Thursday, August 6News That Matters

Month: ११ महिना अगाडि

चौदण्डीका मेयर उपमेयरको राजिनामा माग्दै जेन्जी आन्दोलन

चौदण्डीका मेयर उपमेयरको राजिनामा माग्दै जेन्जी आन्दोलन

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
पूर्णपुष्टि, २४ भदौ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा जेन्जीहरुले धर्ना सहित आन्दोलन गरिरहेको छ । मेयर कालु लामा र उपमेयर मणिका देवी दुलालको राजीनामा माग्दै आन्दोलन सुरु भएको हो । जेन्जी आन्दोलनले दुई दिमै केन्द्रीय सरकार च्युत बनाईसकेको छ । आन्दालेनमा प्रधानमन्त्री मन्त्रीहरुको निवासलाई तार्गेटमा राखेर जलाउने र तोडफोड गर्ने काम पनि भैरहेको छ । उदयपुरमा पनि ठुलो भौतिक संरचनाहरुको क्षत्री पुगेको छ । तिन ओटा पार्टी कार्यालय सहित नगरपालिका लगायत बिभिन्न भौतिक संरचनाहरु आगजानि गरिएको छन् । गाईघाट जेन्जीले दुई दिनको फोहोर सफा गर्दै गर्दा चौदण्डीमा भने आन्दोलन सुरु भएको हो ।...
त्रियुगा नगरपालिकाको नगरकार्य सम्पादन स्थगित

त्रियुगा नगरपालिकाको नगरकार्य सम्पादन स्थगित

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २५ । त्रियुगा नगरपालिकाको नगरकार्य सम्पादन हाललाई स्थगित गरिएको छ । मंगलबार जेन्जी प्रदर्शनकारीले नगरपालिका तोडफोड र आगजनी गरेपछि आज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुमार खड्काले एक सुचना जारी गर्दै कार्य सम्पादन स्थगित भएको जानकारी दिएका हुन् । आन्दोलनकारीहरुले नगरपालिकाको अधिकांश दस्तावेजहरु, कम्प्युटर, प्रिन्टर, इन्टरनेट सेवा, झ्याल–ढोका र कार्यकक्ष समेत तोडफोड गरी सबै सामानहरुमा आगजनी गरेका थिए । जारी सुचनामा अर्को सुचना प्रकाशन नभएसम्म नगरकार्य सम्पादन स्थगित भएको जनाईएको छ ।...
गाईघाटमा वि.पि.को शालिक हटाएर पृथ्वी नारायण शाहको तस्वीर राखियो

गाईघाटमा वि.पि.को शालिक हटाएर पृथ्वी नारायण शाहको तस्वीर राखियो

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २५ । उदयपुरको सदरमुकाम गाईघाटको वि.पि. चोकमा रहेको विश्वेश्वर प्रसाद कोइरालाको शालिक तोडफोड र आगजनी गरेपछि पृथ्वी नारायण शाहको तस्वीर राखिएको छ । मंगलबार दिउँसो उग्ररुप लिएको जेन्जी आन्दोलनकारीले वि.पि.को शालिक तोडफोड र आगजनी गरेपछि राष्ट्र निर्माताको रुपमा परिचित पृथ्वी नारायण शाहको तस्वीर राष्ट्रिय झण्डा सहित ठडाएका हुन् । आन्दोलनकारीले उदयपुरको सबै सरकारी कार्यालय, नगरपालिका, मेयर–उपमेयर, पूर्व मेयर र उपसभामुखको घरमा तोडफोड र आगजनी गरेका थिए ।  ...
गाईघाटमा  जेन्जी युवाहरुले सुरु गरे सरसफाई

गाईघाटमा जेन्जी युवाहरुले सुरु गरे सरसफाई

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २५ । उदयपुरको सदरमुकाम गाईघाटमा हिजो दिउँसोदेखी उग्ररुप लिदैँ तोडफोड र आगजनीमा अत्रिएका जेन्जी युवाहरु आज सरसफाईनमा लागेका छन् । आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेका युवाहरुले गाईघाटको मेनचोक देखी सरसफाई गर्न सुरु गरेका हुन् । हिजो दिउँसो करिब ५ बजेको समयमा जेन्जी युवाहरुले मेनचोकमा आगजनी गरेको मोटरसाईकल र आगजनीबाट भएको फोहोरहरु व्यवस्थापन गर्नको लागी सरसफाईन गर्न थालेका हुन् । जेन्जी युवाहरुको आन्दोलन सफल भएसँगै आजदेखी सरसफाईमा जुटेका हुन् ।  ...
प्रदेश उपसभामुख दनुवारको घरमा आगजनी

