Thursday, June 18News That Matters

राजनीति

जनताबाट पाएको मतको गुन विकास गरेर तिर्छु : सांसद वाग्ले

जनताबाट पाएको मतको गुन विकास गरेर तिर्छु : सांसद वाग्ले

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १२ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका स्वर्णीम वाग्लेले जनताबाट पाएको मतको गुन विकास गरेर तिर्ने बताएका छन् । तनहुँ क्षेत्र नं –१ बाट निर्वाचित वाग्लेले प्रमाणपत्र ग्रहण गर्दै तनहुँ र देशको विकास गरेर मतदाताको गुन तिर्ने बताएका हुन् । उनले स्थानिय मात्र नभई देशको मुद्धा उठाउने र जनताबाट पाएको मतको गुन यहाँको विकास गरेर तिर्ने बताए । सांसद वाग्लेले आफूले तनहुँले गर्व गर्न लायक काम गर्ने प्रतिबद्धता सहित देश विकासका मुद्धा उठाउने बताए ।...
तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा रास्वपाका उम्मेदवार वाग्ले निर्वाचित

तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा रास्वपाका उम्मेदवार वाग्ले निर्वाचित

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १२ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णीम वाग्ले निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धीलाई भारी मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । तनहुँ क्षेत्र नं १ मा मतदाताको संख्या १ लाख २३ हजार ३०५ थियो भने उपनिर्वाचनमा ६५ हजार ३१६ मत खसेकोमा ६४ हजार १३५ मत सदर भएको थियो । जसमध्ये वाग्लेले ३४ हजार ९१८ मत ल्याउँदै निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द २० हजार १२२ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाएका छन् । त्यस्तै राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् । वाग्लेले भट्टराईको भन्दा १४ हजार ७ सयभन्दा बढी मत पाएका छन् । मंसिर ४ को चुनावबाट निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपत...
चितवन उपनिर्वाचन अपडेट : कस्को किता मत आयो ?

चितवन उपनिर्वाचन अपडेट : कस्को किता मत आयो ?

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख १२ । चितवन–२ को उपनिर्वाचनमा मतपरिणाम आउने क्रम जारी छ । रास्वपाका उम्मेदवार रवि लामिछानेले मतान्तर थप बढाएका छन् । पछिल्लो मतपरिणामअनुसार रविले ४१ हजार ५०४ मत पाउँदा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ६९५ मतमात्रै पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३९९ मत पाएका छन् ।...
रास्वपाका स्वर्णिम दोब्बरभन्दा बढी मतले अगाडि,कसले कति पाए ?

रास्वपाका स्वर्णिम दोब्बरभन्दा बढी मतले अगाडि,कसले कति पाए ?

राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख ११ । आइतबार तनहुँ १ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ । आज बिहान साढे सात बजेसम्म २० प्रतिशतभन्दा बढी मत गणना भइसकेको छ । कुल ६३ हजार ७ सय ५७ मत खसेको तनहुँमा अहिलेसम्म १३ हजार ६५ मत गणना भएको छ । प्राप्त पछिल्लो मत परिणाममा तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन्। गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ९ः२० बजेसम्म १६ हजार ३४२ मतगणना हुँदाको नतिजाअनुसार रास्वपाका डा वाग्लेले ९ हजार १९८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार ८०३ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार ४३० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमल...
चितवन,बारा र तनहुँ गरी तीन क्षेत्रका उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

चितवन,बारा र तनहुँ गरी तीन क्षेत्रका उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख १० । आईतवार चितवन–२, बारा–२ र तनहुँ १ को उपनिर्वाचन छिटपुट घटनाबाहेक शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । उनका अनुसार यकिन तथ्यांक प्राप्त भैनसकेपछि चितवन र बारामा ६० प्रतिशतको हाराहारीमा मतदान भएको छ भने तनहुँमा ५५ प्रतिशतको हाराहारीमा मतदान भएको छ । यसक्रममा चितवनका २ मतदान केन्द्रमा केहीबेर मतदान रोकियो भने बारामा केही व्यक्तिहरु पक्राउ परे । ‘पौने पाँच बजेको स्थिति हेर्दा तीनवटै स्थानको ५५ र ६० प्रतिशतको हाराहारीमा मतदान भएको पाइएको छ’, प्रमुख थपलियाको भनाइ छ । तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । चितवनमा रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेको नागरिकता विवदाको क्रममा रिक्त रहेको थियो । त्यस्तै तनहुँ र बारा...
चौदण्डीगढीको बेतिथि विरुद्ध जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई  ज्ञापन पत्र

चौदण्डीगढीको बेतिथि विरुद्ध जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १० । चौदण्डीगढी नगरपालिकाको बेथिति बिरुद्ध बिभिन्न५ दलले जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाएको छ । उनिहरुले नगर प्रमुख कालुमान लामा र उस माताहतका कर्मचारीहरुले जनताको राजश्वमाथी मनपरी गरेको जनाएको छ । उनिहरुले नदीजन्य उत्खनन प्रक्रिया नपुराई ठेक्का लगाएर आर्थिक चलखेल, नदीजन्य पदार्थ उत्खननगरी जिल्ला वाहीर निकासी र राजनितिको प्रतिशोतमा पालिका क्षेत्रभित्र रहेका शिक्षकहरुलाई मनपरी सरुवा गरेको लगायत बुद्धामा ज्ञापन पत्र बुझाएको हो । नेपाली कांग्रेस नगर सभापति राजेन्द्र प्रसाद पौडेल, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष दिनेश राई, जनता समाजवादी पार्टीका गोपाल राई क्षेत्रीय सभापती, राप्रपा नेपाल राम बहादुर खत्री नगर सभापति र नेकपा एकिकृत समाजवादीका जि.स.स लोप्साङ शेर्पा हस्ताक्षर बिज्ञाप्तीमा संयुक्त बिज्ञाप्ती जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालय सिंहद...
भरतपुरमा दुई पक्ष विच धकेलाधकेल भएपछि मतदान स्थगित

