Friday, July 24News That Matters

Author: पूर्णपुष्टि

मलेसिया बसेर फेक आइडि बनाउने ब्यक्ती पत्ता लाग्याे

मलेसिया बसेर फेक आइडि बनाउने ब्यक्ती पत्ता लाग्याे

Breaking News 1, Breaking News 3, समाचार
उदयपुर, कार्तिक २४ । उदयपुरकी एक विवाहित महिलाको नामको फेसबुक फेक आइडि बनाइ नकारात्मक हर्कत गर्ने ब्यक्ति पत्ता लागेको छ । बैदेशिक रोजगारको सिलसिलामा मलेसिया रहेका उदयपुरको रौतामाई गाउँपालिका–६ का निश्चल राई रहेको पत्ता लागेको हो । उनी करिब एक बर्षअघि बैदेशिक रोजगारमा गएको बुझिएको छ । पिडित महिलाकी श्रीमान्, दाजुले विभिन्न प्रविधि र उपाय लगाई फेक आइडी बनाउने ब्यक्ति पत्ता लगाएको हो । उनले मलेसिया गएको केही समयपछि ती महिलाको फेक आइडी बनाइ विभिन्न ब्यक्तिहरुलाई जोडेर अश्लिल कुराहरु गर्ने, म्यासेज, फोटो र भिडियो पठाउने गरेका थिए । पिडित महिलाले फेक आइडीका कारण तनाव झेलिरहेकी थिइन् । उनले जिल्ला प्रहरी कार्यालय उदयपुरमा पत्ता लगाई कारवाहीको मागसहित उजुरीसमेत दिएकी थिइन् । नकारात्मक हर्कतका प्रमाणसहित पत्ता लगाए पछि गल्ती भएको भन्दै उनले म्यासेजमार्फत माफी मागिरहेका छन् । सामाजिक सञ...
अचेत अवस्थामा फेला परी मृत्यु भएको पूरुषको पहिचान खुल्यो

अचेत अवस्थामा फेला परी मृत्यु भएको पूरुषको पहिचान खुल्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि÷गाईघाट, कार्तिक २४ । उदयपुरको त्रियुगा नगरपालिका–८ शाहीखोला पुलस्थित मदनभण्डारी राजमार्ग छेउमा अचेत अवस्थामा फेला परी उपचारको क्रममा मृत्यु भएको पूरुषको पहिचान खुलेको छ । गत कार्तिक १० गते राती साढेँ ७ बजेको समयमा अचेत अवस्थामा फेला परेका पूरुष त्रियुगा नगरपालिका–२ मोतियाही बस्ने अन्दाजी ७५ बर्षीय छेक बहादुर कुमाल भन्ने हर्क बहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारमान दोङका अनुसार अचेत अवस्थामा फेला परेका उनलाई तत्काल खटिएको प्रहरी टोलीले उपचारको लागि जिल्ला अस्पताल ल्याईएकोमा उपचारको क्रममा राती ८ बजे चिकित्सकले मृत घोषित गरेको थियो । उनको मृत्यु पश्चात शवलाई जिल्ला अस्पताल उदयपुरको शव गृहमा राखेर उनको पहिचान कार्य र थप अनुसन्धान सुरु गरिएको डिएसपी दोङले बताए । कुमाईको मृत्यु भएको १२ ...
सेनाको ट्रकको ठक्करबाट गम्भिर घाईते भएका मोटरसाईकल चालकको मृत्यु

सेनाको ट्रकको ठक्करबाट गम्भिर घाईते भएका मोटरसाईकल चालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि÷गाईघाट, कार्तिक २४ । उदयपुरको सदरमुकाम गाईघाटस्थित मदनभण्डारी आखाँ अस्पताल नजिकै गत शुक्रबार नेपाली सेनाको ट्रकको ठक्करबाट गम्भिर घाईते भएका मोटरसाईकल चालकको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारमान दोङले ट्रकको ठक्करबाट गम्भिर घाईते भएका झापाको कमल गाउँपालिका–५ बस्ने ३७ बर्षीय गोपाल बहादुर सार्कीको उपचारको क्रममा शनिबार बिहान पौने ६ बजे बिराटनगरस्थित नोवेल हस्पिटलमा मृत्यु भएको जानकारी दिएका छन् । आज शवको पोष्टमार्टम भईसकेको र मृतकको बुबाले शव बुझिसकेको डिएसपी दोङले जनाए । शुक्रबार दिउँसो १२ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको श्री पशुपती प्रसाद गण बोक्से ब्यारेकको बा १ ग २४४० नम्बरको ट्रकले पूर्वबाट पश्चिम तर्फ जादैँ गरेको को २० प ४२३२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भिर घाई...
मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २४ । मुख्यमन्त्री नियुक्तिको विवादले तीव्र रूप लिएसँगै मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यालयमा तोडफोड भएको छ । प्रदेश प्रमुखको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद तथा कार्यकर्ताहरूले कार्यालय अगाडि रहेका बोर्ड र गमलामा क्षति पुर्‍याएका छन् । प्रदर्शनकारीहरू कार्यालय परिसरमा नाराबाजी गरिरहेका छन् । उल्लेखनीय छ कि उपचारका लागि काठमाडौं गएकी प्रदेश प्रमुख भण्डारीले नेकपा एमालेका सरोजकुमार यादवलाई ठूलो दलको आधारमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । उनले यादवलाई बर्दिबासस्थित एक होटलमा शपथ गराएकी थिइन् । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि तोडफोड भइसकेको छ ।...
धुर्मुस सुन्तली फाउण्डेसनले गौतमबुद्ध रंगशालामा ६० करोडको काम गरेको सरकारी मूल्यांकन रिपोर्ट

