Thursday, August 6News That Matters

Month: ११ महिना अगाडि

निबर्तमान जिसस प्रमुख दर्नालकाे मृगाैला प्रत्याराेपण सफल

निबर्तमान जिसस प्रमुख दर्नालकाे मृगाैला प्रत्याराेपण सफल

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, असोज २ । जिल्ला समन्वय समिति, उदयपुरका निवर्तमान प्रमुख खड्गबहादुर दर्नालको मृगौला प्रत्यारोपण सफल भएको छ । उनकी बहिनी प्रमिला दर्नालका अनुसार शहिद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा आज मृगौला प्रत्यारोपन भएको हो । उनलाई श्रीमती बिनिता दर्लानले मृगौला दिएकी हुन् । बरिष्ठ ट्रान्सप्लान्ट सर्जन डा। पुकारचन्द्र श्रेष्ठको नेतृत्वको चिकित्सक टोलीले मृगौला प्रत्यारोपण गरेको हो ।...
नियम विपरित संचालन भएको सवारी साधनलाई कारर्वाहीको माग सहित प्रजिअलाई ज्ञापन पत्र हस्ताण्तरण

नियम विपरित संचालन भएको सवारी साधनलाई कारर्वाहीको माग सहित प्रजिअलाई ज्ञापन पत्र हस्ताण्तरण

Breaking News 2, समाचार
पूर्णपुष्टि÷गाईघाट, भदौ २ । उदयपुरको पहाडि भेगमा नियम विपरीत सवारी साधन सञ्चालन भएको भन्दै यातायात व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । बिहिबार यातायातव्यवसायी योगेन्द्र श्रेष्ठ,भोलानाथ र मिलन वि.क. ले सदरमुकाम गाईघाटबाट पहाडी क्षेत्र चल्ने रसुवालगायत विभिन्न रुटमा सञ्चालित साना सवारी साधनहरूले यातायात व्यवस्था कार्यालयको नियम उल्लंघन गरेको भन्दै नियममानुसार कारवाहीको माग सहित प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेललाई ज्ञापनपत्र बुझाएका हुन् । सवारी साधनहरूले चेसिस भाँचिएको स्वरूप परिवर्तन गरी टु व्हिललाई फोर व्हिल बनाएको, सिट संख्या थपघट गरेको, मालवाहक तथा निजी रातो प्लेट गाडीमा यात्रु ओसारपसार गरिएको ‘पत्रमा भनिएको छ’ यात्रुलाई मेल भनेर एकमुष्ट भाडा उठाउने र अनावश्यक तानातान गरेर दुःख दिने जस्ता कार्यले सुरक्षित तथा व्यवस्थित यात्रुमैत्री यात्रा गराउने...
बल्ल सुरु भाे त्रियुगा नगरपालिका र सबै वडामा सेवा

बल्ल सुरु भाे त्रियुगा नगरपालिका र सबै वडामा सेवा

Breaking News 1, समाचार
पूर्णपुष्टि/ गाइघाट, असोज २ उदयपुरको त्रियुगा नगरपालिकाले आजदेखी नियमित सेवा संञ्चालन गरेको छ । जेन्जी आन्दोलनका क्रममा नगरपालिकामा तोडफोड र आगजानी भएपछि नियमित सेवा संञ्चालन राेकिएको थियो । २४ गते तोडफोड र आगजानी भएको नगरपालिकाकाे कार्यालय सरसफाई गरेर आजदेखी सेवा संचालनमा ल्याईएको मेयर बसन्त बस्नेतले बताउनुभयाे । पालिकाकाे १६ वटै वडाहरुमासमेत एकसाथ सेवा सुचारु भएकाे जनाइएकाे छ ।  आन्दोलनमा ११ र १२ नं वडामासमेत तोडफोड र तोडफोड र आगजानी गरिएको थियो । तस्विरहरु : सुनिल राई/पूर्णपुष्टि...
प्रमुख राजनीतिक दलहरूले संविधान रक्षालाई केन्द्रमा राखेर संविधान दिवस मनाउने

