Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

अमेरिकी इतिहासकै खतरानाक जासुस मानिने ह्यान्सन मृत फेला

अमेरिकी इतिहासकै खतरानाक जासुस मानिने ह्यान्सन मृत फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २३ । अमेरिकी जाँच एजेन्सी एफबीआईका पूर्व एजेन्ट तथा अमेरिकी इतिहासकै सबैभन्दा खतरनाक जासुस मानिने रोबर्ट ह्यान्सन मृत फेला परेका छन् । ७९ वर्षीय ह्यान्सन कालोराडोस्थित जेलभित्र मृत फेला परेको समाचार एजेन्सी बीबीसीले जनाएको छ । उनको मृत्यु के कारणले भएको हो भन्ने खुलेको छैन । १२ जनवरी १९७६मा एफबीआई अफिसरको रुपमा काम गरेका ह्यान्सनमाथि रुसको लागी जासुसी गरेको आरोप थियो । उनले रुसको लागी २० बर्ष जासुसी गरेको र रुसले हिरासहित उनको खातामा १४ लाख डलर ट्रान्सफर गरिदिएको बीबीसीले उल्लेख गरेको छ । सन् १९९४ मा एफबीआईले जासुस एल्ड्रिच हेजेन एम्सलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनिबाट ह्यान्सनको पनि संलग्नता खुलेपछि अदालतले उनलाई सन् २००२ मा आजीवन काराबासको सजायँ सुनाएको थियो ।...
छात्रावृत्ती विवरण पेश नगरेका विद्यालयलाई विवरण पठाउन काठमाण्डौँ महानगरपालिकाको आग्रह, वेवास्ता गरे कारर्वाही गर्ने चेतावनी

छात्रावृत्ती विवरण पेश नगरेका विद्यालयलाई विवरण पठाउन काठमाण्डौँ महानगरपालिकाको आग्रह, वेवास्ता गरे कारर्वाही गर्ने चेतावनी

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, जेष्ठ २३ । काठमाण्डौँ महानगरपालिकाले छात्रावृत्ती विवरण पेश नगरेका संस्थागत विद्यालयलाई विवरण पेश गर्न आग्रह गरेको छ । महानगरले बैशाख १० गते पहिलो सुचना जारी गर्दा विवरण पेश नगरेको विद्यालयलाई दोस्रो पटक सुचना जारी गर्दै विवरण पेश गर्न भनिएको हो । यदी तोकेको मिति भित्र विवरण पेश नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति रद्द वा प्रचलित कानुन बमोजिम हदै सम्मको कारबाही गरिने चेतावनी दिईएको छ । काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षा सम्बन्धी व्यवस्था रहेको छ । सो नियमावलीको नियम ५८ मा व्यवस्था भए अनुसार विद्यालयले छात्रवृत्ति उपलब्ध गराएको विद्यार्थीहरूको नामावली सार्वजनिक गर्नु पर्छ ‘महानगरका प्रमुख बालेन शाहाले भने’ हामी काठमाडौं महानग...
त्रिनपा १५ खाँवुमा बिरुवा रोपेर विश्व वातावरण दिवस मनाईयो

त्रिनपा १५ खाँवुमा बिरुवा रोपेर विश्व वातावरण दिवस मनाईयो

Breaking News 1, समाचार
पूर्णपुष्टि, २२ जेष्ठ । त्रियुगा नगरपालिका वडा नं १५ खाँवुमा विश्व बातावरण दिवस मे ५ को अवसरमा बृक्षारोपन कार्यक्रम गरिएको छ । सोमवार वडाकै महत्वपूर्ण विद्यालयको रुपमा परिचित पुरानो विद्यालय सिद्धवती उच्च मावि खाँवुको प्राङ्गनमा बृक्षा रोपन गरिएको हो । डिभिजन वन कार्यालय गाईघाट उदयपुरको आयोजना तथा सिद्धवती सामुदायीक वन उपभोक्त समूह र जनकल्याण सामुदायीक वन उपभोक्ता समूहको संयुक्त सहयोगमा बृक्षारोपन गरिएको हो । दिवसमा बृक्षा रोपन कार्यक्रम सहित प्रदुषण रहित वातावारमा जोड दिईएको छ । स्वच्छ र स्वास्थ्य वातावारण्को परिकल्पनाका लागि प्लाष्टिक जन्य पदार्थलाई निर्मुल पार्नु पर्ने जनाईएको हो । “प्लाष्टिक जन्य प्रदुषण निर्मुल पारौँ, प्राकृतिमैत्री बिकल्पको उपायोग गरौ”ँ भन्ने मुल नाराका साथ दिवस मनाईएको हो । पछिल्लो समय प्लाष्टिक प्रदुषण प्रमुख कारक बन्दै गएको भन्दै यसका निर्मुलतामा...
उदयपुरगढीमा गर्मि बढेपछि बिद्यालय बिदा

