Monday, July 6News That Matters

Month: ८ महिना अगाडि

पार्टीद्धारा एमाले नेता तथा वडाअध्यक्ष अधिकारीको राजीनामा स्वीकृत

पार्टीद्धारा एमाले नेता तथा वडाअध्यक्ष अधिकारीको राजीनामा स्वीकृत

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बेल्टार कार्तिक २८ गते । पार्टीको गतिविधिबाट आजित भइ नेकपा एमालेको उदयपुर जिल्ला समिति सदस्य पदबाट राजीनामा दिएका केशब अधिकारीको राजीनामा स्वीकृत भएको छ । तत्कालीन माओवादी केन्द्र परित्यागगरी ०७९ को स्थानीय तहको निर्वाचनमा एमाले प्रवेशगरी चौदण्डीगढी–७ नं। वडाबाट अध्यक्ष पदमा विजयी भएका वडाध्यक्ष अधिकारीको राजीनामा स्वीकृत भएको हो । सोही विषयमा एमाले जिल्ला समितिका अध्यक्ष भागवत राउतले भने, ‘गत भदौंको २३ र २४ गतेको ‘जेन–जी’ आन्दोलनकाक्रममा दिएको राजीनमालाई गत ११ गतेको जिल्ला सचिवालयको बैठकले राजीनामा स्वीकृत ग¥यो, त्यसपछि पुनः गत १८ गते बसेको जिल्ला समितिको आठौं विस्तारित बैठकले अनुमोदन गरेको हो ।’ जिल्ला समितिका सचिव टेकबहादुर राउतले पनि केशव अधिकारीको राजीनामा जिल्ला अध्यक्षमार्पmत आएछि स्वीकृत गरिएको बताए । निर्वाचनमा विजयी भएर आएपछि जनताको कामलाई पारदर्शी ढंगले ग...
अर्थ मन्त्रालयले स्वीकृृत गर्यो आगामी चुनावका लागि ५ अर्ब बजेट

अर्थ मन्त्रालयले स्वीकृृत गर्यो आगामी चुनावका लागि ५ अर्ब बजेट

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि/ काठमाण्डौ/ कार्तिक २८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि सरकारले ५ अर्ब बजेट स्वीकृत गरेको छ । आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए । निर्वाचनका लागि स्रोत सुनिश्चितता भएको छ,झ भट्टराईले भने । थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने र अहिलेलाई ५ अर्ब स्वीकृत भएको उनले बताए ।      ...
आजबाट बेल्टारमा ब्याड्मिन्टन प्रतियाेगिता

आजबाट बेल्टारमा ब्याड्मिन्टन प्रतियाेगिता

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक २८ । उदयपुरकाे चाैदण्डिगढी नगरपालिकाकाे बेल्टारमा आजबाट जिल्ला स्तरीय ब्याड्मिन्टन प्रतियाेगिता सुरु भएकाे छ । आयाेजकका अनुसार महिला डबल्स (बी लेबल), मेन्स डबल्स (बी लेबल) र भेट्रान्स गरि तीन ईभेन्टसका खेलहरु छन् । सुरुमा महिलाकाे खेल सञ्चालन भएकाे छ । खेल दुईदिनसम्म सञ्चालन हुनेछ ।...
बेल्टारमा ब्याड्मिन्टन प्रतियाेगिताकाे तयारी पुरा

बेल्टारमा ब्याड्मिन्टन प्रतियाेगिताकाे तयारी पुरा

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक २७ । भाेलीदेखि बेल्टारमा सञ्चालन हुने जिल्ला स्तरीय ब्याड्मिन्टन प्रतियाेगिताकाे तयारी पूरा भएकाे छ । आयाेजक कमिटिका सदस्य देविराज राईका अनुसार भाेलीदेखि दुईदिनसम्म महिला सिङ्गल, मेन्स डबल्स (बी लेभल) र भेट्रान्स गरि तीन ईभेन्टसका खेलहरु हुनेछन् । खेलका लागि सबै तयारी पूरा भईसकेकाे जनाईएकाे छ । असी टिमभन्दा बढि खेलाडी सहभागी हुने आयाेजकले जनाएकाे छ । यसअघि अण्डर १५ महिला र पुरुषकाे सेमी फाईनलसम्मका खेल भईसकेकाे छ । अहिलेकाे प्रतियाेगिताकाे फाईनलसंगै अण्डर १५ काे फाईनल हुने छ । भाेलीदेखिकाे खेल साैहाद्रपूर्ण वातावरणमा राेचक र प्रतिष्प्रर्धात्मक हुने आयाेजकले जनाएकाे छ । खेलमा जिल्लाकाे विभिन्न ठाउँ र क्लवकाे सहभागिता रहनेछ ।...
न्वागीमा विदा दनुवार जागरण समितिकाे प्रदेश सरकारमा माग

