सामुदायिक वन महासंघकाे स्थापना दिवसमा वनमन्त्रीलाई सम्मान
पूर्णपुष्टि, जेठ १८ ।
सामुदायिक वन उपभाेक्ता महासंघ, जिल्ला महासंघ उदयपुरले २९ ओैं स्थापना दिवसमा पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरलाई आज सम्मान गरेकाे छ ।
महासंघका पूर्वअध्यक्षसमेत रहेका मन्त्री बुर्जामगरलाई दाेसल्ला ओढाई सम्मान गरिएकाे हाे । महासंघले सम्मानपत्रसमेत प्रदान गरेकाे थियाे । काेशी प्रदेश उपसभामुख सिर्जना दनुवारले कदरपत्र प्रदान गर्दै मन्त्रि बुर्जा मगरलाई सम्मान गर्नुभयाे ।
"वनकाे दिगाे ब्यवस्थापन र सामुदायिक अधिकार, सुशासन र हरित अर्थतन्त्र समृद्धिकाे आधार" भन्ने नाराका साथ आयाेजित कार्यक्रममा सामुदायिक बनकाे याेगदानकाे चर्चा गरिएकाे थियाे ।
कानुनी जटिलताका कारण पानमा दर्ता हुन नसकेका वन समुहहरुलाई यसवर्षकाे फागुन मसान्तसम्म सरल प्रक्रियाकाे अबसर रहेकाे जनाईएकाे छ साथै वन डिभिजनले लगाएका केही अंकुश हटाउनेतर्फ लाग्ने बताईएकाे छ।
कार्यक्रमलाई सम्बाेधन गर्द...








