Sunday, July 12News That Matters

Author: पूर्णपुष्टि खबर

बहेड्वा थारु सामुदायिक होम स्टेद्धारा पाँच जनालाई सम्मान

बहेड्वा थारु सामुदायिक होम स्टेद्धारा पाँच जनालाई सम्मान

Breaking News 1
पूर्णपुष्टि, २६ फागुन । बहेड्वा थारु सामुदायिक होम स्टेले बिभिन्न क्षेत्रमा योगदान पुराएका ५ युवाहरुलाई सम्मान गरेको छ । शुक्रबार बयलगडी सफारी शुभारम्भ सँगै खेलकुद, सामाजिक, सांस्कृतिक, कलकारीता, नेतृत्व विकास र पर्यटन जस्तो क्षेत्रमा महत्वपूर्ण योगदान पुराईरहेका युवाहरुलाई सम्मान गरिएको हो ।सम्मानित हुनेमा मिस थारु नेपाल २०२१ की बिजेता लिभा थारु, नरेश सुर्या क्लासिक नेपाल २०२३ क्लासिक फिजिक्स गोल्ड मेडलिस्ट बिजेता बडिबिल्डिङ समूह उप बिजेता दिलिप कुमार चौधरी, पर्यटन खेलकुद व्यवसायी जितेन्द्र रोईला, नेशनल जुनियर च्याम्पियन साईकलिङ निमा शेर्पा र मन्डला थ्रियटर तथा पिके डनका अभिनेता साथै होटल व्यवसायी प्रदिप कुमार चौधरीलाई होम स्टेले प्रमाण पत्र र दौसाला ओढाई सम्मान गरेको हो । सम्मान पत्र प्रमुख अतिथि मन्त्री राम कुमार खत्री लगायत उपसभामुख सिर्जना दनुवार सहित ब्यक्तिहरुले प्रदान गरेका थिए ।...
बहेडुवा होम स्टेमा बयलगडी (लोहरु) सफारी शुभारम्भ

बहेडुवा होम स्टेमा बयलगडी (लोहरु) सफारी शुभारम्भ

Breaking News 1, समाचार
पूर्णपुष्टि, २५ फागुन । बहेडुवा सामुदायिक थारु होम स्टेले बयलगडी (लोहरु) सफारी शुभारम्भ गरेको छ । कोशी प्रदेश कृषि, उद्योग तथा सहकारी मन्त्री राम कुमार खत्रीले बयलगडी सफारीको औपचारिक रुपमा शुभारम्भ गरेको हो । थारु परिकार सँगै थारु संस्कृतिलाई पनि जोड्ने भन्दै होम स्टेले सफारी शुभारम्भ गरेको हो । शुक्रबार मन्त्री खत्री सहित बिशिष्ट अतिथिहरु कोशी प्रदेश खानेपानी तथा सिँचाई मन्त्री नारायण बुर्जा मगर, उपसभामुख सिर्जना दनुवार, समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे र त्रियुगा नगर उपप्रमुख महेश्वरी राई लगायतको उपस्थितिमा बयलगडी सफारी शुभारम्भ गरिएको हो । बयलगडीमा सवारी गर्दै एक फन्का लगाएर मन्त्री खत्री लगायतका व्यक्तिहरुले सफारी शुभारम्भ गरेको छ । होम स्टेका अध्यक्ष भगवान सिंह चौधरीले थारु संस्कार संस्कृति सँग जोडिएको बयलगडी सफारी पछिल्लो सम...
६ बुदेँ माग सहित पूर्व प्रहरीद्धारा जिप्रकामा ज्ञापन पत्र दर्ता

६ बुदेँ माग सहित पूर्व प्रहरीद्धारा जिप्रकामा ज्ञापन पत्र दर्ता

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २४ । नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति उदयपुरले जिल्ला प्रहरी कार्यालयमा ६ बुदेँ माग सहित ज्ञापन पत्र दर्ता गरेको छ । बिहिबार प्रहरी कल्याणकोषको न्यायोचित वितरण भन्ने मुलनाराका साथ देश व्यापी ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत पूर्व प्रहरी संगठन उदयपुरका उपाध्यक्ष बल बहादुर खत्रीको नेतृत्वमा जिप्रकामा ज्ञापन पत्र दर्ता गरिएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायव निरिक्षक रमेश थापाले ज्ञापन पत्र नबुझ्ने भएपछि संगठनको माग सहितको ज्ञापन पत्र दर्ता गरिएको थियो । उक्त माग ३५ दिन भित्र पूरा नगरिएमा वा सन्तोषजनक मनासिव कदम नचालिएमा नेपाल पूर्व प्रहरी संगठनले आफु माथि संरक्षक बाट पनि न्याय नगरिएको निष्कर्ष निकाल्ने जनाएको छ । माग सम्बोधन नगरे प्रहरी कल्याणकोष व्यवस्थापन संचालक समितिको काम कारर्वाही विरुद्ध देश व्यापी विरोध कार्यक्रमका साथै कान...
उदयपुरमा लागुऔषध सहित १ जना पक्राउ

