Author: पूर्णपुष्टि
माओवादीमा ‘प्रचण्ड’ विकल्प की आवश्यकता ? Shudan Kirati | KhabarSambad
https://www.youtube.com/watch?v=F-H7kSDeL3g&t=36s
दशैंको मुखमा भीषण वर्षाको खतरा: २७ जिल्ला उच्च जोखिममा
पूर्णपुष्टि, असोज ९ । मौसमविद्हरूले नेपालभर मनसुन अवधिकै भीषण वर्षाको सम्भावना औंल्याएका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्रध्यापक डा. विनोद पोखरेलका अनुसार केही स्थानमा चार सय मिलिमिटरसम्म वर्षा हुने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गरी असोज ८ देखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले २७ जिल्लालाई उच्च जोखिमको सूचीमा राखेको छ, जसमा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरू पर्दछन् ।
मौसमविद् गोविन्द झाले यो वर्षाले विपदको जोखिम निम्त्याउने सम्भावना भएकाले उच्च सतर्कता आवश्यक रहेको बताएका छन् । उनका अनुसार कृषि, यातायात र पर्यटन क्षेत्र बढी प्रभावित हुनसक्ने देखिन्छ । विभागको पूर्वानुमान अनुसार विहीबारदेखि आइतबारसम्म विभिन्न प्रदेशमा भारी देखि अति भारी वर्षाको सम...
चाड पर्व नजिकिँदा पनि रोकिएन विदेश पलायन : भदौमा विदेशिए ५७ हजार नेपाली
पूर्णपुष्टि, असोज ९ । चाडपर्व नजिकिँदै गर्दा पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएको छैन। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा मात्र ५७,४९३ नेपाली विदेशिएका छन्। यसमध्ये ५०,७७० पुरुष र ६,७२३ महिला रहेका छन्।
विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले दिएको जानकारी अनुसार, सबैभन्दा धेरै नेपाली युएई (१८,६०५), कतार (११,२९१) र साउदी अरेबिया (१०,८३५) गएका छन्। उल्लेखनीय रूपमा, मलेसिया जाने श्रमिकको संख्यामा भने ठूलो गिरावट आएको छ। भदौमा मात्र १,१९३ श्रमिक मलेसिया गएका छन्, जुन गत वर्षको तुलनामा निकै कम हो।
युरोपेली देशहरूमा पनि नेपाली श्रमिकको संख्या बढेको देखिन्छ। विभागको तथ्यांक अनुसार, रोमानियामा १,८८८, क्रोएसियामा ७०९, र साइप्रसमा ६१२ नेपाली गएका छन्। विदेश जानेमध्ये १३,१७१ अदक्ष श्रमिक छन् भने ३७,७८३ दक्ष श्रमिक रहेका छन्। अर्धदक्ष ६,१७५ जना वि...
चौदण्डीगढीको नगर अस्पताल सार्वजनिक बिदामा पनि खुल्ने
पूर्णपुष्टि, असोज ९ । चौदण्डीगढी नगरपालिकाको बेल्टारस्थित आधारभूत नगर अस्पतालले सार्वजनिक बिदाको दिनमा समेत सेवा दिने भएको छ।
पूर्णपुष्टि, असोज ९ ।
अस्पताल व्यवस्थापक मोहन सुबेदीले मंगलबार एक सूचना जारी गर्दै दशैं, तिहार र शनिबार बाहेक अन्य सार्वजनिक बिदामा पनि अस्पताल खुला रहने जानकारी दिए।
अस्पतालको सेवा समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ। नगर प्रमुख कालुमान लामाले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन अस्पताल व्यवस्थापकको जिम्मेवारी अनुभवी व्यक्ति मोहन सुबेदीलाई दिएको बताए। उनले अस्पतालले जनताको अपेक्षा भन्दा पनि फरक र गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे। साथै, अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरेपछि बिमाको औषधीमा समस्या नआएको समेत जानकारी दिए।
&n...
