Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

दुई बालिकालाई सामुहिक बलात्कार गर्न खोजेको आरोपमा ५ जना पक्राउ

दुई बालिकालाई सामुहिक बलात्कार गर्न खोजेको आरोपमा ५ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २४ । दाङमा दुई बालिकालाई सामुहिक बलात्कार गर्न खोजेको आरोपमा एक बालक सहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका– ६ का १६ वर्षका किशोर, १८ वर्षका दिलसान अहमद, वडा नं. ५ का २० वर्षीय सुहेल खान र कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–११ का २० वर्षीय जाबेद भन्ने जाविद अलि रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमका अनुसार राप्ती गाउँपालिका–३ मसुरीयाका १४ र १२ बर्षीया बालिका १४ जेठमा गढवा गाउँपालिका–६ बुद्धचोकस्थित आफन्तको घरमा गएको बेलमा आरोपीहरुले मोटरसाइकलमा राखेर लमही–५ स्थित रातो डाँडा स्थित एउटा घरमा लगेर सामुहिक बलात्कारको प्रयार गर्न खोजेका थिए । उनका अनुसार पीडितले जेठ १८ मा प्रहरीमा जाहेरी दिएपछि उनिहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई जिल्ला अदालत दाङबाट अनुमती लिएर थप अनुसन्धानको ला...
बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि २ दिने तालिम सम्पन्न

बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि २ दिने तालिम सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ २३ । उदयपुरको रौतामाई गाउँपालिाकामा–१ नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । गाउँपालिका वडा न–१ को विभिन्न बिद्यालयहरुमा रहेका बालक्लबका सदस्यलाई बालक्लब सक्रिय रुपमा सन्चालन गर्नको लागि तालिम सोमबार देखि सञ्चालन गरिएको हो । दुई दिने तालिममा वडा नं. १ भित्र रहेका ६ वटा बालक्लबको प्रतिनिधिहरुको उपस्तिथिमा बाल अधिकारको अबधारणा, बालक्लबको महत्त्व, दर्ता प्रक्रिया, सुचक बालक्लबमा रहने संरचना, बाल संरक्षणको सबालहरु, बालमैत्री स्थानीय शासन र बालक्लब बैठक माईन्युट लेखन जस्ता बिषयबस्तुहरुमा सहजीकरण गरिएको सहजकर्ता केशव राना मगरले बताए । तालिम आब २०७९र८० मा रौतामाई गाउँपालिका वडा न-१ को बालबालिका लक्षित कार्यक्रम अन्तर्गत संचालन गरिएको र तालिम सगै ६० जना बिपन्न बालबालिकाहरुलाई विद्यालय पोसाक र कापी डटपेन बितरण गरिएको वडा अध...
बेन्जामा तीन वर्षको करारमा अल–इतिहादमा अनुबन्ध

बेन्जामा तीन वर्षको करारमा अल–इतिहादमा अनुबन्ध

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेष्ठ २३ । फ्रेन्च फरवार्ड करिम बेन्जामाले साउदी क्लब अल इतिहादमा तीन वर्षको करार सम्झौता गरेका छन् । स्पेनीस क्लब रियल मड्रिडले एक वर्ष करार थप गर्ने व्यवस्थालाई प्रयोग नगर्ने निर्णय गरेपछि बेन्जेमा फ्रि– ट्रान्सफरमा रहेका थिए । फ्री ट्रान्सफरमा रहेको बेन्जेमाले अल इतिहादसँगको करार सम्झौतालाई अन्तिम रूप दिएको एएफपीले जनाएको छ । ३ बर्षको करार सम्झौता गरेका बेन्जामा २०२६ सम्म सो क्लबमा रहने एएफपीको रिर्पोर्टमा उल्लेख छ । सन् २००९ मा अनुबन्ध भएका बेन्जामाले रियलका लागी १४ बर्ष खेले । रियलमा उनले २५ वटा उपाधि जितेका छन् । च्याम्पियन्स लिग र क्लब वर्ल्डकप ५–५ पटक, स्पेनिस सुपर कप र युरोपियन सुपर कप ४–४ पटक, ३ पटक कोपाज डेल रे उपाधि उनले उचालेका छन् । २०२२ मा बालोन डिओर जितेको उनले ४३८ खेलमा ४५० गोल गरेका छन् भने रियलका लागी सार्वाधिक गोल गर्ने दोस्रो खेलाडी हुन् । उता अल ह...
कोशी प्रदेश सरकार अल्पमतमा, अध्यादेशबाट बजेट ल्याउने तयारी

