिहरु जवाफदेही हुनुपर्ने बताए । जनताको भोट लिएर गएपछि देश छाड्न बाध्य ...
गाईघाट स्ववलम्वन लघुवित्तमा अर्को लफडा : पेन्सनको बचतनै नलगी कागजमा लगेको देखाएको भन्दै आक्रोस

गाईघाट स्ववलम्वन लघुवित्तमा अर्को लफडा : पेन्सनको बचतनै नलगी कागजमा लगेको देखाएको भन्दै आक्रोस

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २५ । गाईघाट स्थित स्ववलम्व महिला लघुवित्त संस्थाका एक महिला सदस्यले आक्रो पोखेकी छिन् । उनले पेन्सन बापतको बचत आफुले नलगेको तर कागजमा भने सहिछाप सहित लगेको प्रमाण देखाएको भन्दै आक्रोस पोखेकी हुन् । उनि सँगै अन्य महिला सदस्यहरु थप आक्रोस बन्दै आएको छ । यस भन्दा पहिले एक महिलाले आफ्नो २७ बर्षको जम्मा बचत ५४ हजार मात्रै संस्थाले देखाएपछि आपत्ती जनाईकी थिईन् । त्यस लगत्तै शुक्रबार त्रिनपा ५ देउरी चोककी सरस्वती पन्तले पनि आफुले पैसानै लगेको कागज देख्दा आफु छाँगाबाट खसे जस्तो भएको जनाईन् । उनले आफ्नो पेन्सन बापत लिनु पर्ने पैसा आफुलाई लिएको थाहै नभएको जनाईन् । ती बृद्धाले आफु कहिले पनि त्यस संस्थामा नआउने छोराहरुले घरबाट नजिकै रहेको अफिसमै किस्ता तिरिदिने गरेको जनाईन् । आफु नआईनै पेन्सन बचत लिएको देखाएपछि ती महिला आक्रोसित बनेकी हुन् । ती महिलाका अनुसार आफुले पाउने पेन्सन ब...
समिट अपार्टमेन्ट आसपासका घरहरु भासिन थालेपछि स्थानीयहरु भागाभाग

समिट अपार्टमेन्ट आसपासका घरहरु भासिन थालेपछि स्थानीयहरु भागाभाग

समाचार
पूर्णपुष्टि,चैत्र २५ । ललितकपुरको बखुण्डोल स्थित निर्माणधीन समिट अपार्टमेन्ट आसपासको घरहरु अचानक जमिन मुनी भासिन थाले पछि स्थानीयबासिन्दाहरु भागाभार भउको छ । शुक्रबार रातिको समय अपार्टमेन्ट वरपरका घरहरु जमिनमा भासिनथाले पछि त्यहाँका स्थानीयहरुको भागदौड पच्चिएको हो । भागदौडको क्रममा कहि स्थानीयहरु घाइते भएको छ । निर्माणाधीन अपार्टमेन्ट वरिपरिका केही घर क्षतिग्रस्त भएका छन् भने केहीको एकतलाको घर जति भासिएको छ । नक्सा पास नै नगरी र आफूहरूसँग अनुमति समेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेको स्थानीयबासिन्दाको आरोप छ । उनीहरुले आफूहरुको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था मिलाउन माग गरेका छन् ।...
ताप्लेजुङमा डोको प्रतियोगिताको उपाधी रमेश लिम्बुलाई

ताप्लेजुङमा डोको प्रतियोगिताको उपाधी रमेश लिम्बुलाई

खेलकुद, समाचार
पूर्णपुष्टि,चैत्र २५ । औद्योगिक कृषि तथा पर्यटन मेलाकोे अवसरमा आयोजित डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि फक्लाङलुङ गाउँपालिकाका रमेश लिम्बुले जितेका छन् । आज शनिवार आयोजित प्रतियोगितामा लिम्बुले १३ किलोमिटरको दूरी एक घण्टा चार मिनेट ३१ सेकेन्डमा पुरा गर्दै उपाधी हात पारको हो । फुङलिङस्थित पुरानो बैंकबाट सुकेटार आसपासको सानो पाथीभरा मन्दिरसम्मको १३ किलोमिटरको दूरी सहभागीले १५ किलो बालुवासहितको भारी डोकोमा बोकेर दौडेर पूरा गरेका थिए । उक्त प्रतियोगितामा मैवाखोला गाउँपालिकाका प्रकाश लिम्बुले भने निर्धारित दुरी एक घण्टा चार मिनेट ४४ सेकेण्डमा पुरा गर्दै उप–विजेता बनेका हुन् । त्यस्तै सोही फक्ताङलुङकै धत्रबहादु कार्कीले भने तेस्रो स्थानमै चित्त बुझाएको छ । उनले एक घण्टा पाँच मिनेट ३० सेकेण्डमा दूरी पूरा गरेको हो । यस प्रतियोगितामा ३२ जनाले सहभागीता जनाएका थिए । प्रतियोगितामा प्र...