Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

मैत्रीपूर्ण खेलमा आज नेपाल र फिलिपिन्स खेल्दै

मैत्रीपूर्ण खेलमा आज नेपाल र फिलिपिन्स खेल्दै

खेलकुद, समाचार
पूर्णपुष्टि,जेष्ठ ३२ । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा आज फिलिपिन्ससँग खेल्दैछ । नेपालले घरेलु टोली फिलिपिन्ससँग उसैको मैदान रिजल मेमोरियलमा खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार दिउँसो पौने ५ बजे सुरु हुनेछ । भारतमा आयोजना हुने १४औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफ च्याम्पियनसिप आगामी असारको पहिलो साता भारतको बेंगलुरुमा सुरु हुनेछ । साफ च्याम्पियनसिप भारतको बेङ्गलुरुमा असार ६ देखि १८ गतेसम्म हुनेछ । च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बङ्लादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्स सहभागी हुँदैछन् । कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा साफ खेल्न लागेका हुन् । असार ६ गते हुने नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ ।...
आज विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस मनाइदै

आज विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस मनाइदै

समाचार
पूर्णपुष्टि,जेष्ठ ३२ । विश्वमा लगभग सबै देश अनि महादेशहरुमा गएका सन् २०१५ देखि सन् २०३० सम्ममा अग्रज उमेर सुमहका मान्छेहरुको सख्याँमा वृद्धि आउने छ । बढ्दो स्वास्थ सेवामा पहुँच, जीवनको गुणस्तरमा बृद्धि लगायत अन्य जीवन रक्षक परिवेश र सुविधाले मान्छेको औसत आयू बढ्दै छ, यसका कारण अग्रज उमेर समुहका मान्छेहरुको सख्याँ वढ्दै छ अनि त्यससंगै बढिरहेको छ । विश्व जनसख्याँको यो ठूलो हिस्सा बोकेका हिस्सालाई आदर अनि सम्मानका साथ व्यवहार गर्न नसकिने हो भने विश्वमा सकल मानव अधिकार र स्वतन्त्रताको सिद्धान्त नै गलत साबित हुने देखिन्छ । अग्रज दुव्र्यवहारका सिमाहरु शारीरीक कुटपीट देखि लामो समयसम्म हुने मानसिक आघातसम्म पनि हुन सक्दछ । अग्रजहरु माथि हुने यस्ता दुव्र्यवहारका विषयमा खासै अनुसन्धान या अध्ययन भएको पाँइदैन तर बृद्धबृद्धा भएपछि हामीले वहाँहरुलाई गर्ने व्यवहार अनि सम्वोधनले जानाजान या अन्जानमा पनि ...
महिलाहरुका लागि १५ दिने उद्घोषण तथा भाषणकला विकास सम्बन्धी तालिम सम्पन्न

महिलाहरुका लागि १५ दिने उद्घोषण तथा भाषणकला विकास सम्बन्धी तालिम सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि,जेष्ठ ३१ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा महिला लक्षित १५ दिने उद्घोषण तथा भाषणकला विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । “हाम्रो परिकल्पना, समृद्ध दिप्रुङ चुइचुम्मा” भन्ने मुल नाराका साथ जेष्ठ १६ गते मंगलबार देखि सञ्चालन गरिएको तालिममा आज गाउँपालिका प्रमुख लोकेन्द्र राईको प्रमुख आतित्यतामा सम्पन्न भएको हो । समापन समारोहमा पालिका प्रमुख राईले तालिमले महिलाको क्षमता अभिवृद्धि गर्नको लागि मद्धत पुर्याउने बताए । घर्यासी काममा व्यस्त महिलाहरुलाई तालिमले आफ्ना कुराहरु प्रष्ट राख्न र कार्यक्रम सञ्चालन गर्न सक्ने बनाउने बताए । साथै यस्ता कार्यक्रमलाई पालिकाको आगामी बजेटबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रशिक्षक जनक ढुंगानाले कसरी अगाडी गएर आफना कुरा राख्ने, डर कसरी नियन्त्रण गर्ने, भाषणकला लगायतबारेमा निक्कै प्रभावकारी ढगँले सिकाएको भन्दै आफुहरुमा आत्माविश्वास बढे...
उदयपुरमा पहिचान पक्षधार सहित १० दलद्धारा ज्ञापन पत्र

