पार्टी खोल्ने तयारीमा बालेन, यस्तो छ पार्टीको नाम
पूर्णपुष्टि /काठमाण्डौँ, कार्तिक २५ गते ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि पार्टी खोल्ने भएको छ । आफ्नै सचिवालयका सदस्यमार्फत नयाँ राजनीतिक दल खोल्ने तयारीमा बालेन अघि बढेको स्रोतको दाबी छ । मेयर बालेननिकट एक सदस्यले ‘कुलमान घिसिङबाट पार्टीमा आउनु भनेर पटक–पटक हाम्रा साथीहरूलाई नागरिकतालगायत कागजात माग गरिएको थियो, तर कोही पनि गएनन् ।’
कुलमान घिसिङसँग कुरा नमिलेपछि बालेनको सचिवालय सदस्यको संयोजकत्वमा ुदेश विकास पार्टीु दर्ता गर्ने तयारी भइरहेको छ । बालेनले आगामी संसदीय निर्वाचनमा भाग नलिने तर जेनजी आन्दोलनको समर्थन गर्ने बताइएको छ ।
‘उज्यालो नेपाल’ पार्टी खोल्ने तयारी गरेका बेला ऊर्जामन्त्री कुलमान घिसिङसँग कुरा नमिलेपछि मेयर बालेनेको सचिवालयकै एक सदस्यको संयोजकत्वमा पार्टी दर्ता गर्ने तयारी भएको बुझिएको छ ।
अब बालेनको नेतृत्वमा ‘देश विकास पार्टी’ नामक नयाँ दल दर्ता हुन...









