Saturday, May 16News That Matters

Month: ३ महिना अगाडि

उदयपुरमा पहिलोपटक राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिता हुँदै

उदयपुरमा पहिलोपटक राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिता हुँदै

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ २३ । सुनिल राई÷गाईघाट ।  उदयपुरमा पहिलोपटक राष्ट्रियस्तरको एन्फा महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता हुने भएको छ । बिहिबार थारुहट रङ्गशालामा पत्रकार सम्मेलन गर्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईले यही फागुन १ गतेदेखि हुने राष्ट्रिय स्तरको एन्फा वुमेन्स च्याम्पियनसिप प्रतियोगिता नेपालको इतिहासमै पहिलोपटक हुन गइरहेको जानकारी दिए । महासचिव राईले यस प्रतियोगितामा देशकै उत्कृष्ट महिला फुटबल टिमको शिर्ष १० क्लबहरूको सहभागिता रहेको जनाएका छन् । यस प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एफसी रियल, एपीएफ फुटबल क्लब, आरयस रिसोर्ट युनाइटेड, छरी वाइसी र संकटा फुटबल क्लबको सहभागिता रहेको छ । यस प्रतियोगिताको उद्घाटन खेल गाईघाट फुटबल क्लब र न्युरोड टिम बीच हुनेछ । १ गतेबाट सञ्चालन भएको यस प्रतियोगिता फागुन ९ गते सम्म सञ्चालन हुनेछ । यस...
रास्वपा वरिष्ठ नेता बालेन्द्र साह उदयपुरमा घण्टी बजाउदै, समर्थकलाई हात हल्लाउदै हिड्दै

रास्वपा वरिष्ठ नेता बालेन्द्र साह उदयपुरमा घण्टी बजाउदै, समर्थकलाई हात हल्लाउदै हिड्दै

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/ २२ माघ, २०८२ । उदयपुर चुनावी अभियानमा देश दौडाहामा रहेका राष्ट्रिय राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले उदयपुरका कार्यकर्ता र समर्थकहरूलाई आज भेटेका छन् । उनले उदयपुरको दुवै निर्वाचन क्षेत्रका चुनाव प्रचारप्रसार तथा सम्पर्क कार्यालयहरूमा घन्टी बजाउँदै कार्यकर्ता र समर्थकहरुलाई हात हल्ल्याउँदै हिँड्ने काम गरेका छन् । काहीँ पनि सम्बोधन गरेका छैनन्। उदयपुरको बेलकाको रामपुर, चौदण्डीगढीको बसाहा, बेल्टार, त्रियुगाको गाईघाट र कटारीको कटरी बजारमा यसो गरेका हुन्। उनलाई हेर्न समर्थकहरूको ठूलो भीड देखिएको छ। उनको सुरक्षामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रह्यो। हिजो नै उदयपुर आउने भनियो भने अस्वस्थताको कारण देखाउँदै उदयपुरको बेलका नगरपालिकास्थित सप्तकोशी पुलको कोसी प्यालेसमा बास बसेका थिए । हिजो उनले सप्तकोशीमा बोटिङ गर्दै धार्मिक स्थल बराहा क्षेत्र र किराँत आस्...
आफू विरुद्ध भ्रम फैलाएको भन्दै स्वतन्त्र उम्मेदवार राेकाद्वारा पत्रकार सम्मेलन

आफू विरुद्ध भ्रम फैलाएको भन्दै स्वतन्त्र उम्मेदवार राेकाद्वारा पत्रकार सम्मेलन

Breaking News 1, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि/२० माघ, २०८२ । उदयपुर उदयपुर १ का स्वतन्त्र उम्मेदवार देवराज रोका कल्याण रोकाले आज पत्रकार सम्मेलनको आयोजना गरी आफू विरुद्ध भ्रम फैलाएकोमा आपत्ति जनाएका छन् । उनले नेकपा एमालेका केही व्यक्तिहरूले सामाजिक सञ्जाल प्रयोग गरी आफू विरुद्ध भ्रम फैलाएको बताएका छन्। हिजो मात्र एमाले निकट उम्मेदवार र नेता कार्यकर्ताहरूसँग नाचगान गरेको पुरानो भिडियो सार्वजनिक गर्दै एमाले उम्मेदवारलाई समर्थन जनाएको जस्ता भ्रामक कुरा फैलाएको भन्दै आपत्ति जनाएका हुन् । उनले यस कार्यलाई अति निच कार्य भएको उल्लेख गरेका छन्। चुनावको सङ्गीन घडीमा आफू दृढ र इमान्दारपूर्वक स्वतन्त्र र साझा उम्मेदवारको रुपमा अगाडि बढिरहेको बेला यस्तो कार्य गर्नु निच कार्य हो। उनले भनेका छन् । केही समय अगाडि एमाले पार्टी उदयपुरले आफूलाई एमालेले चिन्दैन भनेर विज्ञप्ति निकाल्ने र अहिले एमालेको भन्दै भिडियो सार्वजनिक गर्ने यो कस्तो...
उदयपुर – १ का स्वतन्त्र उम्मेदवार डा. देवराज रोकालाई एक दलकाे समर्थन ‎

