Thursday, August 6News That Matters

Month: ११ महिना अगाडि

उदयपुरमा दोस्रोदिन कर्फ्यु जारी, बेलका नगरपालिकामा पनि चारकिल्ला तोकियो

उदयपुरमा दोस्रोदिन कर्फ्यु जारी, बेलका नगरपालिकामा पनि चारकिल्ला तोकियो

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २६ । जिल्ला प्रशासन कार्यालय उदयपुरले दोस्रो दिन आज कर्फ्यु जारी भएको छ । आज साँझ ७ः०० बजेदेखि भोली विहान ५:०० बजेसम्म कर्फ्यु जारी गरेको हो । हिजो त्रियुगा, कटारी, चौदण्डीगढी नगरपालिकामा मात्र कर्फ्यु क्षेत्र तोकिएकोमा आज बेलका नगरपालिका थपिएको हो । जिल्लामा विभिन्न स्थानमा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा आदिका कारण धनजनको क्षती हुन सक्ने अवस्थालाई मध्येनजर गर्दै जिल्ला सुरक्षा समितिको आजको बैंठकको निर्णय बमोजिम कफ्यु जारी भएको हो । जिल्लाको तीन मुख्य स्थानमा कर्फ्यु तोकिएको छ । सदरमुकाम गाईघाट क्षेत्रको पूर्वमा त्रियुगा नगरपालिका १३ फुलजोर, पश्चिममा त्रिनपा ७ चुहाडे, उत्तरमा त्रिनपा १० चप्पन बरुवापुल र दक्षिणमा त्रिनपा ६ जलजले तोकिएको छ । यसचार सिमाभित्र कुनै पनि भेला, जुलुस, प्रदर्शन, बैंठक गर्न नपाउने गरी कफ्यु जारी भएको छ । त्यसैगरी कटारी नगरपालिका क्षेत...
उदयपुर अदालतले केही महत्वपूर्णबाहेकका कार्य दुईदिन स्थगित गर्ने

उदयपुर अदालतले केही महत्वपूर्णबाहेकका कार्य दुईदिन स्थगित गर्ने

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २६ । जिल्ला अदालत उदयपुरले आज एक सुचना जारी गर्दै नियमित मुद्दाका सुनुवाई तथा अन्य निवेदन लिन स्थगित रहेको जनाएको छ । अदालतका निमित्त श्रेष्तेदार डिल्लीरमण तामाङद्वारा हस्ताक्षरित सुचनाले आज र भोली (भदौ २६ र २७ गते) नयाँ निवेदन र नियमित मुद्दाका सम्पूर्ण सुनुवाई स्थगित भएको जनाएको हो । बन्दीप्रत्याक्षीकरण निवेदन सुनुवाई, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ बमोजिम पक्राउ पूर्जी जारी गर्न अनुमती प्रदान गर्ने र जरुरी पक्राउ स्विकृती, म्याद थप र थुनचेक सम्बन्धी कार्य भने हुने जनाइएको छ । यस बाहेकका अदालतका अन्य कार्य सम्पादन तथा जिम्मेवारीमा पर्ने कार्य दुईदिन स्थगित रहेको जनाइएको छ । अदालतको आजको फुलकोर्टको निर्णायानुसार सुचनामार्फत जानकारी दिइएको हो ।...
जेनजी आन्दोलन : मृतकको संख्या ३४ पुग्यो

जेनजी आन्दोलन : मृतकको संख्या ३४ पुग्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २६ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध आन्दोलनमा उत्रिएका जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशभरका विभिन्न अस्पतालहरूबाट प्राप्त तथ्यांक अनुसार ३४ जनाको मृत्यु भएको हो । काठमाडौंको सिभिल अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३ जना, फ्रन्टलाइन अस्पतालमा ३ जना, केएमसी अस्पतालमा २ जना, बि।पि। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, बयोधा अस्पतालमा २ जना, त्रिवि शिक्षण अस्पताल, बिर्तासिटी अस्पताल र बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ । त्यस्तै, देशभर विभिन्न अस्पतालमा १ हजार ३६८ जना घाइते उपचाररत छन् । जसमध्ये ३२१ जना अस्पतालमा उपचाररत छन् । हालसम्म ९४९ जना डिस्चार्ज भएका छन् ।...
उदयपुरमा आज साँझ ६ बजेसम्म निषेधज्ञा जारी