उदयपुरमा पहिचान पक्षधार सहित १० दलद्धारा ज्ञापन पत्र

Breaking News 1
पूर्णपुष्टि,जेष्ठ ३१ । जिल्ला प्रशास कार्यालय उदयपुरलाई पहिचान पक्षधारले निस्पक्ष बार्ताको लागि ज्ञापन पत्र बुझाएको छ । बुधवार जिल्ला प्रशासन कार्यालयका प्रमुख जनार्धन गौतमलाई आन्दोलनकारी र पहिचान पक्षधार सहित बिभिन्न राजनैतिक दलहरुको संगठनले संयुक्त ज्ञापन पत्र बुझाएको हो । जसमा प्रदेश नं।१ पुनः नामाङकरन संयुक्त संघर्ष समिति उदयपुर, नागरिक उन्मुक्त पार्टी, नेपाली कांग्रेस, तामाङ्ग घेदुङ, मगर संघ, ज.स.पा. नेपाल उदयपुर, माओवादी केन्द्र, राष्ट्रिय जनमुक्ती पार्टी, ने.का.पा.यस र जनजनति महासंघ उदयपुरका संयुक्त हस्ताक्षर गरिएको छ । “हाल प्रदेश सरकारले आन्दोलनकारीहरुलाई औपचारिक रुपमा वार्ताको आह्वान पनि गरेको छ र यस अवस्थामा आन्दोलनको क्रममा घटेका घट्नाहरुलाई लिएर प्रहरी प्रशासनले धरपकड गरिरहँदा वार्ताको वातावरणलाई उदयपुर जिल्ला प्रशासनले सौहाद्र्ध ढंगले सफल बनाउन र उत्तम भुमिका खेल्ने छ” ...
ताप्लीमा हुरेण्डेकद्धारा बाल बिकास केन्द्रलाई ५५ प्रकारको शैक्षिक सामाग्री वितरण

ताप्लीमा हुरेण्डेकद्धारा बाल बिकास केन्द्रलाई ५५ प्रकारको शैक्षिक सामाग्री वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ ३१ । उदयपुरको ताप्ली गाउँपालिकाका बाल बिकास केन्द्रहरुलाई मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक)ले सिकाइ तथा खेल सामाग्री वितरण गरेको छ । मंगलबार एक कार्यक्रम बिच गाउँपालिकाका ७ ओटा बाल विकास केन्द्रहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । ताप्ली गाउँपालिकाको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि लेगो फाउन्डेसन र वल्र्ड भिजनको सहयोगमा प्रत्येक बालबिकास केन्द्रलाइ ४१ हजार बराबरको ५५ प्रकारका सामाग्री वितरण गरिएको आइपिपीफोबिसि परियोजनाका अधिकृत तुलाराज अधिकारीले बताउनुभयो । उक्त सहयोग प्रति हुरेण्डेकलाइ पालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माले धन्यवाद व्यक्त गरे । सस्थाले जिल्लाका रौतामाइ, ताप्ली, उदयपुरगढी गाउँपालिका र त्रियुगा नगरपालिका गरि २० ओटा बाल बिकास केन्द्रलाई सामाग्री वितरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।...
आफ्नो नामको लोक सेवा परीक्षा दिन लगाउने सहित दिने नासु पक्राउ

आफ्नो नामको लोक सेवा परीक्षा दिन लगाउने सहित दिने नासु पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ ३१ । आफ्नो नामको लोक सेवा परीक्षा दिन लगाउने र दिने दुबै जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको राजबिराज–११ घर भई जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा पदमा कार्यरत ३० वर्षीय नारायण यादव र राजबिराज–११ घर भई कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सहलेखापालमा कार्यरत ३३ वर्षीय मनोजकुमार शर्मा सुतियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालका अनुसार लोक सेवा आयोगले बुटवल केन्द्रमा २०७७ साल फागुन २९ गते र २०७८ साउन ४ गते लिएको परीक्षामा सुतियारको नाममा यादवले परीक्षा दिएका थिए । सुतिहारको नाममा नारायण यादवले परीक्षा दिएको पाइएपछि लिखितसम्बन्धी कसुर मुद्दामा दुवै जनालाई पक्राउ गरिएको प्रवक्ता अर्यालले बताए । पक्राउ परेका दुवै जनालाई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।...
गैरकानुनी रुपमा सञ्चानलमा रहेको दुई स्वास्थ्य संस्थामा काठमाणडौँ महानगरको ताला

