Sunday, July 5News That Matters

Author: पूर्णपुष्टि

दुई दिने औद्योगिक पर्यटन तथा रैनाथे खाना महोत्सव सम्पन्न

दुई दिने औद्योगिक पर्यटन तथा रैनाथे खाना महोत्सव सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार ५ । उदयपुरको सदरमुकाम गाईघाटमा संचालित दुईदिने चौथो औद्योगिक वृहत प्रदर्शनी तथा पर्यटन र रैनाथे खाना महोत्सव सम्पन्न भएको छ । बिहिबार नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको अध्यक्ष बिना राईको सभाध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख गैर बहादुर वि.क.को प्रमुख अतिथ्यतामा महोत्सव समापन भएको हो । समापन समारोहमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गैर बहादुर वि.क.ले औद्योगिक पर्यटन तथा रैनाथे खाना महोत्सव स्थानिय उत्पादन, सिप, श्रम र सम्मेलनको उत्सव रहेको बताउनुभयो । समन्वय प्रमुख वि.क.ले यस महोत्सव स्थानिय स्तरमा उत्पादन भएका बस्तुहरु प्रदर्शन, प्रचार र बजारीकरण गर्ने उत्कृष्ट माध्यमको रुपमा रहेको बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको अध्यक्ष बिना राईले दुई दिने औद्योगिक पर्यटन तथा रैनाथे खाना महोत्सवलाई उद्योगी व्यवसायीहरुको एउटा उत्सवक...
उदयपुरमा ५ दिने आधारभूत पत्रकारिता तालिम सुरु

उदयपुरमा ५ दिने आधारभूत पत्रकारिता तालिम सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ५ असार । उदयपुरको गाईघाटमा ५ दिने आधारभूत पत्रकारिता तालिम बिहिबारदेखी सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना, नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको समन्वय तथा पत्रकार महासंघ उदयपुरको व्यवस्थापनमा तालिम सुरु भएको हो । त्रियुगा उद्योग बाणिज्य संघको कार्यालयमा संञ्चालन तालिममा ३० जना सहभागी छन् । नयाँ पुस्तालाई पत्रकारिता क्षेत्रमा उत्पादन गर्ने उदेश्यले तालिम आयोजना गरिएको जनाईएको छ । तालिमको सहजीकरण बरिष्ठ पत्रकार कौशल चेम्जोङ र पत्रकार भोटराज राईले गरिरहेको छ ।...
निर्माण मजदुर सङ्घ उदयपुरमा नयाँ नेतृत्व

निर्माण मजदुर सङ्घ उदयपुरमा नयाँ नेतृत्व

Breaking News 2, राजनीति, समाचार
उदयपुर, असार ५ । अखिल नेपाल ट्रेड युनियन महासङ्घको पेशागत सङ्गठन निर्माण मजदुर सङ्घ उदयपुरले नयाँ नेतृत्व चयनसहित चौथो जिल्ला सम्मेलन हिजाे सम्पन्न गरेको छ । अध्यक्षमा रामकुमार विश्वकर्मा चयन भएका छन् । चार मनोनितसहित २१ जनाको कार्यसमिति बनाइएको छ । सङ्घका केन्द्रीय अध्यक्ष अमित लामा र माओबादी केन्द्रीय सदस्य मोहन खत्री (दिपक), जिल्ला संयोजक दिवस कटुवालले उद्घाटन गरेको सम्मेलनले उपाध्यक्षमा खड्गबहादुर राई, सचिव बिनम मोते, सहसचिव सुरेश राई र कोषाध्यक्ष गोपाल मग्रातीलाई चयन गरेको छ । सदस्यमा देशवराज विश्वकर्मा, विदुर विश्वकर्मा, धनशेर राई, मानबहादर दनुवार, केदार रम्तेल, हेमराज राई, अश्विन राई छानिएका छन् । सम्मेलनले जिल्लाका ८ वटै स्थानीयतहबाट २–२ जनालाई प्रतिनिधित्व गराउने गरी सदस्य राखेको छ । जस अनुसार कटारी, बेलका, चौदण्डीगढी नगर, लिमचुङबुङ, रौतामाई, उदयपुरगढी र ताप्ली गाउँपालिकाबाट प्...
सरसफाईले फेरियो रौता पोखरीको मुहार