उदयपुर – १ का स्वतन्त्र उम्मेदवार डा. देवराज रोकालाई एक दलकाे समर्थन ‎

Breaking News 2, राजनीति, समाचार
२० माघ, २०८२ । उदयपुर उदयपुर निर्वाचन क्षेत्र न‌‍ १ का स्वतन्त्र उम्मेदवार डा. देवराज रोका (कल्याण राेका)ले एक राजनीतिक दलकाे चुनावी समर्थन पाएका छन् ।  नेपाल कम्युनिस्ट पार्टी संयुक्तले डा. देवराज रोकालाई समर्थन जनाएको हो । निर्वाचनमा भाग लिएको सो पार्टीले अन्य जिल्लामा उम्मेदवार उठाए पनि उदयपुरमा पार्टीको उम्मेदवार मनोनयन नगरिएकोले स्वतन्त्र उम्मेदवार रोकालाई समर्थन जनाएको आज जारी विज्ञप्तिमा जनाएकोछ । डा. रोका बौद्धिक व्यक्तित्व, लामो समय मार्क्सवादी राजनीतिक आन्दोलनमा रहेकाले उनलाई विजय गराउन प्रचारप्रसारदेखि सम्पूर्ण निर्वाचन कार्यक्रममा सहभागी गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । सो पार्टीले समानुपातिकतर्फ भने आफ्ना उम्मेदवार कुलबहादुर बस्नेतलाई चुनाव चिन्ह हसियामा मतदान गर्न अपिल गरेको छ । पार्टीका जिल्ला संयोजक यादव पोखरेलले भ्रष्टाचार र वेथितिको विरुद्धमा पार्टी लागेको, पा...
नारदमुनी थुलुङ गोल्डकप : सहलेस क्लव सिरहा फाइनलमा, २२ गते द यङ ब्रदर्स क्लब सुनसरीसँग फाइनल खेल्ने

नारदमुनी थुलुङ गोल्डकप : सहलेस क्लव सिरहा फाइनलमा, २२ गते द यङ ब्रदर्स क्लब सुनसरीसँग फाइनल खेल्ने

Breaking News 2, खेलकुद, समाचार
२० माघ, २०८२ । उदयपुर उदयपुरको बसाहामा जारी नारदमुनि थुलुङ स्मृति गोल्डकपको आजको अन्तिम सेमीफाइनल खेलमा सहलेस युवा क्लब सिराहाले  एपीएफ काठमाडौँलाई ० को विरुद्ध १ गोल गर्दै फाइनल पुगेको छ । सहलेसका जर्सी नम्बर १० का खेलाडी बिकी चामलिङ राईले २६औ मिनेटमा पहिलो गोल गरे । सोही गोल जितका लागि निर्णायक गोल बन्यो । खेलको पुरै अवधि एपिएफले गोलको प्रयास गरेपनि विफल रह्यो । तीन विदेशी खेलाडी सहितको सालेसको सुरुदेखि नै दबदबा थियो । आजको म्यान अफ दि म्याच सहलेसका गोलकर्ता जर्सी नम्बर १० का विकि चाम्लिङ राई घोषित भए । उनले पाँच हजार नगद पुरस्कारसहित ट्रफी पाए। २२ गते फाइनल खेल द यङ ब्रदर्स क्लब सुनसरी र सहलेस क्लब सिराहा बीच हुनेछ । सहलेश डिफेन्डिङ च्याम्पियन हो । गत बर्ष झापा ११ लाई पराजित गरी च्याम्पीयन बनेको थियो ।...
नारदमुनी थुलुङ गोल्डकपको फाइनल मा द यङ ब्रदर्स क्लब सुनसरी प्रवेश

