Sunday, September 13News That Matters

राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो प्रदेश बैठक उदयपुरमा सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो प्रदेश बैठक उदयपुरमा सम्पन्न

राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख २२ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उदयपुरको गाईघाटमा पहिलो प्रदेश बैठक सम्पन्न गरेको छ । शुक्रबार गाईघाट स्थित टाउन हल होटलको सभाहलमा रास्वपाका प्रदेश सभापति राजेश कुमार तिमिल्सिनाको अध्यक्षतामा बिभिन्न निर्णयहरु सहित बैठक सम्पन्न भएको हो । बैठकले संगठन विस्तार प्रशिक्षण लगाएत विषयमा छलफल गरेर निर्णय गर्ने रास्वपाका उदयपुर जिल्ला संयोजक चित्रकुमार कार्कीले बताए । कार्यक्रममा संघिय सांसद असोक कुमार चौधरीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सांसद चौधरीले उदयपुरको उदयपुरको गाईघाट फत्तेपुर सडक र प्रस्तावित सगरमाथा विमानस्थलको विषयमा समेत स्थलगत अनुगमन गरेको छन् । सांसद चौधरीले सम्बन्धि विभागबाट जानकारी लिने समेत जनाएका छन् । स्थानीयले सामान्य बाटोमा पुल नभएकोले वर्षातको समय हजारौं स्थानीयले सास्ती भोगिरहनु परेको स्थानीयले सांसद चौधरी ...
सरकारमा सहभागी हुने नहुने बारे छलफलका लागी रास्वपाको बैठक बस्दै

सरकारमा सहभागी हुने नहुने बारे छलफलका लागी रास्वपाको बैठक बस्दै

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी हुने नहुने बारे छलफलका लागी आज बैठक बस्दैछ । शुक्रबार साँझ ५ बजे पार्टी कार्यालय बसुन्धरामा बस्ने केन्द्रीय समिति र संसदीय दलको बैठकमा सरकारमा सहभागी हुने नहुने बारे छलफल गरिने सहप्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार आजको बैठकमा सरकारसँग सम्बन्धित विषयमा छलफल हुनेछ । गत सोमबार बसेको रास्वपाको केन्द्रीय समिति र पार्टी संसदीय दलको बैठकमा सभापती रवी लामिछानेले प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागीका लागी प्रस्ताव गरेको ब्रिफिङ गरेका थिए । आजको बैठकले सरकारमा सहभागी हुने वा प्रतिपक्षमा बस्ने भन्ने बिषयको निर्णय लिने केन्द्रिय सदस्यहरुले बताए । सरकारमा सहभागीका लागी रास्वपाले पहिला पाएकै मन्त्रालयहरु पाउनु पर्ने अडान लिएको छ । रास्वपाको (उपप्रधानसहित गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रो...
नगरपालिकाको बेतिथी बिरुद्ध बेल्टारमा जुलुस प्रदर्शन, मेयर कालु लामाको राजीनामा माग

नगरपालिकाको बेतिथी बिरुद्ध बेल्टारमा जुलुस प्रदर्शन, मेयर कालु लामाको राजीनामा माग

