Saturday, August 15News That Matters

खेलकुद

कतार विश्वकपका लागि यी १३ राष्ट्र छनोट, छनोटका लागि अझै १९ राष्ट्र बाँकी

कतार विश्वकपका लागि यी १३ राष्ट्र छनोट, छनोटका लागि अझै १९ राष्ट्र बाँकी

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, मंसिर १ आयोजक कतार सहित १३ राष्ट्र आगामी विश्वकपका लागि छानिएको छ । कतार आयोजकको रुपमा सिधै विश्वकपमा छानिएको हो भने, अन्य १२ राष्ट्रहरु प्रक्रियागत खेल पार गर्दै छानिएको हो । कतारले अर्को बर्ष फिफा विश्वकप आयोजना गर्ने भएको छ । सो खेलमा सहभागीताका लागि अहिले छनोट चरणका खेलहरु चलिरहेको अवस्था छ । हालै छानिएका १३ राष्ट्रहरुमा आयोजक कतार, दक्षिण अमेरिका र युरोपका राष्ट्रहरु छन् । युरोपका राष्ट्रहरु फ्रान्स, जर्मनी, डेनमार्क, बेल्जियम क्रोएसिया, स्पेन, सर्बिया, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, नेदरल्यान्ड्स रहेको छ भने, दक्षिण अमेरिका ः ब्राजिल, अर्जेन्टिना र आयोजक ः कतार छन् ।...
नेशनल बक्सिङ च्याम्पियनसिप खेल्ने उदयपुरका ४ खेलाडीलाई विदाई तथा शुभकामना

नेशनल बक्सिङ च्याम्पियनसिप खेल्ने उदयपुरका ४ खेलाडीलाई विदाई तथा शुभकामना

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक २७ प्रकाश दाहाल स्मृति दोस्रो नेशनल बक्सिङ च्याम्पियनसिप खेल्न उदयपुरबाट कोच, टिम म्यानेजर सहित ६ जना खेलाडीहरु शनिवार काठमाण्डौँ प्रस्थान गरेको छ । खेलमा उदयपुरबाट कोच धन बहादुर मगर सहित टिम मेनेजर सुजन राई र खेलाडीहरु लक्ष्मण राई, अजित मगर, नारायण भुजेल र बोध राज खत्री खेलमा सहभागी जनाउन काठमाण्डौँ लागेका हुन् । उनिहरुलाई खेलको अग्रिम शुभकामना सहित उदयपुर बाट भव्य विधाई तथा शुभकामना प्रदान गरिएको छ । जिल्ला खेलकुद विकास समिति उदयपुरको प्राङगनमा खेलाडीहरुलाई स–सम्मानका साथ विदाई तथा शुभकामना व्यक्त गरिएको छ । जिल्ला खेलकुद विकास समिति उदयपुरका कार्यालय प्रमुख प्रकाश रामको उपस्थिति तथा युवा नेता राहुल यादवको अथित्यतामा खेलाडीहरुलाई विदाई सँगै आर्थिक सहयोग पनि गरेको छ ।खेलडीहरुको उच्च सम्मान आँट, साहस र जितको सफलताका लागि शसस्त्र प्रहरी वलका सई राम श्रेष्ठले रु ४ हज...
लामो समय नेतृत्वविहिन बन्दा उदयपुरको खेलक्षेत्र ओझेलमा : अध्यक्ष नेपाल

