ओजोन तह पुनर्स्थापनातर्फ: विश्व मौसम संगठनको आशावादी प्रतिवेदन
पूर्णपुष्टि, असोज १ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) ले पृथ्वीको ओजोन तहमा सुधार भइरहेको जानकारी दिएको छ। विश्व ओजोन दिवसको अवसरमा सार्वजनिक गरिएको एक नयाँ अध्ययनले यो तथ्य उजागर गरेको हो।
ओजोन तह पृथ्वीको एक महत्वपूर्ण रक्षा कवच हो, जसले सूर्यबाट आउने हानिकारक अल्ट्राभायोलेट किरणबाट जीवनलाई सुरक्षित राख्छ। विगतमा यो तह पातलिँदै गएको थियो, तर अहिले यसमा सुधार देखिएको छ। डब्ल्यूएमओका अनुसार, ओजोन तहको यो सुधार १९८० को अवस्थासम्म पुग्न सक्ने सम्भावना छ।
अन्टार्कटिका क्षेत्रमा पनि ओजोन तहमा सुधार देखिएको छ। तर यहाँ पूर्ण सुधार हुन २०४५ सम्म र अन्य क्षेत्रमा २०४० सम्म लाग्न सक्ने अनुमान गरिएको छ। यद्यपि, वातावरणीय परिवर्तनहरूले यस सुधारलाई प्रभावित पार्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ओजोन तहमा देखिएको ...








