Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

वानएक्स बेटमा ८ जना पक्राउ, कोको हुन पक्राउ पर्नेहरु ?

वानएक्स बेटमा ८ जना पक्राउ, कोको हुन पक्राउ पर्नेहरु ?

समाचार
पूर्णपुष्टि,जेष्ठ ३२ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले वानएक्स बेटमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको हो । जसमा गोरखा घर भई बनस्थली बस्ने हास्यकलाकार बल्छी ध्रुवे मरिचमान श्रेष्ठ, धनकुटा घर भई भक्तपुर बस्ने (म्याकुरी) पवन खतिवडा, पोखरा घर भई नयाँबजार बस्ने राजुमास्टर उर्फ राजु पौडेल र उदयपुर घर भई ललितपुरको टिकाथली बस्ने युट्युबर अलिश राई छन्। त्यस्तै रोल्पा घर भई कीर्तिपुर बस्ने युट्युबर जलन घर्तीमगर, जलन मुगु घर भई टिकाथली बस्ने युट्युबर गणेश देवकोटा, (जिडी), मोरङ घर भई भक्तपुर ठिमी बस्ने सरोज घिमिरे (ढेडु बुढो) र प्युठान घर भई कलंकी बस्ने भटभटे माइला भन्ने बेगम नेपाली छन्। उनीहरूलाई केहि दिन अघि देखि प्रहरीले निगरानी गरिरहेको थियो । युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपम...
हुरीले पोल ढालेपछि विराटनगरमा विद्युत सेवा अवरुद्ध

हुरीले पोल ढालेपछि विराटनगरमा विद्युत सेवा अवरुद्ध

Breaking News 2, समाचार
पूर्णपुष्टि,जेष्ठ ३२ । बुधवार रातिको हावाहुरीका विराटनगरका विभिन्न स्थानमा विद्युत पोल ढालेको कारण आज विराटनगरमा अवरुद्ध हुने भएको छ । हावाहुरीले विद्युतका पोल ढाल्दा विराटनगरमा दिनभरी विद्युत अवरुद्ध हुने अवस्था रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । विद्युत लाईन अनियमित हुँदा औद्योगिक क्षेत्रमा कलकारखाना, छापाखाना, गार्मेन्ट उद्योगलगायत विद्युतबाट सञ्चालन हुने कामहरु सबै ठप्प भएका छन् । ढालेका पोलहरुको मर्मत भैरहेको नेपाल विद्युत प्राधिकरण विराटनगरले जनाएको छ । विद्युतको समस्या देखिएको ठाउँमा मर्मतको लागि कर्मचारीहरु खटाइएको प्राधिरणको भनाई छ । मर्मतको काम सकिएपछि विद्युत आउने बताइएको छ ।...
वानएक्स बेटमा सट्टेबाजी र विज्ञापन गरेको अरोपमा कलाकार ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ

वानएक्स बेटमा सट्टेबाजी र विज्ञापन गरेको अरोपमा कलाकार ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ ३२ । वानएक्स बेट एपमा सट्टेबाजी र विज्ञापन गरेका आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित अनलाइन बेटिङ एपमा सट्टेबाजी र विज्ञापन गरेको आरोपमा नेपालका चर्चित कलाकार ‘बल्छी ध्रुबे’ नामले चर्चित कलाकार मरिचमान श्रेष्ठ समेत पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जनालाई पक्राउ गरेको स्रोतले जनाएको छ । हाल प्रहरीले पक्राउ परेकाको नाम गोप्य राखेको छ भने म्याद थप गरी सार्वजनिक गर्ने तयारी गरिरहेको छ। पक्राउ पर्ने कलाकारहरुले प्रोमो कोड प्रयोग गरी युटुवमार्फत विज्ञापन गरेको आरोप छ । युटुवर र कलाकारहरुले प्रतिबन्धित एपको विज्ञापन गरी युवापुस्तालाई बेटिमा आकर्षण गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो। बुधबार बेटिङका पाँच एजेन्टलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको थियो भने ती पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर...
पहिरोका कारण हेटौँडा–काठमाडौं जोड्ने दुई राजमार्ग अवरुद्ध