लामो समय नेतृत्वविहिन बन्दा उदयपुरको खेलक्षेत्र ओझेलमा : अध्यक्ष नेपाल

Breaking News 2, Purnapusti TV, खेलकुद, समाचार
https://youtu.be/XYYl40a70Go पूर्णपुष्टि, कार्तिक २४ । लामो समय जिल्ला खेलकुद विकास समिति, उदयपुर नेतृत्वविहिन बन्दा जिल्लाको खेल क्षेत्र ओझेलमा परेका छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सागर नेपालले पूर्णपुष्टि प्रश्नको जवाफ दिदै जिल्लाको खेल क्षेत्र ओझेलमा पर्नुको मुख्य कारण लामो समय जिल्ला खेलकुद विकास समिति नेतृत्वविहिन बनेको बताएका हुन् । खेलक्षेत्र ओझेलमा रहेपनि खेल गतिविधि भने सञ्चालन भइरहेको उनको भनाई छ । समितिको भुमिका नपुगे पनि स्थानीय युवाहरु, क्लव, संस्थाहरुको पहलबाट पनि खेल गतिविधि सञ्चालन भइरहेको हो । फुटबल, भलिवल, क्रिकेट, ब्याड्मिन्टन जस्ता खेलहरु सञ्चालनको अवस्थामा रहेको अध्यक्ष नेपालले बताए । कराते, उसु, बक्सिङ जस्ता खेल प्रशिक्षण पनि चलिरहेको उनले बताए । खेल गतिविधि बन्द नै भने नरहेको उनले बताए । समिति करिब दुईवर्षदेखि नेतृत्वविहिन बनेको हो । कार्यालय प्रमुखसम...
खोटाङको खोटेहाङ गाउँपालिकामा दोस्रो सावाकटहररे वडा स्तरीय भलिबल प्रतियोगिता हुने, ५५ हजार प्रथम पुरस्कार

खोटाङको खोटेहाङ गाउँपालिकामा दोस्रो सावाकटहररे वडा स्तरीय भलिबल प्रतियोगिता हुने, ५५ हजार प्रथम पुरस्कार

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक २४ खोटेहाङ गाउँपालिका वडा नं ३ सावाकटहरेमा भलिबल प्रतियोगिता हुने भएको छ । मंसिर १५ देखी १८ गते सम्म वडा स्तरीय भलिवल प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ । खोटेहाङ गाउँपालिका वडा नं ३ सावाकटहरे खोटाङको मुख्य प्रायोजन र युवा तथा खेलकुद विकास समितिको आयोजनामा दोस्रो सावाकटहरे अन्तर वडा स्तरीय भलिवल प्रतियोगिता हुन लागेको कार्यक्रम संयोजक आशिष राईले बताए ।   राईले पहिलो बर्ष पनि भव्य रुपमा भलिवल प्रतियोगिता गराईसकेको र त्यसैलाई निरन्तरता दिने उदेश्यले यो बर्ष पनि प्रतियोगिता गराईने जनाए । आयोजक कमिटिका अध्यक्ष युवाराज थापा मगरका अनुसार खेलका लागि मंसिर १४ गते सम्म टिम दर्ताको अन्तिम समय रहेको जनाएको छ । त्यसपछिको समयमा टिम दर्ता भए त्यस्लाई मान्यता नदिने मगरले बताए । खेलमा सहभागी जनाउने टिमले सम्बन्धित वडाको स्थायी ठेगाना खुल्ने सक्कल परिचय पत्र, न...
बगाहामा तेस्रो वडा स्थरीय फुटवल प्रतियोगिता हिजोबाट सुरु

बगाहामा तेस्रो वडा स्थरीय फुटवल प्रतियोगिता हिजोबाट सुरु

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक १४ त्रियुगा नगरपालिका ४ बगाहामा तेस्रो वडा स्थरीय फुटवल प्रतियोगिता हिजो शनिवार बाट सुरु भएको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ हरेक बर्ष गर्दै आएको प्रतियोगिता यो बर्ष पनि गरिएको हो । प्रतियोगितामा ८ टिम सहभागी रहेको आयोजक सिर्जनशिल समूहका अध्यक्ष महेन्द्र कट्टेलले जनाए । हिजो भएको सुरुवाती खेलमा सिसुवारीले विजयी सुरुवात गरेको छ । पारिजात क्लवलाई ट्राईबेकरमा हराउँदै सिसुवारीले जित सुरुवात गरेको हो । आजको खेल आयोजक सिर्जनशिल युवा क्लव र ढल्के युवा क्लव बिच हुने भएको छ भने, अर्को टिम सुर्यदय युवा क्लव र बगाहा गरी जम्मा चार टिमले प्रतिस्पर्धा गर्ने क्लवका संस्थापक अध्यक्ष भवन कटुवालले जनाए । खेल कार्तिक १७ गते सकिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथमलाई १२ हजार र दोस्रो हुने टिमलाई ६ हजार नगद ट्रफि दिईने कटुवालले जनाए । हर...
मोहम्मद सलाहको ह्याट्रिकमा युनाईटेड माथि गोलको बर्षा