सरसफाईले फेरियो रौता पोखरीको मुहार

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ४ असार । उदयपुरकै प्रमुख पर्यटक तथा धामिर्क स्थल रौता पोखरीको मुहार फेरिएको छ । श्रमदान मार्फत चलाईएको सरसफाई अभियानले पोखरीको मुहारै फेरिएको हो । झार र पतिङगारले दुषित पोखरी हेर्न लायक बनेकोे छ । पत्रकार तथा समाजसेवी समेत रहेका बुद्धि चाम्लीङ नेतृत्वको टोलीले सरसफाई गरेका थिए । श्रमदानकै लागि २१ जनाको टोलीले मङ्गलबार विहान ९ः०० बजेदेखि सुरु गरेको झार उखल्ने काम ३ः०० बजेसम्म पोखरी सफा गरेको हो । मन्दिर पछाडिको थोरै भागबाहेक सम्पूर्ण भाग झारले भरिएपछि खोसिएको पोखरीको सुन्दरता फर्केको अभियन्ता चामलिङले बताए । स्थानीय पत्रकारसमेत रहेका अभियन्ता चामलिङले श्रमदानका लागि त्रियुगा नगरपालिका ६ जलजलेका ६ जना युवा र बाँकी रौतामाई गाउँपालिका ६ पोखरी आसपास र विभिन्न वडाका युवाहरुले साथ दिएको बताए । सातादिनअघि रौता पोखरी पुगेका अभियन्ता चामलिङले त्यसबेला स्थानीय ४ जना भक्तजन...
गाईघाटमा औद्योगिक पर्यटन तथा रैनाथे खाना महोत्सव सुरु

गाईघाटमा औद्योगिक पर्यटन तथा रैनाथे खाना महोत्सव सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, पर्यटन, समाचार
पूर्णपुष्टि, असार ४ । उदयपुरको सदरमुकाम गाईघाटमा चौथो औद्योगिक पर्यटन तथा रैनाथे खाना महोत्सव सुरु भएको छ । दुई दिन सम्म चल्ने महोत्सवको औपचारिक रुपमा उद्घाटन बुधबार कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारले गरिन् । महोत्सवमा रैथाने परिकार र आफ्नै स्थानीय उद्योगहरुमा उत्पादित वस्तुहरुको प्रदर्शनी गरिएको छ । यस अन्तगर्त आयुर्वेदिक औषधि, अर्गानिक आलु, औद्योगिक उत्पादनका लत्ता कपडा–ब्याग–गुडिया–स्कुलको युनिफर्म लगायत अन्य सामाग्रीहरुको प्रदर्शन गरिएको छ । महोत्सवमा करिब ३० वटा स्टल राखिएको छ । महोत्सव नेपाल घरेलु तथा साना उद्योग महासंघ कार्य समिति उदयपुरको आयोजनामा भएको हो भने पर्यटन कार्यालय धरान र नेपाल घरेलु तथा साना उद्योग कार्यालय उदयपुरले सहयोग गरेको छ ।...
उदयपुरको चौदण्डीगढीमा युवा र युवतीको शव फेला

उदयपुरको चौदण्डीगढीमा युवा र युवतीको शव फेला

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ४ असार । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरी गाउँमा एक किशोरी र एक युवाको शव फेला परेको छ । बुधबार एका विहानै बाटो छेवैमा लडिरहेको अवस्थामा अन्दाजी १७ वर्षीया मन्जु राईको शव फेला परेको हो भने नजिकै आँपको रुखमा झुण्डिएको अवस्थामा २८ वर्षीय रविन राईको शव फेला परेको हो । स्थानीयहरुका अनुसार यी दुईका बिच माया प्रेम थियो । स्थानीयहरुका अनुसार के कुन विषयामा कुरा नमिले पछि यो घटना भएको हुन सक्ने जनाए । घटनाको प्रकृति अनुसार सबैले त्यही अनुमान गरेका छन् । शव परीक्षणको लागि कानुनी प्रक्रिया भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । मृतक दुवै जना छिमेकी हुन् । घटनाबारे थप जानकारीहरु आउन बाँकी रहेको छ ।...
त्रिनपा १६ मा आरसीसी सिंचाई निर्माणले कृषक उत्साहित

त्रिनपा १६ मा आरसीसी सिंचाई निर्माणले कृषक उत्साहित

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३ असार । त्रियुगा नगरपालिका वडा नं १६ मा ३० लाख बढी लगानीमा आरसीसी सिंचाई कुलो निर्माण पछि कृषकहरु उत्साहित बनेको छ । मंगलबार नव निर्मित सिँचाईको औपचारिक उद्घाटन सँगै कृषकको खेतमा पानी पुगेको छ । वडाको भोर्ले स्थित सिंचाईको उद्घाटन त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेत, उपमेयर महेश्वरी राई र वडा अध्यक्ष मान वहादुर राई सहितको जनप्रतिनिधिले उद्घाटन गरे । स्विस सरकारको ३० प्रतिशत, संघिय, प्रदेश र स्थानीय सरकारको २०/२० प्रतिशत गरि ६० प्रतिशत र १० प्रतिशत स्थानीय जनसहभागीता १० सहित ३० लाख ७६ हजार  आरसीसी सिंचाई निर्माण गरिएको वडाअध्यक्ष मान वहादुर राईले जनाउनुभयो । राईका अनुसार उक्त आरसीसी सिंचाई भोर्ले खोला देखि ७ सय ८ मिटर रहेको छ । यस सिंचाई कुलोले भोर्लेका १८ घर परिवारको १ सय १२ रोपनी जग्गाको आवश्यकतालाई पुर्ति गर्नेछ । आरसीसी सिंचाई योजना आफैमा मजबुद र दिर्घकालिन रहेको...
औद्योगिक पर्यटन तथा रैथाने खाना महोत्सवको तयारी पुरा, भोली उद्घाटन हुँदै