न्वागीमा विदा दनुवार जागरण समितिकाे प्रदेश सरकारमा माग

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक २७ । दनुवार जागरण समितिले मंसिर २५ गते आफ्ना समुदायकाे पर्व न्वागी मनाउने र उक्तदिन सार्वजनिक बिदा हुनुपर्ने माग काेशी प्रदेश सरकारसंग राखेकाे छ । मुख्यमन्त्री, विभागीय मन्त्रि, सभामुख र उपसभामुखसंग भेटगरी यस्ताे माग राखेकाे हाे । जागरण समितिका प्रदेश, जिल्लाका पदाधिकारी, दनुवार जनप्रतिनिधि तथा दनुवार समुदायमा अगुवाकाे एकटाेली विराटनगर पुगि आफ्नाे माग राखेकाे हाे । उदयपुरकाे स्थानीयतहमा भने सार्वजनिक विदा पाउने कुरा भईसकेकाे बताईएकाे छ ।...
मुकेशलाई अभयकाे लाख सहयाेग

मुकेशलाई अभयकाे लाख सहयाेग

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक २७ । <मुकेश राई, मनका धनी थिए । एकदमै सहयाेगि थिए । कुनैबेला उनी उदयपुरकाे गाईघाट माेतिगडास्थित त्रियुगा जनता बहुमुखी क्याम्पसमा विद्यार्थी नेता थिए । त्यसबेला उनले गरेकाे सहयाेग यतिबेला अभय कार्कीले सम्झेका छन् । हाल अमेरिकामा रहेका कार्कीले क्याम्पस पढ्दा छात्रबृत्ति पारिदिएर पढाईमा सहयाेग गरेकाे सम्झेर अहिले जीवनकै जटिल अबस्थामा रहेर उपचाररत मुकेशलाई एकलाख रूपैया उपचार सहयाेग गरेका छन् । जटिल अप्रेशन र लामाे उपचारका कारण आर्थिक अबस्था नाजुक भई उपचार खर्च अभाव भएपछि सहयाेग संकलन अभियान चलाउनु परेकाे छ ।...
सुनचाँदी व्यवसायी संघ उदयपुरद्धारा प्रजिअ जोशीलाई स्वागत

सुनचाँदी व्यवसायी संघ उदयपुरद्धारा प्रजिअ जोशीलाई स्वागत

Breaking News 2, समाचार
गाईघाट÷पूर्णपुष्टि, कार्तिक २६ । सुनचाँदी व्यवसायी संघ उदयपुरले नव आगन्तुक प्रमुख जिल्ला अधिकारी (सिडियो) धर्मराज जोशीलाई जिल्लामा स्वागत गरेको छ । बुधबार संघको सभाहलमा आयोजित स्वागत तथा अन्तक्रिया कार्यक्रममा प्रजिअ जोशीलाई स्वागत गरिएको हो । सुनचाँदी व्यवसायी संघ उदयपुरका अध्यक्ष काशीनाथ साह (सोनी) ले प्रजिअ जोशीलाई स्वागत गर्दै सुनचाँदी व्यवसायीहरुलाई अरु व्यवसायी भन्दा बढी सुरक्षाको आवश्यकता पर्ने बताउनुभयो । उनले सुनचाँदी व्यवसायीहरुले मुल्यवान बस्तुको व्यापार गर्ने भएकोले निगरानीका साथ सुरक्षा अत्यावश्यक हुने अध्यक्ष सोनीले बताए । सरकारले लगाएको २ प्रतिशतको विलासिता करले व्यवसायीहरु मारमा परेको र राजश्वमा समेत गिरावट आएको उनले बताए । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले कुनै पनि व्यापार, व्यावसाय, उद्योग धन्दा चलाउनलाई शान्ति सुरक्षाको व्यवस्था भरपर्दो हुन आवश्यकता रहेको बताउनु...
कृयापुत्री बसेका दिदिभाइलाई अन्नपूर्ण बाेर्डिङकाे राहत

