१३ नं वडामा जितिया पर्वको शुभकामना आदान प्रदान सहित जितिया भव्य
पूर्णपुष्टि, असोज ८
नजिँकिदै गरेको जितिया पर्वको अवसरमा १३ नं वडाले शुभकामना आदान प्रदान भएको छ । शुभकामना आदान प्रदान सहित वडाका महिलाहरुको सहभागीमा जितिया पर्व पनि भव्य मनाएको छ । थारु समुदायहरुमा मनाइएने बिषेश पर्व जितिया वडाका महिलाहरुले पनि भव्य रुपमा मनाएको हो । त्रियुगा १३ वडास्तरीय महिला समितिको अयोजना तथा वडाको सहयोगमा शुक्रबार वडाभरीका महिलाहरुको ठुलो सहभागीतामा शुभकामना सहित जितिया पनि भव्य मनाइएको हो ।
बिभिन्न परिकार र थारु संस्कार संस्कृति सहित मनाईने यो पर्व बिषेश गरी थारु महिलाहरुले भव्य रुपमा मनाउने गर्छ । जितिया पर्वको अवसरमा थारु सामुदायमा महिलाहरु गित गाउने नाच गान गर्ने र बिभिन्न परिकारहरु खाएर रमाईलो गर्ने गर्छन् ।
जितिया कार्यक्रमको उद्घाट वडाअध्यक्ष पशुपती चौधरीले गरिन् । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष चौधरीले सम्पूर्ण वडावासी महिलाहरु लगायत सम्पूर्ण नेपालीहरुम...