प्रमुख राजनीतिक दलहरूले संविधान रक्षालाई केन्द्रमा राखेर संविधान दिवस मनाउने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २ । जेनजी युवा आन्दोलनपछि रक्षात्मक अवस्थामा पुगेका प्रमुख राजनीतिक दलहरूले संविधान रक्षाका लागि खबरदारीसहित संविधान दिवस मनाउने तयारी गरेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भए पनि लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण हुनसक्ने आशंकामा दलहरू छन् । नेपाली कांग्रेसले ७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले संविधान हातमा लिएर दिवस मनाउन सर्कुलर गरिसकेको छ । उपसभापति पूर्णबहादुर खड्काले संयमता र दृढतापूर्वक संविधान रक्षाको जिम्मेवारीलाई शीरमा राखेर दिवस मनाउने जानकारी दिए । नेकपा एमालेले काठमाडौंमा आगजनी भएको पार्टी केन्द्रीय कार्यालय परिसरमा संविधान दिवस मनाउने तयारी गरेको छ । महासचिव शंकर पोखरेलले पठाएको सर्कुलरमा आन्दोलनका नाममा संवैधानिक व्यवस्थालाई कमजोर बनाउन सुनियोजित षड्यन्त्र भइरहेको उल्लेख छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले च्या...
निवर्तमान जिसस प्रमुख दर्नाललाई आज श्रीमतीले मृगौला दिदै

निवर्तमान जिसस प्रमुख दर्नाललाई आज श्रीमतीले मृगौला दिदै

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, असोज २ । जिल्ला समन्वय समिति, उदयपुरका निवर्तमान प्रमुख खड्गबहादुर दर्नालको आज मृगौला प्रत्यारोपण हुदैछ । उनकी बहिनी प्रमिला दर्नालका अनुसार शहिद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा आज विहान ९ः०० बजेदेखि उनको प्रत्यारोपण सुरु भएको छ । उनलाई श्रीमती बिनिता दर्लानले मृगौला दिएकी हुन् । बरिष्ठ ट्रान्सप्लान्ट सर्जन डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वको चिकित्सक टोलीले मृगौला प्रत्यारोपण गर्ने जनाइएको छ । प्रेस विज्ञप्तीसमेत जारी गर्दै उनकाे प्रत्याराेपण हुनेबारे जानकारी दिइएकाे छ ।...
भदौ २४ को विध्वंसले सेयर बजारका दुई दर्जन कम्पनीलाई असर

भदौ २४ को विध्वंसले सेयर बजारका दुई दर्जन कम्पनीलाई असर

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २ । भदौ २४ मा जेनजी प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडले सेयर बजारमा सूचीकृत करिब दुई दर्जन कम्पनीलाई प्रत्यक्ष र अप्रत्यक्ष असर परेको छ । विध्वंसका कारण तीनवटा पब्लिक कम्पनीमा सिधै भौतिक क्षति भएको छ । तारागाउँ रिजेन्सी होटेलको क्यासिनो भवन र पार्किङमा रहेका सवारीसाधनमा आगजनी भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडको तल्लो स्टेशनमा आगजनीका कारण केबुलकार सेवा ठप्प भएको छ । नेपाल टेलिकमको वीरगन्जसहित केही कार्यालयमा क्षति पुगेको छ भने रिचार्ज कार्ड चोरिएका छन् । सबैभन्दा बढी असर निर्जीवन बीमा कम्पनीहरूमा परेको छ । नेप्सेमा सूचीकृत १३ निर्जीवन बीमा कम्पनीका लागि हालसम्म करिब ३० अर्ब रुपैयाँ माग दाबी आएको छ । निर्जीवन बीमक संघका अनुसार यो दाबी रकम अझै बढ्न सक्नेछ । रेटिङ कम्पनी इक्रा नेपालले पाँच निर्जीवन बीमा कम्पनीलाई नकारात्मक प्रभावमा राखेको छ । दुई पुनर्बीमा कम्प...
त्रियुगा नगरपालिकाले भोलीदेखी सेवा संञ्चालन गर्ने

त्रियुगा नगरपालिकाले भोलीदेखी सेवा संञ्चालन गर्ने

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, उदयपुर, असोज १ गते । उदयपुरको त्रियुगा नगरपालिकाले भोली अर्थात बिहिबार देखी नियमित सेवा संञ्चालन गर्ने भएको छ । जेन्जी आन्दोलनका क्रममा अराजक समूहबाट नगरपालिका परिसरमा तोडपफोड र आगजानी भएपछि सेवा दिन असहज भएको थियो । २४ गते पूर्ण ध्वस्त बनेको नगरपालिकाको सरसफाई र सामाग्रीहरुलाई मिलाईएको छ । त्रियुगा नगरपालिका अन्तर्गतका १६ ओटा वडाले भोलीबाट सेवा सुरु गर्ने नगर स्रोतको भनाई छ । जेन्जी आन्दोलनमा नगरपालिकामा आगजानी तथा तोडफोड र १२ नं वडामा तोडफोड गरिएको थियो ।...
बलदेव चौधरीको घर आगजनी र लुटपाटबाट करिब १ करोड ९७ लाख बराबरको क्षति