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख २१ । चौदण्डीगढी नगरपालिकाले बेतिथि मच्याएको भन्दै सरोकारवालाको सर्वपक्षीय, सर्वदलीय समूहले बेल्टार बजारमा जुलुस प्रदर्शन गर्दै मेयरकालुमान लामाको राजीनामा माग गरेका छन् । नगरमाकर्मचारी नियुक्तीमा घुसकाण्ड बाहिरिएको, राजनिति नियुक्त बढेको, सेवा प्रवाह प्रभावकारी नभएको, नदिजन्यपदार्थ उत्खनमा हिना मिना, जग्गा नापीको काम अगाडि नबढाएको, कृषि र पशुको कार्यक्रममा कमिसन लिइ एनजिओलाई सम्पेको लगायतका आरोप छ । तत्काल वेतिथि रोक्न कदम नचालिए बजार बन्ददेखि पालिका तालाबन्दी र आमहड्ताल सम्मको आन्दोलन गर्ने जनाएका छन् । केहीदिन अघि मेयर लामाका स्वकीय सचिवले जागीरको आश्वसनमा चारजनाबाट डेड लाखको दरले घुुस लिएको अडियो सार्बजनिक भएको थियो । उनिहरुले नगरपालिकाको बेतिथि बढाउने जिम्मेवारी व्यक्ति कालुमान लामाले तत्काल राजिनामा दिनु पर्ने समेत अडान राखेका छन् ।...
एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १९ । नेकपा एमालेबाट निर्वाचित भएको सांसद लक्ष्मी महतो कोईरीलाई निलम्वीत गरिएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेका हुन्। नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई मंगलबार सभामुख घिमिरेले निलम्बनको निर्णय गरेका संघीय संसद सचिवालय स्रोतले जनाएको छ । ४ मंसिरको चुनावमा महोत्तरी–१ बाट निर्वाचित कोइरी नेकपा एमालेका सांसद हुन् । २०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनी हालसम्म फरार छन् ।  ...
त्रियुगाको १४, १५ र १६  नं वडाले प्रदेशको आगामी बजेटमा माग गरे यी योजनाहरु

त्रियुगाको १४, १५ र १६ नं वडाले प्रदेशको आगामी बजेटमा माग गरे यी योजनाहरु

Breaking News 1, राजनीति
पूर्णपुष्टि, १७ वैशाख । त्रियुगा नगरपालिकाका तीन पहाडी वडाहरुले प्रदेश सरकारको आगामी बजेटमा बिभिन्न कार्यक्रम तथा योजनाहरुका लागि बजेट छुट्टाउन माग गरेको छ । नगरपालिको १६, १५ र १४ का तीन वडा अध्यक्षहरुले आईतबार कोशी प्रदेशका बिभिन्न बिभागीय मन्त्रालयहरुमा पुगेर आगामी बजेटमा वडाको योजना तथा कार्यक्रमका लागि बजेट छुट्टाउन माग गरेको हो । वडाका अत्यावश्यक अधुरा योजना र थप नयाँ योजना कार्यक्रमहरुका लागि प्रदेशले आगामी बजेटमा समेट्नु पर्ने भन्दै सम्बन्धित मन्त्रालयहरुमा पत्र बुझाईएका हुन् । उनिहरुले बजेट अभावका कारण विकास हुन नसकेका कतिपय योजना तथा कार्यक्रमहरु प्रदेश सरकारसामु पेश गरे । यी वडाहरुले बिषेशगरी भौतिक पूर्वधार विकास मन्त्रालय, पर्यटन विकास, कृषि खानेपानी तथा सिँचाई, सामाजिक विकास लगायतका मन्त्रालयहरुमा आफ्नो योजनाको कार्यक्रमहरु पेस गरेका थिए । १६ नं वडाका अध्यक्ष मान वहादु...
भारतमा उपचाररत कांग्रेस नेता चन्द्र भण्डारी आइतबार स्वदेश फर्कने

भारतमा उपचाररत कांग्रेस नेता चन्द्र भण्डारी आइतबार स्वदेश फर्कने

राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख ६ । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्रकान्त भण्डारी यही वैशाख १७ गते आइतबार स्वदेश फर्कने भएका छन् । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका डा भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन् । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेको डा भण्डारीनिकट कांग्रेस नेता माधव न्यौपानेले राससलाई जानकारी दिए। उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुग्नेछन् । पछिल्लो समय डा.भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनी बोल्ने र हिँड्ने गर्न थालेका छन् । नेपाल फर्केसँगै डा भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जाने जनाईएको छ । आगलागीमा परी स...
सांसद लक्ष्मी महतो बिरामी होइन फरार अभियुक्त हो : रवि लामिछाने

