Thursday, August 6News That Matters

Month: ११ महिना अगाडि

फोहोरको थुप्रोले दुर्गन्धित बन्दै गाईघाट बजार

फोहोरको थुप्रोले दुर्गन्धित बन्दै गाईघाट बजार

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ३१ । उदयपुरको सदरमुकाम गाईघाट बजार फोहोरको थुप्रोले दुर्गन्धित बन्दै गएको छ । गाईघाट बजारका मुटु मानिने मेनचोक (गाईचोक) देखी पिजी चोक सम्मको सडकमा फोहोरको थुप्रो थुप्रियको छ । त्रियुगा नगरपालिकाले करिब दुई–तिन हप्तादेखी फोहोर नउठाउदा गाईघाट बजार फोहोरले भरिएको हो । त्रियुगा नगरपालिकाले हप्तामा एक पटक फोहोर उठाउँदै आएको थियो । साताको शनिबार फोहोर उठाउने गरेको नगरपालिकाले जेनजीको आन्दोलनपछि नगर कार्य स्थगित गरेको छ । जेनजी आन्दोलनको क्रममा नगरपालिकामा तोडफोड र आगजनी भएको थियो । केही दिन यता गाईघाटमा लगातार बर्षा भईरहेको कारण फोहर थुपारेको ठाउँमै कुहिन थालेको छ । तस्विरमा हेर्नुहोस् :                         ...
जनप्रतिनिधिको बाहानामा पैतृक सम्पत्तिमाथी तोडफोड गरियो

जनप्रतिनिधिको बाहानामा पैतृक सम्पत्तिमाथी तोडफोड गरियो

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
पूर्णपुष्टि, उदयपुर, भदौ ३१ गते । जेन्जी आन्दोलनको नाममा अराजक समूहले गाईघाटमा पनि सार्वजानिक र निजी सम्पत्तिमा क्षती पुराएको छ । आन्दोलनको दोस्रो दिन अराजक प्रदर्शनकारीहरुले करिब दिउँसोबाट भौतिक संरचना तोडफोड गर्न सुरु गरे । एमाले पार्टी कार्यालय, माओवादी पार्टी कार्यालय र कांग्रेस पार्टी कार्यालयहरु सहित अन्य साना दलहरुको समेत पार्टी कार्यालय तोडफोड र आगजानी भएको खवर छ । सरकारी कार्यालयहरु जिल्ला प्रशासन कार्यालय सहित अन्य कार्यालय र त्रियुगा नगरपालिका, त्रियुगा नगरपालिका ११ नं वडा र १२ नं वडामा पनि तोडफोड र आगजानी गरिएको छ । यता निजी सम्पत्तिको रुपमा जनप्रतिनिधिहरुले नोक्सान बेहोरेको छ । त्रियुगा नगर प्रमुख वसन्त वस्नेतको घरमा तोडफोड गरिएको छ । यस्तै उपसभामुख सिर्जना दनुवारको घर पनि तोडफोडले ध्वस्त छ । यता उपप्रमुख महेश्वरी राई र पूर्व मेयर बलदेव चौधरीको घर त तोडफोड सहित आगजानी पश...
मेयरको भन्दै महिला अभियान्ता नजबुल खानको मोटरसाईकाल जलाईएपछि

मेयरको भन्दै महिला अभियान्ता नजबुल खानको मोटरसाईकाल जलाईएपछि

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर, भदौ ३० गते । जेन्जी आन्दोलनकारीले त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतको मोटरसाईकल भन्दै महिला अभियान्ता नजवुल खानको मोटरसाईकल जलाए थियो । आसन, सासन र भासनमा महिला नेतृ समेत रहेकी खानको एभेन्जर मोटरसाईकल २४ गतेको आन्दोलनकारीहरुले मेनचोकमा लगेर जलाएको थियो । उक्त दिन आफु काठमाण्डौँ गएको बताएकिछिन् । उनले आफ्नो एउटा सम्पत्तिको रुपमा रहेको मोटरसाईकल पनि अराजक समूहले जलाएको जनाईन् । खानले यो अपराधमुखी कार्यको घोर भर्तसना गरेकी छिन् ।...
उदयपुरमा जेनजीको आन्दोलनमा भएको क्षतीको विवरण बुझाउन प्रशासनको आग्रह