बेलका बस दुर्घटना : घाईते २९ मध्ये ४ गम्भीर, बिवरण सहित
पूर्णपुष्टि, ७ असोज ।
मंगलबार दिउँसो १२ : ४० बजेतिर उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं। ८ स्थित सेतीखोलामा एक मलामी बोकेको बस दुर्घटना हुँदा २९ जना घाईते भएको छ। चतराबाट रामपुरतर्फ मलामी बोकेर फर्किंदै गरेको प्रदेश १(०२(००१ ख ८२५३ नम्बरको बस मदन भण्डारी राजमार्गमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा २९ जना घाईते भएको हो ।
घाइतेहरूमध्ये १७ जनाको बेलका नगर अस्पतालमा र १२ जनाको धरान घोपा अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ, जसमा २ पुरुष र २ महिला छन् । बाँकी २५ जनाको अवस्था सामान्य रहेको छ, जसमा १५ पुरुष र १० महिला छन्।
बसका चालक ३५ वर्षीय शम्भु साह ९जिल्ला सुनसरी, बराहक्षेत्र नगरपालिका(१, भण्डारीटार निवासी० लाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको छ। दुर्घटनाग्रस्त बस घटनास्थलमै रहेको र सडक अवरोध नभएको जनाइएको छ।
प्र...
डान्सबार सञ्चालकसहित तीन जना ग्राहक लुटपाट आरोपमा पक्राउ
पूर्णपुष्टि, असोज ७ । काठमाडौंको माछापोखरीस्थित फ्लोरिडा डान्सबारका सञ्चालकसहित तीन जनालाई ग्राहकमाथि लुटपाट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डान्सबार सञ्चालक काभ्रेको पाँचखालका ३२ वर्षीय शरद तामाङ, काभ्रेकै नमोबुद्धका २१ वर्षीय कृष्ण तामाङ र २६ वर्षीय अजय तामाङलाई पक्राउ गरेको हो।
अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यका अनुसार, सञ्चालक शरद तामाङकै योजनामा डान्सबारमा आएका ग्राहकहरूमाथि लुटपाट भएको थियो। यो समूहले डान्सबारका ग्राहकहरूसँग अनुचित रकम लिने, नदिए कुटपिट र लुटपाटसम्म गर्ने गरेको पाइएको छ। यस घटनाबारे ४ असोजमा प्रहरीमा निवेदन परेपछि अनुसन्धान थालिएको थियो। पक्राउ परेका तीनै जनालाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ। प्रहरीले यस प्रकरणमा थप अनुसन्धान जारी राखे...
रवि लामिछानेको पक्राउको माग गर्दै सहकारी पीडितद्धारा नाराबाजी
पूर्णपुष्टि, असोज ७ । पोखरामा सूर्यदर्शन सहकारी पीडित बचतकर्ताहरूले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन्। जिल्ला प्रशासन कार्यालय कास्की बाहिर नाराबाजीसहित प्रदर्शन गरिरहेका पीडितहरूले सहकारीको पैसा गोर्खा मिडियामार्फत लामिछानेले दुरुपयोग गरेको आरोप लगाएका छन्।
यसैबीच, रास्वपाका नेता कार्यकर्ताहरूले शहीद चोकको चौतारामा भेला भई लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिँदै प्रतिप्रदर्शन गरिरहेका छन्। दुवै पक्षको प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।
यसअघि आइतबार गोरखा मिडिया प्रालिका सेयर सदस्य तथा सञ्चालक पूर्व डिआइजी छविलाल जोशीलाई पक्राउ गरी पोखरा ल्याइएको थियो। जोशीलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ।
सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले झन्डै डेढ अर्ब रु...
सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी जोशी पक्राउ
पूर्णपुष्टि, असोज ७ । गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक एवं नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोशीलाई आइतबार अपराह्न शंखमूलबाट नियन्त्रणमा लिएर कास्की लगेको छ।
जोशीलाई पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणको अनुसन्धानका लागि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए। उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएर अनुसन्धानका लागि म्याद लिने तयारी छ।
गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक जोशीको हस्ताक्षर चल्ने खातामा विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ ल्याएर खर्च गरिएको थियो। संसदीय विशेष समितिले यी चारै जनामाथि ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका दफा आकर्षित हुने निष्...
आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
पूर्णपुष्टि, असोज ७ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको र देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार देशको पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली रहने र अन्य क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। पहाडी क्षेत्रका केही स्थान र अन्य भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
विशेषगरी आज राति कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यी क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षयको जोखिम हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
मंगलबार पनि देशभर आंशिकदेखि साधारण बदली रहने र सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेश...

