Thursday, August 6News That Matters

Month: १ वर्ष अगाडि

वैदेशिक रोजगार ऐन संशोधन अन्तिम चरणमा

वैदेशिक रोजगार ऐन संशोधन अन्तिम चरणमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १९ । सरकारले वैदेशिक रोजगार ऐन २०६४ को संशोधन कार्य अन्तिम चरणमा पुर्‍याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८७ दफा रहेको यस ऐनका २३ दफामा संशोधन गर्ने तयारी गरेको हो । वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका सहसचिव जीवलाल भुसालको संयोजकत्वमा गठित समितिले ऐन संशोधनको मस्यौदा तयार पारेको छ । हाल मन्त्रालयले यस मस्यौदाका विषयमा सरोकारवालाहरूसँग छलफल गरिरहेको छ । मुख्य विवादास्पद प्रस्ताव संशोधनको सबैभन्दा महत्त्वपूर्ण तर विवादास्पद प्रस्ताव व्यक्तिगत ठगीसँग सम्बन्धित दफा ४३ का मुद्दाको क्षेत्राधिकार परिवर्तन गर्ने विषय हो । वैदेशिक रोजगार विभागमा हाल करिब ३६ हजार मुद्दा थुप्रिएका छन् । यी मुद्दाहरूको समाधान गर्न वर्षौं लाग्ने देखिएपछि सरकारले व्यक्तिगत ठगीका मुद्दाको अनुसन्धान प्रहरीलाई र न्याय निर्णयन जिल्ला अदालतलाई गर्ने प्रस्ताव अघि बढाएको हो । हाल वैद...
कोशी प्रदेशको विभिन्न स्थानबाट लागुऔषध सहित ५ जना पक्राउ

कोशी प्रदेशको विभिन्न स्थानबाट लागुऔषध सहित ५ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १९ । कोशी प्रदेशको झापा, मोरङ र धनकुटा जिल्लाबाट प्रतिवन्धित लागू–औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिषेश सुचनाको आधारमा विभिन्न स्थानबाट लागुऔषध सहित ५ जनालाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रवक्ता (प्रहरी उपरीक्षक) दिपक पोखरेलका अनुसार इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका–५ का २९ बर्षीय राजेन्द्र कुमार ताजपुरीया र शिवसताक्षी–४ का २१ बर्षीय अजय ताजपुरियालाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले विराटनगर–१५ स्थितबाट सुनसरी बराहक्षेत्र नगरपालिका–७ का ३२ बर्षीय मनोज बस्नेतलाई ३ ग्राम १०० मिलिग्राम ब्राउन सुगर र इलाका प्रहरी कार्यालय राजारानी धनकुटाले चौबिसे गाँउपालिका–६ का मुकेश...
दित्तेलका मेयर भट्टराईको आन्दोलनमा लिम्चुङबुङका अध्यक्ष राईको ऐकबद्धता

दित्तेलका मेयर भट्टराईको आन्दोलनमा लिम्चुङबुङका अध्यक्ष राईको ऐकबद्धता

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १९ । खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाको मेयर तिर्थराज भट्टराईको आन्दोलनमा लिम्चुबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले ऐकबद्धता जनाएको छ । स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै मेयर भट्टराई काठमाण्डौँको माईतिघर मण्डलामा अमरन अनसन बसिरहेको छ । उनले स्थानीय स्रोत साधनको उचित उपयोग गर्न पाउन माग गर्दै साउन ११ गतेबाट अमरन अनसन सुरु गरेको हो । उनले बाँदर लगायत अन्य बन्यजन्तुले कृषिमा गरेको आतंक, विश्वव्यापी जलबायुको असर, पर्यावरणीय संकट तथा वाँस, गाँजा लगायतका बनस्पती लगायत ७ बुद्धे माग सहितको अनसन सुरु गरेको हो । उक्त माग र अनसनलाई समर्थन गर्दै अध्यक्ष राईले पनि ऐकबद्धता जनाएको हो । अध्यक्ष राईले बिज्ञाप्ती जारी गर्दै भट्टराईको मागलाई सरकारले तत्काल वार्तामार्फत समाधान गर्न समेत अनुरोध गरेका छन् ।  ...
मेयर तिर्थराज भट्टराईको आन्दोलनमा लिम्चुङबुङ गाउँपालिकाको पनि ऐकबद्धता

