Sunday, July 12News That Matters

Author: पूर्णपुष्टि खबर

एकै पटक गाईघाट बजारको चार स्थानमा  ट्राफिक चेकिङ

एकै पटक गाईघाट बजारको चार स्थानमा ट्राफिक चेकिङ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० फागुन । जिल्ला ट्राफिक कार्यालय उदयपुरले दुर्घटना न्युनिकरण गर्न बजार एरियामा ब्यापक चेकिङ बढाएको छ । बिहिबार गाईघाटको मुख्य स्थानहरु पिजिचोक, त्रियुगा बसपार्क, पिपल चोक र आँखा अस्पताल लगायतका स्थानहरुमा ट्राफिक चेकिङ गरिएको हो । ट्राफिक इन्चार्ज प्रहरी नायव निरिक्षक सुन्दर श्याम पोखरेलले सामान्यदेखी ठुला गल्तीहरु गर्ने चालकहरुलाई कार्वाही गरिएको जनाए । मापासे, तिव्र गति, हेल्मेट नलगाउने, कागजपत्र नभएको, ओभर लोड, सवारीको मोटिफाई, ठुलो आवाज र अन्य वापर्वाही गर्ने चालकहरुलाई कार्वाही गरिएको जनाए । गाईघाट बजारमा पछिल्लो समय दैनिकी जसो दुर्घटना बढेको छ । हाईवे सागै चालकको लापर्वाहीनै दुर्घटनाको मुख्य कारण बनेको भन्दै त्यस्तो अवस्थालाई कम गरी दुर्घटना नियन्त्रण गर्न चेकिङलाई बढाईएको जनाए । बजार एरियामा पहिलो पटक एकैचोटी बिभिन्न चार स्थानमा सवारी चेकिङको काम गरिएको पोखरेल...
१६ नं वडामा प्रधानमन्त्री रोजगागर कार्यक्रम अभिमुखीकरण सँगै बालवालिकाहरुको स्वास्थ्य परिक्षण

१६ नं वडामा प्रधानमन्त्री रोजगागर कार्यक्रम अभिमुखीकरण सँगै बालवालिकाहरुको स्वास्थ्य परिक्षण

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० फागुन । त्रियुगा नगरपालिका वडा नं १६ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक दिने अभिमुखीकरण दिईएको छ । “श्रमको सम्मान राष्ट्रको अभियान” नारा सहित प्रधानमन्त्री रोजगार कार्यक्रमले न्युनतम रोजगगार नागरिकको अधिकार भन्दै अभिमुखीकरण दिईएको वडा अध्यक्ष मान वहादुर राईले जनाए । त्रियुगा नगरपालिका प्रधानमन्त्री रोजगार सेवा केन्द्रको आयोजनामा वडाको अति बिकट ठाउँ धौरी स्थित अभिमुखीकरण दिईएको हो । घरघरमा रोजगार सुचिकृतको लागि यस कार्यक्रमले सहयोग पुराउन कार्यक्रम गरिएको अध्यक्ष राईको भनाई छ । अध्यक्ष राईका अनुसार बिकट क्षेत्रका मानिसहरुले रोजगकारको लागि निति नियम तथा त्यसको आवश्यक प्रक्रियाहरु थाहा नपाउँदा रोजगारबाट बन्चित हुनु परेको जनाए । उनिहरुमाथीको थप आर्थिक संकट गरिबीको सिर्जनालाई न्युनिकरण गर्ने रोजगारबारे अभिमुखीकरण दिईएको हो । अभिमुखीकरणमा त्यहाँको करिब ७० जना...
नेशनल लाईफ गाईघाट शाखाद्धारा रक्तदान, बालवालिकालाई खाना र विरामीलाई फलफुल