उदयपुरमा जेनजीको आन्दोलनमा भएको क्षतीको विवरण बुझाउन प्रशासनको आग्रह

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ३० । जिल्ला प्रशासन कार्यालय उदयपुरले जेनजीको आन्दोनमा भएको क्षतीको विवरण बुझाउन अनुरोध गरेको छ । सोमबार सहायक जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डेयले एक सुचना जारी गर्दै क्षती भएको मितिले १५ दिन भित्र क्षतीबाट भएको अनुमानित मुल्य र क्षतीसँग सम्बन्धित प्रमाण सहित विवरण बुझाउन अनुरोध गरेका हुन् । जेनजी आन्दोलनको क्रममा जिल्ला स्थित सबै सरकारी कार्यालय, पार्टी कार्यालय, जनप्रतिनिधिहरुको घर लगायतमा तोडफोड र आगजनी भएको थियो ।...
तिन मन्त्रिले लिए सपथ

तिन मन्त्रिले लिए सपथ

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ३० । नवनियुक्त तिन मन्त्रिले आज (सोमबार) सपथ लिएका छन् । राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा तिन मन्त्रिले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास पनि बस्न नमिल्ने अवस्थामा पुगेको थियो । खण्डहर कार्यालय बाहिर पाल टाँगेर अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालको शपथ ग्रहण गराईएको हो । आजको शपथमा अन्य अतिथीहरुलाई पनि बोलाइएको छ । सरकारी निकाय र कूटनीतिक नियोगका प्रमुखहरु पनि शपथमा उपस्थित छन् । घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।...
उदयपुरको सरकारी कार्यालयहरु आजबाट संञ्चालनमा

उदयपुरको सरकारी कार्यालयहरु आजबाट संञ्चालनमा

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर, भदौ २९ गते । उदयपुरको सरकारी कार्यालयहरु आजबाट संञ्चालनमा आएको छ । जेन्जी आन्दोलनले वन्द भएका कार्यालयहरुले आज देखी सेवा सुचारु गरेको हो । आन्दोलनकारीहरु केही सरकारी कार्यालयहरु समेत तोडफोड गरेका थिए । जिल्ला प्रशासन कार्यालय, वन कार्यालय, सिचाई कार्यालय लगायतमा तोडफोड भएका थिए । तोडफोडबाट क्षत्रीग्रस्त कार्यालयहरुलाई सरसफाई गरी सेवा सुरु गरिएको हो । सेवा पश्चात नागरिकहरु कार्यालय आउत जाउत गर्न थालेको हो ।...
उदयपुरको विद्यालयहरुमा भोलीबाट पठनपाठन सुरु हुने

उदयपुरको विद्यालयहरुमा भोलीबाट पठनपाठन सुरु हुने

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर, भदौ २९ गते उदयपुरमा भोलीबाट पठन पाठन सुरु गरिने भएको छ । जेन्जी आन्दोलनले पठनपाठनमा समस्या भोगिरहेका निजी तथा सरकारी विद्यालयहरुले भोली बाट पठनपाठनलाई सुरु गर्ने भएको हो । आईतबार देखीनै विद्यालय खुलेको भएपनि थारु समुदायहरुको जितियाका कारण सोमवारबाट मात्रै विद्यालय संञ्चालन गरिने जनाईएको हो । निजी विद्यालयका संघ संगठन र त्रियुगा नगरपालिकाको निर्णय अनुसार जितियाको विदा दिईदै सोमावारदेखी मात्रै पठनपाठन गर्ने भनिएको हो ।...
क्षतिग्रस्त त्रियुगा नगरपालिकाले अझै सेवा संञ्चालन गर्न सकेन

