Author: पूर्णपुष्टि
लिम्चुङबुङको परिवर्तनको कथा | A Documentry of Limchungbung
https://www.youtube.com/watch?v=VpKdBf3cZ8o
नाै जनालाई `वाभाेँछा ब्यक्तित्व सम्मान, साहित्यकार स्व. ईन्द्रबहादुर राईलाई मराेपरान्त सम्मान
पूर्णपुष्टि, असार ३१/धरान
किरात राई चामलिङ वाभाेछा समाज/वंशावली निर्माण समितिले विभिन्न क्षेत्रमा रहेका नाैं जना वाभाेँछा ब्यक्तित्वहरुलाई शनिवार धरानमा सम्मान गरेकाे छ । तीन राजनीतिक ब्यक्तित्व, दुई पत्रकार र चारजना नेपाल सरकारका अधिकृतहरुलाई `वाभाेँछा ब्यक्तित्व सम्मान´ गरेकाे हाे ।
राजनीतिक ब्यक्तित्वत्रय बलदिप राई, सि.बि. राई (चन्द्रबहादुर राई/सिक्किम), विश्वराज राई सम्मानित भएका हुन् ।
पत्रकारिता क्षेत्रका महेश्वर चामलिङ र भाेटराज राई सम्मानित भए ।
नेपाल सरकारका अधिकृतहरु हरिनारायण राई, आशिष राई, तयामीअरुण राई र सर्मिला राईलाई पहिलाे पटक `वाभाेछा ब्यक्तित्व सम्मान´ प्रदान गरेकाे हाे ।
राजनीतिक ब्यक्तित्व ४८ वर्षिय बलदिप राष्ट्रिय जनमुक्ती पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष हुन् । ८८ वर्षिय सि.बि. सिक्किम विधान सभाका पूर्व पार्षद हुन...
झुप्राे चुहिएपछि त्रिपाल माग्न वडा कार्यालय पुगे चाैधरी
झुप्राे चुहिएपछि त्रिपाल माग्न वडा कार्यालय पुगे चाैधरीपूर्णपुष्टि, २७ असार/गाईघाट
झुप्राे चुहिएर परिवार भिजेपछि त्रियुगा नगरपालिका ११ का उमाकान्त चाैधरी त्रिपाल माग्न वडा कार्यालय पुगेका छन् । झुप्राेकाे कमजाेर छानाे लगातारकाे बर्षातमा चुहिए पछि ओेतिनका लागि त्रिपाल माग्न गएकाे उनले बताए ।
उनलाई वडाध्यक्ष सुमन्त काेईरालाले एक थान त्रिपाल सहयाेग दिए । वडासम्म आएका चाैधरीलाई आफ्नाे कार्यकक्षमै बाेलाई वडाध्यक्ष काेईरालाले त्रिपाल हस्तान्तरण गरे ।
अहिले निम्न बर्गिय घर परिवार वर्षातकाे चपेटामा छन् । उनीहरुकाे अबस्था बुझेर यस्तै सहयाेग गर्न आवश्यक छ । कतिपय ज्याला मजदुरी गरेर छाक टार्नेहरु वर्षातले राेजिराेटीकाे अबस्थामा पसगेका छन् । स्थानीय सरकारले उनीहरुकाे लेखाजाेखा गरेर सहयाेग गर्नु आवश्यक छ ।...