कृयापुत्री बसेका दिदिभाइलाई अन्नपूर्ण बाेर्डिङकाे राहत

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक २६ बाबुकाे कृयापुत्री बसेका त्रियुगा नगरपालिका -८ रातमाटेका दुई अबाेध दिदिभाईलाई सहयाेग जुट्ने क्रममा त्रिनपा-५ स्थित अन्नपूर्ण बाेर्डिङ स्कुलले सहयाेग गरेकाे छ । स्थानीय सहयाेगी केदार भुजेलका अनुसार बाेर्डिङ्का संस्थापक दम्पत्ती रामजी खड्का र लिला खड्काले चारदिनअघि घरमै पुगेर सहयाेग गरेका हुन् । उनीहरुले नगद एकहजार पाँचसय, चामल २५ केजी, चिनी, पिठाे दुई/दुई केजी, तेल दुईलिटर  र फलफुल दुई केजी राहतकाे रुपमा उपलब्ध गराएका हुन् । अन्तरजातिय दम्पतिका सन्तान उनीहरुकाे नाजुक अबस्थालाई मध्यनजर गर्दै सहयाेग जुटिरहेकाे हाे । आफन्त दाजुभाई काेही नआएपछि गाउँलेहरुकाे सहयाेगमा उनीहरु तीनदिन क्रियापुत्री बसेर चाेखिसकेका छन् ।...
प्रचण्ड–माधवको पार्टीमा जान लागेका भिम रावललाई छैटौं वरीयता

प्रचण्ड–माधवको पार्टीमा जान लागेका भिम रावललाई छैटौं वरीयता

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि/काठमाण्डौँ/कार्तिक २६ गते । प्रचण्ड र माधव कुमार नेपालको नेपाल कम्युनिष्ट पार्टीमा मिसिन लागेको भिम रावललाई पार्टीले छैँटौँ बरियाता दिने भएको छ । नेकपा एमालेबाट निस्कासनमा परेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सुरु गरेका नेता डा. भीम रावल प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने कार्यक्रम छ । उनी बुधवार काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत् नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन लागेका हुन् । कार्यक्रम दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना गरिएको छ । कार्यक्रमलाई प्रचण्ड, माधव कुमार नेपाल र भीम रावलले सम्बोधन गर्ने तयारी छ । गत साता भृकुटीमण्डपमा आयोजित १० दलको एकता घोषणा समारोहमै रावललाई पनि आबद्ध गराउने तयारी थियो । कार्यक्रमको मञ्चबाटै प्रचण्डले भीम रावल आउन लागेको बताएका थिए । तर रावलबारे ‘थप छलफल’ आवश्यक रहेको भन्दै त्यतिबे...
उदयपुरको कटारीबाट १२ किलो गाँजासहित ३ पक्राउ

उदयपुरको कटारीबाट १२ किलो गाँजासहित ३ पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, कटारी कार्तिक २५ गते । उदयपुरको कटारीमा गाँजा सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध गाँजा किनबेचमा संलग्न भएको आरोपमा प्रहरीले कटारी नगरपालिका ४ जहडीबाट सोमबार साँझ इलाका प्रहरी कार्यालय कटारीको टोलीले झण्डै १२ किलो गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कटारी नगरपालिका ४ का २० वर्षीय रञ्जित ठाकुर, कटारी ७ का ३९ वर्षीय अरजित तामाङ र कटारी ८ का ५० वर्षीय बिष्णुबहादुर तामाङलाई पक्रेको हो । जहडीस्थित एक घरमा लागूऔषध किनबेच भईरहेको भन्ने विशेष सूचनाको आधारमा खटेको टोलीले अन्दाजी साँझ ५ः०० बजे छापा मार्दा उनीहरु रङ्गेहात पक्राउ परेको प्रहरीले जनाएको छ । बरामद गाँजा र पक्राउ सबैलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताएका छन् ।...