Thursday, August 6News That Matters

Month: ११ महिना अगाडि

उदयपुरका संस्थागत विद्यालय भोली देखी संचालन हुने

उदयपुरका संस्थागत विद्यालय भोली देखी संचालन हुने

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २८ । उदयपुरका संस्थागत विद्यालयहरु भोली देखी नियमित रुपमा संञ्चालन हुने भएको छ । शनिबार नेशनल प्याव्सन र प्याव्सन उदयपुरले एक सुचना जारी गर्दै आईतबार देखी विद्यालय संचालन हुने जानकारी दिएको हो । जेनजी पुस्ताको प्रदर्शनका कारण गत बिहिबार देखी बन्द भएको विद्यालय जिल्लाको अवस्था सामान्य हुँदै गईरहेकोले भोलीदेखी विद्यालय संचालनमा ल्याउने लागेको हो । आईतबार जितिया पर्व पर्न गएकोले सम्पूर्ण थारु समुदायलाई शुभकामना दिदैँ थारु समुदायका लागि मात्रै जितिया पर्व विदा दिईने सुचनामा उल्लेख छ ।...
निशेषज्ञ आजदेखि सकियो, जनजीवन सामान्य बन्दै

निशेषज्ञ आजदेखि सकियो, जनजीवन सामान्य बन्दै

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २८ । जिल्ला प्रशासन कार्यालय उदयपुरले जारी गर्दै आएको निषेधाज्ञ आजबाट सकिएको छ । जेनजी आन्दोलनपछिको भड्किलो अवस्थालाई मध्येनजर गर्दै हरेक दिन लाउदै आएको निषेधाज्ञ अवस्था सामान्य बन्दै गएपछि आजदेखि हटाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले बताउनुभयो । हिजो पूर्वप्रधानन्यायधिस सुशिलाकार्कीको नेतृत्वमा आन्तरिक सरकार गठन भएको छ । जेनजीको माग बमोजिम सरकार गठन भएकाले पनि भड्किलो अवस्था सामान्य बन्दै जाने आकलन गरिएको छ । सोही बमोजिम सुरक्षा ब्यवस्थालाई मध्येनजर गर्दै निषेधाज्ञ हटाउदै लगिएको हो । हरेक राती लगाउदै आएको कर्फ्यु समेत आजबाट हटाउन सक्ने प्रजिअ लुइटेलले बताउनुभयो । स्थिती सामान्य बन्दै गएसंगै गाईघाट बजार सामान्य अवस्थामा देखिएको छ । मानिसको चहलपहल, बजार सञ्जालन, पसल खुल्ला, यातायात सञ्चालन अन्य बेला जस्तै सञ्चालन भएका छन् । यद्यमी अझै पनि सुरक्षा चुनौती...
सरकार प्रमुखमा जुट्यो सहमति, शुसिला कार्की प्रधानमनत्री बन्दै

सरकार प्रमुखमा जुट्यो सहमति, शुसिला कार्की प्रधानमनत्री बन्दै

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि / उदयपुर भदौ २७ दिनभरीको छलफल पछि अन्तरिम सरकारको लागि सहमति जुटेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको हो । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । शीतलनिवास सम्वद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल पछि हटेका हुन् । आन्दोलनमा रहेका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर शितलनिवास घेर्ने चेतावनी दिएपछि आफूले थेग्न नसकेको भन्दै पौडेलले प्रमुख दलका शीर्ष नेताहरुलाई आफूले प्रतिनिधिसभा विघटनको निर्णय गर्न लागेको र त्यसलगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा शपथ गराउने तयारी गरेको बताए ।...
उदयपुरमा आज पनि कर्फ्यु लागु