त्रियुगा खोलामा बगेर महिलाकाे मृत्यु
पूर्णपुष्टि, २७ असार/उदयपुर
उदयपुरकाे त्रियुगा नगरपालिका-६ जलजलेमा स्थानीय ६५ वर्षीया मिहला दुर्गा प्रधानकाे खाेलाले बगाएर आज मृत्यु भएकाे छ ।
साँझ करिब ५ बजे खेतबाट घर फर्किंदै गर्दा त्रियुगा तर्ने क्रममा बगाएर मृत्यु भएकाे हाे ।
उनी करिव ७०० मिटर तल मृतअबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उदयपुरको गाइघाटमा बाढी कटान रोक्न यस्ताे उपाय
उदयपुर, असार २७
उदयपुरको सदरमुकाम गाइघाटमा रहेको ढिम्की बरुवाबाँध क्षेत्रमा भइरहेको कटान रोक्न विभिन्न निकायहरू संयुक्त रूपमा परिचालित भएका छन् । असार २५ गतेदेखि परेको भारी वर्षाका कारण बरुवा खोलामा आएको बाढीले ढिम्की क्षेत्रमा उच्च जोखिम सिर्जना गरेको थियो ।
स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगरपालिका र स्थानीयबासीहरू मिलेर कटान रोक्ने प्रयास गरिरहेका छन् । कटान क्षेत्रमा तारजाली र बाँस प्रयोग गरी तत्काल रोकथामको काम भइरहेको छ ।
त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतका अनुसार, तत्कालीन उपायस्वरूप खोलाको धार परिवर्तन तथा कटानमा तारजाली भर्ने र बाँस राख्ने काम गरिएको छ । डोजर प्रयोग गरी खोला खनेर र त्यहाँको बालुवा थुपारेर खाेलाकाे बहाव धार परिवर्तन गरिएकाे छ । मेयर बस्नेतले यस क्षेत्रमा दीर्घकालीन र भरपर्दो बाँध निर्माणका लागि पहल हुने जानकारी दिए ।
यस घटनाको ...
उदयपुरमा भारी वर्षाले विश्व बैंक सहयोगको सडक निर्माण प्रभावित
पूर्णपुष्टि, असार २७ ।
गत असार २४ गतेदेखिको भारी वर्षाका कारण उदयपुरको त्रियुगा नगरपालिकामा विश्व बैंकको सहयोगमा निर्माणाधीन आधुनिक सडक परियोजना प्रभावित भएको छ। आशिष आशिर्वाद स्वामी नारायण जेभीका आयोजना साइड इन्चार्ज उमेश कुमार बुढाथोकीका अनुसार, वर्षाले गर्दा सडक निर्माण कार्य अवरुद्ध भएको छ।
परियोजना अन्तर्गत विभिन्न छ स्थानमा विद्युतीकरण र नाली निर्माणको काम भइरहेको थियो । विद्युतीकरणतर्फ पोल गाड्ने र तार टाँग्ने काम चलिरहेको थियो, तर वर्षाले जमिन कमजोर बनाएपछि पोल गाड्न कठिनाइ भएको छ । त्यसैगरी, नाली निर्माणतर्फ सडकको दुवैतिर नाली बनाउने काम भइरहेको थियो, जुन नालीमा पानी जमेका कारण रोकिएको छ ।
यस अवरोधले स्थानीय मजदुरहरूको रोजगारीमा समेत असर परेको छ। साथै, पूर्व(पश्चिम बरुवा बसपार्कस्थित आयोजनाको क्याम्प डुबानमा परेको छ, जसले गर्दा निर्माण सामग्रीमा क्षति पुगेको र कर्मचारीहरूको बसो...
