Wednesday, June 17News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुरमा समाजवादी मोर्चाको जिल्ला सन्देश सभा

उदयपुरमा समाजवादी मोर्चाको जिल्ला सन्देश सभा

Breaking News 1, समाचार
उदयपुर, असोज २७ । समाजवादी मोर्चा नेपाल जिल्ला स्तरीय उदयपुर सन्देश सभा आज त्रियुगा नगरपालिका ३ मोतिगडामा सम्पन्न भयो । नेकपा ९एकिकृत समाजवादी० उदयपुरको संयोजन तथा समाजवादी मोर्चा नेपालको आयोजनामा भएको सभालाई मोर्चा आवद्ध दलहरुका केन्द्रिय नेताहरुले सम्बोधन गरेका थिए । मोर्चाले मिसन २०८४ मात्र नभई दिर्घकालिन सहकार्यको लक्ष लिएको उनीहरुले बताएका थिए ।...
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २७ । झापामा श्रीमतीको हत्या आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम फाकफोकथुम घर भई दमक–१ स्थित डेरामा बस्दै आएका २२ बर्षीय दिनेश सुनुवार रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार असोज २५ गते बिहीबार राती ११ बजेको समयमा मादक पदार्थ सेवन गरी आएका सुनुवारले २१ बर्षीय श्रीमती सुनिता सुनुवारलाई कुटपिट गरी घाईते बनाएका थिए । घाईते भएकी सुनिताको दमक अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उनको उपचारको क्रममा शुक्रबार मृत्यु भएको डिएसपी दाहालले बताए । श्रीमती कुटपिट गर्ने सुनुवारलाई ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको उनले बताए । पक्राउ परेका सुनुवारको सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा प्रहरीद्धारा गाँजा खेती नष्ट

उदयपुरमा प्रहरीद्धारा गाँजा खेती नष्ट

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २७ । उदयपुरको दुई स्थानमा लगाईएको गाँजा खेती प्रहरीले फडानी गरेको छ । जिल्लाको बेलका नगरपालिका र ताप्ली गाउँपालिकामा लगाईएको प्रतिवन्धित गाँजा खेती प्रहरीले नष्ट गरेको कोशी प्रदश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार बेलका–७ मैनांमैनीको बिभिन्न स्थानको ६ कठ्ठा जग्गामा लगाईएको गाँजाको बोट इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले नष्ट गरेका हुन् । त्यस्तै ताप्ली –२ स्थितका बिभिन्न एरियामा लगाएको गाँजा खेती समेत नष्ट गरिएको डिएसपी दाहालले बताए । प्रहरीले करिब ६२ हजार १ सय ५० गाँजाको बोट नष्ट गरेको उनले जनाए ।...
उदयपुरमा करिब २ लाख बराबरको पटका र अवैध औषधी बरामद

उदयपुरमा करिब २ लाख बराबरको पटका र अवैध औषधी बरामद

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २७ । उदयपुरमा आतसबाजी पटका र अवैध औषधी प्रहरीले बरामद गरेको छ । शुक्रबार इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको गस्ती टोलीले कटारी १ स्थितबाट आतसबाजी पटका र अवैध औषधी बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार सिद्धिरण राजमार्ग स्थित चुरे जंगल नजिकै सडक किनारामा लुकाई छिपाई राखिएको करिव ५० हजार मुल्यबरावरको नागिन पटका र १ लाख ५० हजार बरावरको बिभिन्न प्रकारका अवैध औषधी बरामद भएको हो । बरामद भएको उक्त सामग्रीको अन्य थप अनुसन्धान भईरहेको प्रहरीले डिएसपी दाहालले जनाए ।...
कोशीको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २७ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । कार्कीलाई शनिबार बिहान ४७ जना सांसदहरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरू बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालयमा सशरीर उपस्थित भएर आफ्नो हस्ताक्षर सनाखत हुन् । कार्कीलाई एमालेका ३९ र कांग्रेसको शेखर कोइराला पक्षका ८ गरी ४७ जना सांसहरूको समर्थन छ । शुक्रबार माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले ४७–४७ सांसदहरुको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । मुख्यमन्त्रीमा दुबै पक्षले बहुमत सदस्यहरुको हस्तारक्षर सहित दाबी पेश गरेपछि प्रदेश प्रमुख खापुङले सनाखत गर्न आज बिहान ८ बजेदेखि २ बजेसम्मको समय निर्धारण गरेका थिए। एमालेबाट मुख्यमन्त्री बनेका हिक्मत कु...
त्रियुगा उद्योग बाणिज्य संघको नेतृत्वमा गाईघाट बजार परिसर सरसफाई