उदयपुरमा आज साँझ ६ बजेसम्म निषेधज्ञा जारी

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २६ । उदयपुरमा आज बिहिबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म निषेधज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले शान्ति सुरक्षा कायम राख्न यो आदेश जारी गर्नुभएको हो । स्थानीय प्रशासन ऐन संशोधनसहित २०२८ को दफा ६ (३) क बमोजिम जारी निषेधज्ञाको आदेशमा निषेधज्ञा भएको क्षेत्र र समयमा ५ जनाभन्दा बढी मानिसहरू एकठाउँमा भेला हुन नपाउने भनिएको छ । जिल्लाका विभिन्न स्थानहरूमा हुनसक्ने प्रदर्शन, जुलुस र हुलदङ्गाजस्ता गतिविधिका कारण प्रतिकूल अवस्था सिर्जना हुनसक्ने र शान्ति सुरक्षामा खलल पुग्नसक्ने परिस्थितिलाई दृष्टिगत गरी निषेधज्ञा जारी गरिएको छ । निषेधज्ञाको अवधिभर यस आदेशको अवज्ञा गर्ने वा आदेशको पालना गराउने कार्यमा अवरोध गर्ने जुनसुकै व्यक्तिलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ । उदयपुरमा बुधबार बेलुका ५ बजेदेखि बिहिबार बिहान ६ बजेसम्म...
त्रियुगा बाढीमा पसेका बृद्धलाई सशस्त्र प्रहरीले गर्यो सकुशल उद्धार

त्रियुगा बाढीमा पसेका बृद्धलाई सशस्त्र प्रहरीले गर्यो सकुशल उद्धार

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २६ भदौ । त्रियुगाको बाढीमा फसेका एक बृद्धलाई सशस्त्र प्रहरी वल नं ५ गण हेक्वाले उद्धार गरेको छ । त्रियुगा नगरपालिका १२ का ५८ बर्षिय महेन्द्र शर्मालाई शसस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो । बिहिबार बिहान त्रियुगा पुल मुनी बसिरको अवस्थामा एक्कासी बाढी आएपछि बृद्ध बाढीमै फसेका थिए । बाढीमा फसेको भन्ने सूचना पछि सशस्त्र प्रहरी बल ५ नं हेडक्वाटरका शसस्त्र प्रहरी निरिक्षक राज विक्रम खड्काको टोली तत्काल घटना स्थल तर्फ पुगेका थिए । वरी परि बाढी बिचमा फसिरहेका शर्माको डोरी बाट सकुशल उद्धार गरेको खड्काले जनाए । तत्काल उदद्धारले शर्मालाई जोखिमबाट मुक्त गर्दै ज्यान बचाउन सकेको निरिक्षक खड्कोका भनाई छ ।...
कफ्यु आदेश सुरु, सर्वसाधाणमा घरघरमा बस्दै

कफ्यु आदेश सुरु, सर्वसाधाणमा घरघरमा बस्दै

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २५ जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले अहिले पाँच बजेदेखि भोली विहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेका छन् । जिल्लामा विभिन्न स्थानमा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा आदिका कारण धनजनको क्षती हुन सक्ने अवस्थालाई मध्येनजर गर्दै जिल्ला सुरक्षा समितिको आजको बैंठकको निर्णय बमोजिम कफ्यु जारी भएको हो । जिल्लाको तीन मुख्य स्थानमा कर्फ्यु तोकिएको छ । सदरमुकाम गाईघाट क्षेत्रको पूर्वमा त्रियुगा नगरपालिका १३ फुलजोर, पश्चिममा त्रिनपा ७ चुहाडे, उत्तरमा त्रिनपा १० चप्पन बरुवापुल र दक्षिणमा त्रिनपा ६ जलजले तोकिएको छ । यसचार सिमाभित्र कुनै पनि भेला, जुलुस, प्रदर्शन, बैंठक गर्न नपाउने गरी कफ्यु जारी भएको छ । त्यसैगरी कटारी नगरपालिका क्षेत्रको पूर्वमा कटारी नपा ५ डाङडुङखोलापुल, पश्चिममा कटारी नपा ४ ककुरखोलापुल, उत्तरमा कटारी नपा ४ म...
उदयपुरमा आज शान्त अवस्था