नारदमुनी थुलुङ गोल्डकपको फाइनल मा द यङ ब्रदर्स क्लब सुनसरी प्रवेश

Breaking News 2, खेलकुद, समाचार
१९ माघ, २०८२ । उदयपुर उदयपुरको बसाहामा जारी नारदमुनि थुलुङ स्मृति गोल्डकपको आजको सेमीफाइनल खेलमा न्यु त्रियुगा स्पोर्ट्स क्लब सप्तरीलाई यङ ब्रदर फुटबल क्लब सुनसरीले ० को विरुद्ध १ गोल गर्दै फाइनल पुगेको हो। यङ ब्रदर्सका जर्सी नम्बर १९ का विदेशी खेलाडी कालुले २२ औ मिनेटमा पहिलो गोल गरे । सेकेन्ड हाफ सुरु भए लगतै गेमको ४१ औ मिनेटमा उनैले अर्को गोल थपेका थिए । टिमका लागि दुई गोल गरेर उनले जित दिलाए । आजको म्यान अफ दि म्याच उनी नै घोषित भए । भोलिको खेल सहलेस युवा क्लब सिराहा र एपीएफ काठमाडौँ बीच हुनेछ।...

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बलदेव चाैधरी । चुनावी क्षेत्र, उदयपुर – १ मा के गर्दैछन् त ? कार्यकर्ता र समर्थक के भन्छन् ?

Breaking News 2, Breaking News Video, भिडियो, राजनीति
https://youtu.be/vek5VK-65qI

राप्रपा उम्मेदवार सुभाष चन्द्र खड्का उदयपुर – १ मा के गर्दैछन् त ? कार्यकर्ता र समर्थक के भन्छन् ?

Breaking News 2, Breaking News Video, भिडियो, राजनीति, समाचार
https://youtu.be/EKfCAo1zRDg
 “राइड टु कोशी २०८२” फोटो फिचर

 “राइड टु कोशी २०८२” फोटो फिचर

Breaking News 2, पर्यटन
कान्तिपुर । १८ माघ, २०८२ । पर्यटन प्रवद्र्धन, साहसिक खेलकुदको विकास, वातावरण संरक्षण तथा युवाहरूमा सकारात्मक ऊर्जा जागरणको उद्देश्यले उदयपुरमा माघ १६ र १७ गते दुईदिन आयोजना भएको साईकल टुर “राइड टु कोशी २०८२” भब्यरुपमा सम्पन्न भयो । उदयपुर जिल्ला साइक्लिङ संघको आयोजना तथा त्रियुगा नगरपालिका र नेपाली सेनाको पशुपतीप्रसाद गण, बोक्सेको सहयोगमा देशभरीका २५० जना साईक्लिष्टहरुले जिल्ला सदरमुकाम गाईघाटदेखि त्रिनपा– १५ धाप्लाङसम्मको ६० किलोमिटर दुरी वारपार गरेका छन् ।...
नारदमुनि गोल्डकपमा एपीएफ काठमाडौ सेमिफाइनलमा प्रवेश

नारदमुनि गोल्डकपमा एपीएफ काठमाडौ सेमिफाइनलमा प्रवेश

Breaking News 2, खेलकुद, समाचार
१८ माघ २०८२ । उदयपुर उदयपुरको बसाहामा जारी ११ औ नारदमुनि थुलुङ गोल्डकपको आज चौथो दिन भएको अन्तिम क्वाटर फाइनल खेलमा एपीएफ काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ। एलएक्स सिटी फुटबल क्लब बेलबारी मोरङलाई ० को विरुद्ध १ गोल गर्दै जित हात पारेको हो। खेलको ४३ औँ मिनेटमा एपीएफका जर्सी नम्बर ११ का श्याम नेपालीले गोल गरेका थिए । सोही गोल निर्णायक बन्यो । खेलको पहिलो हाफसँग दुवै तर्फबाट गोल बराबरी जिरोमा टुङ्गिएको थियो । आजको म्यान अफ दि म्याच एफएफका जर्सी नम्बर १५ का विवेक थापा मगर भए । भोलिको सेमिफाइनल खेल यङ ब्रदर क्लब इटहरी र न्यु त्रियुगा स्पोर्ट्स क्लब सप्तरीबीच हुनेछ । यो गोल्डकपको पहिलो सेमिफाइनल खेल हो ।...