मतगणना सकिएकै दिन राजनीतिक लयमा फर्किए नेपाली कम्युनिष्ट पार्टीका नेता बलदेव चौधरी
२५ फागुन, २०८२ । उदयपुर
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उदयपुर–१ बट नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवार बनी चुनाव लडेका बलदेव चौधरी राजनीतिक लयमा फर्किएका छन् । चुनाव एउटा लोकतान्त्रिक पद्धती हो भन्दै चाौधरीले चुनावमा हार भएपनि राजनीतिक जिम्मेवारी र लय छोड्नु हुन्न भनेका छन् । आज विहान उदयपुरको सम्पूर्ण मतगणना सकिएर प्रत्यक्ष र समानुपातिक दुबैको अन्तिम परिणाम सार्बजनिक भएपछि निजनिवास पुरानो गाईघाटमा पत्रकार सम्मेलनको आयोजना गरी नेता चौधरीले आजबाट पुनः राजनीतिक लयमा फर्केको जनाए । “चुनाव एउटा लोकतान्त्तिक पद्धता हो, जनताको सेवा र राजनीतिक गतिविधि राजनीतिकर्मीको दिनचर्या हो ।” उनले भने –त्यसैले आजबाट जनताको काम र राजनीतिक गतिविधिमा फर्किएको छु ।
उदयपुर–१ म चुनावी नतिजाअनुसार पहिलोमत प्राप्त गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका पारशमणि गेलाल विजय बने भने श्रम संस्कृती पार्टीका राजेशकुमार राई ...