प्रदेश उपसभामुख दनुवारको घरमा आगजनी

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २४ । जेनजी प्रदर्शनकारीले कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारको घरमा आगजनी गरेका छन् । उनीहरुले उपसभामुखको घरभित्र साँझमा प्रवेश गरी भित्रको सामानहरु बाहिर थुपारेर आगजनी गरेका हुन् । प्रदर्शनकारीहरुले मेयर, उपमेयर, पूर्वमेयरसमेतको घरमा आगजनी गरेका छन् । त्रियुगा नगरपालिका कार्यालयमासमेत आगजानी गरेका हुन् । प्रदर्शनकारीले घर र कार्यालयमा भने आगलागी गरी क्षती गरेका छ्रैनन् । भित्रको सामान बाहिर निकालेर आगजनी गरेकाले सामान बाहेक अन्य भौतिक क्षती भएन । उपमेयर राईको घरको आगजनीमा भने अन्य घरसमेत पर्न लागेकोमा नगरपालिकाको दमकलले नियन्त्रण गरेको थियो ।...
मेनचोकमा मोटरसाईकलमा आगजनी

मेनचोकमा मोटरसाईकलमा आगजनी

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २४ । गाईघाटको मेनचोकमा एक मोटरसाईकलमा आगजनी भएको छ । गाईघाटमा दिउँसो देखी उग्ररुप लिएको जेन्जी प्रदर्शनकारीहरुले मोटरसाईकलमा आगजनी गरेको हो । प्रदर्शनकारीहरुले सबै सरकारी कार्यालयदेखी मेयर, उपमेयर र पूर्व मेयरको घरमा समेत आगजनी गरेको छ ।
गाईघाटको गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर तोडफोड गरी लुटपाट

गाईघाटको गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर तोडफोड गरी लुटपाट

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २४ । गाईघाटमा तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडद्धारा संचालिच गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर तोडफोड गरी लुटपाट भएको छ । जेन्जी प्रदर्शनकारीले नाराजुलुस गर्दै जाने क्रममा हिमालीटोलस्थित गार्डेन मार्ट स्टोरमा तोडफोड गरेपछि लुटपाट भएको हो । लुटपाट भएपछि जेन्जी प्रदर्शनकारी बीच नै केही समय तनाव सिर्जना भएको थियो । जेन्जी प्रदर्शनकारीको एक समुहले लुटपाट गर्न नहुने भन्दै लुटपाट गर्नेहरुलाई कुटपिट समेत गरेका थिए । प्रदर्शनकारीद्धारा लुटपाट गरिएको तुलसी सहकारी संस्थाको संचालकले केही बर्ष अघि बचत कर्ताको पैँसा खाएर फरार भएको थियो ।...
उपमेयरको घरमा आगजनी

उपमेयरको घरमा आगजनी

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २४ । जेनजी आन्दोलनकारीले उदयपुरको त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईको घरमा आगजनी गरेको छ । नाराजुलुस गर्दै जाने क्रममा गाईघाट बजारको हिमालीटोलस्थित उपमेयर राईको घरमा आगजनी गरेको हो । त्यहाँकाे आगजनी नगरपालिकाकाे दमकलले नियन्त्रणमा लिएकाे छ ।  उपमेयरको घरअगाडीको तुलसी सहकारी र गार्डेन मार्ट भवनमासमेत तोडफोड  गरेकाे छ ।...
मेयर, उपमेयर र पूर्व मेयरको घरमा तोडफोड तथा आगजानी

मेयर, उपमेयर र पूर्व मेयरको घरमा तोडफोड तथा आगजानी

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २४ भदौ । गाईघाटमा मेयर, उपमेयर र पूर्व मेयरको घरमा आगजानी तथा तोडफोड गरिएको छ । मंगलबार जेन्जी आन्दोलनले त्रियुगा नगर प्रमुख वसन्त वस्नेतको घर तोडफोड गरेको छ भने उपमेयर महेश्वरी राईको घर अगाडी आगजानी गरेको छ । यता पूर्व मेयर बलदेव चौरधीको घरमा तोडफोड सहित आगजानी गरेको छ । जेन्जीहरु बिहानीपख अक्रोस रहित आन्दोलन गरिरहेका थिए । तर अचानक दिउँसोदेखी भौतिक संरचनामा समेत उनिहरुले तोडफोड गरेको हो । जेन्जीले कांग्रेस, माओवादी र एमालेको पार्टी कार्यालय सहित त्रियुगा नगरपालिकाको कार्यालय र सरकारी कार्यालयहरु सबै तोडफोड गरेको छ ।...
उदयपुरकाे सुरक्षा संयन्त्र बैंठक जारी

उदयपुरकाे सुरक्षा संयन्त्र बैंठक जारी

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २४ । उदयपुर जिल्ला स्थित सुरक्षा संयन्त्रको बैंठक जारी छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल नेतृत्वको सुरक्षा संयन्त्रले प्रशासनमा बैंठक बस्दै जिल्लामा चलिरहेको जेनजी आन्दोलन, त्यसबाट उत्पन्न घटनाहरु र सुरक्षा चुनौती अवस्थाबारे छलफल विश्लेषण भइरहेको जनाइएको छ । “हाम्रो बैंठक जारी छ । सुरक्षा ब्यवस्थालाई थप प्रभावकारी बनाउने तर्फ ध्यान दिइनेछ ।” प्रजिअ लुइटेलले भन्नुयभो । जिल्ला स्थित सबै सुरक्षा निकायसंग छलफल र केन्द्रसमेतसंग समन्वय गरेर अगाडि बढिने उहाँले बताउनुभयो ।...