पहिरोका कारण हेटौँडा–काठमाडौं जोड्ने दुई राजमार्ग अवरुद्ध

समाचार
पूर्णपुष्टि,जेष्ठ ३२ । हेटौडा–काठमाडौ जोड्ने दुई वटा राजमार्गमा गए राति परेको वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बुधवार रातिको समयमा परेको वर्षाको कारण ललितपुरको भट्टेडाँडामा गएको पहिरोले कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी राजमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा हेटौँडाबाट काठमाडौँ जोड्ने हेटौँडा कुलेखानी सिस्नेरी सडक खण्ड अवरुद्ध भई यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए । दुवै सडक-खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा काठमाडौँ हेटौँडा आवत जावत गर्नै सवारी साधनहरू बाटोमै रोकिएको प्रवक्ता कार्कीले बताए । उनका अनुसार दुबै सडक खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाए लगत्तै सडक सञ्चालनमा ल्याइने उनले बताए । हेटौँडाबाट काठमाडौँ आवत जावतका लागि वैकल्पिक सडक...
श्रीमानको कुटपिटबाट वडा सदस्यको मृत्यु

श्रीमानको कुटपिटबाट वडा सदस्यको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ ३२ । श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ की ज्ञानी बिक रहेकी छिन् । जेठ २९ गते घरायझी झगडाहुँदा श्रीमान् शम्भु बिकको कुटपिटबाट ज्ञानी गम्भिर घाईते भएकी थिईन् । ज्ञानीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । धुलिखेल अस्पतालमा परिक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको शल्यक्रियासमेत गरिएको थियो । ज्ञानीलाई कुटपिट गर्ने उनका श्रीमान शम्भुलाई प्रहरीले पक्राउ गरिसकेको छ । मृतक ज्ञानी दलित महिला वडा सदस्य हुन् । उनी अघिल्लो कार्यकालमा समेत सदस्यमा निर्वाचित भएकी थिईन् ।...
नेदरल्याण्ड्सलाई हराउँदै क्रोएसिया नेसन्स लिगको फाइनलमा

नेदरल्याण्ड्सलाई हराउँदै क्रोएसिया नेसन्स लिगको फाइनलमा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेष्ठ ३२ । क्रोएसिया नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनल खेलमा घरेलु टिम नेदरल्यान्ड्सलाई २–४ गोलको हराउँदै क्रोएसियाले फाईनलमा स्थान बनाएको हो । ब्रुनो पेटकोभिच र लुका मोडरिचले अतिरिक्त समयमा गोल गरेपछि क्रोएसिया उपाधि नजिक पुगेको हो । डे कुइप स्टेडियममा भएको खेलको ३४ औं मिनेटमा डोनयाल मालेनले गोल गर्दै नेदरल्याण्डलाई आग्रता दिलाएका थिए । खेलको ५५ औं मिनेटमा क्रोएसियाका आन्द्रे क्रमारिचले पेनाल्टीमा बराबरी गोल फर्काए भने ७२ औं मिनेटमा मारियो पासालिचले गोल गरेपछि क्रोएसियाले २–१ को अग्रता लिएको थियो । खेलको इन्जुरी टाइममा नेदरल्याण्ड्सका नोया लाङले गोल गरेपछि खेल २–२ को रोमाञ्चक स्थितिमा पुगेको थियो । तर, एक्स्ट्रा थप गरिएको समयको ९८ औं मिनेटमा पेटकोभिचले र ११६ औ मिनेटमा मोडरिचले गोल गरेपछि क्रोएसियाले जित हात पारेको हो । अब आईतबार क्रोएसिय...
कञ्चनपुरमा ९ भारतीय मेडिकल सञ्चालक पक्राउ