उदयपुरगढीमा गर्मि बढेपछि बिद्यालय बिदा

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, जेष्ठ २२ । उदयपुरको उदयपुरगढी गाउँपालिकामा गर्मीबढेपछि विद्यालयलाई बिदा दिईने भएको छ । आईतबार बसेको स्थानिय बिपद् व्यवस्थापन समितिको बैठकले बिदा दिने निर्णय गरेको हो । उदयपुरगढी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत रमेश राईले बढी गर्मिहुने क्षेत्रमा विद्यालय व्यवस्थापन समितिको निर्णय गराई बर्षे बिदाबाट कट्टा हुने गरी जेठ २२ देखी २६ गतेसम्म बिदा दिने निर्णय भएको जानकारी दिए । उनका अनुसार विगत केही दिन देखी अत्याधिक गर्मी बढेको कारण विद्यालयहरुमा पठनपाठन गराउन समस्या भएकोले बिदा दिन लागिएको हो ।...
उदयपुरमा तीन दिनदेखि १३ बर्षीय बालक बेपत्ता

उदयपुरमा तीन दिनदेखि १३ बर्षीय बालक बेपत्ता

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ २२ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं.१३, अल्मीपुरका रोहित कटुवालका १३ वर्षीय छोरा रविन कटुवाल तीन दिन देखि बेपत्ता भएको छ । लक्ष्मीपुर माविमा कक्षा ८ मा अध्यायनरत कटुवाल स्कुलबाट घर फर्कना साथ स्कुलकै पोशाकमा आफ्ना कपडाहरु बोकेर घरबाट निस्किएको उनका दिदी उर्मिला कटुवाल(खड्का)ले बताईन् । उनले भाई घरबाट निस्किएपछि बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएकी हुन् । स्थानीयको सहयोगमा रविनको खोजी भइरहेको भए पनि हालसम्म फेला पार्न नसकिएको बालकका बुवा रोहितले जानकारी दिए।...
बिश्व वातावरण दिवसमा बृक्षारोपन

बिश्व वातावरण दिवसमा बृक्षारोपन

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २२ । ५१ औं विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपन गरिएको छ । जेसी बाल सदन माध्यामिक बिद्यालयको आयोजना तथा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, कोशी प्रदेश प्रहरी तालिम केन्द्रको सहकार्यमा बृक्षारोपन गरिएको हो । कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा बृक्षारोपन कार्यक्रम सम्पन्न भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय र तालिम केन्द्रको हाता भित्र बिभिन्न जातका फलफुल तथा फुलहरुका बिरुवाहरु रोपिएको थियो ।...
आज विश्व वातावरण दिवस मनाईदैँ

आज विश्व वातावरण दिवस मनाईदैँ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २२ । आज विश्वव्यापी रुपमा विश्व वातावरण दिवस मनाईदैछ । हरेक वर्षको जुन महिनाको ५ तारिखमा मनाईने यो दिवस यस वर्ष ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने नारका साथ नेपालमा मनाईदैँछ । विश्वभरिमा हरेक वर्ष ४०० बिलियन टन प्लास्टिकहरू उत्पादन हुने गरेको मध्ये ५० प्रतिशत केवल एक पटक मात्र प्रयोग गर्न सकिने भएकोले प्लास्टिक प्रदूषणले विश्वलाई आक्रान्त गरिरहेको यस अवस्थामा विश्व समुदायलाई यस वर्ष प्लास्टिक प्रदूषण विरुद्ध एकजुट हुन आग्रह गरिएको छ । १९७२ जुन १६ मा संयुक्त राष्ट्र संघले विश्व वातावरण सम्मेलन आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने अन्तर्राष्ट्रिय ऐक्यबद्धता बनेपछि १९७३ जुन ५ मा पहिलो पटक विश्व वातावरण दिवस मनाईएको थियो । त्यसयता हरेक वर्षको जुन ५ तारिखमा व...
सिकारीले चलाएको गोलीले लाग्दा किशोरीको मृत्यु