कोशी प्रदेश सरकार अल्पमतमा, अध्यादेशबाट बजेट ल्याउने तयारी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, २३ जेष्ठ । नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने बित्तिकै अल्पमतमा परेको कोशी प्रदेश सरकारले अध्यादेशमार्फत् बजेट ल्याउने तयारी थालेको छ। मंगलबार माओवादीले सरकार छाड्दै समर्थन पनि फिर्ता लिएपछि एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो। बुधबार प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने र असार १ मा बजेट ल्याउने तयारीमा सरकार थियो। तर, नीति कार्यक्रम संसदमा पेश हुनुभन्दा अघिल्लो दिन माओवादीले साथ छाडेपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने भएको हो। एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले नयाँ परिस्थितिमा नयाँ ढंगले बजेट ल्याउने तयारी भएको बताएका छन्। ‘संसदमा पेश गरेर फेल हुने कुनै पनि कुरा अब सरकारले संसदमा ल्याउँदैन’, भण्डारीले भने, ‘...
सिन्धुलीमा पानी पार्न भ्यागुतोको विवाह

सिन्धुलीमा पानी पार्न भ्यागुतोको विवाह

समाचार
पूर्णपुष्टि,जेष्ठ २३ । सिन्धुलीको दुधौलीमा लामो समयदेखि खडेरी परेपछि स्थानीयहरु भ्यागुतोको विवाहको गरिदिएको छ । सोमबार दुधैली नगरपालिका–४, डकाहामा एक २५–३० जनाको समूह भाँडाकुँडा र डोलीसहित कमला खोलातर्फ प्रस्थान गरे । केही समय मानिसहरुको भिड खोलामा जम्म भई पूजाआजा गर्दै एकजोडी भ्याुगतोको खोजी सुरु गरे । पुर्खाको उखान अनुसार खडेरी परेको बेला च्यागुतोको विवाह गरेमा पानी पर्छ भन्ने जनविश्वासका साथ भ्यागुतालाई सिँगारपटार गरी डोलीमा चढाइन्छ । तामो समय देखि पानि अभावका कारण अन्नवालीसमेत सुक्न थालेपछि ब्राह्मणहरूले वैदिकमन्त्र पाठ गरी रुद्रीपूजा गरी धुमधामसँग भ्यागुताको विवाह गरिदिए । एकजोडी कुमार केटाले विवाहित भ्यागुतालाई डोलीमा राखी कमला खोलामा बगिरहेको पानीमा पुर्‍याए । त्यसपछि ब्राह्मणहरूले भ्यागुतोको जोडीलाई डोलीबाट उतारी पानीमा छोडिदिए । लामो समयसम्म पानी नपरेका कारण रुद्रीपूजा आयो...
माओवादीका दुई मन्त्रीद्धारा राजीनामा

माओवादीका दुई मन्त्रीद्धारा राजीनामा

राजनीति, समाचार
पूर्णपुष्टि,जेष्ठ २३ । कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेको दुई जनाले पदबाट राजीनामा दिएको छ । सरकारबाट बाहिरिने निर्णय गरेसँगै माओवादीबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले मंलवार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएको हो । राजीनामाकै दिन बसेको माओवादी बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय पनि गरेको थियो । यता, मङ्गलवारै बसेको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले पनि गठबन्धनको ठुलो दलको हैसियतले सरकारको नेतृत्व दाबी गर्ने निर्णय गरेको छ । सत्ता साझेदा यी दुई दलले नै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रयासमा जुटेका छन् । तर, अन्तिम निर्णय कुन रुपमा अघि बढ्छ त्यो भने हेर्न बाँकी छ ।...
सर्वोच्चको आदेश बिरुद्ध बिरोध प्रदर्शन

सर्वोच्चको आदेश बिरुद्ध बिरोध प्रदर्शन

Breaking News 1, समाचार
पूर्णपुष्टि, २३ जेष्ठ । सर्वोच्चको आदेशको विरोधमा नागरिकता विहिन युवाहरुले दुहवीको सुनसरीमा प्रदर्शन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएपछि विराटनगरमा युवाहरुले प्रदर्शन गरेका हुन् । आइतबार न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन आदेश दिंदै अन्तरिम आदेशबारे छलफलका लागि २६ जेठ (आगामी शुक्रबार) दुवै पक्षलाई झिकाएको छ । सर्वोच्चको आदेशको विरोधमा युवाहरूले आइतबार साँझ पनि टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । उक्त आन्दोलनको नेतृत्व समाजबादी बिद्यार्थी युनियनको प्रदेश न १ को सदस्य युबा नेता चन्दनकुमार बैठाले गर्नुभएको थियो । बैठाले भन्नुभयो हाम्रो समस्या सर्बोच्चले बुझ्ने कि हैन ।...
कोशी प्रदेश सरकारबाट बाहिरने माओवादी