नेशनल लाईफ गाईघाट शाखाद्धारा रक्तदान, बालवालिकालाई खाना र विरामीलाई फलफुल

Breaking News 1, समाचार
उदयपुर १० फागुन । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले शनिवार तिन सामाजिक कार्य गरेको छ । कम्पनीको ३७ औँ बार्षिकोत्सवको अवसर पारी बिरामीलाई फलफुल वितरण, विद्यालयका बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई खानाको व्यवस्था र रक्तदान कार्यक्रम गरेको हो । कम्पनीका गाइृघाट शाखा प्रमुख प्रेम कुमार राईका अनुसार बार्षिकोत्सवको अवसर पारी जिल्ला अस्पताल उदयपुरका ६० भन्दा बढी बिरामीलाई फलफुल वितरण, त्रियुगा नमुना माविका ३१ जना बौद्धिक अपाङ्गता भएका बालवालिका विद्यार्थीहरुलाई खाना खुवाईएको जनाए । साथै रक्तदान जिवनदान नारा सहित रक्तदान कार्यक्रम पनि गरिएको छ । उक्त कार्यक्रममा २० जनाले रक्तदान गरेको छ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले देशभरमै उत्कृष्ट कार्यक्रम सहित कम्पनीको बार्षिकोत्सव मनाएको प्रमुख राईको दावी छ । राईले यस कम्पनीले बिगतबाटै बिमा सँगै सामाजिक काम गर्दै आएको जनाए । उनले...
उदयपुरमा जुवा मुद्धाका ६ जना फरार प्रतिवादी पक्राउ

उदयपुरमा जुवा मुद्धाका ६ जना फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन १० । उदयपुरमा जुवा मुद्धाका ६ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिनपा–३ मोतिगडा बस्ने ५० बर्षीय मान बहादुर ठकुरी, ८१ बर्षीय होम बहादुर ठकुरी, ५९ बर्षीय नेत्र बहादुर सिंह ठकुरी, ७५ बर्षीय प्रेम बहादुर राउत, ४५ बर्षीय विन्द भन्‍ने छवि बा.रास्कोटी र ४० बर्षीय बद्रि नारायण थापा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसप) हरिनन्दन चौधरीका अनुसार जिल्ला अदालतको २०७०÷१२÷१६ गतेको फैसलाले जुवा मुद्दामा मान बहादुर ठकुरीलाई ३ सय रुपैँया र बद्रि नारायण थापालाई ५० रुपैँया जरिबाना तोकेको थियो भने अन्य चार जनालाई २–२ सय रुपैँया जरिवाना तोकेको थियो । जिप्रका उदयपुरबाट खटिएको प्रहरी टोलीले बुधबार उनिहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी जिल्ला अदालत पठाईएको डिएसपी चौधरीले बताए ।...
दोस्रो प्रदेश महोत्सवमा आज चर्चित गायिका कलाराईले प्रस्तुती दिने

दोस्रो प्रदेश महोत्सवमा आज चर्चित गायिका कलाराईले प्रस्तुती दिने

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० फागुन । गाईघाटको दोस्रो त्रियुगा प्रदेश महोत्सवमा आज चर्चित गायिका कला राईले प्रस्तुती दिने भएकी छिन् । उनि प्रस्तुतीका लागि गाईघाट झरिसकेकी छिन् । गायिका राईले आफ्नो चर्चित गितहरु प्रस्तुत गर्दै गाईघाट झुमाउनेछिन् । राईको निकै चर्चित गितहरु लोकगित तर्फ मालिगो काटिनी लैलै, छकछकी रेलको इन्जीन, पान्धारे चौकी, सिरको फुल लाको माया आधुनिक तर्फ बिनायो मुचुृङगका बाजा, गाई हिड्ने गोहो, र चलचित्र तर्फ ए भेट भयो नी यो ठाउँमा रमाईलो मेलैमा लगायतका गितहरु निकै चर्चित छ । राई सहित भुवन मगर लगायतका कलकारहरुले आज महोत्सव तताउने आयोजकले जनाएको छ ।...
कम्जोर निर्माणधिन भवनमा रातदिन पानी खन्याउँदै