त्रियुगा उद्योग बाणिज्य संघको नेतृत्वमा गाईघाट बजार परिसर सरसफाई

Breaking News 2
पूर्णपुष्टि, २७ असोज । नजिँकदै गरेको, दशैँ, तिहार र छैठ लगायतको चाँडबाँडलाई लक्षित गर्दै गाईघाट बजारमा सरसफाई गरिएको छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको अगुवाईमा त्रियुगा नगरपालिका, सुरक्षा निकाय, गैरसरकारी संघ संस्था, रेडक्रस सोसाईटी नेपाल, पत्रकार महासंघ लगायत १६ ओटा नियकाहरुले संयुक्त रुपमा सरसफाई गरेको हो । संघका अध्यक्ष रमेश रसाईलीले डेँगुलाई समेत लक्षित गरि सरसफाई गरिएको जनाए । चाँडबाँड सँगै डेँगुलाई पनि सरसफाईबाटै नियन्त्रण गर्न सकिने भन्दै उक्त सरसफाई अभियान संञ्चालन गरिएको जनाए । यस अभियानलाई अब लगतार संञ्चालन गर्ने र गाईघाट बजारलाई फोहोर मुक्त सहर खडा गर्ने रसाईलीको भनाई छ । पिपलचोक बाट गरिएको सरसफाई अभियान बसपार्क सम्म गएर टुंगिएको थियो । बाँकी सरसफाई अन्य ठाउँहरुमा गर्दै जाने उनले जनाए । सरसफाई सँगै दशैँ तिहार छैठको शुभकामना समेत व्यक्त गिरिएको थियो ।...
शुद्धिकरण बारे पर्चासहित पत्रकार महासंघ उदयपुरमा मध्येरातमा ताला

शुद्धिकरण बारे पर्चासहित पत्रकार महासंघ उदयपुरमा मध्येरातमा ताला

Breaking News 1, समाचार
पूर्णपुष्टि, असाेज २७ । पत्रकार महासंघ शाखा उदयपुरमा गएराती अज्ञातढंगले ताला लगाएकाे छ । तालासंगै पर्चा राखिएकाे छ । पर्चामा लेखिएकाे छ -"सदस्यता शुद्धिकरण संशाेधन गर, गैरपत्रकार र आसेपासेलाई पत्रकार बनाउन पाईदैन" तालाबन्दीमा महासंघभित्र बसेका पत्रकार बुद्धि चामलिङ्ग थुनिएका छन् । पत्रकार राई महासंघ कार्यसमिति सदस्य हुन् । अघिल्लाे दिन पत्रकार महासंघ केन्द्रले सदस्यता सुद्धिकरणकाे नाम सार्वजनिक गरेकाे थियाे । पत्रकार राई विहान बाहिर निस्कन खाेज्दा ताला लगाएकाे थाहा पाएका थिए । आफू सुतेकाे बेला मध्यरातमा ताला लगाएकाे हुनसक्ने पत्रकार राईकाे भनाई छ । महासंघ शाखा अध्यक्ष भरत खड्काले घटनाले अराजकता र असुरक्षा देखाएकाे बताए । "जाे काेहीले गरेकाे हाेस् याे अराजकताकाे पराकाष्ठा हाे, यसकाे घाेर निन्दा गर्छाै।" अध्यक्ष खड्काले भने "अनुसन्धान गरि कारवाहीकाे दायरामा ल्याउनेछाैं ।" महासंघ शाखाले...
फुल खेतीबाट आत्मनिर्भर उदयपुरका विद्यार्थी