मेयर तिर्थराज भट्टराईको आन्दोलनमा लिम्चुङबुङ गाउँपालिकाको पनि ऐकबद्धता

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १८ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराईको आन्दोलनमा लिम्चुङबुङ गाउँपालिकाले पनि ऐकबद्धता जनाएको छ । आईतबार पालिकाको अध्यक्ष मेजर कुमार राईले बिज्ञाप्ती जारी गर्दै मेयर भट्टराईको मागलाई सरकारले सम्बोधन गर्नु पर्ने भन्दै ऐकबद्धता जाहेर गरेको हो । भट्टराईले बाँदर लगायत अन्य बन्यजन्तुले कृषिमा गरेको आतंक, विश्वव्यापी जलबायुको असर, पर्यावरणीय संकट तथा वाँस, गाँजा लगायतका बनस्पती लगायत ७ बुद्धे माग सहितको अनसन सुरु गरेको थियो । उक्त माग र अनसनलाई समर्थन पालिकाले बिज्ञाप्तीनै जारी गरेर भट्टराईको उक्त कार्यलाई समर्थन गर्ने जनाएको हो । यस अघि मात्रै त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार वस्नेतले पनि मेयर भट्टराईको आन्दोलनलाई ऐकबद्धता जनाएको थियो ।...
मिडिया काउन्सिल विधेयक संशोधनका सवालमा प्रेस सेन्टर नेपालकाे सान्दर्भिक कदम

मिडिया काउन्सिल विधेयक संशोधनका सवालमा प्रेस सेन्टर नेपालकाे सान्दर्भिक कदम

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, साउन १८ ।       प्रेस सेन्टर नेपालले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा रहेको मिडिया काउन्सिल विधेयक संशोधन नभए कडा आन्दोलनमा उत्रने चेतावनी विज्ञप्तीमार्फत दिएको छ । उसले विभिन्न सञ्चार संस्थाहरुलाई सहकार्यको आव्हानसमेत गरेको छ । आज प्रेस विज्ञप्ती जारी गर्दै सेन्टरले  विधेयकका केही प्रावधानहरूबारे स्पष्ट धारणासहित गम्भीर सरोकार रहेको जनाएको छ । राष्ट्रिय सभाबाट पारित विधेयकका प्रावधानप्रति ध्यानाकर्षण       राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा विचाराधीन मिडिया काउन्सिल विधेयकका केही प्रावधानले विधेयकलाई पञ्चायतकालीन कानूनभन्दा पनि प्रतिगामी बनाउने जोखिम ठहर गरेको छ । विश्वव्यापी प्रेस स्वतन्त्रताको मान्यता, नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, राष्ट्रिय आमसञ्चार नीति २०७३ र डा. सुरेश आचार्य नेतृत्वक...
दिक्तेलका मेयर भट्टराईको आन्दोलनमा गाईघाटका मेयर वस्नेतको ऐकबद्धता

दिक्तेलका मेयर भट्टराईको आन्दोलनमा गाईघाटका मेयर वस्नेतको ऐकबद्धता

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, १८ साउन । खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाको मेयर तिर्थराज भट्टराईको आन्दोलनमा त्रियुगा नगरपालिका गाईघाटका मेयर वसन्त वस्नेतले ऐकबद्धता जनाएको छ । स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै मेयर भट्टराई काठमाण्डौँको माईतिघर मण्डलामा अमरन अनसन बसिरहेको छ । उनले स्थानीय स्रोत साधनको उचित उपयोग गर्न पाउन माग गर्दै साउन ११ गतेबाट अमरन अनसन सुरु गरेको हो । उनले बाँदर लगायत अन्य बन्यजन्तुले कृषिमा गरेको आतंक, विश्वव्यापी जलबायुको असर, पर्यावरणीय संकट तथा वाँस, गाँजा लगायतका बनस्पती लगायत ७ बुद्धे माग सहितको अनसन सुरु गरेको हो । उक्त माग र अनसनलाई समर्थन गर्दै मेयर वस्नेतले पनि ऐकबद्धता जनाएको हो । वस्नेतले प्रेस बिज्ञाप्तीनै जारी गरेको भट्टराईको उक्त कार्यलाई समर्थत जनाएको हो ।...
पत्रकार नेपली माथीको दुर्व्यवहारप्रति  महासंघ र सेन्टरको आपत्ति

पत्रकार नेपली माथीको दुर्व्यवहारप्रति महासंघ र सेन्टरको आपत्ति

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १८ साउन । उदयपुरका पत्रकार राकेश नेपापली माथीको दुर्व्यवहारलाई लिएर नेपाल पत्रकार महासंघ उदयपुर र प्रेस सेन्टर उदयपुरले आपत्ति जनाएको छ । रास्वपा त्रियुगा नगर अधिवेशनको समचार संकलन गर्न गएका नेपाली माथी ‘रास्वपाकी नेतृ सरिन तामाङले अधिवेशन स्थलमै क्यामेरा खोस्नुका साथै फोटो खिच्नसमेत अअवरोध गरेको नेपालीको भनाई छ । उक्त घटनाप्रति महासंघ र प्रेस सेन्टर उदयपुरले घोर निन्दा गरेको छ । जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारकर्मीमाथि हुने यसप्रकारको अपमान र दुर्व्यवहारप्रति सेन्टर खेद प्रकट गर्दछ । कुनै पनि बहानामा पत्रकारलाई अपमान, दुर्व्यवहार गर्दै हतोत्साहित गर्नु र गराउनु प्रेस स्वतन्त्रतामाथिको ९खुल्ला र चुनौतीपूर्ण० प्रहार र प्रतिशोध हो भन्ने प्रेस सेन्टरको ठहर हो ।’ सेन्टरले घटनाको निष्पक्ष छानबिन गर्न र दोषीमाथि कडा कानुनी कारबाही गरी सिंगो प्रेस जगतलाई पेसाप्रति प्रत्...
पोर्ताहका दुई घर बाढीका कारण उच्च जोखिममा

