Thursday, April 30News That Matters

पर्यटन

उदयपुरको पर्यटन विकासका लागि सरोकारवालाबीच गहन छलफल

उदयपुरको पर्यटन विकासका लागि सरोकारवालाबीच गहन छलफल

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, असार १९ । उदयपुरको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि आज एक महत्त्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरको आयोजना र कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वयमा भएको यस कार्यक्रममा विभिन्न सरोकारवालाहरूबीच गहन छलफल भएको छ। त्रियुगा नगरपालिका–१२ स्थित होटल टाउन हलमा आयोजित कार्यक्रममा करिब २०० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा उदयपुरको पर्यटन विकासका सम्भावना, चुनौति र आवश्यक रणनीतिहरूबारे विस्तृत छलफल गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरले उदयपुरको पर्यटन विकासका लागि प्रदेश सरकारले विशेष योजना ल्याउने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘उदयपुरको प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै यहाँको पर्यटन क्षेत्रलाई अघि बढाउन हामी...
लिम्चुङबुङ्गको प्राथमिकतामा कृषी र पर्यटन

लिम्चुङबुङ्गको प्राथमिकतामा कृषी र पर्यटन

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, असार १२ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले नयाँ बजेट तथा कार्यक्रममा पर्यटन प्रवद्र्धन र कृषिलाई विशेष प्राथमिकता दिएको छ । “ग्रिन लिम्चुङबुङ क्लिन लिम्चुङबुङ” नारासहित पर्यटन प्रवद्र्धनमा विशेष कार्यक्रमहरु ल्याएको पालिका ध्यक्ष मेजरकुमार राईले बताउनुभयो । उहाँका अनुसार पर्यटकलाई आकर्षित बनाउन र ब्यवस्थित खान, बस्न, डुल्नका लागि होमस्टे ब्यवसाय प्रोत्साहन कार्यक्रम, होमस्टे सञ्चालन तालिम, होमस्टे सञ्चालकलाई अध्यायन, अवलोकन कार्यक्रम ल्याएको छ । त्यस्तै पालिका क्षेत्रका होटलहरुमा सफा र स्वच्छ भान्साघर तालिम कार्यक्रम र पर्यटक उपचार तथा उद्धार कोषसमेत कार्यक्रमको रुपमा अघि सारेको छ । त्यसैगरी लिम्चुङबुङ पर्यटन डकुमेन्ट्री प्रतिष्पर्धा पुरस्कार कार्यक्रम, लिम्चुङबुङ पर्यटन नयाँ गन्तब्य प्रवद्र्धन भ्लगर प्रतियोगिता पुरस्कार कार्यक्रमसमेत ल्याएको छ । पालिकाको दिगो पर्यटन विक...
बहेडुवा थारु होम स्टेको थप आकर्षण, बयलगढी सफारी

बहेडुवा थारु होम स्टेको थप आकर्षण, बयलगढी सफारी

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, १५ फागुन । त्रियुगा नगरपालिका १३ मा रहेको बहेडुवा थारु होम स्टे पर्यटनलाई थप आकर्षण गर्न बयलगढी सफारीको व्यवस्था थप्ने भएको छ । थारु संस्कार संस्कृति संग जोडिएको बयगढी पछिल्लो समय लोपन्मुख अवस्थामा पुगेको छ । यसको संरक्षण प्रवद्र्धन र पर्यटनलाई आकर्षण गर्न उक्त सफारीलाई होम स्टेले आकर्षणको रुपमा ल्याउने भएको हो । होम स्टे संञ्चालक समितिका सल्लाहकार समेत रहेको उत्तिमलाल चौधरीले लोप हुँदै गएको बयलगढीलाई जिवित गर्न यसको सुभारम्भ गर्न लागेको जनाए । चौधरीका अनुसार यहि फागुन २५ माहाशिबरात्रीकै दिन बयलगढी (लहरु) सफारीको सुभारम्भ हुनेछ । सुभारम्भ पश्चात सफारीलाई निरन्तरता दिईने जनाईएको छ । उक्त सफारीलाई संरक्षण सँगै आर्थिक आम्दानीको रुपमा होम स्टेले संञ्चालन गर्ने भएको चौधरीको भनाई छ । सफारीबाट आम्दानी रकमलाई थारु सांस्कृतिमा आधारित सांस्कृतिक भवन निर्माणमा खर्च गरिने छ । होम ...
लिम्चुङबुङले थाल्यो पक्कि सडकको पहल