गैरकानुनी रुपमा सञ्चानलमा रहेको दुई स्वास्थ्य संस्थामा काठमाणडौँ महानगरको ताला

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ३१ । काठमाण्डौँ महानगरपालिकाले दुई वटा स्वास्थ्य संस्थामा ताला लगाएको छ । अनुगमनको क्रममा गैरकानुनी रुपमा सञ्चालनमा रहेको र अस्तव्यत रहेको पाइएपछि ताला बन्दी गरिएको मेयर बालेन शाहले जानकारी दिए । महानगरले जेष्ठ ५ गते स्वास्थ्य संस्थाहरुले प्रचलित कानून, मापदण्ड अनुसार असाहय विपन्न सहित लक्षित वर्गहरुलाई कूल शैयाको १० प्रतिशत नि स् शुल्क उपचार गर्नुपर्ने सुचना जारी गरेका थियो । सस्तो लोकप्रियताका लागी नभएर कानुनमा भए बमोजिम स्वास्थ्य सेवा सर्वसाधारण एवं लक्षित वर्गको पहुँचमा पुर्याउनका लागी अग्रसर रहेको ‘मेयर साहले फेसबुकमा भनेका छन्’ तालबन्दी गरिएका दुई संस्थाको थप सघन अनुगमनका लागि महानगरको स्वास्थ्य विभागलाई निर्देशन गरिएको छ । उनले सबैको पहुँच स्थापित हुने गरी सुधान नभए महानगर क्षेत्रभित्रका प्रदेश र संघ मातहतका अस्पतालमा पनि हस्तक्षेपकारी कानूनी कारबाही गरिने च...
ग्लोबल टी २० लिगमा सन्दीप र दीपेन्द्र छनोट

ग्लोबल टी २० लिगमा सन्दीप र दीपेन्द्र छनोट

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेष्ठ ३१ । ग्लोबल टी २० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दिप लामिछाने र दीपेन्द्रसिंह ऐरी छनोट भएका छन् । क्यानडामा हुन लागेको तेस्रो संस्करणको ग्लोबल टी–२० प्रतियोगिताको लागी मंगलबार राति भएको ड्राफ्टमार्फत सन्दीपलाई सुर्रे जाग्वार्स र दीपेन्द्रलाई मोन्टरियल टाइगर्सले अनुबन्ध गरेको हो । सन् २०१८ मा पहिलो र सन् २०१९ मा दोस्रो संस्करण आयोजना भएयता प्रतियोगिता संचालन हुनसकेको थिएन । तेस्रो संकरणको प्रतियोगिता आउने जुलाइ २० देखि सुरु हुनेछ । नेपालबाट सोमपाल कामी र सन्दीपले यसअघि नै यो प्रतियोगिता खेलिसकेका छन् भने दीपेन्द्रले पहिलोपल्ट विदेशी फ्रेन्चाइज लिग खेल्न लागेका हुन् । सन्दीपले पहिलो संस्करणमा मोन्टरियल टाइगर्स र दोस्रो संस्करणमा टोरन्टो नेशनल्सबाट खेलेका थिए । सन् २०१९ मा सोमपालले विन्नीपेग हकका लागि खेलेका थिए ।...
नेपाली फुटबलर सावित्रा युरोपेली क्लबमा अनुबन्धन

नेपाली फुटबलर सावित्रा युरोपेली क्लबमा अनुबन्धन

खेलकुद, समाचार
पूर्णपुष्टि,जेष्ठ ३१ । नेपाली राष्ट्रिय फुटबल टोलीकी मुख्य खेलाडी सावित्रा भण्डारी युरोपेली क्लबमा अनुबन्धन भएकी छिन् । सावित्राले आफू इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानामा आबद्ध भएको जानकारी दिएकी छिन् । क्लबले सामाजिक सञ्जाल फेसबुकमा सावित्रालाई बधाई दिँदै उनलाई अनुबन्ध गर्न पाउनु गर्वको कुरा भएको उल्लेख गरेको छ । सावित्राले यसअघि भारत, माल्दिभ्सका क्लबबाट खेले पनि पहिलो पटक युरोपेली क्लबबाट खेल्न लागेकी हुन् । उनले आफ्नो लामो समयदेखिको सपना पूरा हुन थालेकोमा निकै उत्साहित रहेको पनि बताएकी छिन् । केही हप्ताअघि भारतमा सम्पन्न भारतीय शीर्ष महिला लिगमा सावित्राले १० खेलमा २९ गोल गर्दै गोकुलम केरालालाई उपाधि दिलाएकी थिइन् ।...
नेपाली कांग्रेस सभापनि देउवा सिंगापुर प्रस्थान

नेपाली कांग्रेस सभापनि देउवा सिंगापुर प्रस्थान

समाचार
पूर्णपुष्टि,जेष्ठ ३१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् । गएराति १२ बजे स्वास्थ्य उपचारका लागि पूर्व प्रधानमन्त्री देउवा सिंगापुर पुगेका हुन् । सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर गएका हुन्। उनीसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर गएकी छन् । उनी २र२ वर्षमा फलोअपमा जानुपर्नेमा अहिले ३ वर्षमा जान लागेको सचिवालयको भनाइ छ ।...