मोहम्मद सलाहको ह्याट्रिकमा युनाईटेड माथि गोलको बर्षा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ८ लिभरपुलले गोलको बर्षा गर्दा म्यानचेस्टर युनाईटेडले हार बेहोर्नु परेको छ । आईतबार राती भएको खेलमा मोहम्मद सलाहको ह्याट्रिकमा लिभरपुलले ५–० ले युनाईटेड माथि फराकिलो जित हात पारेको छ । खेलको सुरुवातमा नाबी किएटाले लिभरपुलाई आग्रता दिलाएको थियो । खेलको १३ औँ मिनेटमा डिओगो जोटाले लिभरपुलको अग्रता दोब्बर बनाए । पहिलो हाफको ३८ औं मिनेटमा र ईन्जुरी टाईममा सलाहले गोल गर्दै पहिलो हाफमा ४–० को आग्रता बनाएको थियो । ५० औं मिनेटमा सलाहले ह्याट्रिक पुरा गदैं लिभरपुलाई ५–० को आग्रता दिलाएको हो । दोस्रो हाफमा मैदान छिरेको १५ मिनेटमा नै पाउल पोग्वाले किएटा माथि फल गर्दा रातो कार्ड पाएर बाहिर निस्केका थिए । त्यस पछि १० खेलाडीमा सिमित युनाईटेडले जवाफी गोल फर्काउन सकेन ।...
कर्मचारीहरुबीचको ब्याड्मिन्टनमा घरेलु हाकिमको जोडी प्रथम, सहायक सिडियोको जोडी दोस्रो

कर्मचारीहरुबीचको ब्याड्मिन्टनमा घरेलु हाकिमको जोडी प्रथम, सहायक सिडियोको जोडी दोस्रो

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, असोज २२ । कर्मचारी मिलन केन्द्र, उदयपुर ब्याड्मिन्टन क्लव २०७८ को आयोजनामा विहिबार भएको ब्याड्मिन्टन प्रतियोगितामा घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका प्रमुख पाक्रम खाँ र भेटेनरी कार्यालय प्रमुख अजय साहको जोडी प्रथम भए । महान चाँड दशै, तिहार र छठ पर्वको अवसरमा आयोजित प्रतियोगितामा १४ टिमलाई पछि पार्दै खाँ र साहको जोडी प्रथम भएको हो । प्रतियोगितामा सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेल र गाईघाट दिक्तेल सडक कार्यालयका चालक प्रमोद श्रेष्ठको जोडी दोस्रो भयो भने डिभिजन वन कार्यालय गाईघाटका प्रमुख अम्बिका प्रसाद पौडेल र कर कार्यालय गाईघाटका कर्मचारी मदन दाहालको जोडी तेस्रो भए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः दुइहजार, एक हजार र पाँच सय नगद पुरस्कारसहित मेडेल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रथम पुरस्कार मिलन केन्द्रको अध्यक्षसमेत रहेका वन ...
उदयपुरको जिल्ला स्तरीय मेयर व्याडमिन्टन प्रतियोगितामा (ए) डिभिजनतर्फ बल बहादुर कार्की, हिमाल श्रेष्ठ र (बी) डिभिजन तर्फ साजन राई र केनिस मगरको जोडी प्रथम

उदयपुरको जिल्ला स्तरीय मेयर व्याडमिन्टन प्रतियोगितामा (ए) डिभिजनतर्फ बल बहादुर कार्की, हिमाल श्रेष्ठ र (बी) डिभिजन तर्फ साजन राई र केनिस मगरको जोडी प्रथम