उदयपुरमा आज पनि कर्फ्यु लागु

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २७ । उदयपुरमा आज पनि कर्फ्यु लागु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले बुधबार देखी जारी गरेको कर्फ्युलाई निरन्तरता दिएको हो । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले आज साझँ ७ बजेदेखी भोली बिहान ५ बजेसम्म कफ्र्यु आदेश जारी गर्नुभएको छ । स्थानीय प्रशासन ऐन संशोधनसहित २०२८ को दफा ६ (३) क बमोजिम तोकिएको स्थानमा आवत–जावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक गर्न नपाउने गरी कफ्र्यु आदेश जारी गरिएको छ । जिल्लाका विभिन्न स्थानहरूमा हुनसक्ने प्रदर्शन, जुलुस र हुलदङ्गाजस्ता गतिविधिका कारण प्रतिकूल अवस्था सिर्जना हुनसक्ने र शान्ति सुरक्षामा खलल पुग्नसक्ने परिस्थितिलाई दृष्टिगत गरी कफ्र्यु आदेश जारी गरिएको छ ।...
गाईघाटमा दिउँसै  सिक्रि चोरी फारार दुई दुईजनाको खोजी कार्य जारी

गाईघाटमा दिउँसै सिक्रि चोरी फारार दुई दुईजनाको खोजी कार्य जारी

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २७ । उदयपुरको गाईघाटमै दिनदहाडै सुन चोरी भएको छ । बिहिबार असारी रोड पिजिचोक नजिक भोजपुरे सनचाँदी पसल आगाडी दुईजनाले सुन चोरी गरी फरार रहेको छ । त्रियुगा नगरपालिका वडा नं ११ फुलचोक निवासी अन्दाजी ५० बर्षिया फुलमाया राईको सुनजास्तो देखिने तामाको धातु देखाई आफुले लगाएको १ तोला ५ आना बरावरको सुन घाटी बाट खोसेर दुई जना अपरिचित व्यक्ति फरार भउको हो । उनिहरुको खोजी कार्य भैरहेको छ । बिषेश अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरले फरार ब्यक्तिहरुलाई खोजी गरिरहेको छ ।...
जेनजी आन्दोलनका मृतकहरुलाई सहिद घोषणा गर्नुुपर्ने आठ मोर्चाको संयुक्त माग

जेनजी आन्दोलनका मृतकहरुलाई सहिद घोषणा गर्नुुपर्ने आठ मोर्चाको संयुक्त माग

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २७ । जेनजी आन्दोलनका मृतकहरुलाई सहिद घोषणा गर्नुपर्ने आठ मुक्तीमोर्चाहरुले माग गरेका छन् । नेकपा माओवादी केन्द्र निकट ती मोर्चाहरुले मृतकलाई शहिद घोषणा, उनका परिवारलाई क्षतिपुर्ति र घाइतेहरुको निशुःल्क उपचारको माग गरेका हुन् । किराँती राष्ट्रिय मुक्ति मोर्चा, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, कोच राष्ट्रिय मुक्ति मोर्चा, धिमाल राष्ट्रिय मुक्ति मोर्चा, सन्थाल राष्ट्रिय मुक्ति मोर्चा, झागड उराव राष्ट्रिय मुक्ति मोर्चा, मेचे राष्ट्रिय मुक्ति मोर्चा र भोटे राष्ट्रिय मुक्ति मोर्चा, नेपालले आज संयुक्त प्रेस विज्ञप्ती जारी गरी यस्तो माग गरेको हो । जेनजी पुस्ताले गरेका शान्तिपूर्ण आन्दोलनलाई भ्रष्ट, दलाल एवम् विचौलिया सरकारले परिस्थितिलाई उत्तेजित र हिंसात्मक बनाएको र त्यसबाट ३० जनाभन्दा बढि निर्दोष किशोर किशोरीको निर्मम हत्या भएकोप्रति आठ राष्ट्रिय मुक्तीमोर्चाहरुले संय...
जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या ५१ पुग्यो

जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या ५१ पुग्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २७ ।जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ५१ जना पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको जानकारी दिए । घिमिरेका अनुसार काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडेर ५१ जना पुगेको हो । आन्दोलनको क्रममा तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो भने कैदीमात्रै ९ जना मारिए । बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना बाँकी जलेको अवस्थमा मृत भेटिएको प्रहरीले बताएको छ ।    ...
संघीय सांसद बल्ल बोल्यो – विधिकाे शासन र संविधानप्रति दृढ

