नारदमुणि थुलुङ स्मृति गोल्डकप ऐतिहासिक रेकर्ड : १९ लाख नाफा
२७ माघ, २०८२ । उदयपुर
नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको यो संस्करणले ऐतिहासिक सफलता र नाफा रेकर्ड राखेको छ । गत माघ १५ देखि २२ गतेसम्म उदयपुरको बसाहामा सञ्चालन भएको एघारौँ संस्करणले १९ लाख रुपैयाँ नाफा पाएको रेकर्ड राखेको हो । आज नारदमुनि थुलुङ रङ्गशालामा पत्रकार सम्मेलनको आयोजना गरी आयव्ययसहितको प्रगती प्रतिवेदनसहित सार्वजनिक गरियो । गोल्डकपले ४२ लाख १९ हजार ६३६ रुपैयाँ आम्दानी गरेको, जसमा २३ लाख १९ हजार १२३ खर्च भएको र १९ लाख ५१३ रुपैयाँ नाफा भएको जनाइएको छ । यो उदयपुरकै खेलकुद इतिहासमा ठूलो मात्रामा नाफाको रेकर्ड हो । “खेलको सफलतासंगै ठूलो मात्रामा नाफा पनि पाएका छौं । यो उदयपुरको खेलकुद इतिहासमा खास रेकर्ड हो ।” कार्यक्रम संयोजक सिद्धिराज राईले भने ।
विजेताले ५ लाख, उप विजेता ३ लाख र विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई पुरस्कृत गर्दा आठ लाख ६७ हजार खर्च भएको छ भने व्...







