Friday, May 22News That Matters

राजनीति

सिंहदरबारको फोहोर उठाउनेसम्बन्धी बसेको बैठक निष्कर्ष बिहिन

सिंहदरबारको फोहोर उठाउनेसम्बन्धी बसेको बैठक निष्कर्ष बिहिन

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ६ । सिंहदरबारको फोहोर उठाउनेसम्बन्धी बसेको बैठकले निर्णय गर्न सकेन । सहरी विकास मन्त्रालयले बोलाएको फोहोर व्यवस्थापनसम्बन्धी बसेको बैठक निष्कर्ष बिहिनमा सकिएपछि केही समयपछि फेरि बस्ने भएको छ । परिवर्तन नेपालका व्यवस्थापन प्रमुख मित्र घिमिरेले केही समयअघि बसेको बैठकले केही निर्णयमा पुग्न नसकेको कारण अब केही समयपछि पुनः बैठक बस्ने जानकारी दिए । गत शनिबार बिहान बालेनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सिंहदरबारको फोहोर नउठ्ने बताएका थिए । विगत ११ दिनदेखि सिंहदरबारदेखि राष्ट्रप्रमुख र संघीय सरकारका पदाधिकारीहरूको निवासबाट फोहोर उठेको छैन् । सरकारले वार्तामा नबोलाएसम्म फोहोर नउठाउने काठमाण्डौँ महानगरका मेयर बालेन शाहले अडान लिएका छन्। सिंहदरबार भित्रका सबै कार्यालयबाट फोहोर उठाएर कम्पाउन्डभित्रै राखिएको छ भने फोहोर छुट्याएर तीन तरिकाले व्यवस्थापन गर्न थालिएको छ । काठमाडौं...
स्वस्थ्यमा समस्यापछि थप उपचाकरो लागि राष्ट्रपति पौडेललाई भारत लगियो

स्वस्थ्यमा समस्यापछि थप उपचाकरो लागि राष्ट्रपति पौडेललाई भारत लगियो

राजनीति, समाचार
पूर्णपुष्टि,बैशाख ६ । राष्ट्रपति रामचन्द्र पौडेललाई स्वस्थ्यमा समस्या आएपछि थप उपचारको लागि छिमेकी मुलुक भारत लगिएको छ । बुधबार श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत बिहान १० बजे त्रिभुवन विमानस्थलबाट भारत लगिएको हो । स्वास्थ्य समस्यापछि मंगलबार शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएका राष्ट्रपति पौडेलको लामो समय औषधि सेवन गर्दा पनि छातीको सङ्क्रमण कम नभएपछि उपचारमा संलग्न चिकित्सकले थप उपचारका लागि भारत लैजना सुझाएका थियो । पौडेलको बिदाइ गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एनपी साउद विमानस्थल पुगेका थिए । राष्ट्रपति पौडेलसँगै त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक र एक जना नर्स पनि भारत गएका छन् । राष्ट्रपति पौडेलको उपचार अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा हुने छ । १८ चैतमा पनि पेटमा समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा उपचार गरिएको थियो...
संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारीसका लागी बसेको बैठक निष्कर्ष बिहिन

संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारीसका लागी बसेको बैठक निष्कर्ष बिहिन

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ६ । संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारीसका लागी बसेको बैठक निष्कर्ष बिहिन भएको छ । आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठमा भावी प्रधानन्यायाधीश नियुक्ती बारे छलफल भएपनि सिफारीस भने गर्न सकेन । बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । अर्को बैकठले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने पनि उनले बताए। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सुरू भएको बैठकमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना र कानुन मन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का सहभागी थिए । वैशाख ४ गते प्रमुख तीन दलका नेताहरुबिच बालकोटमा बसेको बै...
रास्वपाका उपसभापति अर्याललाई विमानस्थलबाट फर्काइए