कम्जोर निर्माणधिन भवनमा रातदिन पानी खन्याउँदै

Breaking News 1
पूर्णपुष्टि, १० फागुन । गाईघाट खानेपानी उपभोक्ता समितिको भनवमा धमाधम पानी खनाउन थालिएको छ । भवन निर्माणको क्रममा चरम लापर्वाही गरी कम्जोर भवन बनाईएपछि आलोचित बनेको भवनको कम्जोरी लुकाउन यतिबेला पानी लगाउन सुरु गरिएको हो । पूर्णपुष्टि खवरले भवन कम्जोर बनाईएको प्रति समचार लेखेपछि भवन निर्माण कम्जोरीको वास्ताविक बाहिर आएका थिए । त्यस पश्चात सम्बन्धित ब्यक्तिहरुले भवनको चासो राखेका थिए । ११ नं वडा अध्यक्ष सुमन्त कोईरालाले भवन कम्जोरी निर्माण गरेको प्रति ध्यानाकर्षण रहेको जनाएका थिए । उनले पटक पटक भवन निर्माण क्षेत्रमा गएर अनुगमन समेत गरेका थिए । उनले भवन निर्माणमा कम्जोरी भएको बताएका थिए । भवन आफ्नो वडामा निर्माण हुदा समेत आफैलाई थाहा नदिई सहमति विनै निर्माण गरिएको जनाए । उनले अब यसको सुधारका लागि आफुले नगरपालिका सँग पनि समन्वय गरेर के गर्न सकिन्छ त्यस बिषयमा लागि पर्ने जनाए । कम्जोरी द...
दोस्रो प्रदेश महोत्सवमा होण्डाको नयाँ स्कुटर बिक्रि

दोस्रो प्रदेश महोत्सवमा होण्डाको नयाँ स्कुटर बिक्रि

Breaking News 1, समाचार
पूर्णपुष्टि, ९ फागुन । दोस्रो प्रदेश महोत्सवमा होण्डाले नयाँ मोडलको स्कुटर डियो १२५ (डिएलएक्स) बिक्रि गरेको छ । महोत्सवमा स्टल राखेकै अवस्थामा क्यास अफरमा ४ देखी ७ हजार सम्मको कुपन र ७ बर्ष सर्भिस फ्रि को व्यवस्था गरिएको छ । उक्त स्कुटर त्रियुगा नगरपालिका ७ चुहाडेका पर्शुराम राईले ३ लाख ९ हजार नौ सयमा किनेको हो । स्कुटर त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राई, त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका अध्यक्ष रमेश रसाईली लगायतले हस्तानतरण गरेका थिए । महोत्सवको स्टलबाट स्कुटर बिक्रि गर्न पाउँदा स्टलका बिक्रेताले खुसी ब्यक्त गरेका छन् ।...
पानी वितरणमा पहुँच, संस्थालाई ऋण मुक्त र महशुल घटाउन मेरो : उम्मेदवारी

पानी वितरणमा पहुँच, संस्थालाई ऋण मुक्त र महशुल घटाउन मेरो : उम्मेदवारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, ९ फागुन । त्रियुगा सानासहरी खानेपानी उपभोक्ता समितिको अध्यक्ष पदको उम्मेदवार ओम खड्काले पानी उपलब्ध र संस्थालाई ऋण मुक्त बनाउन आफ्नो उम्मेदवारी रहेको जनाएको छ । हाल कार्यवाहक अध्यक्ष समेत रहेको खड्काले यहि फागुन २१ गते हुने संस्थाको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी दिएका छन् । संस्थाको पूर्व अध्यक्ष समेत रहेका शंंकर बस्नेत, खड्काको प्रतिद्धन्दीको रुपमा खडा रहेको छ । आफुले संस्थाको नेतृत्व गर्न पाए सर्व प्रथम उपभोक्ताहरुलाई पानीमा सहजीकरण र बाँकी स्थानमा पानी वितरण गर्ने उनको भनाई छ । साथै संस्थाको ऋण मुक्त गर्दै त्रियुगा नगरपालिका वडा नं ९ र १० को सडक दायाँवायाँ रहेको जिर्ण पाईपहरुको ठाउँमा नयाँ पाईप विस्तार गर्न आफ्नो योजना रहेको खड्काले जनाए । ओभरहेट ट्याङ्की निर्माण गरी पानी उपलब्ध गराउन नसकेको ठाउँमा पानी वितरण गर्ने र बर्खा समयमा आउने धमिलो पानीलाई निर्मुल गर्ने आफ्...
केपी ओली कप प्रचार प्रसारको लागि फुटसल गेम आयोजना