उदयपुरमा आज शान्त अवस्था

Breaking News 1, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २५ । हिजो जेनजी प्रदर्शनले अस्तब्यस्त बनेको उदयपुर आज शान्त छ । विशेषगरी सदरमुकाम गाईघाट अस्तब्यस्त बनेको थियो । यहाँस्थित सरकारी कार्यालय र पार्टी कार्यालयहरुमा तोडफोड तथा आगजनी भएको थियो । चौकमा शालिक तोडफोड हुनुका साथै दुईपांग्रे सवारी साधनमा आगजनी भएको थियो । आज विहानैदेखि जेन्जी समुहको नाममा कुनै पनि गतिविधि नभएको प्रहरीले जनाएको छ ।...
सडकमा सेना तैनाथ

सडकमा सेना तैनाथ

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २५ । गएराती १० बजेदेखि नेपाली सेना शान्ति सुरक्षाका लागि सडकमा खटिएका छन् । गाईघाट बजार र जिल्लाको सबै क्षेत्रमा सेनाको पैदल तथा सवारीसाधनबाट गस्ती भइरहेको छ । सेना परिचालनसंगै जेनजी प्रदर्शन रोकिएको छ । नेपाली सेनाले आज दिनभर निषेधाज्ञ देशभर लागु गरेको छ भने भरै ५ बजेदेखि भोली विहान ६ बजेसम्म कफ्यू आदेश जारी गरेको छ । निषेधाज्ञको बेला हुलहुज्जत, प्रदर्शन, विरोध, र्याली, भेला गर्नु हुदैन । निषेधाज्ञको अवज्ञा नगर्न नेपाली सेनाले माइकिङमार्फत अनुरोध गरिरहेको छ । स्थानीय प्रशासनसमेतले सुचना जारी गरी निषेधाज्ञ र कफ्युको पालना गर्न अनुरोध गरेको छ । आज सामान्य अवस्थामा उयदपुरको जनजीवन चलेको छ । विहान बन्द रहेपनि दिउसोदेखि बजार पसलहरु खुलेका छन् । यातायात चलेका छन् ।...
प्रशासनले भन्यो – निषेधाज्ञ र कफ्युको पालना गरौं

प्रशासनले भन्यो – निषेधाज्ञ र कफ्युको पालना गरौं

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २५ । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले निषेधाज्ञ र कफ्युको पूर्ण पालना गर्न सबैलाई अनुरोध गर्नुभएको छ । आज एक सुचना जारी गर्दै शान्ति ब्यवस्था कायम गर्न हाल जारी भएको निषेधाज्ञ र कफ्युको पूर्ण पालना सबैले गरिदिन अनुरोध गर्नुभएको हो । गएराती १० बजेबाट नेपाली सेना लगायत जिल्लाका सबै सुरक्षा निकायहरु आप्mनो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न खटि सकेको कुरा अवगत गराउदै उहाँले आज बेलुका ५ बजेसम्म देशभर निशेधाज्ञ रहेको र त्यसपछि भोली विहान ६ बजेसम्म कफ्यु आदेश जारी भएको उहाँले बताउनुभयो । एम्बुलेन्स, सब वाहन, दमकल, स्वास्थ्य र सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालन हुने जनाइएको छ । आवतजावतका लागि अति जरुरी अवस्था परेमा नजिकको सुरक्षा निकायसंग समन्वय गर्नसकिने उहाँले बताउनुभयो । यसबेला प्रदर्शन, तोडफोड, लुटपाट, आगज...
शान्ति सुरक्षा कायमका लागि नियम पालना गर्न प्रशासनको अपिल

शान्ति सुरक्षा कायमका लागि नियम पालना गर्न प्रशासनको अपिल

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २५ भदौ । जिल्ला प्रशासन कार्यालय उदयपुरले पछिल्लो देशको परिघटनालाई लिएर शान्ति सुरक्षा कायम गर्न आवश्यक रहेको जनाएको छ । विसम परिस्थितिलाई निर्मल गर्ण सेनाको सुरक्षालाई पालना गर्न आह्वान गरिएको छ । अत्यावश्यक सेवा बाहेक अन्य काम कार्वाहीमा तत्काल नलाग्न प्रशासनको आग्रह छ । निषेधञा र कर्फ्युलाई समय सम्मै पालना गरी शान्ति कायम गर्न भनिएको छ । अब उप्रन्त आन्दोलनको नाममा चोरी डकैती, लुटपाट तोडफोड र आगजानी जस्ता कार्य गर्न गराउन नपाईने भनिएको छ ।...