लिम्चुङबुङले थाल्यो पक्कि सडकको पहल

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, पुष २५ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले पक्कि सडकको पहल थालेको छ । नेपाल सरकारसँग पक्कि सडकको लागी बजेट विनियोजन गर्न माग गरिएको पालिका अध्यक्ष मेजर कुमार राईले बताउनुभयो । पूर्णपुष्टिसँगको सम्वादमा अध्यक्ष राईले एकै पुूस्तामा समृद्ध पालिका बनाउने महाअभियान सफल हुन पक्कि सडक महत्वपुर्ण रहेको बताए । अध्यक्ष राईले सरकारले पक्कि सडकमा बजेट दिए सरकारलाई समेत फाईदा हुने बताए । पालिकामा पक्कि सडक बन्यो भने नेपालका ८ हजार माथिका ६ ओटा अग्ला हिमालहरु र सुर्योदय हेर्न पर्यटकहरु अत्याधिक मात्रामा आउने उनले बताए । https://www.youtube.com/watch?v=ubrRS6JcqRI पालिकामा पर्यटन भित्रियो भने लिम्चुङबुङका जनताको आर्थिक स्थिति बलियो हुने र जनताको आर्थिक स्थिती बलियो भए पश्चात जनताले तिरेको कर सरकारको ढुकुटीसम्म पुग्ने अध्यक्ष राईले बताए । सरकारले लगानी गर्दा कहाँबाट फिर्ता आउँछ भन्ने ...
ऐतिहासिक स्थल चौदण्डिगढीमा सेनाको हाईकिङ, सिडियोसमेत सहभागी

ऐतिहासिक स्थल चौदण्डिगढीमा सेनाको हाईकिङ, सिडियोसमेत सहभागी

Breaking News 2, पर्यटन, समाचार
पूर्णपुष्टि, मंसिर ९ । नेपालको राज्य एकिकरणको ऐतिहासिक स्थलहरुको संरक्षण र सम्बर्धनमा नेपाली सेना लागी परेको छ । यसै क्रममा ऐतिहासिकस्थल चौदण्डीगढीको पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउन नेपाली सेनाको १८ नं. बाहिनीअड्डा भुल्के र श्री पशुपती प्रशाद गण बोक्सेको संयुक्त आयोजनामा आज हाईकिङ सम्पन्न भएको छ । https://youtu.be/jih9hC3va0M प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले हाइकिङ गर्न पाउँदा खुसी ब्यक्त गर्नुभयो । इतिहास पढेको चौदण्डीगढी क्षेत्रको घना जङ्गल हुदै भ्रमण गरेको र मनोरम दृष्यावलोकन गरेको उहाँले बताउनुभयो । आन्तरिक र बाह्य पर्यटकको राम्रो सम्भावना देखिएको र भारत नजिक भएकोले भारतीय पर्यटकलाईसमेत आकर्षण गर्नसक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।१८ नं. वाहिनीपति मनोजकुमार बैधवारले प्रधानसेनापतीको निर्देशन अनुसार नेपाली सेनाले पुराना ऐतिहासिक संरचना र धार्मिक स्थलहरु संरक्षण गर्ने, न...
हाेमस्टेकाे आम्दानीले सामाजिक काम

हाेमस्टेकाे आम्दानीले सामाजिक काम

Breaking News 1, आर्थिक, पर्यटन, समाचार
पूर्णपुष्टि, भदाैं २ । उदयपुरकाे त्रियुगा नगरपालिका १३ स्थित बहेडुवा थारु सामुदायिक हाेमस्टेले सामाजिक उत्तरदायित्वकाे काम गरेकाे छ । आम्दानीकाे १५ प्रतिशत सामाजिक काममा छुट्याउदै आँखा शिविर केही समयअघि गरेकाे हाेमस्टेले आज चस्मा वितरण गरेकाे प्राविधिक सल्लाहकार उत्तिमचन्द्र चाैधरीले बताए । जेभि फाउन्डेशन जिल्ला  तथा नगर समितिकाे सहयाेगमा चस्मा वितरण गरिएकाे हाे । कार्यक्रममा त्रियुगा नगर मेयर वसन्त बस्नेत लगायत अतिथिहरुले बृद्धबृद्धालाई चस्मा वितरण गरे । हाेमस्टेले सहयाेगि जेभि फाउन्डेसनका अध्यक्ष गणेश दनुवार लगायत सदस्यहरुलाई सम्मान गर्याे । [contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form]...
बहेडुवा थारु होम स्टेमा बढ्यो आन्तिरिक पर्यटकको आकर्षण

बहेडुवा थारु होम स्टेमा बढ्यो आन्तिरिक पर्यटकको आकर्षण

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, २८ साउन । त्रियुगा नगरपालिका १३ मा संञ्चालित बहेडुवा थारु सामुदायीक होम स्टेमा पर्यटक आकर्षित हुँदै गएको छ । बिषेशगरी आन्तरिक पर्यटकहरुको रोजाई बन्दै गएको यहाँ बाह्य पर्यटकहरुको पनि चासो हुन थालेको जनाईएको छ । सामुदायीक रुपमा संञ्चालित होमेस्टेमा १५ घरको सहभागीता र संयुक्त लगानी रहेको संञ्चालक समितिका अध्यक्ष भगवान सिंह चौधरीले जनाए । चौधरीका अनुसार होम स्टे शान्त र रमयणीय वातावरणमा रहेको छ । परिकारहरुका लागि यहाँ बिषेशगरी थारु परिकारहरु पाईने चौधरीले जनाए । अडर अनुसार सम्पूर्ण थारु परिकार सँगै पाहुनाहरुको इच्छा अनुसारको सबैखाले परिकारहरु उपलब्ध हुने अध्यक्ष चौधरीले जनाए । हाल थारु परिकारहरु उसिना चामलको भुजा, बगिया, तेलको रोटी, कचरी, बडी, आलुचोप, आलसको फुलौरी, अण्डी धानको चामलको खिचडी, घँुगी, गंगटा, लोकल कुखुरा, खोलाको माछा, भातको फुलौरी र आर्गनिक खाना सँगै आर्गनिक पि...
भोली पाँचौं ‘गाइघाट कोरा च्यालेन्ज’ हुदै