औद्योगिक पर्यटन तथा रैथाने खाना महोत्सवको तयारी पुरा, भोली उद्घाटन हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, पर्यटन, समाचार
पूर्णपुष्टि, ३ असार । गाईघाटमा भोली बाट सुरु औद्योगिक पर्यटन तथा रैथाने खाना महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । नेपाल घरेल तथा साना उद्योग महासंघ कार्य समिति उदयपुरको आयोजनामा हुने महोत्सव ४ र ५ गते दुई दिन संञ्चालन हुने छ । गाईघाट स्थित बाबारानी मार्ग रामजानकी पार्टी प्यालेर्समा हुने उक्त महोत्सवको उद्घाटन कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले गर्ने छिन् । महोत्सवमा औद्योगिक उत्पादनको प्रदर्शन सँगै रैथाने खानाको परिकार झल्काईने छ । जस्ले गर्दा पर्यटनहरुलाई आकर्षित गर्नुका साथै उद्योग व्यवसायीहरुलाई प्रोत्साहन गर्ने छ । संघले बिगत देखीनै यस खाले महोत्सवहरु संञ्चालन गर्दै आईरहेको छ । महोत्सवमा जिल्लामा रहेका उत्पादनहरुलाई स्थान दिईएको छ । महोत्सवलाई पर्यटन कार्यालय धरान र नेपाल घरेलु तथा साना उद्योक कार्यालय उदयपुरले सहयोग गरेको छ ।...
गाईघाटमा दुई दिने उद्यौगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुँदै

गाईघाटमा दुई दिने उद्यौगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, पर्यटन, समाचार
पूर्णपुष्टि, ३ असार । उदयपुरको गाईघाटमा उद्योगिक प्रदर्शनी, पर्यटन तथा रैथाने खाना महोत्सव हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला समिति उदयपुरको आयोजनामा यहि जेष्ठ ४ र ५ गते महोत्सव हुन लागेको हो । महोत्सवको लागि तयारी भैरहेको छ । गाईघााट स्थित रामजानकी पार्टी प्यालेर्शमा हुने महोत्सवमा पर्यटन आकर्षण, रैथाने खानाको जगेर्णा सँगै उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन हुने गरी प्रदर्शन गरिने आयोजकले जनाएको छ । महोत्सवलाई पर्यटन कार्यालय धरान र घरेलु तथा साना उद्योग कार्यालय उदयपुरले सहयोग गरेको छ । महोत्सव बिहान ९ बजेदेखी बेलुकीको ६ बजे सम्म संञ्चालन हुने छ ।...
स्व : गिता राई स्मृति साकेला सिल्ली प्रतियोगिताको अधिकंश उपाधी धरानको कब्जामा

स्व : गिता राई स्मृति साकेला सिल्ली प्रतियोगिताको अधिकंश उपाधी धरानको कब्जामा

Breaking News 2, मनोरञ्जन, समाचार
  पूर्णपुष्टि, १ असार । गाईघाटमा आयोजित स्व : गिता राई स्मृति रनिङ शिल्ड साकेला सिल्ली प्रतियोगिताको उपाधी धरानले कब्जा गरेको छ । किरात राई यायोख्खा ११, १२ र १३ नं वडा कार्य समितिको आयोजनामा शनिवार गाईघाट स्थित साकेला थानमा भएको प्रतियोगितामा धरानले पहिलो, दोस्रो र एउटा सन्त्वना सहित तिन ओटा उपाधी लगेको हो । प्रथम उपाधी धरान १५, दोस्रो उपाधी धरान १९ र सान्त्वना उपाधी धरान १३ गरी तिन ओटा उपाधीमा धरानले कब्जा गरेको छ । प्रतियोगिताको तेस्रो उपाधी भने तरहराले लगेको छ । किरात राई यायोख्खा वडा कार्य समिति १९, २० तरहरा सुनसरीले तेस्रो उपाधी लान सफल भएको हो । बाँकी दुई ओटा सान्त्वना उपाधी भने किरात राई यायोख्खा चौदण्डीगढी नगर कार्य समिति उदयपुर र किरात राई यायोख्खा त्रिनपा १० बोक्से बावरीले हात पार्यो । प्रथम, दोस्रो र तेस्रोलाई क्रमश : ३० हजार, २० हजार र १० हजार सहित प्रमाण पत्र व...