त्रियुगा नगरपालिकाद्वारा सामुदायिक विद्यालयका शिक्षकहरूलाई अन्यत्र काम गर्न रोक
पूर्णपुष्टि, असार १८ ।
त्रियुगा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक(शिक्षिकाहरूलाई अन्य शैक्षिक संस्थाहरूमा काम गर्न रोक लगाएको छ। नगर प्रमुख बसन्त कुमार बस्नेतद्वारा जारी गरिएको पत्रमा सामुदायिक विद्यालयका शिक्षकहरूले आफू कार्यरत विद्यालय बाहेक अन्य कुनै पनि क्याम्पस, इन्स्टिच्युट वा निजी विद्यालयहरूमा ९ं२ समेत० कुनै पनि समयमा अध्यापन लगायत अन्य काममा संलग्न हुन नपाउने उल्लेख गरिएको छ।
यो निर्णय शिक्षा ऐन २०२८ को दफा १६ च को उपदफा ९१० र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनको आधारमा गरिएको बताइएको छ। पत्रमा उल्लेख भए अनुसार, यो निर्णय उल्लंघन गरेको पाइएमा सम्बन्धित शैक्षिक संस्था र शिक्षकहरू दुवैलाई कडा कारबाही गरिने चेतावनी दिइएको छ।
नगरपालिकाले सबै सम्बन्धित शैक्षिक संस्थाहरूलाई यो निर्णय तत्काल कार्यान्वयन गर्न र यदि कुनै सामुदायिक विद्याल...
उदयपुरमा त्रिफला बृक्षराेपण गरियाे
पूर्णपुष्टि, असार १४ ।
भावि सन्ततीका लागि उदयपुरमा हर्रो, बर्रो र अमला (त्रिफला) जडिबुटि रोपिएको छ । राष्ट्रिय बृक्षरोपण दिवसको अवसरमा डिभिजन वन कार्यालय गाईघाट र स्थानीय सामुदायिक वनहरुले त्रियुगा नगरपालिका ६ पात्लेबासको खाली बनक्षेत्रमा पकेटक्षेत्रकै रुपमा जडिबुटिका विरुवा बृक्षरोपण गरेको हो ।
भविष्यमा आम्दानी दिनेगरी तीन हेक्टर क्षेत्रमा चारहजार विरुवा रोपिएको डिभिजन वन अधिकृत इन्द्र सापकोटाले बताउनुभयो । विरुवा संरक्षणका लागि स्थिानीयले जिम्मेवारी लिएका छन् । वन कार्यालयको लगानीमा फलामे घेराबेरासमेत गरिने भएको छ । बृक्षरोपणमा स्थानीयहरुको उत्साहजनक उपस्थिति थियो भने स्थानीय समुदायिक वनका पदाधिकारी, वनअधिकारीहरु तथा जनप्रतिनिधिहरुको उपस्थिति थियो ।
फाेटाे फिचर
...
त्रियुगा नगर शिक्षाकाे निर्णयप्रति उपमेयर लगायत १६ जनाकाे असहमती
पूर्णपुष्टि, असार १० ।
त्रियुगा नगर शिक्षाले नगरसभामा अनुमाेदनका लागि अघि सारेकाे निर्णयमाथि असहमती जनाईएकाे छ । शिक्षक दरबन्दी मिलान तथा विद्यालय घटुवा सम्बन्धी निर्णय नगर शिक्षाले अनुमाेदनका लागि अघि सारेकाेमा असहमती जनाईएकाे हाे । उपमेयर महेश्वरी राई, वडाध्यक्षहरु वडा नं. ८ का राजकुमार राउत, वडा नं. २ का घमानसिंह खत्री, वडा नं. १६ का मानबहादुर राई, वडा नं. ७ का अम्बरबहादुर दनुवार, वडा नं. ६ का याेगेन्द्रबहादुर दाहाल, वडा नं. १४ का हिमराज मगर, वडा नं. १० का किरण पाण्डे, वडा नं. १५ का गणेशप्रशाद तिम्सिनाले नगरसभा सुरुअघि असहमती जनाएका छन् । त्यस्तै कार्यपालिका सदस्यहरु विमल राई, गिता उप्रेती, रेनुका श्रेष्ठ, कुन्ति परियार, रेख मगर, सुनिता गजमेयर रछ डिल्लीसेर राईलेसमेत अुहमती जनाएका छन् ।
उपमेयर राईकाे अध्यक्षतामा बैंठक नै बसी १६ जनाले असहमतीपत्रमा हस्ताक्षर गरि मेयर र प्रमुख प्रशासकीय अ...