धुर्मुस सुन्तली फाउण्डेसनले गौतमबुद्ध रंगशालामा ६० करोडको काम गरेको सरकारी मूल्यांकन रिपोर्ट

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २४ । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा धुर्मुस सुन्तली फाउण्डेसनले करिब ६० करोड रुपैयाँ बराबरको काम गरेको सरकारी मूल्यांकन रिपोर्टले देखाएको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ कलेजले गरेको प्राविधिक जाँचअनुसार फाउण्डेसनले भ्याटसहित ५९ करोड ९० लाख १ हजार ८ सय ६६ रुपैयाँको काम गरेको पाइएको छ । यो रिपोर्ट भरतपुर महानगरपालिकामा पेश गरिएको छ । सहायक डीन डा. इन्जिनियर सुरज लामिछानेको नेतृत्वमा रहेको मूल्यांकन समितिले यो रिपोर्ट तयार गरेको हो । समितिमा इन्जिनियर नारायणप्रसाद गौतम र इन्जिनियर शिव काफ्ले सदस्य रहेका थिए । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत फाउण्डेसनले गरेको कामको ऋण र उधारो तिर्न प्राविधिक मूल्यांकन गर्ने घोषणा गरेको थियो । यही अनुसार गत भदौ १६ गते इन्जिनियरिङ कलेज, महानगरपालिका र फाउण्डेसनबीच त्रिपक्षीय समझदारी भएको थिय...
बगाहामा विङ्गर गाडी दुर्घटना हुँदा चालक सहित १२ जना घाईते

बगाहामा विङ्गर गाडी दुर्घटना हुँदा चालक सहित १२ जना घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक २४ । अन्दाजी आज विहान ८.०० बजे सगरमाथा राजमार्ग अन्तरगत गाईघाट-लहान सडकखण्डकाे त्रियुगा नगरपालिका- ४ बगाहामा विङ्गर गाडी अनियन्त्रित भई दुर्घटना भएको छ । गाईघाटदेखि लहानतर्फ जानेक्रममा ना १ ज ८३९१ नम्वरको साे गाडी दुर्घटना हुँदा चालकसहित १२ जना घाईते भएकाे सुरक्षा स्राेतले जनाएकाे छ । घाइतेहरुलाई उपचारका लागि उदयपुर अस्पताल लगिएकाे छ । घाईतेहुनेहरुमा विङ्गरमा सवार त्रिनपा- ११ संगमटाेलका ७४ बर्षिय पूर्णबहादुर राई, उनकाे दुवै हात, अनुहार, टाउकोमा चाेट र कम्मर चलाउन गारो हुने अबस्था छ । उनका बहिनि अन्दाजी ६० बर्षिया रामकुमारी राई, उनकाे टाउको, छाती दुवै हातखुट्टामा चाेट लागेकाे छ । त्रिनपा-१२ का ४४ बर्षिय ज्ञानेन्द्र वि. क. उनकाे अनुहार र दुबै हातमा चाेट  लागेकाे छ । त्यसैगरी ओखलढुंगाकाे खिजिदेम्बा-२ पोखरीका ४५ बर्षिय तिर्थ घिमिरे,  उनकाे अनुहार, दुवै हातखुट्टा...
बालबालिकालाई सहयोग अभियानबाट संकलित रकम हस्तान्तरण

बालबालिकालाई सहयोग अभियानबाट संकलित रकम हस्तान्तरण

Breaking News 1, Breaking News 3, समाचार
पूर्णपुष्टि उदयपुर, कार्तिक २३ । “हाम्रो बालबालिकालाई सहयोग अभियान” अन्तर्गत संकलन भएको बीस हजार चारसय पाँच रुपैया आज हस्तान्तरण गरिएको छ । युवा संकलनकर्ता रूपेश खड्काले अभियानको तर्फबाट गाउँले छिमेकीहरुको उपस्थितिमा मृतककी श्रीमती सिता सार्की (मगर) लाई उक्त रकम हस्तान्तरण गरिएको हो । श्रीमान्को मृत्युपछि मुख्य जीवनको साहरा गुमाएका उनी र दुई बालबालिकालाई सहयोग जुट्दै गएको छ । बालबालिकाको उज्ज्वल भविष्यका लागि युवा समूहले आगामी दिनमा सम्बन्धित निकायसँग सहकार्य गर्दै थप पहल गर्ने जनाएको छ। खासगरी ६ र ११ वर्षिय छोराछोरीको पालनपोषण, शिक्षादिक्षामा चिन्ता देखिए पछि सहयोगी मनहरुले सहयोगको हात बढाइरहेका छन् । बालकालिकाको शिक्षादिक्षामा दिगोरुपले सोच्नुपर्ने आवश्यकता छ ।...
मेहनत र संघर्षका एक प्रेरणा : सशस्त्र प्रहरी निरीक्षक मोहनकुमार भट्टराई