संघीय सांसद बल्ल बोल्यो – विधिकाे शासन र संविधानप्रति दृढ

Breaking News 2, समाचार
पूर्णपुष्टि/काठमाडाै‌, भदौ २७ संघीय संसदले पछिल्लो घटनाक्रमको बारेमा आज एक बक्तब्य जारी गरेको छ । बक्तब्यमा जेनजी आन्दोलनपछिको देशको विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधिनतालाई शिरोपर गर्दै संबैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहिल गरिरहेको जनाइएको छ । विधिको शासन र संविधानबाट बाहिर जानुहुदैन भन्नेमा दृढ रहेको जनाइएको छ । वक्तब्यमा जेनजीको माग सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन अपिल गरिएको छ । जेनजी आन्दोलनको क्रममा ज्यान गुमाउने युवाहरु र कर्तब्य पालको क्रममा ज्यान गुमाउने सुरक्षाकर्मीहरुप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना प्रकट गरिएको छ । साथै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामनासहित उपचारमा कमी हुन नदिन सम्बन्धीत निकायलाई आग्रह गरिएको छ । आन्दोलनको क्रमम...
आजपनि उदयपुरमा दिनभर निषेधाज्ञ जारी

आजपनि उदयपुरमा दिनभर निषेधाज्ञ जारी

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २७ जिल्ला प्रशासन कार्यालय उदयपुरले आज पनि विहान १० : ०० देखि साँझ ५ः०० बजेसम्म निशेषज्ञ जारी गरेका छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले जिल्ला भर लागु हुनेगरी निषेधाज्ञ जारी गरेका हुन् । अहिलेको अवस्थामा हुलहुज्जत, भेला, प्रदर्शन आदिले प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै निषेधित क्षेत्रमा पाँच जना भन्दा बढि भेला हुन नपाउने भनिएको छ । निषेधाज्ञ पालना गर्ने र गराउने कार्यमा बाधा पुर्याउनेलाई कडा कारवाही हुने चेतावनीसमेत दिइएको छ । प्रशासनले जेनजी प्रदर्शन पछि उत्पन्न अवस्थाका कारण दिनभर निषेधाज्ञ र राती कर्फ्यु आदेश जारी गर्दै आएको छ ।...
जेन्जीका नाममा उपमेयर महेश्वरी राईको घरमा चोरी, कार्वाही र क्षतीपूर्तिको माग

जेन्जीका नाममा उपमेयर महेश्वरी राईको घरमा चोरी, कार्वाही र क्षतीपूर्तिको माग

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २६ भदौ । त्रियुगा नगरपालिकाकी नगर उपमेयर महेश्वरी राईको घरमा जेन्जी आन्दोलनका नाममा अराजक समूहले चोरी गरेको छ । घरमा आगो लगाएर घरभित्र राखिएको सुन, चाँदी, तामा, पित्तल, काँस लगायत महत्वपूर्ण धातुका सामाग्रीहरु चोरी भएको छ । उक्त घरमा उपमेयर महेश्वरी मात्रै नभई अन्य दिदि वहिनी सहितको परिवार वस्दै आएका थिईन् । तर अराजक समूहले उपमयर तथा जनप्रतिनिधि तार्गेट बनाएर घरमा आगजानी गरेर सामान चोरी गरेको हो । महेशवरी राईकी दिदि पवित्रा राईले छोराको बिवाहका लागि तयार पारिएको सुन चोरी भएको बताईन् । बहिनी युकेमा रहेको कारण छोराको बिहेका लागि निकै पहिला बाट जोड्दै आएको सुन अराजक समूहरुले चोरी गरेका बताईन् । राईले आफु पनि जेन्जीकै सपोर्टमा रहेका कारण जेन्जीले यस्तो गर्ला भनेर नसोचेको जनाईन् । यो अराजक समूहले जेन्जीको नाममा लुटपाट मचाएको भन्दै सचेत जेन्जी समूहरुलाई चोरी गर्ने व्यत्तिहरु पत्...