कोशी प्रदेश लेखिएको बोर्ड हटाउन र छाप, लेटर प्याड नचलाउन बेलका नगरलाई ज्ञापन पत्र
पूर्णपुष्टि, ३१ ।
किरात राई यायोख्खा बेलका नगर कार्यसमितिले पहिचानको आन्दोलनलाई सहयोग गर्न बेलका सरकारलाई अनुरोध गरेको छ ।
समितिले उदयपुरको बेलका नगरपालिकालाई मंगलबार कोशी लेखेको बोर्ड हटाउन र छाप लेटर प्याड प्रयोग नगर्न भन्दै ज्ञापन पत्र बुझाएको हो । पहिचान पक्षधर सहित बिभिन्न राजनितिक दलहरु समेतले ज्ञापन पत्र बुझाएको हो ।
प्रदेशको नाम राख्दा ७२ घन्टा अगाडि नै सुचना हुनु पर्ने तर प्रदेश नं। १ को नाम सुटुक्क कोशी राखिएको भन्दै अहिले विभिन्न चरणको आन्दोलन भइरहेको छ। आन्दोलनको क्रममा एकजना पदम कुमार लिम्बु ूलाजेहाङ्गू सहिद भइसक्नु भएको छ भने कैयौं घाइते भइ केही अझै उपचाररत नै हुनुहुन्छ।
अर्को तर्फ सुरक्षा निकायका पनि धेरैजना घाइते हुनु भएको छ।
हिजोका दिनमा १ नं। प्रदेशको नाम कोशी प्रदेश राख्दा समर्थन जनाएता पनि अहिले गल्ती महसुस गरिरहनु भएको छ र जनताको मर्म, चाहाना र भावना बिपरि...