मेहनत र संघर्षका एक प्रेरणा : सशस्त्र प्रहरी निरीक्षक मोहनकुमार भट्टराई

Breaking News 2, रोचक, साहित्य
नगरपालिका भएपनि सञ्चार, सुचना र अन्य विकासबाट बन्चित ठाउँ हो दमौटी गाउँ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५ मा पर्ने दमौटी गाउँ जङ्गलभित्रको एकान्त ठाउँ हो । समथर ठाउँमै भएपनि हरेक कुराले बन्चित ठाउँ भएकाले दुर्गम ठाउँकाे रुपमा रहेकाे छ । त्यस्ता ठाउँमा सामान्य परिवारमा जन्मिएर हुर्केका एक युवाकाे सफलताकाे कथा राेचक छ । सामान्य गाउँकाे युवा, जाे आज सुरक्षा अधिकारीको स्तरमा पुगेका छन् । आमयुवाका लागि याे ठुलै सफलताको कथा हो । सशस्त्र प्रहरी नीरिक्षक मोहनकुमार भट्टराई, जाे सामान्य जीवनबाट स‌घर्ष गर्दै यो स्तरसम्म पुग्नका लागि सामान्य मेहनत र सामान्य संघर्ष थिएन । उनी सानैदेखि अत्यान्तै लगनशील र मेहनती थिए । कृषिमा निर्भर बाबुआमाले दुःखले पढाए । सानैदेखि बुवाआमाको दुःखको साँछी हुँदै आएका उनी निरन्तर भविष्यमा केही बन्छु भन्ने लक्षमा लागिरहे । त्यसका लागि दुःख मेहनत गरेर पढाइमा लगाव दिए ।...
बेवारीशे मृत बृद्धको शव आफन्तले बुझे

बेवारीशे मृत बृद्धको शव आफन्तले बुझे

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक, २३ गते । उदयपुरको त्रियुगा नगरपालिका–८ शाहीखोला पुलमा सोमबार अचेत अवस्थामा फेला परेका मृत बेवारीसे बृद्धको शव आफन्तले बुझेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मदनभण्डारी राजमार्ग छेउ सडकमा राती साढेँ ७ बजेको समयमा खैरो कलरको भेष्ट, निलो कलरको हाप पाईन्ट लगाएको र गोरो वर्णको मंगोलियन अनुहार भएको करिब ५०/५५ बर्षीय एक पूरुष अचेत अवस्थामा फेला परेका थिए । अचेत अवस्थामा फेला परेका उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याईएकोमा सोही राती करिब ८ बजेको समयमा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । ति बृद्ध त्रियुगा नगरपालिकाका २ मोतिहायीका ७५ बर्षिय हर्क बहादुर कुमाल रहेको प्रहरीले जनाएको छ । उनको शव शुक्रबार परिवारले बुझेको थियो ।...
जेनजी उदयुपर सक्रियपूर्वक अगाडि बढ्ने संयोजकको भनाइ

जेनजी उदयुपर सक्रियपूर्वक अगाडि बढ्ने संयोजकको भनाइ

Breaking News 2, भिडियो, राजनीति, समाचार
https://youtu.be/MqSOB0Ggkvw पूर्णपुष्टि/उदयपुर, कार्तिक २३ । जेनजीको नेतृत्व को ? यो प्रश्न धेरै उठ्ने गर्छ । पछिल्लो समय केन्द्र, प्रदेश र जिल्लामा नेतृत्व तोक्ने क्रम छ । उदयपुरको संयोजक सुरेन्द्र राई तोकिएसंगै अव जेनजी के कसरी अगाढि बढ्छ ? पूर्णपुष्टिले सोधिखोजी गरेको छ । जेनजी संयोजक राईले सक्रियपूर्वक जेनजी गतिविधि अगाडी बढ्ने बताएका छन् । उनले संगठन विस्तारसंगै जेनजी एजेन्डालाई सार्थक बनाउने काम अगाडि बनाउने बताएका छन् । जेनजीको नाममा विभिन्न संगठन र गतिविधि भइरहेको सन्दर्भमा सहि गर्ने र गलत गर्ने छानेर समेटिने र कतिपयलाई निगरानी तथा खबरदारी गर्ने बताएका छन् ।...