पोर्ताहका दुई घर बाढीका कारण उच्च जोखिममा

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १८ । उदयपुरको त्रियुगा नगरपालिका–१३ पोर्ताहस्थित मुसहर बस्तीका दुई घर बाढीका कारण उच्च जोखिममा परेका छन् । गएरातिदेखी निरन्तर बर्षा भएपछि सुरज कुमार सदा र जगत सदाको घर बाढीका कारण उच्च जोखिममा परेको हो । एकै स्थानमा सँगै रहेका यी दुई घरलाई वर्षाका कारण कुलोमा आएको पानीको भलले चारैतिरबाट घेरेको छ । पानिको भलले आँगनको बिचभाग कटान गरेको छ भने सुरज कुमार सदाको घरको एक छेउको भित्ता पूर्ण रुपमा कटान गरेको छ । घर अगाडिको कुलो र पछाडिको नालाले घरलाई दुबैतिरबाट कटान गरेको छ । सुरज कुमार सदाको तीन जनाको परिवार र जगत सदाको चार जनाको परिवार गरी सात जना विस्थापित हुने उच्च सम्भावना रहेको छ । फेरि ठूलो वर्षा भएमा यी घरहरू पूर्ण रूपमा भत्किने जोखिम रहेको स्थानीयहरूले बताएका छन् । घरहरूमा देखिएको जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा खटिएर कुलोमा थुनछेक गरेर पा...
रौता पोखरी  :  बर्षामा पनि रोकिएन माओवादीको श्रमदान

रौता पोखरी : बर्षामा पनि रोकिएन माओवादीको श्रमदान

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, १८ साउन । उदयपुरकै प्रमुख पर्यटक तथा धार्मिक स्थल रौता पोखरीमा माओवादीले श्रम तथा सरसफाई अभियान चलाएको छ । रौतामाई गाउँपालिकाको नेकपा माओवादी केन्द्र वडा नं ६ वडा कमिटिको आयोजनामा शनिवार रौता पोखरीमा श्रम तथा सरसफाई अभियान संञ्चालन गरेको हो । अभियानमा पार्टीका नेता तथा कार्यकर्ताहरु सहित स्थानीयहरुको उपस्थिति रहेको थियो । स्थानीयवासी तथा माओवादी केन्द्र उदयपुर जिल्ला पार्टी सदस्य समेत रहेका युवा नेतृत्व शुक्र राईको अगुवाईमा अभियान संञ्चालन भएको हो । उनिहरुले अभियानमा बिभिन्न तिन महत्वपूर्ण काम गरेको छ । जस अन्तर्गत रौता पोखरी नजकि नेपालको झण्डा गाडिएको छ भने बृक्षा रोपन सँगै पोखरी आसपासका फोहोरहरु सरसफाई गरिएको छ । बिषेश तया पोखरी नजिक रहेको सिडी र कंक्रिट निर्माणमा फलाएको फोहोरहरुलाई सरसफाई गरिएको छ । त्यस्तै आसपासका अनावश्यक झारपातहरुलाई व्यवस्थापन गरिएको छ । झरीका...
पूर्वपश्चिम बरुवा बसपार्क र मुसहरबस्ति डुवानमा

पूर्वपश्चिम बरुवा बसपार्क र मुसहरबस्ति डुवानमा

Breaking News 2
पूर्णपुष्टि/उदयपुर, साउन १८ । रातभरकाे वर्षातले उदयपुरकाे त्रियुगा नगरपालिका-१३ स्थित पूर्विश्चिम बरुवा बसपार्क र मुसहरबस्ती डुवानमा परेकाे छ । डुवानका कारण बसपार्क सञ्चालन, ट्राफिक कार्यालय आवतजावतमा अवराेध भएकाे छ । बसपार्कमा रहेका नगरपालिकाकाे दमकल, एम्बुलेन्स लगायतका यन्त्र तथा साधनहरु, टिकट काउन्टरहरु डुवानमा परेका छन् । बसपार्क निर्माणकाे क्रममा बर्षातकाे पानी निकास हुने ठाउँ नराख्दा सामान्य वर्षातमा पनि यहाँ डुबान हुने गरेकाे छ । उता मुसहरबस्ती डवानमा पर्दा दुईघर बिस्थापित भएका छन् ।प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले क्षतिकाे जानकारीकाे खाेजि तथा विवरण संकलन कार्य भईरहेकाे बताउनुभयाे । विहानसम्म मुसहरबस्ती बाहेकमा क्षतीकाे खबर नआएकाे बताउनु भयाे । मुसहरबस्तीमा उद्धार कार्यमा सुरक्षाकर्मी खटिएका छन् । खाेलामा बाढी र सतर्कता      यसैबीच गएराती त्रियुगा र बरुवाखाेलामा जलम...