रास्वपाका उपसभापति अर्याललाई विमानस्थलबाट फर्काइए

राजनीति, समाचार
पूर्णपुष्टि,बैशाख २ । नेपाल वायुसेवा निगमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोरप्रसाद (डीपी) अर्याललाई भारत उडान गर्नबाट रोकेको छ । शनिवार आज दिउँसो १ बजेर ४५ मिनेटको उडानबाट भारतको बैंग्लोर जान तयारी भएका उपसभापति अर्याललई राष्ट्रिय परिचय पत्र मान्य नहुने बताउँदै विमानस्थलमा निगमका कर्मचारीले उनलाई विमान चढ्नबाट रोकेको हो । बायोमेट्रिकसहितको विवरण भएको राष्ट्रिय परिचय पत्रलाई मान्यता दिन अस्वीकार गरेकोमा उपसभापति अर्यालले आश्चर्य व्यक्त गरेका छन् । यता वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले भने भारतको हकमा नागरिकता नै अनिवार्य भएको स्पष्ट पारेका छन् ।...
निर्वाचन आयोगद्धारा उपनिर्वाचन पर्यवेक्षण गर्न ६ संस्थालाई अनुमति

निर्वाचन आयोगद्धारा उपनिर्वाचन पर्यवेक्षण गर्न ६ संस्थालाई अनुमति

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र २९ । आगामी बैशाख १० गते बारा–२, चितवन–२ र तनहुँ–१ मा हुने उपनिर्वाचन अनुगमन गर्न ६ संस्थालाई अनुमति दिईएको छ । निवार्चन आयोगले उपनिर्वाचन अनुगमन गर्न राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, पूर्वन्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाललाई अनुमति दिएको छ । प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ती संस्थाबाट निर्वाचन क्षेत्र खुलाई सिफारिस भएर आउने पर्यवेक्षकले आयोगबाट पर्यवेक्षकको अनुमतिपत्र पाउने छ ।...
एमाले मिसन ग्रासरुट अभियान अन्तर संवाद तथा प्रगति विवरण सार्वजनिक

एमाले मिसन ग्रासरुट अभियान अन्तर संवाद तथा प्रगति विवरण सार्वजनिक

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र २८ । नेकपा एमाले उदयपुरले मिसन ग्रासरुट अभियान लिएर जिल्लाको सबै ठाउँ पुगेको जनाएको छ । आज पत्रकार सम्मेलन गर्दै पार्टी जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले आठ स्थानीय तहको ७५ वडामा ६५० टोल कमिटि बनाएको जनाए । संगठनात्मक कामलाई प्राथमिकता दिदैँ जिल्ला कमिटीमा ११८, पालिका कमिटिमा ७२०, वडा कमिटिमा २ हजार ३२५ र टोल कमिटिमा ९ हजार ७५० जना आवद्ध गराएको बताए । एमालेले स्थानीय तहमा जहाँ अगुवाई त्यहाँ राम्रो काम गर्ने, जनताको सुखदुुःखका साथी बन्ने, कम्यूनिष्ट आचार र योगदानको सम्मान गर्ने, निर्वाचनको प्रतिवद्धता सुनुवाई गर्ने र बामपन्थी एकता बढ्ने जनाएको छ । “समृद्धिका लागी सञ्चार कर्म, प्रेस चौतारीको मुल मर्म” भन्ने नारका साथ सञ्चालन गरिएको कार्यक्रम गाईघाटको आर एन होटलमा गरिएको थियो । प्रेस चौतारीको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी र...
सांसद ढाकाकुमारको अर्को अडिओ टेप पनि सार्वजनिक

सांसद ढाकाकुमारको अर्को अडिओ टेप पनि सार्वजनिक

राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र २८ । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको दुई करोड पैसा मागेको अडिओ टेप सार्वजनिक भएको छ । आइतबार मन्त्री बन्न सभापति रवि लामिछानेलाई २ करोड बुझाउनु पर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग पैसा मागेको (रास्वपा) सांसद श्रेष्ठको अर्को अडियो टेप पनि सार्वजनिक भएको हो । दुवै अडिओ कपुरबोट टिभीले सार्वजनिक गरेको छ । सांसद श्रेष्ठले आइतबारको अडिओ सार्वजनिक भएपछि सोमबार दुर्गा प्रसाईंका टिममा रहेका व्यक्ति यदु गौतमलाई फोन गरेको र सो क्रममा उनले चुनावको मुखमा रहेकोले रवि लामिछानेको बिषयमा राम्रो कुरा भनिदिन भनेको कपुरबोटले उल्लेख गरेको छ । अडिओको पछिल्लो भागमा ढाकाकुमारले दुर्गा प्रसाईंले आफ्नो पक्षमा केही बोलिदिए आफूलाई सहज हुने माहोल बन्थ्यो कि भन्दै गौतमलाई फोन गरेको सुनिन्छ । https://www.youtube.com/watch?v=q4t8z2nlO0w ’दुर्गा...
ढाकाको फोन संवाद भ्रष्टाचारसँग सम्बन्धित छ, यसको निष्पक्ष छानबिन होस : उपसभापति धनराज गुरुङ