भरतपुरमा दुई पक्ष विच धकेलाधकेल भएपछि मतदान स्थगित

राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख १० । भरतपुरको एक मतदान केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरु विच नाराबाजी भएपछि एक केन्द्रको मतदान स्थगित भएको छ । भरतपुर–११, स्थित नयाँ किरण माविमा मतदान स्थगित भएको हो। पार्टीका उम्मेदवार लामिछाने उक्त केन्द्रमा पुगेपछि उनका समर्थकले नाराबाजी गरेका थिए । लामिछानेका समर्थकले नारा लगाएपछि अन्य दलका कार्यकर्ताले मतदान केन्द्रमा नाराबाजी गर्न पाइँदैन भन्दै विरोध गरेका थिए । सो क्रममा दुई पक्षबीच धकेलाधकेल भएको थियो । रास्वपाले उक्त धकेलाधकेलमा आफ्ना केन्द्रीय सदस्य दीपक बोहोराको मोबाइल फुटाइएको बताएको छ । धकेलाधकेल भएपछि लामिछाने फेसबुक लाइभमा आएर आफू त्यहाँ पुग्दा समर्थकले सामान्य रूपमा स्वागत गरेको बताए । उनले भने मंसिरको चुनाव आफू मतदान केन्द्रमा पुग्दा योभन्दा ठूलो स्वागत भएको उनले बताएका छन् । उनले मतदानलाई शान्तिपूर्ण तरिका स...
चितवनमा रविका समर्थक र प्रहरी बीच तनाव ग्रस्त

चितवनमा रविका समर्थक र प्रहरी बीच तनाव ग्रस्त

राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख १० । चितवनको भरतपुर महानगपालिका ११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा राष्ट्रिय स्तन्तत्र पार्तीका सभापति एवम चितन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेको समर्थक र प्रहरी बिच केहीबेर तनाव ग्रस्त भएको छ । उम्मेदवार लामिछाने मतदान स्थलमा आउँन वित्तीकै उनका समर्थहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको हो । त्यस क्षेत्रमा नाराबाजी पछि तनाव सिर्जना भएको लगत्तै भागाभाग मच्यो । तनाब थप नबढोस् भनेर मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको थियो । रविले पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा उनी विभिन्न मतदानस्थलमा पुगिरहेका र अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउनेमा आशावादी रहेको बताएका छन् ।...
पहिचान विरोधीहरुको शासन व्यवस्था अब ध्वस्त हुन्छ : पूर्व मन्त्री किराती

पहिचान विरोधीहरुको शासन व्यवस्था अब ध्वस्त हुन्छ : पूर्व मन्त्री किराती

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १० । “कति सय लाग्छ त्यो थाहा छैन् तर पहिचान विरोधी शासन व्यवस्था अब नेपालमा ध्वस्त हुन्छ, ‘किनाकी गाउँगाउँमा पहिचान आन्दोलनको सन्देश पुगिसेको छ ।” किरात गणराज्य मोर्चाका अभियान्ता तथा संयोजक गोपाल किरातीले भने,” पूर्व मन्त्री समेत रहेका किरातीले शनिवार गाईघाट स्थित किरात गणराज्य मोर्चा संगठको क्रममा यस्तो बताएका हुन् । उनले पछिल्लो समय प्रदेश नामाकरणको बिषयमा सरकारले यहाँको पहिचान मेटाउन खोजेको आरोप समेत लगाए । जाबो एउटा पहिचानको नाम सम्म स्वीकार्न नसक्ने सरकारले भोली यहाँको आदिवासी जनजातिहरुलाई अधिकार कसरी संरक्षण गर्छ ? उनले प्रश्न गरे । विस्तारी पहिचान मेटाउँदै यहाँको मुलवासीहरुलाई लखेट्ने र देश विहिन बनाउने अहिलेको दल र सरकारको उदेश्य रहेको समेत किरातीले जनाए । यसका लागि हामि सबै पहिचानवादी जातजातिहरु जाग्नु पर्ने पर्छ उनले भने, । राईले पूर्वमा किराती पहिचान खोस...
चितवन,तनहुँ, र बारा २ मा आज उपनिर्वाचन, बिहान ७ बजेदेखि मतदान

चितवन,तनहुँ, र बारा २ मा आज उपनिर्वाचन, बिहान ७ बजेदेखि मतदान

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख १० । प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन अन्तर्गत आज (आइतबार) तीन जिल्लामा मतदान हुँदैछ । निर्वाचन आयोगले तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा हुन लागेको मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि ती निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्य रिक्त भएको थियो। नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि चितवन–२ रिक्त थियो । बारा–२ मा जनता समाजवादीका अध्यक्ष रामसहायप्रसाद यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, एमालेबाट पुरूषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायतका उम्मेदवार छन्। तनहुँ–१ नेपाली कांग्रेसब...