केपी ओली कप प्रचार प्रसारको लागि फुटसल गेम आयोजना

Breaking News 1
पूर्णपुष्टि, ९ फागुन । राष्ट्रिय युवा संघ नेपालले केपी ओली कप प्रचार प्रसारमा सहयोग पुराउन फुटसल गेमको आयोजना गरेको छ । कपलाई सफल र तिव्रता दिन संघले ब्यानर पर्चा सँगै फुटसलको आयोजना गरेको हो । केपी ओली कप यहि फागुन ११ देखी १९ गते सम्म काठमाडौँको एन्फा कम्प्लेक्समा हुँदैछ । राष्ट्रिय युवा संघ अन्तर जिल्ला उदयपुरका अध्यक्ष रिदम सुनवार (किराती) ले कपलाई प्रचारमा सहयोग पुराउन फुटसल खेलाईएको जनाए । यस फुटसल आयोजनाले कपलाई थप प्रचार प्रसारमा सहयोग पुराउने जनाए । कपलाई प्रचार प्रसारका लागि प्रदेश कमिटी सदस्य महेश मगर सहित अन्तर जिल्लाका युवा सँगै उदयपुरको युवाहरुको बिषेश भुमिका रहेको छ । संघका केन्द्रीय कोषाध्यक्ष राकेश राईको प्रमुख आथित्यमा काठमाण्डौँ स्थित सिता पाईलाको बलामी सेन्टर स्पोर्टमा फुटसल आयोजना गरिएको थियो ।...
2054 SLC गाईघाट ब्याजीहरुबाट जिल्ला कृकेट संघ उदयपुरलाई खेलकुद सामाग्री सहयोग

2054 SLC गाईघाट ब्याजीहरुबाट जिल्ला कृकेट संघ उदयपुरलाई खेलकुद सामाग्री सहयोग

Breaking News 1, समाचार
पूर्णपुष्टि, ९ फागुन । स्वास्थको लागी खेलकुद, देशको लागि खेलकुदू भन्ने मुलनारालाई मनन गर्दै त्रियुगा माध्यमिक बिधालय गाईघाट २०५४ slc ब्याजी साथीहरुको आर्थिक सहयोगमा जिल्ला कृकेट संघ उदयपुरका अध्यक्ष एल्विन बस्नेत मार्फत रु ७२००० र ( बराबरको खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । सम्पुर्ण उदयपुरे खेलाडीहरुलाई हौसला प्रदान गर्न एवं जिल्लामा रहेका कृकेट खेल तथा खेलाडीहरुलाई सहयोग होस भन्ने हेतुले करीब ७२ हजार बराबरको खेलकुद सामाग्री आज एक कार्यक्रम गरि हस्तान्तरण गरिएको थियोे । यस कार्यक्रमबाट जिल्ला कृकेट संघ उदयपुर मार्फत उत्कृष्ट खेल एवं खेलाडी उत्पादन गर्ने छ भन्ने आशा एवं अपेक्षा गरिएको छ । खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा ब्याजीको तर्फबाट कुमार अविरलले जिल्लामा रहेका सम्पुर्ण कृकेट खेलाडीहरुलाई सहयोग पुग्ने अपेक्षाको साथमा आफ्नो भनाइ राख्नु भएको थियोे भने हस्तान्तरण कार्यक्र...