कञ्चनपुरमा ९ भारतीय मेडिकल सञ्चालक पक्राउ

समाचार
पूर्णपुष्टि,जेष्ठ ३२ । कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने ९ जना भारतीय नागरिकहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तीक सरदार, रवि विश्वास, निवास गाइन, निरन्जन अधिकारी र भूपेन्द्र पुरी तथा भारत पिलिभितका राजेश विश्वास, सन्तोष सरकार र सुधान्सु हल्दार रहेका छन् । उनीहरुे दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दैआएका नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए । पक्राउ परेकाहरु उपर थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
मनसुनी वायु देशभर फैलिंदै‚आज यी प्रदेशमा वर्षाको सम्भावना

मनसुनी वायु देशभर फैलिंदै‚आज यी प्रदेशमा वर्षाको सम्भावना

समाचार
पूर्णपुष्टि,जेष्ठ ३२ । बुधवार मनसुन नेपाल भित्रिएसँगै पूर्वी र मध्ये भूभागमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भूभागमा भने पश्चिमी वायुको आंशिक प्रभाव छ। आज कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली भएको छ। बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ महशाखाले जनाएको छ । बिहीबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ–गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।...
नेदरल्यान्ड्सलाई पाखा लगाउँदै क्रोएसिया नेसन्स लिगको फाइनलमा

नेदरल्यान्ड्सलाई पाखा लगाउँदै क्रोएसिया नेसन्स लिगको फाइनलमा

खेलकुद, समाचार
पूर्णपुष्टि,जेष्ठ ३२ । ब्रुनो पेटकोझिच र लुका मोडरिचले अतिरिक्त समयका गरेको गोलमा क्रोएसियाले बुधबार नेदरल्यान्ड्सलाई ४–२ ले पराजित गर्दै नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । खेलको ३४ मिनेटमा मालेनको गोलबाट नेदरल्यान्ड्सले अग्रता लिएको थियो। क्रोएसियाका क्रामारिकले ५५ मिनेटमा पेनाल्टीबाट बराबरी गोल गरे। ७२ मिनेटमा पासालिकले गोल गरेपछि क्रोएसियाले २-१ को अग्रता लियो। तर दोस्रो हाफको इन्जुरी टायमम लाङले गोल गरेपछि नेदरल्यान्ड्सले खेलमा २(२ को बराबरी गर्न सफल भएको थियो। एक्स्ट्रा समयमा धकेलिएको खेलमा क्रोएसियाका लागि पेट्कोभिकले ९८ मिनेटमा र लुक मोड्रिचले ११६ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । फाइनलमा पुगेसँगै क्रोएसिया पहिलो ठूलो उपाधि नजिक पुगेको छ। अब क्रोएसियाले आइतबार फाइनलमा इटाली वा स्पेनसँग खेल्नेछ। जबकी नेदरल्यान्ड्सले तेस्रो स्थानको प्लेअफ खेल्नु पर्नेछ ।...
ताप्लीमा भएको अध्यक्ष कप भलिवलमा झापा बिजयी

ताप्लीमा भएको अध्यक्ष कप भलिवलमा झापा बिजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, ३२ जेष्ठ । ताप्ली गाउँपालिकामा भएको अध्यक्ष कप पुरुष भलिवल प्रतियोगितामा झापा दमक बिजयी बनेको छ । ताप्ली गाउँपालिका ए लाई ३–१ को सेटमा पाराजित गर्दै दमक बजयी बनेको हो । आयोजक ताप्ली प्रतियोगिताको दोस्रो बन्न सफल भएको छ । यता हलेसी तुवाचुङ नगरपालिका तेस्रो बनेको छ । यस नगरपालिकाले त्रियुगा नगरपालिकालाई हराउँदै तेस्रो स्थान सुरक्षित गरेका थिए । प्रतियोगिताको बिजयी टिम दमक नरपालिकाले नगद १ लाख ५१ हजार १११ सँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै दोस्रो टिम ताप्लीले नगद १ लाख ११ हजार १११ सँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे यता तेस्रो हलेसी तुवाचुङ नगरपालिकाले ५१ हजार १५१ रुपैयाँ सहित शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेको हो । ताप्ली युवा तथा खेलकुद बिकास समितीको आयोजना र ताप्ली गाउँपालिकाको सहयोगमा संचालन खेल सोमवार बाट सुरु भएका थिए । प्रतियोगितामा प्...