Thursday, May 21News That Matters

Author: पूर्णपुष्टि

धनकुटामा पहिरोले पुरिएर २ को मृत्यु, २ घाइते

धनकुटामा पहिरोले पुरिएर २ को मृत्यु, २ घाइते

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १२ । धनकुटाको पाख्रीबास र छथरजोरपाटी गाउँपालिकामा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पाख्रीबास नगरपालिका–५ गुरासे देवीथानमा एउटा घरमाथि पहिरो खस्दा ३२ वर्षीया आशा तामाङ र ५० वर्षीया राम कुमारी तामाङको घटनास्थलमै मृत्यु भएको हो । सोही घटनामा २४ वर्षीया मिन माया तामाङ घाइते भएकी छिन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ । यसैगरी, छथरजोरपाटी गाउँपालिका–२ मा पनि पहिरोले एउटा घर पुरिँदा २० वर्षीया सृजना बाजिम्पाक मगर घाइते भएकी छिन् । उनलाई पनि उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक श्याम सिंह चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगी उद्धार कार्यमा संलग्न रहेको जनाइएको छ ।...
पाँचथरमा पहिरोले पुरिदाँ तीनको मृत्यु, चार बेपत्ता

पाँचथरमा पहिरोले पुरिदाँ तीनको मृत्यु, चार बेपत्ता

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १२ । पाँचथरमा अविरल वर्षाका कारण गएको पहिरोले तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार फिदिम नगरपालिका १ साँगेबोटमा शनिबार बिहान गएको पहिरोले फुरुङ्गा हाइड्रो पावरका कर्मचारी ५० वर्षीय गोपी विश्वकर्माको घटनास्थलमै मृत्यु भएको छ । सोही घटनामा अन्य चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ५१ बर्षीय कृष्ण दास, ४२ बर्षीय कमला दास, ५५ बर्षीय धन कुमार तुम्बापो र २१ बर्षीया सरस्वता तुम्बापो रहेका छन् । यसैगरी, फिदिम नगरपालिका–४ चिसापानीमा पहिरोले पुरिदाँ फिदिम–१२ की २४ वर्षीया सपना शेर्पा र उनकी ६ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको छ । उनीहरू आदिवासी जनजाति महासंघको सामुदायिक भवनमा सुतिरहेको अवस्थामा पहिरोमा परेका थिए । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षक सहितको टोली खटाई दुवै स्थानमा उद्धार र खोज...
काभ्रेमा रोशी खोलाको बाढीले १० घर बगायो

काभ्रेमा रोशी खोलाको बाढीले १० घर बगायो

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १२ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नम्बर ९ नार्केमा रोशी खोलाको बाढीले करिब १० घर बगाएको छ। शनिबार बिहान ९ बजे बाढीले जमिन कटान गरी घरहरू बगाएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिएका छन्। घटनामा मानवीय क्षतिको विवरण अझै प्राप्त नभएको बताइएको छ। बिहानको समयमा घटना भएकोले मानवीय क्षति नभएको हुन सक्ने अनुमान गरिएको छ। उद्धारका लागि नेपाली सेना र प्रहरी परिचालन गरिएको छ। तर, बाटो बिग्रिएको र नेटवर्क समस्याका कारण घटनास्थलमा पुग्न र सम्पर्क गर्न कठिनाइ भएको छ। स्थानीय प्रशासनले थप जानकारी संकलन गरिरहेको छ ।...
सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलियो, पश्चिम तटबन्ध कटान हुने जोखिम

सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलियो, पश्चिम तटबन्ध कटान हुने जोखिम

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १२ ।  सप्तकोशी नदीमा पानीको बहाव उच्च स्तरमा पुगेको छ । आज दिउँसो प्रतिसेकेन्ड ५ लाख ७ हजार ६ सय ९५ क्युसेक पानीको बहाव मापन गरिएको छ । यसका कारण सप्तकोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन् । जोखिम बढेसँगै ब्यारेजको दुवैतर्फ रातो बत्ती बालेर खतराको संकेत दिइएको छ । पूर्वी र पश्चिमी तटीय क्षेत्रका बासिन्दाहरू त्रसित छन् । भारतको बिहार सरकारले पनि आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । बिहार सरकारले शनिबार मध्याह्नसम्म वीरपुरस्थित कोशी ब्यारेजमा ६ लाख ८१ हजार क्युसेक जलप्रवाह हुने अनुमान गरेको छ । यस्तो अवस्थामा ठूलो क्षतिको सम्भावना रहेको चेतावनी दिइएको छ । नेपालतर्फ पश्चिम तटबन्ध कटान हुने जोखिम बढेको छ ।...
मकवानपुरमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बाढीमा बेपत्ता

मकवानपुरमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बाढीमा बेपत्ता

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १२ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा रहेको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण लिइरहेका ६ बालक बाढीमा बेपत्ता भएका छन्। शनिबार बिहान कुलेखानी जलाशय खोलिएपछि आएको बाढीले विद्यालय नजिकैको खोलामा पानीको सतह बढेको थियो । विद्यालयका अध्यक्ष तथा एकेडेमीका संयोजक सुभाषचन्द्र ठकुरीका अनुसार, बालकहरूलाई सुरक्षित स्थानमा सार्ने क्रममा माथिबाट आएको लेदोसहितको पहिरोले ६ जना बेपत्ता भएका हुन् । एन्फाद्वारा सञ्चालित उक्त एकेडेमीमा कुल ४० जना बालक थिए, जसमध्ये ३४ जना सुरक्षित रहेका छन् । मकवानपुरका एसपी सीताराम रिजालले घटनाको पुष्टि गर्दै बाढी पहिरोका कारण प्रहरी टोली घटनास्थल पुग्न नसकेको जानकारी दिए । उद्धार कार्य र थप विवरण संकलन गर्न प्रयास भइरहेको प्रहरीले जनाएको छ ।...
कोशी प्रदेशमा बाढी पहिरोले लियो ५ को ज्यान,  ९ बेपत्ता

कोशी प्रदेशमा बाढी पहिरोले लियो ५ को ज्यान, ९ बेपत्ता

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १२ ।  कोशी प्रदेशमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनेको छ । प्रहरीका अनुसार यस प्राकृतिक प्रकोपमा परी हालसम्म पाँच जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीम दाहालले पाँचथरमा चार र धनकुटामा एक जनाको मृत्यु भएको जानकारी दिए । पाँचथरमा पहिरोले घर पुरिँदा आमा-छोरीसहित तीन जनाको मृत्यु भएको छ भने एक जना फुरुङ्गा हाइड्रो पावरमा कार्यरत कर्मचारीको मृत्यु भएको छ । धनकुटाको पाख्रीबास नगरपालिकामा पहिरोले घर पुरिँदा आमा-छोरीको मृत्यु भएको छ । यसैगरी, पाँचथरमा चार जना, झापामा तीन जना, इलाममा एक जना र मोरङमा एक जना गरी कुल नौ जना बेपत्ता भएका छन् । प्रहरीले बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी राखेको जनाएको छ ।...
वर्षातका कारण गाईघाट काेरा साईक्लिङ कार्तिकमा सर्याे

वर्षातका कारण गाईघाट काेरा साईक्लिङ कार्तिकमा सर्याे

Breaking News 1
पूर्णपुष्टि, असाेज ११ । भाेली हुने भनिएकाे गाईघाट काेरा साईक्लिङ प्रतियाेगिता कार्तिक ३ गते सरेकाे छ । दुईदिनदेखि भईरहेकाे भारी वर्षातका कारण कार्यक्रम सार्नु परेकाे उदयपुर जिल्ला साईक्लिङ संघका संस्थापक अध्यक्ष जितेन्द्र राेईलाले जानकारी दिए । कार्यक्रमका लागि गरिएकाे सबै खाले तयारी स्थगित गरिएकाे उनले बताए । <span;>पर्यटकीय क्षेत्रमा साईकल यात्रा गरि पर्यटन प्रबर्धन तथा प्रचार/प्रसार गर्ने उद्देश्यले काेरा साईक्लिङकाे आयाेजना गरिएकाे थियाे ।...
अवैध उत्खनन गर्ने १५ ट्र्याक्टर नियन्त्रणमा