क्षतिग्रस्त त्रियुगा नगरपालिकाले अझै सेवा संञ्चालन गर्न सकेन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर, भदौ २९ गते देशभरका स्थानीय पालिकाहरु क्रमागत रुपमा संञ्चालन हुँदै गर्दा उदयपुरको त्रियुगा नगरपालिका भने अझै संञ्चालनमा आउन सकेको छैन । जेन्जी आन्दोलनका निसानामा परेको त्रियुगा नगरपालिकामा काम गर्न सक्ने अवस्था छैन । आन्दोलनकारीका अराजक समूह छिरेर भौतिक संरचना र सामानहरुमा तोडफोड गरेपछि पालिका संञ्चालनमा समस्या भएको हो । पालिका भित्र रहेका कम्प्युटर, ल्यापट, कुर्सि टेवुल लगायतका सामाग्रीहरु पूर्ण रुपमा क्षती पुगेको छ । आईतवार कर्मचारी र जनप्रतिनिधिहरु छलफलमा जुटेका छन् । छलफलपछि संञ्चालन बारे निष्कर्ष निकाल्ने जनाईएको छ ।...
जेनजीको प्रशंसा गर्दै माओवादी मजदुर पार्टी महासचिव

जेनजीको प्रशंसा गर्दै माओवादी मजदुर पार्टी महासचिव

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २८ । माओवादी मजदुर पार्टीका महासचिव हिमालसिंह राईले जेनजी पुस्ताले एउटा आन्दोलन छेड्न सफल भएकोमा बधाई तथा शुभकामना दिएका छन् । उनले जेनजी पुस्ता सहित भएरै पनि इतिहास रचेको बताएका छन् । उनले चालिसौ बर्षको पुराना सडेगलेका चरम भ्रष्टाचारीहरुलाई ठिक पारेर छाडेकोमा प्रशंसा गर्दै अवका दिनमा यस्तै न्यायपूर्ण आवाज उठाइरहन भनेका छन् । उनीहरुको आन्दोलनलाई जनविद्रोहको रुपमा ब्याख्या गर्दै उनले नेताहरुको अहमता, घमण्ड, शोषण र गलत आचरणलाई उदाङ्गो पारिदिएको बताएका छन् । जेनजीको उच्च विचार र पवित्र धारणाको उच्च कदर गर्ने आज हिजो विज्ञप्ती जारी गर्दै बताउनुभएको छ ।...
जेनजी आन्दोलनपछि उदयपुर सामान्य बन्दै, निषेधाज्ञ र कर्फ्यु फिर्ता

जेनजी आन्दोलनपछि उदयपुर सामान्य बन्दै, निषेधाज्ञ र कर्फ्यु फिर्ता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २८ गते जेनजी आन्दोलनपछि अस्तब्यस्त बनेको उदयपुरको जनजीवन सामान्य बन्दै गएको छ । यो उदयपुरको सदरमुकामा गाईघाट हो । आज यहाँको अवस्था सामान्य छ । मानिसको चहलपहल छ । सवारीसाधनहरु चलेका छन्, बजार, पसल पुरै खुलेका छन । सुरक्षाको कारण बन्द रहेका बैंक, सार्बजनिक यातायात पनि सञ्चालन हुन थालेका छन् । आन्दोलन यता हरेक दिन लाग्दै आएको निषेधाज्ञ स्थानीय प्रशासनले आजदेखि हटाएको छ । रातीराती जारी हुने कप्mयु पनि सम्भवत भरैदेखि हट्ने प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले बताउनुभयो । यो त्रियुगा नगरपालिका १० बोक्से क्षेत्रमा अधिकांश सरकारी कार्यालयहरु रहेका छन् । भदौ २४ गते आन्दोलनको क्रममा यहाँ स्थित जिल्ला प्रशासन, अदालत र सबैजसो सरकारी कार्यालयमा तोडफोड भएका थिए । ढुंगा हानेर भ्mयालढोकामा क्षती पुर्याएका सरकारी कार्यालयहरु सरसफाई गरी भाेलीदेखि सेवा प्रभाव थालिने भएकाे छ...