उदयपुरमा लागुऔषध सहित १ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २४ । उदयपुरमा लागुऔषध सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौदडीगढी नगरपालिका–६ का ३१ बर्षीय बिजय राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार बेलुका साढे ५ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका ५ सिवाई स्थितमा लागुऔषध सहित पक्राउ गरेको हो । राईको साथबाट लागुऔषध लुपिजेसीक ३० एम्पुल, डाईजेपाम ३० एम्पुल र फेनारागन ३० एम्पुल बरामद भएसँगै प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका राईको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
बयलगढी (लहरु) सफारी शुभारम्भमा मन्त्री देखी कलकार सम्मको उपस्थित रहने

बयलगढी (लहरु) सफारी शुभारम्भमा मन्त्री देखी कलकार सम्मको उपस्थित रहने

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ फागुन । त्रियुगा नगरपालिका १३ स्थित बहेडुवा थारु सामुदायीक होम स्टेले भोली भव्य भयलगढी सफारी शुभारम्भ गर्ने भएको छ । बयलगढी शुभारम्भलाई भव्य र सभ्य बनाउन होम स्टेले सबैखाले तयारी पुरा गरेको छ । शुभारम्भको लागि बिषेश ब्यक्ति तथा आकर्षक कलकारहरुलाई सहभागी गराईने आयोकजले जनाएको छ । फागुन २५ शुक्रबार माहाशिवरात्रीको अवसर पारी उक्त सफारीको शुभारम्भ हुने छ । सफारीको औपचारिक उद्घाटन कोशी प्रदेशका कृषि उद्योग तथा सहकारी मन्त्री राम कुमार खत्रीले गर्ने भएको छ भने, खानेपानी मन्त्री नारायण बुर्जा मगर, उपसभामुख सिर्जना दनुवार बिशिष्ट अतिथिको रुपमा रहने छ । होम स्टे घरवास महासंघका केन्द्रीय अध्यक्ष प्रेम संकर मर्दनिया बिशेष अतिथि रहने छ । यस्तैगरी उदयपुरको लागि कला, साहित्य, पर्यटन, खेलकुद जस्ता क्षेत्रमा योगदान पुराएका थारु समदायका ब्यक्तिहरुलाई पनि अतिथि तथा सम्मानको लागि सहभागी ग...
रसियाबाट मृत्युको घेरा तोडेर नेपाल फर्किएका उदयपुरका राजेन्द्र

रसियाबाट मृत्युको घेरा तोडेर नेपाल फर्किएका उदयपुरका राजेन्द्र

Breaking News 1, समाचार
पूर्णपुष्टि, २३ फागुन । धेरै मानिसहरु रुसी सेनामा गइरहेको टिकटकमा देखिन्थ्यो । त्यसैक्रममा रोजगारीको खोजिमा रहेका उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाटका राजेन्द्र दाहालले पनि रुसी सेनामा जाने निधो गरे । रुसी सेनामा जाने निधो गरेपछि दलालको सम्पर्कमा पुगेका उनलाई रसिया पुग्न समय लागेन । गत पाँचमहिना अघि कार्तिक १ गते रसिया पुगेर सेनामा भर्ती भइसकेका थिए उनी । तालिम गरेको २८ दिनमै युक्रेनको तुकमाक भन्ने ठाउँमा युद्धमा होमिनु पर्यो । संगै गएका पाँचजना नेपाली मध्ये तीनजना युद्धमा मारिए । बाँचेका चितवनको विसाल लामा र उनी पटक पटक भाग्ने कोशिस गरे । भाग्न खोज्नेलाई पासपोर्ट, मोवाईल जफत गरेर जेलमा लाने र पुनः युद्धमै पठाउने गर्दथे । ४८ घण्टासम्म लुकेर हिउँमा हिडेर सिमानासम्म पुगेपनि रुसी प्रहरीले पक्राउ गरी फेरी युद्धमै पठाउने गर्दथे ।  त्यसक्रममा भिषण युद्धकाबीच मरेका मान्छे तान्न खटाउँदा आफै...
उदयपुरमा अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईयो

उदयपुरमा अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईयो

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २२ । उदयपुरमा ११४ औं श्रमिक महिला दिवस २०८० मनाईएको छ । मंगलबार महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने मुल नाराका साथ अखिल नेपाल महिला संघ समाजवादी जिल्ला कमिटि उदयपुरको आयोजनामा श्रमिक महिला दिवस मनाईएको हो । श्रमिक महिला दिवस २०८० भव्यताका साथ सफल पारौं, ५० प्रतिशत महिला सहभागिता सुनिश्चिता गरौं विषयक अन्तक्रिया कार्यक्रम सहित दिवस धुमधामका साथ गाईघाट स्थित जिल्ला पार्टी कार्यालयको हलमा मनाईएको हो । अनेम संघ जिल्ला अध्यक्ष पशुपती चौधरीले महिलाहरु ८ हजार बर्षदेखी उत्पिडनमा पर्दै आएको बताएकी छन् । उनले महिलाहरुको सबै अधिकार कुण्ठित भएको भन्दै महिला दिदि–बहिनिहरु एकजुट भएर अधिकार प्राप्तिका लागी लागिपर्नुपर्ने बताईन् । अहिलेको कम्युनिष्टहरुले समानताको आधारमा योजना बनाउन नसकेको उनले बताईन् । महिला पुरुष बराबरी भनेको छ तर श्रमको आधारमा समानरुप ल्याउन सकेको छै...
बसाहामा जिल्लास्तरीय ब्याड्मिन्टन हुने

बसाहामा जिल्लास्तरीय ब्याड्मिन्टन हुने

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २२ । उदयपुरको बसाहामा जिल्ला स्तरीय ब्याड्मिन्टन प्रतियोगिता सन्चालन हुदैछ । बसाहा ब्याड्मिन्टन क्लवको आयोजनामा ७ औं मेयरकप ब्याड्मिन्टन प्रतियोगिता हुने भएको हो । आगामी २४ देखि तीनदिनसम्म सञ्चालन हुने प्रतियोगिता चौनपा ४ चौकीडाँडा स्थित स्व. सनातकुमार राई कभर्डहलमा हुनेछ । प्रतियोगितामा मेन्स डबल्स (खुल्ला), मेन्स डबल्स (बी) र मास्टर डबल्स (९० प्लस) गरी तीन इभेन्ट्समा हुने भएको छ । प्रतियोगितामा विजयी खेलाडीलाई नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको अन्तिम तयारी रहेको आयोजक क्लवका अध्यक्ष नारायण तामाङले जानकारी दिएका छन् ।...
त्रियुगा खानेपानी निर्वाचनामा खड्काको प्यानलै बिजयी

त्रियुगा खानेपानी निर्वाचनामा खड्काको प्यानलै बिजयी

Breaking News 1, समाचार
पूर्णपुष्टि, २२ फागुन । त्रियुगा सानाशहरी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा ओम खड्काको प्यानल बिजयी बनेको छ । खड्काले प्रतिदन्दी संकर बस्नेतलाई हराउँदै अध्यक्षमा बिजयी बनेको हो । खड्काले १०६२ मत प्राप्त गर्दा बस्नेतले ५७७ मात्रै मत प्राप्त गरे बस्नेतको भन्दा खड्काको मत झण्डै दोब्बरले आएको हो । यस्तै उपाध्यक्षमा सुपराज राई बिजयी बनेको छ । राईको ९६९ मत आउँदा प्रतिदन्ती निगम कोईरालाको जम्मा ४६२ मत मात्रै आएको छ । यस्तै कोषाध्यक्षमा रेवती रमण गेलाल बिजयी बनेको छ । उनले ८९७ मत प्राप्त गरेको छ । यता सदस्यहरुमा भविन्द्र खत्री ९९४, कृष्ण कुमारी राई ८७५, जित बहादुर बराल ७५३, र डिल्ली नारायण श्रेष्ठ ७९२ मत सहित प्यानलै निर्वाचित भएको हो ।...
खानेपानी समितिको अध्यक्षमा ओम खड्का र उपाध्यक्षमा सुराज राईको जित निश्चित

खानेपानी समितिको अध्यक्षमा ओम खड्का र उपाध्यक्षमा सुराज राईको जित निश्चित

Breaking News 1
पूर्णपुष्टि, २२ फागुन । त्रियुगा सानाशहरी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा ओम खड्का र उपाध्यक्षमा सुपराज राईको जित निश्चित देखिएको छ । पछिल्लो मत परिणाम अनुसार खड्का र राई प्रतिस्पर्धि भन्दा झण्डै दोब्बर मतले अगाडी छन् । खड्को प्रतिस्पर्धि पूर्व अध्यक्ष संखर खड्का रहेका थिए भने राईको निगम कोईराला प्रतिस्पर्धिको रुपमा रहेको छ ।    ...