अवैध उत्खनन गर्ने १५ ट्र्याक्टर नियन्त्रणमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ११ । मोरङको केराबारी गाउँपालिका-८ स्थित खदम खोलाबाट अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेका १५ वटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार असोज १० गते बेलुका ६ बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको टोलीले यी ट्र्याक्टरहरूलाई ढुंगा उत्खनन् गरिरहेको अवस्थामा पक्राउ गरेको हो । नियन्त्रणमा लिइएका ट्र्याक्टरहरूमा को.२ त ८३४६, को.२ त ९९२७, को.२ त ७५५४, को.१ त ५३८०, को.२ त २०३२, को.२ त ७९१२, को.२ त ७८९७, को.२ त ६९४०, को.२ त ८३१९, को.१ त ४५८३, को.१ त ८७२२, प्र.१-०२-००३ त २७१२, प्र.१-०२-००३ त १८८१, प्र.१-०२-००३ त २८३९ र प्र.१-०२-००३ त ०७८७ रहेको छ  । प्रहरीले नियन्त्रणमा लिएका सबै ट्र्याक्टरहरूलाई आवश्यक कारबाहीका लागि केराबारी गाउँपालिकाको कार्यालयमा बुझाएको छ ।...
कोशी प्रदेशमा अत्यधिक वर्षा, १४ स्थानमा चेतावनीको तह पार

कोशी प्रदेशमा अत्यधिक वर्षा, १४ स्थानमा चेतावनीको तह पार

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ११ । अत्यधिक वर्षाका कारण नेपालका १४ वर्षा मापन केन्द्रमा चेतावनीको तह पार भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, यी केन्द्रहरू मुख्यतया कोशी प्रदेशमा अवस्थित छन् । मोरङ, झापा, उदयपुर र इलाम जिल्लाका साथै मधेश प्रदेशको सप्तरी र लुम्बिनीको पाल्पामा पनि अत्यधिक वर्षा भएको छ । सप्तरी र मोरङका केही स्थानहरूमा वर्षाले खतराको तहसम्म पुगेको छ । झापा जिल्लाका विभिन्न स्थानहरूमा पनि वर्षा खतराको तहमा पुगेको छ । २४ घण्टाको अवधिमा झापाको चन्द्रगढी विमानस्थलमा सबैभन्दा बढी २३२.२ मिलिमिटर वर्षा मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशभर मनसुन सक्रिय रहने जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । यसले गर्दा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । जोखिम बढेपछि सरकारले आज असोज ११ र भोलि १२ गते दु...
प्रहरी दिवसमा ब्याड्मिन्टन प्रतियाेगिता आयाेजना

प्रहरी दिवसमा ब्याड्मिन्टन प्रतियाेगिता आयाेजना

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असाेज ११ । "खेलकुद केवल शारिरीक अभ्यास मात्र हाेईन, यसले मानसिक अनुशासन, धैर्यता र साहस सिकाउछ" भन्ने नेल्सन मण्डेलाकाे भनाईलाई आत्मसाथ गर्दै ६९ ओैं प्रहरी दिवसमा ब्याडमिन्टन प्रतियाेगिता आयाेजना भएकाेछ । जिल्ला प्रहरी कार्यालयकाे आयाेजना, ब्याडमिन्टन संघ उदयपुरकाे सहयाेगमा खेलकुद समिति उदयपुर (<span;>बाेक्से) स्थित कबर्डहलमा प्रतियाेगिता आजबाट सञ्चालन भएकाे छ । दुईदिनसम्म सञ्चालन हुने प्रतियाेगितामा ए ग्रेडतर्फ १६ जाेडा र बी ग्रेडतर्फ ६४ जाेडा प्रतिष्पर्धि छन् । प्रतियाेगिताकाे उद्घाटन त्रियुगा नगरपालिका उपमेयर महेश्वरी राईले गर्नुभयाे । उद्घाटनमा जिल्ला न्यायाधिस हरिशचन्द्र ईङ्नाम, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, सहायक प्रजिअ लक्ष्मी प्रसाद रेग्मी, सुरक्षा प्रमुखहरु नेपाली सेना पशुपतिप्रसाद गण बाेक्सेका गणपती प्रमुख सेनानी शिवप्रसाद वाग्ले, जिल्ला प्रहरी प...