रास्वपाले सांसद विकास कोष खारेजको माग सहित संकल्प प्रस्ताव दर्ता गर्यो
पूर्णपुष्टि, जेष्ठ १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद विकास कोष खारेजको माग सहित संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ । बिहीबार संसद् सचिवालय पुगेर रास्वपाका डोलप्रसाद अर्याल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सन्तोष परियार, मनिष झा, असिम साह, गणेश पराजुली, डा. तोसिमा कार्की लगायतका सांसदहरुले संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।
‘सरकारले असहज आर्थिक परिस्थितिमा यस्तो विवादित कार्यक्रम ब्युँताएर नेपाली जनतामा आर्थिक भार थप्ने काम गरेको मात्र नभएर प्रस्तुत बजेटको विश्वसनीयता माथि नै प्रश्न चिह्न खडा गरेको छ। आर्थिक वर्ष २०७७र७८ को बजेट निर्माण भइरहँदा नेपाली कांग्रेस प्रतिपक्षी दल थियो र कुनै हालतमा पनि यो कार्यक्रम खारेज गरिनु पर्ने माग समेत गरेको थियो ‘दर्ता गरिएको संकल्पमा भनिएको छ’ साथै, उक्त कार्यक्रमको बजेट कोरोनाभाइरस संक्रमण रोकथाममा लगानी गर्नु पर्ने भनी सो पार्टीक...









