Monday, September 14News That Matters

राजनीति

पूर्व माओवादी लडाकूलाई २ लाख दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

पूर्व माओवादी लडाकूलाई २ लाख दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

राजनीति, समाचार
पूर्णपुष्टि,जेष्ठ २ । सरकारले तत्काली नेकपा (माओवादी)का पूर्वलडाकुहरुलाई जनही २ लाख रुपैयाँ दिने निर्णय तत्कार कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले पूर्वलडाकूलाई पैसा दिने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । सर्वोच्चका प्रवक्ता विमल पौडेलले पूर्वलडाकूलाई २ लाखका दरले राहत दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको सेतोपाटीलाई बताए । कार्यविधिमा उनीहरूले पाउने दुई लाख रुपैयाँ बैंक खातामा हालिदिने व्यवस्था थियो। अयोग्य लडाकू ४ हजार ८ जना छन्। यसअघि गत चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अयोग्य लडाकूलाई दुई(दुई लाख दिने निर्णय गरेको सार्वजनिक भएको थियो । अनमिनले नै लडाकू होइनन् भनेर प्रमाणित गरिसकेका माओवादी कार्यकर्ताहरूलाई सरकारले राज्यकोषबाट पैसा बाँड्न लागेको भन्दै विरोध भएको थियो।...
स्वास्थ्य परिक्षणको क्रममा टोप वहादुरले भने,” एक गिलास बियर पिएको छु

स्वास्थ्य परिक्षणको क्रममा टोप वहादुरले भने,” एक गिलास बियर पिएको छु

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी अन्त ः पक्राउ परेका छन् । रायमाझीलाई प्रहरीले १२ दिनपछि पक्राउ गरेको हो । पक्राउ पश्चात रायमाझीको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्य परिक्षण गर्नेबेला एक गिलास बियर पिएको चिकित्सकसँग रायमाझिले बताए । , ‘एक गिलास बियर लिएको छु ।’ उनले परिक्षणको बेला भने, । रायमाझी बैशाख २० देखीनै फरारको सूचिमा थिए । एमालेका निलम्बित सचिव रायमाझीलाई ब्यूरोले पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएका थिए । उनलाई अहिले प्रहरी वृत सोह्रखुट्टेको हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले जानकारी दिए । उनलाई म्याद थपको लागी प्रहरीले दिउँसो अदालतमा उपस्थित गराउँदै छ ।...
मेयरमा पराजित राउतको १ वर्षमा ११ काम

मेयरमा पराजित राउतको १ वर्षमा ११ काम

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ३० । गत स्थानीयतहको निर्वाचनमा त्रियुगा नगरपालिकामा पराजित मेयरका उम्मेदवार भागवत राउतले गएको एकवर्षमा ११ सामाजिक काम गरेको उल्लेख गरेका छन् । नेकपा एमालेका जिल्ला नेता राउतले आफ्नो फेसबुक स्टाटसमा ११ वटा कामहरुको सुची आज सार्बजनिक गरेका हुन् । उनले ४२९ जनाको निःशुल्क आँखा शल्याक्रिया, साङ्लीमा बाँधिएका दुईजनालाई उद्धार तथा मानव सेवा आश्रममा पठाएको, माझी समुदायको परमपरागत शिपको जगेर्ना र संरक्षणका लागि ढुङ्गा हस्तान्तरण, स्वास्थयचौकी जाँतेमा फलामे बेड हस्तान्तरण गरेको जनाएका छन् । त्यस्तै २० जनालाई ह्वील चियर, १२ जना दृष्टिविहिनलाई सेतोछडी प्रदान, एक किड्नी रोगी र एक हर्नियाका रोगीलाई आर्थिक सहयोग गरेको जनाएका छन् । झोलुङ्गेपुलको माग तथा योजना सुनिश्चितता गराएको, राष्ट्रपति चुरे संरक्षण समितिका अध्यक्ष डा. किरण पौडेललाई खोलाहरुको स्थलगत अवलोकन गराई नियन्त्रणको योजना मा...
सचिव टोप बहादुर रायमाझीलाई एमालेले गर्‍यो निलम्बन

सचिव टोप बहादुर रायमाझीलाई एमालेले गर्‍यो निलम्बन

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २७ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको टोप बहादुर रायमाझीलाई एमालेले पदबाट निलम्बन गरेको छ । एमाले महासचिव शंकर पोखरेलले बुधबार निकालेको विज्ञप्तीमा टोप बहादुर पदबाट निलम्बन भएको उल्लेख छ ।
पूर्व गृहमन्त्री खाण पक्राउ परेपछि सरकारलाई रवीको धन्यवाद

पूर्व गृहमन्त्री खाण पक्राउ परेपछि सरकारलाई रवीको धन्यवाद

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २७ । भुटानी सरणर्थी प्रकरणमा आज (बुधबार) पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती तथा प्रतिनिधि सभा सदस्य रवी लामिछानेले माओवादी नेतृत्व सरकारलाई धन्यवाद दिएका छन् । रवीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीलाई धन्यवाद दिएका हुन् । उनले धन्यवाद दिदैँ यो शिलशिला रोकिन नहुने समेत बताएका छन् । पक्राउ परेका खाणलाई काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको छ।...
पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ

पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ

Breaking News 1, राजनीति, समाचार
पूर्णपूष्टि, २७ वैशाख । पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेतासमेत रहेका खाणलाई मैजुबहालस्थित निवासबाटै बुधबार पक्राउ गरिएको हो । यसअघि पक्राउ परेकाहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको दाबी गरिएको अडिओ बाहिरिएपछि उनी प्रहरी निगरानीमा थिए । उनी जतिबेला पनि भाग्न सक्ने शंका बढेपछि प्रहरीले ‘जरूरी पुर्जी’थमाएर बुधबार पक्राउ गरेको हो । खाणको पक्राउबारे प्रहरीले अहिले थप प्रक्रिया अघि बढाइसकेको छ । ‘टोपबहादुर रायमाझीझैं फरार हुन सक्ने भएकाले जरूरी पुर्जी दिएर पक्राउ गरिएको हो, अहिले थप प्रक्रियाका लागि गइसकेका छौं, अब अनुसन्धान अगाडि बढ्छ,’ उच्च प्रहरी स्रोतले भन्यो । कोही आरोपी भाग्ने आशंका भएपछि प्रहरीले जरूरी पुर्जी थमाएर नियन्त्रणमा लिन सक्ने व्यवस्था छ । घरमा प्रहरी ...
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २७ । अमेरिकाको पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका छ्न । उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको हो । अमेरिकी लेखक इ. जिन क्यारलले ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको मुद्धा लगाएकी थिईन् । साथै मानहानी गरेको आरोप पनि लगाएकी थिईन् । । सोही मुद्दामा ट्रम्पलाई दोषी ठहर्याएको द न्युयोर्क टाइम्समा उल्लेख छ । सन् २०२४ मा फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेका ट्रम्पलाई यो निर्णयले धक्का लाग्न सक्छ। यस फैसलाले आगामी राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा धक्का लाग्ने पक्का छ । ट्रम्पले सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै अदालतको फैसला अपमानजनक भएको बताएका छन् । ट्रम्पले आफूमाथि लगाइएको यौन दुर्व्यवहारको आरोप लगात...
पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ

पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २७ । नेपाली काग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकुष्ण खाण पक्राउ परेका छन् । नक्कली भूटानी शरणर्थी प्रकरणमा अनुसन्धानका लागि खाण र उनका सहयोगी नरेन्द्र केसी पक्राउ परेको प्रहरी उच्च स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार बुधबार बिहान खाणकै निवासबाट दुबै जना पक्राउ परेका हुन् । यस बिषयमा थप विवरण आउन बाकीँ छ ।...
आज कानून दिवस, विविध कार्यक्रम गरी मनाइँदै

आज कानून दिवस, विविध कार्यक्रम गरी मनाइँदै

राजनीति
पूर्णपुष्टि,वैशाख २६ । आज नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानून दिवसको रुपमा मनाउँदै छ । नेपालमा विसं २००८ मा प्रधानन्यायाधीश ऐन जारी भई विसं २००९ वैशाख २६ गते तत्कालीन राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा कानून दिवस मनाउन थालिएको हो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष बैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ । सर्वोच्च अदालतले उक्त दिवस प्रत्येक वर्ष मनाउने गरेको छ। प्रधानन्यायाधीश आयोजक रहने समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्रीलगायत, सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहने गरेको छ। न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले खडा गरेको जगलाई थप मजबुत बनाउन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ। कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले प्रत्ये...
युवा संघ नेपाल त्रिनपा १४ को जिम्मेवारी किशोर राईलाई, साउनेमा फुटवल प्रतियोगिता गराईने

युवा संघ नेपाल त्रिनपा १४ को जिम्मेवारी किशोर राईलाई, साउनेमा फुटवल प्रतियोगिता गराईने

Breaking News 1, खेलकुद, राजनीति, समाचार
पूर्णपुष्टि, २४ वैशाख । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल त्रियुगा नगरपालिका १४ को नेतृत्वमा किशोर राई सर्वसहमत चयन भएका छन् । उनि सहित उपाध्यक्षमा जिवन मगर पनि चयन भएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष परमेश्वर घिमिरे तथा अग्रज नेताहरु ईश्वरमणी राउत, बैकुण्ठ दाहाल र युवा नेता मन्दीप राई सहितको उपस्थितिमा नेतृत्व चयन कार्यक्रम भएका थिए । कार्य समितिमा अन्य सदस्य तथा पदाधिकारीहरु भने पुरानै रहेका छन् । केहि समय अघि देनी नेतृत्वको केहि पदाधिकारीहरु खाली रहेपछि राईलाई अध्यक्ष र मगरलाई उपाध्यक्षमा चयन गरिएका थिए । राई इमान्दारी र कर्तव्यनिष्ठ व्यक्तित्वका रुपमा आपुलाई प्रस्तुत गर्दै गाउँटोलमा छाएका व्यक्ति हुन् । आफुले १४ नं वडाका युवाहरुलाई समेटेर नेतृत्व गर्दै गर्दा एक खुसी र अर्को चुनौती पनि रहेको जनाए । उनले पार्टी भित्रका अग्रज र सहकर्मीहरुलाई इमान्दारी र कर्तव्यनिष्ठ भए...