ब्रेकिङ न्युज : उदयपुरगढी माईक्रो दुर्घटना, १८ मध्ये दुई गम्भीर
पूर्णपुष्टि, २९ असोज ।
उदयपुरको उदयपुरगढी गाउँपालिका ७ अधेरी झर्नामा भएको माईक्रो दुर्घटनामा १८ जना घाईते भएको छ । काठमाण्डौँ देखी झापा तर्फ जाँदै गरेको प्र.१–०२०००४ क २०७६ नं को हायस दिउँसो पछाडीको टायर खुस्किदा दुर्घटना भएको थियो । टायर खुस्किएर अनियन्त्रीत भएको माईक्रो सडक छेउ दाईने साईडको सालको रुखमा ठक्कर खाएर ध्वस्त भएको थियो । उक्त माईक्रोमा सवार १८ मध्य दुई जना गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
अन्य सबै सामान्य अवस्थामा रहेको छ । घाईते हुनेहरुमा चालक जिल्ला सिन्धुली सुनकोशी गापा ५ बस्ने बर्ष २३ को सागर ठकुरी, ईलाम सुर्यदय न.पा. ९ बस्ने बर्ष ४० की रेणुका गौताम, निजको छोरा बर्ष १५ को अनुपम आचार्य, झापा शिवसता सिधाम न.पा. १ बस्ने बर्ष ३० को निर्देश भट्टराई, निजको बहिनी बर्ष १४ की निकिता, सुनसरी बराह्रक्षेत्र न.पा. ५ बस्ने बर्ष ३९ को भिम कुमार खत्री...