ढाकाको फोन संवाद भ्रष्टाचारसँग सम्बन्धित छ, यसको निष्पक्ष छानबिन होस : उपसभापति धनराज गुरुङ

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र २७ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.ढाकाकुमार श्रेष्ठको टेलिफोन संवाद भ्रष्टाचार संग सम्बन्धित छ यस्को निष्पक्ष छानबिनको माग गरेको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो बताउनुभएको हो । फोन संवादमा साढे २ करोड कोर टिमलाई बुझाउनुपर्छ भनेको छ। कोर टिम भनेको हो ? त्यसको पनि छानबिन गर्नुपर्दैन सभामुख महोदय ? गुरुङले भने, ‘संसद सदस्यले गरेको कमिसन, भ्रष्टाचारसँग सम्बन्धित वार्तालापका सन्दर्भमा संसद चुप लागेर बस्नुहुँदैन । आजको बैठकबाट संसदीय समिति बनाएर निष्पक्ष छानबिन गर्न माग गर्दछु।’ मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग आफू स्वास्थ्य मन्त्री बन्ने भन्दै सांसद श्रेष्ठले दुई करोड माग गरेको अडियो सार्वजनिक भएसँगै रास्वपाले उनलाई निलम्बन गरेर छानबिन गरिरहेको छ।...
कांग्रेस शभापति देउवालाई प्रमुख विपक्षी दलको सुविधा दिने

कांग्रेस शभापति देउवालाई प्रमुख विपक्षी दलको सुविधा दिने

राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख विपक्षी दलको नेताको हैसियतमा ९३ दिनको सुविधा पाउने भएको छ । मंसिर ४ मा भएको निर्वाचनदेखी निर्वाचित संसदहरुले पुष ७ मा सपथ लिएका थिए भने पुष १० मा माओवादी नेतृत्व पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकार निर्माण गरेका हुन् । प्रचण्डको नेतृत्वमा सरकार बन्दा काग्रेस संसदमा प्रमुख विपक्षी दलको बेन्चमा बसेको थियो भने पुष २६ मा प्रधानमन्त्रीलाई काग्रेसले विश्वासको मत दिएको थियो । मतदिएपछि पनि कांग्रेस विपक्षी दलको बेन्चमा नै बसेको थियो । सरकारलाई विश्वासको मत दिएको दल प्रमुख विपक्षी दल हुन नसक्ने नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले दाबी गरेको थियो भने सर्वोच्च अदालतमा समेत मुद्दा परेको छ । कांग्रेसलाई विपक्षी दलको मान्यता दिन नहुने माग सहित सर्वौच्चमा परेको रिट विचाराधीनमा रहेको बेला संघीय संसद सचिवालयले सरकारमा...
दुई करोड अडियो प्रकरणबारे छानबिन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

दुई करोड अडियो प्रकरणबारे छानबिन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र २७ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मागेको अडियो प्रकरणबारे अनुसन्धान हुने बताएको छ । आज चितवनमा संञ्चारकर्मीहरुको प्रश्नमा श्रेष्ठले भने ‘दुई करोडको कुरा आएको छ । त्यसलाई आधिकारिक रुपमा अनुसन्धानको प्रक्रियाबाट हामी कोही निष्कर्षमा पुगिसकेका छैनौं । अनुसन्धानको प्रक्रिया अघि बढेपछि अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यही अनुसार हामी अघि बढ्ने कुरा हुन्छ ।’ आईतवार रास्वपाका सांसद डा.श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो । अडियोमा श्रेष्ठले रास्वपाका सभापति रविको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताएका छन् । अडियो सार्वजनिक भएलगत...