उदयपुरका १५ किशोरीलाई ३९० घण्टे बिउटिसियन तालिमको प्रमाण पत्र
पूर्णपुष्टि, १२ साउन ।
हुरेण्डेक उदयपुरले संञ्चालन गरेको ३९० घण्टे बिउटिसियन तालिम शनिवार सम्पन्न भएको छ । वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा त्रियुगा नगरपालिका ९ राजावास स्थित ओरेक उदयपुरको सभाहलमा भएको तालिम सम्पन्न भएको हो । हुरेण्डेकले जेष्ठ २६ गते कम्युटर, मोवाईल मर्मत र बिउटीसियन गरी तिन ओटा क्षेत्रमा तालिम संञ्चालन गरेको थिए ।
कम्युटर प्रशिक्षणको तालिम २२० घण्टे भएकाले असार २२ गतेनै सम्पन्न भैसकेको छ भने मोवाईल मर्मत र बिउटीसियनको साउन १२ गते शनिवार सम्पन्न भएको हो । बिउटिसियनमा १५, कम्युटरमा १७ र मोवाईल मर्मत तर्फ १ जना गरी जम्मा ३३ जना किशोर किशोरीहरु तालिममा सहभागी थिए ।
परियोजना व्यवस्थापक विकल सुवेदीका अनुसार संस्थाले यस्ता खाले सिपमुलक तालिमहरु उदयपुरमा पहिल्यैबाट संञ्चालन गर्दै आएको जनाए । उक्त कार्यक्रम परियोजनाको कार्यक्षेत्र उदयपुरको रौतामाई, ताप्ली...