कोशी प्रदेश सरकारबाट बाहिरने माओवादी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेष्ठ २३ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरने भएको छ । कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी) को बैठकले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरने निर्णय गरेको हो । बैठकले नेकपा एमाले नेतृत्वको सरकारबाट आफ्ना मन्त्रीलाई राजिनामा दिन निर्देशन दिएको माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले बताए । आजकै मितिबाट समर्थन फिर्ता लिएर आफ्ना मन्त्रीहरुलाई बोलाउने निर्णय भएको र माओवादीको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न समिति पनि बनाईएको उनले बताए । प्रदेश कार्यालयको बैठकले पार्टी प्रदेश अध्यक्ष नेम्वाङको नेतृत्वमा सरकार गठनका लागि छलफल गर्न समिति बनाउने निर्णय गरेको हो । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पार्टीबाट निर्णय भईसकेको र अब संसदीय दलको बैठक बसेर आजै सरकारलाई दिएको समर्थन फ...
गर्मी बिदा नदिएपछि नगर प्रहरी परिचालन

गर्मी बिदा नदिएपछि नगर प्रहरी परिचालन

समाचार
पूर्णपुष्टि,जेष्ठ २३ । केहि दिन यता अध्याधिक गर्मीका कारण सबै भन्दा बढि विद्यालयहरुको जनजिवन प्रभावित बनेको छ । सोहि अनुरुप नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय पठनपाठन बन्द गर्ने सूचना टाँस गरेको थियो । उपमहानगरपालिकाको सूचनालाई बेवास्ता गर्दै बिदा नगर्ने संस्थागत विद्यालयमा नेपालगञ्ज उपमहानगरपालिकाले आइतबारदेखि नगर प्रहरी परिचालन गरेको हो । उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले सामुदायिक, मदरसा र संस्थागत विद्यालयलाई आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुनेगरी आइतबारदेखि २३ गते मङ्गलबारसम्म बन्द गरिएको सूचना जारी गरेको थियो । उक्त सूचनाविपरीत पठनपाठन सञ्चालन गरेको जनाउँदै आदर्श माध्यमिक विद्यालय नेपालगञ्ज, जयबागेश्वरी बोर्डिङ स्कुललगायतका विद्यालयमा नगर प्रहरी पठाएर बन्द गराइएको उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिकाको...
लैङ्गगिक हिंसा विरुद्धको सचेतना कार्यक्रममा पुरुषको सहभागिता बढ्दो

लैङ्गगिक हिंसा विरुद्धको सचेतना कार्यक्रममा पुरुषको सहभागिता बढ्दो

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ २३ । उदयपुरमा लैङ्गगिक हिँसा विरुद्धको सचेतना मुलक कार्यक्रममा महिला किशोरी सँगसगै पुरुषको पनि सहभागित बढ्दै गएको छ । मुलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुरद्धारा आयोजित त्रियुगा नगरपालिका वडा नं.६, स्थित लालपत्तामा वडा स्तरिय सचेतना कार्यक्रम अन्तरगत ४५ सहभागितहरु मध्य १३ जना पुरुषको सहभागिता रहेको थियो । यस अघि समुदाय स्तरमा गरिने विभिन्न सचेतना कार्यक्रममा पुरुषको सहभागिता न्युन रहेको थियो । सोहि अनुरुप लैङ्गगिक हिंसा भएका मुद्दाहरुमा अधिकांस महिला, किशोरिहरु पिडित हुने गरेकोले पुरुषको सहभागितालाई वास्ता गरिएको थिएन । तर सोमबारको कार्यक्रममा पुरुषहरूको उत्साह सहभागिता देखेर खुसी लागेको आयोजक सस्थाकी अध्यक्ष नजबुल खान (निलम) बताईन् । अध्यक्ष खानका अनुसार हिंसा के हो, कहाँ कहाँ हुन सक्छ, हिंसा भएमा पिडितलाई कसरी सहयोग गर्नेरु हिंसाको रिपोर्ट कहाँ गर्ने, हिंसामा ...