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, असोज १६ तिन दिनदेखि उदयपुरमा जारी जिल्ला स्तरीय मेयर व्याडमिन्टन प्रतियोगिता शनिवार चुहाडेमा सम्पन्न भएको छ । चुहाडे स्थित भेटघाट कवर्डहलको आयोजनामा सम्पन्न जिल्ला स्तरीय मेयर व्याडमिन्टन प्रतियोगिताकोे प्रथम पुरस्कार (ए) डिभिजनतर्फ बल बहादुर कार्की र हिमाल श्रेष्ठको जोडी (गाईघाट) र (बी) डिभिजनतर्फ साजन राई र केनिस मगरको जोडी (चौदण्डीगढी) प्रथम बनेका छन् । यस्तै प्रतियोगितामा (ए) डिभिजन तर्फ सन्तोस कटुवाल र बिनय चौधरीको जोडी (चौदण्डीगढी) र (बी) डिभिजनतर्फ जिवन बोगटी र नविना राईको जोडी (कटारी) दोस्रो भएका छन् । यता तेस्रो हुनेहरुमा (ए) डिभिजनतर्फ चित्र थापा र सरोज खवासको जोडी (गाईघाट) र (बी) डिभिजनतर्फ जयराम राई र अफताब आलमको जोडी (चौदण्डीगढी) रहेका छन् । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश ः २५ हजार, १५ हजार र ८ हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमा...
चुहाडेमा संञ्चालित व्याडमिन्टन प्रतियोगिता फाईनल पुग्यो

चुहाडेमा संञ्चालित व्याडमिन्टन प्रतियोगिता फाईनल पुग्यो

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, असोज १५ गाईघाट व्याडमिन्टन क्लव चुहाडेद्वारा आयोजित जिल्ला स्तरीय मेयर कप व्याडमिन्टन प्रतियोगिताको फाईनल भोली हुँदै छ । हिजोदेखि संञ्चालित प्रतियोगितामा (ए) डिभिजन तर्फ सन्तोष कटुवाल र विनय चौधरीको जोडी (चौदण्डीगढी) तथा बल वहादुर कार्की र हिमाल श्रेष्ठको जोडि (गाईघाट) फाईनलमा प्रवेश गरेका छन् । त्यस्तै (वी) डिभिजनतर्फ केनिस मगर र सुजन राईको जोडि (चौदण्डीगढी) तथा जिवन बोगटी र नविना राईको जोडी (कटारी) फाईनलमा पुगेको छ । (ए) डिभिजनतर्फको कटुवाल र चौधरीको जोडिले चित्र थापा र सरोज खवासको जोडी (गाईघाट) लाई पराजित गर्दै फाईनलमा पुगेको हो भने कार्की र श्रेष्ठको जोडीले दिपक राई र प्रतिस राईको जोडी (गाईघाट) लाई पराजित गर्दै फाईनलमा पुगेको हो ।त्यस्तै (वी) डिभिजनतर्फ मगर र राईको जोडीले जयराम राई र अख्तर आलमको जोडी (चौदण्डीगढी) लाई पराजित गर्दै फाईनल प्रवेश गरेको हो भने बोगटी र राईको ...
पहिलाे चरणकाे खेल सकियाे, भाेली सेमिफाईनलसम्मकाे सबै खेल सकिने

पहिलाे चरणकाे खेल सकियाे, भाेली सेमिफाईनलसम्मकाे सबै खेल सकिने

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, असाेज १४ । भेटघाट ब्याड्मिन्टन क्लवले चुहाडेमा आयाेजना गरेकाे जिल्ला स्तरीय मेयरकप ब्याड्मिन्टन प्रतियाेगिताकाे पहिलाे चरणकाे सबै खेल आज सकिएकाे छ । बी डिभिजन तर्फकाे पहिलाे चरणकाे सबै खेल सकिएकाे हाे । आयाेजकले भाेलि बी डिभिजनका साथै ए डिभिजनकाे सेमिफाईनलसम्मका खेलहरु सम्पन्न गर्ने र पर्सी फाईनल गर्ने जनाएकाे छ ।...