सांसद लक्ष्मी महतो बिरामी होइन फरार अभियुक्त हो : रवि लामिछाने

राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी अरार अभियुक्त रहेको बताएको छ । शुक्रवार प्रतिनिधि सभाको बैठकमा लामिछानेले विगत आफु गृहमन्त्री हुँदा फरार रहेको अभियुक्तलाई बिरामी भन्न नसकिने बताएका छन् । पूर्व गृहमन्त्री लामिछानेले भने, ‘सालोले भारतमा रहेको जानकारी म गृहमन्त्री हुँदा दिएका थिए । ‘उनको तस्वीर छ, सुरक्षा निकायलाई उपलब्ध गराउन सक्छु । फरार अभियुक्तलाई विरामी भएको भनेर करार गर्ने हो भने लोकतन्त्रका लागि यो भन्दा ठूलो मजाक केही हुँदैन । यो हास्यांपद श्रृङ्खला बन्द गर्नुपर्दछ’, लामिछानेले भने, ‘राजनीतिका नाममा लाजनीति संसदमा नचलोस् । विरामीको संज्ञा दिएर भद्धा मजाक नगरियोस् ।’ सभामुख देवराज घिमिरेका अनुसार कोइरी निरन्तर २१ वटा बैठकमा अनुपस्थित छन् । स्वास्थोपचारमा रहको भनी कोइरीले संसद सचिवालयलाई जान...
रवि लामिछानेलाई रोजेकै मन्त्रालय दिनुपर्छ : पर्यटनमन्त्री किराती

रवि लामिछानेलाई रोजेकै मन्त्रालय दिनुपर्छ : पर्यटनमन्त्री किराती

राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख १५ । चितवन २ को उपनिर्वाचनबाट भारी मतान्तरका साथ प्रतिनिधि सभा सदस्यमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेकै मन्त्रालय दिनुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन्। शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डले आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले प्रधानमन्त्री प्रचण्डले सांसद लामिछानेलाई रोजेकै मन्त्रालय दिनुपर्ने बताएका हुन् । चितवनका जनताले अत्याधिक बहुमतका साथ लामिछानेलाई दिएको लोकप्रिय मतको पनि कदर गर्दै प्रधानमन्त्री प्रचण्डले लामिछानेले रोजेकै मन्त्रालय दिन तयार हुनुपर्ने बताए । अहिले देशको अर्थतन्त्र समस्याग्रस्त रहेको भन्दै उनले राष्ट्रिय सहमतिको विकल्प नरहेको पनि बताए ।...
नवनिर्वाचित सांसद रवी र स्वर्णीमले लिए सपथ

नवनिर्वाचित सांसद रवी र स्वर्णीमले लिए सपथ

राजनीति, समाचार
पूर्णपुष्टि,बैशाख १५ । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद रवी लामिछाने र स्वर्णीम बाग्लेले आज सपथ लिएका छन् । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछाने र तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित वाग्लेलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन्। सिंहदरबारमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्यका लागी बैशाख १० मा भएको उपनिर्वाचनबाट निर्वाचित लामिछाने र वाग्लेले सिंहदरबारमा आयोजित कार्यक्रममा सपथ लिएका हुन् । बारा २ बाट निर्वाचित सांसद उपेन्द्र यादवको शपथ भने पछि हुने संघीय संसद सचिवालयले जनाएको छ । रास्वपाका सभापतिसमेत रहेका लामिछाने गत मंसिर ४ को चुनावबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए भने उनको नागरिकता सम्बन्धि मुद्धामा मंसिर ४ को चुनावबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछानेको नेपाली नागरिकता सम्बन्धि मुद्धामा सर्वोच्च अदालतले लामिछानेको सांसद सहित गृहमन्त्र...
रास्वपाका दुई सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले आज शपथ लिने

रास्वपाका दुई सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले आज शपथ लिने

राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख १५ । राष्ट्रिय स्तन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिने भएको छ । सभामुख देवराज घिमिरेले उनीहरुलाई आज ११ ः ३० बजे सिंहदरबार स्थित संसद सचिवालयमा शपथ खुवाउन लागेको हो चितवन क्षेत्र नम्बर २ मा सांसद उमदवार लामिछाने र तनहुँ १ मा सम्पन्न उपनिर्वाचनबाट उनिहरु निर्वाचित भएका हुन्। प्रतिनिधि सभा बैठकमा भाग लिनु अघि सांसदले शपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ ।...