फुल खेतीबाट आत्मनिर्भर उदयपुरका विद्यार्थी

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज २६ । उदयपुरमा विद्यार्थीहरुले सयपत्री फुलको खेती गरेका छन् । कटारी नगरपालिका–४ स्थित त्रिवेणी माध्यामिक विद्यालयका कृषि प्राविधिक धारतर्फका विद्यार्थीले जिल्लाको दुई स्थानमा सयपत्री फुलको खेती गरेका हुन् । बर्सेनि तिहारका समयमा हुने फूलको अभावलाई अन्त्य गर्ने उद्देश्यले कटारी तथा सदरमुकाम क्षेत्रका लागि विद्यार्थीले विद्यालय परिसर र त्रियुगा–१० बोक्सेमा फुलखेती गरेका हुन् । विद्यार्थी राजु ठाकुरका अनुसार कटारी क्षेत्रको लागी विद्यालय परिसरको पाँच कठ्ठा जग्गामा सयपत्री लगाईएको छ । कक्षा १२ को परीक्षापश्चात् गरिने प्रयोगात्मक परीक्षणका लागि फूलखेती गर्नुपर्ने भएपछि जिल्लाको दुई स्थानमा सयपत्री लगाइएको उनले बताए । विद्यालयका प्रधानाध्यापक बालकृष्ण कार्कीले विवश लामिछानेसहित १० विद्यार्थीको समूह बनाएर खेती गरिएको बताएका छन् । बोक्सेमा एक बिघा जग्गा लिजमा लिएर विद्यार्थी...
स्व.चित्र कुमारी लिम्वु स्मृति फुटवल प्रतियोगिताको टाईसिट सार्वाजानिक

स्व.चित्र कुमारी लिम्वु स्मृति फुटवल प्रतियोगिताको टाईसिट सार्वाजानिक

Breaking News 2, समाचार
पूर्णपुष्टि, २६ असोज । यहि कार्तिक ३ देखी सुरु हुने स्व. चित्र कुमारी लिम्वु स्मृति तेस्रो मलिथम फुटवल प्रतियोगिताको टाईसिट सार्वजानिक भएको छ । आयोजक मलिथम थारु सेवा समाजले प्रतियोगितामा ८ ओटा टिम सहभागी रहने गरी टाईसिट सार्वजानिक गरेको हो । समाजका अध्यक्ष संजय चौधरीका अनुसार उक्त प्रतियोगिता गाईघाट स्थित थारुहट रंगशालामा हुने छ । प्रतियोगिताका लागि आफुहरु तिव्र गतिमा लागि परिरको पनि चौधरीले जनाए । क्रिमशन मेशनरी अटो पार्टसले प्रयोजक गरेको उक्त प्रतियोगिताका बिजेता टिमले रु ३० हजार नगद ट्राफि र मेडल पाउने छ ।...
प्रहरी हौ भन्दै लुटपाट गर्ने २ जना पक्राउ

प्रहरी हौ भन्दै लुटपाट गर्ने २ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २६ । मोरङमाप्रहरी हौ भन्दै लुटपाट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर–१ का ३८ बर्षीय दिपक तामाङ र बिराटनगर–४ का सुनिल थापा रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार उनिहरुले असोज २२ गते बिराटनगर–१२ का रवि कुमार साह सुडीलाई बिराटनगर–११ मा रोकेर हामी प्रहरी हौ भन्दै नियन्त्रणमा लिई लुटपाट गरेका थिए । सुडीलाई घर नजिकैबाट पिछा गरेको र बिराटनगरको रोडसेष चोकमा पुगेपछि मोटरसाईकल रोकी बिराटनगरको हनुमान मन्दिर छेउमा लगी लुटपाट गरेको डिएसपी दाहालले बताए । लुटपाट भएको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको उनले बताए । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नगद ८ लाख ६५ हजार, रोयल ईन्फिल्ड...