भोली पाँचौं ‘गाइघाट कोरा च्यालेन्ज’ हुदै

Breaking News 1, खेलकुद, पर्यटन, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कार्तिक २९ । उदयपुर साइक्लिङ संघले आज पत्रकार सम्मेलन गरी भोली “गाईघाट कोरा च्यालेन्ज २०८०” कार्यक्रम गर्ने जनाएको छ । आयोजक संघका अध्यक्ष जितेन्द्र रोइलाका अनुसार निश्चित गोलाकार दुरीमा आफुले आफैलाई च्यालेन्स गरेर साइक्लिङ कला प्रस्तुत गर्ने कार्यक्रम हो यो । पाचौ संस्करणको रुपमा आयोजना हुर्दै गरेको यो च्यालेन्ज साढे पाँच किलोमिटरको रहेको छ । वर्षमा एकपटक मठ–मन्दीर, चैते, गुम्बा, मस्जिद घुम्दै घडीको आकारमा साइक्लिङ गर्ने विशेष कार्यक्रम हो । भोली गाईघाट बजारबाट सुरु गरी त्रियुगा नगरपालिकाको ११ नं. वडा, १२ नं., १३ नं. हुदै ३ नं. देखि क्रमशः १० नं. वडासम्म अर्थात गाईघाट–पुरानोगाईघाट–असारी–पोर्ताहा–मोतिगडा–बगाहा–देउरी–जलजले–चकलघाट–तोरीबारी–होक्से–लुहाले–भण्टाबारी–खाटमन्दिर–राजाबास–गैरुन–बोक्सेहुदै पुनः गाईघाट आइपुग्ने रुट तयार भएको छ । कार्यक्रमको उद्घाटन त्रियुगाका मेयर बसन्त...
उदयपुरको सबैभन्दा अग्लाे यलम्बर शालिक ताप्लीमा

उदयपुरको सबैभन्दा अग्लाे यलम्बर शालिक ताप्लीमा

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, असार १४ । उदयपुरको ताप्ली गाउँपालिका – ४ यलम्बर चौक थुम्किमा यलम्बर पार्क निर्माण भएको छ । पार्कसंगै नेपालको प्रथम किराती राजा यलम्बरहाङको शालीक राखिएको छ । शालिक ९ फिट अग्लो र ५ फिट चौडाइको रहेको छ । जिल्लाकै सबैभन्दा ठुलो यलम्बर शालिक बनेको हो । संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको १९ लाख, ताप्ली गाउँपालिका र ४ नं. वडाको ८९ हजार ८४२ रुपैया र विभिन्न सहयोगदाताहरुबाट संकलित रकमबाट पार्क र यलम्बर शालिक निर्माण भएको हो । पार्कको उद्घाटन असार १३ गते पूर्व संघीय सांसद सुरेशकुमार राईले गरेका छन् । उद्घाटन समारोह सांस्कृतिक कार्यक्रमसहित हर्षोउल्लासका साथ मनाइएको थियो । पार्क निर्माणले संस्कृति प्रवद्र्धनका साथै ताप्लीको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ ।...
पर्यटकको चहलपहल बढ्यो बर्दिया राष्ट्रिय निकुञ्जमा

पर्यटकको चहलपहल बढ्यो बर्दिया राष्ट्रिय निकुञ्जमा

Breaking News 3, पर्यटन, समाचार
पूर्णपुष्टि, जेष्ठ २७ । बर्दिया राष्ट्रिय निकुञ्जमा गर्मि बढ्न थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिने जानकारी दिए । राष्ट्रिय निकुञ्जमा लोपोन्मुख पाटेबाघको सङ्ख्या बढेर एक सय २५ पुगेपछि बाघ हेर्नकै लागि पर्यटक बर्दिया आउने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । अघिल्लो आवमा १ हजार विदेशी पर्यटक आएकामा अहिले ६ हजारको हाराहारीमा पुगेको ‘सहायक संरक्षण अधिकृत दाहालले भने’ बाघ हेर्नकै लागि गत वर्षभन्दा यस वर्ष पर्यटकको सङ्ख्या बढेको छ । अघिल्लो आर्थिक वर्ष आन्तरिक १० हजार पर्यटकले निकुञ्ज अवलोकन गरेकामा अहिले १५ हजार पुगेका छन् । गत आवमा चार सय सार्क मुलुकका पर्यटकले अवलोकन गरेकामा अहिले बढेर एक हजार पुगेका छन् । पाटेबाघ, एक सिङ्गे गैँडा, चितुवा, जरायो, चित्तल...