बलदेव चौधरीको घर आगजनी र लुटपाटबाट करिब १ करोड ९७ लाख बराबरको क्षति

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १ । त्रियुगा नगरपालिकाका पूर्व मेयर तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव बलदेव चौधरीको घरमा जेनजी आन्दोलनका बेलामा आगजनी र लुटपाटबाट करिब १ करोड ९७ लाख रुपैँया बराबरको क्षती भएको छ । उनले बुधबार पत्रकार सम्मेलन गरी करिब १ करोड ९७ लाख रुपैयाँ बराबरको क्षति भएको जानकारी दिएका हुन् । चौधरीले आफू घरमा नभएको बेलामा नक्कली जेनजीले तोडफोड, आगजनी र लुटपाट गरेको बताएका छन् । उनका अनुसार, उनका स्वर्गीय पिता–आमा र छोरा डाक्टर मनोज चौधरीका तस्बिरहरू समेत जलाइएको छ । ‘मलाई विश्वास छ यो काम असली जेनजीले गरेका होइनन् । नक्कली जेनीहरूले गरेका हुन्, ‘उनले भने । उनले यो काम आफ्नो राजनीतिक र सामाजिक प्रतिष्ठालाई धुमिल बनाउन चाहनेहरूले गरेको बताए । चौधरीले भदौ २० गतेदेखि ‘इटीए अभियान’ (शिक्षा, कृषि, पर्यटन) सुरु गरेको बताए । यो कार्यक्रम उदयपुरका ५० हजार किसानसँग सुरु गरी प्रदेश ...
आज सरकारले दियो सोक विदा

आज सरकारले दियो सोक विदा

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर, असोज १ गते । सरकारले जेन्जी आन्दोलनमा ज्यान गुमाएकोहरु प्रति हार्दिक श्रदान्जली र राष्ट्रि सम्मान गर्दै आईतबार एक दिने सोक विदा लिएको छ । २३ गते राज्य बाट ज्यान गुमाएका जेन्जी सहिदहरु प्रति सरकारले राष्ट्रिय सम्मानका साथ सोक विदा दिएको हो । आन्दोलनका क्रममा ७२ जनाले ज्यान गुमाएको छ । उनिहरुको कतिपयको आफ्नै जिल्लामा अन्यष्टी गरियो भने कयौँको पशुपति आर्यघाटमा मंगलबार अन्यष्टी गरिएको हो ।...
दशैं नजिकियो, यात्रु सास्ती, चर्को भाडा र ठगी रोक्ने संयन्त्र देखिएन

दशैं नजिकियो, यात्रु सास्ती, चर्को भाडा र ठगी रोक्ने संयन्त्र देखिएन

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ ३१ । दशै नजिकिएको छ । लगत्तै तिहार पनि आउछ । चाँडबाडको बेला यातायात क्षेत्रबाट सर्बसाधारणले सास्ती खेप्ने, चर्को भाडामा पिल्सने र ठगीसमेतमा पर्ने गरेका छन् । उदयपुरको सदरमुकाम गाईघाट, मुख्या ब्यापारिक केन्द्रहरु कटारी, बेल्टार, मुर्कुची लगायतबाट सञ्चालन हुने लामो ताथा छोटो दुरीका, तराई र पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात सेवाबाट सास्ती, चर्को भाडा र गठी पर्ने गरेको गुनासो सर्बसाधारणहरुको छ । यतिबेला गाईघाटदेखि खोटाङको दिक्तेल, उदयपुरको पहाडी भेग ताप्ली, लिम्चुङबुङ, रौतामाई, उदयपुरगडी, मैनामैनी जस्ता पहाडी क्षेत्रमा यस्तो समस्या छ । चाँड मनाउन परदेशबाट घर आउनेको चाँप बढ्दो हुने र उनीहरुबाट सक्दो धेरै पैसा कमाउने दाउमा यातायात ब्यवसायीहरुले यस्तो गर्ने गरेका हुन् । विशेष गरी पहाडी क्षेत्रका यात्रुहरु अझ बढि प्रताडित हुने गरेको पाइएको छ । यो बेला भाडा पनि दोब्बर भ...