सिकारीले चलाएको गोलीले लाग्दा किशोरीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २२ । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका ५ रुप्सामा एक स्थानिय सिकारीले गोली चलाउदा १७ बर्षीय यलिसा सहकारीकोे मृत्यु भएको छ । गत जेष्ठ १९ गते स्थानिय सिकारीले ढुकुरलाई बन्दुकले हान्दा मकै गोडिरहेकी सरहारीलाई लाग्दा घाईते भएकी थिईन् । घाईतेलाई प्राथमिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचारको लागी लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको उनको उपचारको क्रममा आईतबार मृत्यु भएको स्थानीय नेत्रराज बोगटीले जानकारी दिए । कक्षा १० मा अध्ययनरत मृतक सहकारीको आईतबार नै पोष्टमार्टम गरी सुर्खेतको गिरीघाटमा अन्त्येष्टि गरिएको छ । घटना कसरी भएको भन्ने बारेमा बुझ्ने प्रयास भईरहेको र गोली लागेको खबर पाएपछि घटना स्थलतर्फ आफुहरु जादैँ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक शुभराज बमले जानकारी दिए । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्र...
इब्राहिमोभिचले क्लब फुटबलबाट लिए सन्यास

इब्राहिमोभिचले क्लब फुटबलबाट लिए सन्यास

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेष्ठ २२। एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोभिचले क्लब फुटबलबाट सन्यास लिएका छन् । सिरी ए को अन्तिम खेलपछि ४१ बर्षीय स्विडिस खेलाडी इब्राहिमोभिचले सन्यासको घोषणा गरेका हुन् । उनले यसअघि नै एसी मिलान छाड्ने घोषणा गरिसकेका छन् । अन्तिम खेलपछि उनले मिलानबाट आफूले धेरै माया पाएको भन्दै धन्यवाद व्यक्त गरे । ‘मेरो लागि अहिले धेरै भावनाहरू छन् । फोर्जा मिलान र गुडबाइ,’ इब्राहिमोभिचले भावुक हुँदै भने, ‘पहिलो पल्ट म यहाँ आउँदा तपाईंहरुले मलाई खुशी दिनुभयो, दोस्रो पटक माया । तपाईंले मलाई खुल्ला हातले स्वागत गर्नुभयो । तपाईले मलाई घरमा महसुस गराउनुभयो । म मेरो बाँकी जीवनको लागि मिलानिस्टा हुनेछु ।’ ‘मैले फुटबललाई गुडबाइ भनेको हुँ, तपाईंहरूलाई होइन, ‘उनले भन’े ‘जब पत्रकारले मेरो भविष्यको बारेमा सोध्थे म डराउँने गर्थे । तर अहिले म अहिले स्वीकार्न सक्छु, म तयार छु । पेरिस सेन्ट ज...
उदयपुरमा तिन दिने मल्टिमिडिया तालिम सम्पन्न

उदयपुरमा तिन दिने मल्टिमिडिया तालिम सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ २२ । उदयपुरको बेलका नगरपालिका ८ सोमबारे स्थित बेलका बिच रिसोर्टमा भएको तिन दिने मल्टिमिडिया तालिम आईतबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजना र आन्तरीक मामिला तथा सुरक्षा मन्त्रालयको सहयोगमा शुक्रबारबाट पत्रकारहरुलाई क्षमता अभिवृद्धिको लागी दिईएको तिन दिने मल्टिमिडिया तालिम सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सदस्य भिषण राईले प्रशिक्षण गर्नुभएको तालिममा कोशी प्रदेशको सात जिल्लाको २९ जना पत्रकारहरुको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत नारायण भन्डारीले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागी सक्ने जति सहयोग गर्दै आएको र आगामी दिनमा मन्त्रालयबाट सकिने जति सहयोग गर्ने बताउनुभयो । उहाँले यस तालिमले पत्रकारहरुको क्षमता विकास हुनेमा बिस्वास व्यक्त गर्नुभयो । नेपाल पत्र...