त्रियुगा सहित उदयपुरका ४ पालिका प्रमुखले बुझाए राजीनामा, ३ पालिका प्रमुखले बुझाउने तयारी
पूर्णपुष्टि, बैशाख १०
उदयपुरमा रहेको ८ ओटा पालिका मध्ये ४ ओटा पालिकाले राजीनामा बुझाई सकेको छ । पून ः दोहोरीने बिचारमा रहेको पालिका प्रमुखहरुले राजीनामा धमाधम बुझाउन थालेको हो । राजीनामा बुझाउनेहरुमा त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी, बेलका नगर प्रमुख दुर्गा कुमार थापा, उदयपुरगढी उगाउँपालिकाका अध्यक्ष मान वहादुर केप्छाकी मगर र लिम्चुङबुङ गाउँपालिकाकाका अध्यक्ष मेजर कुमार राई रहेको छ ।
उनिहरु मध्ये कसैले केहि दिन अघिनै राजीनामा बुझाई सकेको छ भने केहिले हिजो मात्र बुझाएको छ । जम्मा ८ स्थानीय तहहरु मध्ये ७ ओटा पालिका प्रमुखहरुले राजीनामा दिने मनसाय गरेको पाईएको छ । रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले भने नबुझाउने मनसाय गरेको पाईएको छ । फेरी आफ्नो उम्मेदवारी थाहा नभएको भन्दै राजीनामा नबुझाउन जस्तो अवस्था रहेको खड्काले जनाए । उनले उम्मेदवारी टुंगो नलागेको र फेरी द...









