Thursday, September 10News That Matters

राजनीति

उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित

उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ३ । आज सम्पन्न उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । यादवले आफ्ना विपक्षी एमालेकी अष्टलक्ष्मी शाक्य र ममता झालाई उछिन्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार रामसहाय प्रसाद यादवले संघीय सांसद तर्फ–१८४ को मतभार १४५३६ र प्रदेश सभाको मत ३२९ को मतभार १५७९२ पाएका छन् । उनले कुल ३० हजार ३२८ मतभार पाएको जसपा सांसद प्रदीप यादवले जानकारी दिए। बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव जसपाका संसदीय दलका नेता हुन् । यद्यपि निर्वाचन आयोगले औपचारिक घोषणा गरेको छैन । कस्ले कति पाए मत ? प्रदेश सभा सदस्य तर्फ १. रामसहाय प्रसाद यादव – ३२९ २. अष्टलक्ष्मी शाक्य – १६९ ३. ममता झा – १५ ४. प्रमिलाकुमारी यादव –१ संघीय संसद तर्फ १. रामसहाय प्रसाद यादव –१८४ २. अष्टलक्ष्मी शाक्य –१०४ ३....
माओवादीका संघ र प्रदेश सांसदलाई प्रधानमन्त्री दाहालले सामुहिक प्रशिक्षण दिने

माओवादीका संघ र प्रदेश सांसदलाई प्रधानमन्त्री दाहालले सामुहिक प्रशिक्षण दिने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्ना संघ र प्रदेशका सांसदहरुलाई सामुहिक प्रशिक्षण दिने भएका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागी प्रदेश सांसदहरु काठमाण्डौँ पुगेका थिए । उपराष्ट्रपतिको निर्वाचन सकिएपछि प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सामुहिक प्रशिक्षणका लागि बोलाएका हुन् ।...
उपराष्ट्रपति निर्वाचन : मतदान सकियो, ८२९ मत खस्यो

उपराष्ट्रपति निर्वाचन : मतदान सकियो, ८२९ मत खस्यो

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ३ । आज बिहान १० बजेबाट सुरु भएको उपराष्ट्रपति निर्वाचनको मतदान सकिएको छ । शुक्रबार दिउँसो तिन बजे सकिएको मतदानमा ८२९ मत खसेको छ । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको एमालेका सचेतक महेश बर्तौलाले बताए । आज साझँ ६ बजेसम्म मत परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । उपराष्ट्रपतिमा एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका रामसहायप्रसाद यादव र जनमतकी ममता झा उम्मेदवार रहेकी छन् । त्यस्तै जसपाकी प्रमिला यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिईन् तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उनकोसमेत नाम छ ।...
नेपालमा साँठेगाँठे सिस्टम भयो : अध्यक्ष ओली

नेपालमा साँठेगाँठे सिस्टम भयो : अध्यक्ष ओली

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा मतादान गरेपछि साँठगाँठे सिस्टम भएको बताएका छन् । डेमोक्रेटिक सिस्टममा हारजित स्वभाविक हो ‘उनले भने’ तर नेपालमा साँठेगाँठे सिस्टमको अभ्यास भईरहेको छ । यसमा कसले जित्यो ? कसले हार्‍यो ? कसको शक्ति कति ? भन्ने भएन । अहिले त जनमत पार्टीले उपराष्ट्रपतिको उम्मेदवार उठाएको छ । यस्तोमा के हिसाब गर्नुहुन्छ ?’...
चीनका राष्ट्रपति सि रुस भ्रमणमा जाँदै

चीनका राष्ट्रपति सि रुस भ्रमणमा जाँदै

Breaking News 3, राजनीति, समाचार, संसार
पूर्णपुष्टि, चैत ३ । चिनका राष्ट्रपति सि जिनपिङ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणमा रुस भ्रमणमा जाने भएका छन् । चीनको विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ती निकालेर राष्ट्रपति सीले अर्को साता रुसको भ्रमण गर्ने घोषणा गरेको हो । रुस–युक्रेन युद्धले एक बर्ष पुरा गरिसकेको छ । सो युद्ध भएपछि पहिलो पटक सि रुस भ्रमणमा जान लागेका हुन् । चिनियाँ विदेशमन्त्रालयका अनुसार भ्रमणका क्रममा सी र पुटिनले दुई देशबीचको ‘रणनीतिक सहयोग’ का विषयमा छलफल गर्ने भएका छन् । वार्ताका क्रममा दुई देशबिच वृहत्त साझेदारी सम्बन्ध र रणनीतिक सहयोगको थप विकास गर्ने विषयमा छलफल हुनेछ भने अन्तर्राष्ट्रिय क्षेत्रमा रुस–चीन सहयोगलाई बलियो बनाउने सन्दर्भमा विचारको आदानप्रदान गरिने र धेरै महत्त्वपूर्ण द्विपक्षीय दस्तावेजहरूमा हस्ताक्षर हुने बताईएको छ । चीनले युक्रेन युद्धको विषयमा आफूलाई तटस्थ शान्तिको पक्षमा प्रस...
स्ववियु निर्वाचनका लागी त्रिवि केन्द्रिय क्याम्पसमा भोटिङ मेसिन जडान गरिने

स्ववियु निर्वाचनका लागी त्रिवि केन्द्रिय क्याम्पसमा भोटिङ मेसिन जडान गरिने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ३ । स्ववियु निर्वाचनका लागी त्रिवि केन्द्रिय क्याम्पसमा भोटिङ मेसिन जडान गरिने भएको छ । त्रिवि स्ववियु निर्वाचन अधिकृत डा.अमृत कुमार श्रेष्ठले चैत ५ गते हुने निर्वाचनमा भोटिङ मेसिन जडान गरिने जनाएका छन् । निर्वाचनमा प्रत्यक्षतर्फ १२ अध्यक्षसहित विभिन्न पदमा ६२ जना र ५० जना समानुपातिकतर्फको उम्मेद्‌वार रहेका छन् । २१ सदस्यीय स्ववियु समितिमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक जना अध्यक्ष, एक जना सचिव, एकजना कोषाध्यक्ष र ८ जना सदस्यहरु निर्वाचित हुनेछन् । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुनेछन् । त्रिवि स्ववियु निर्वाचनका अनुसार केन्द्रीय क्याम्पमा ३ हजार ४०२ जना मतदाता विद्यार्थी रहेका छन् ।...
उपराष्ट्रपति निर्वाचन : मतदान सुरु

उपराष्ट्रपति निर्वाचन : मतदान सुरु

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ३ । उपराष्ट्रपति पदका लागी मतदान सुरु भएको छ । आज बिहान १० बजेबाट सुरु भएको मतदान दिउँसो तिन बजेसम्म हुनेछ । नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा मतदान सुरु भएको हो । उपराष्ट्रपति पदका लागी एमालेकी अष्टलक्ष्मी शाक्य, जनमत पार्टीकी ममता झा र जसपाका रामसहायप्रसाद यादव उम्मेदवार छन् । रामसहायले मतदान गरेका छन् भने दुई उम्मेदवार सांसद नभएका कारण मतदान गर्न पाउने छैनन् । मतदान गर्न नपाएपनि शाक्य र झा मतदान स्थलमा पुगेकी छिन् । जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको बताएकी छन् । तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उनकोसमेत नाम छ । अन्य सांसदहरुले पनि उम्मेदवार चयनका लागी मतदान गरिरहेका छन् । मतदान भईसकेको केहि घण्टा भित्र मतपरिणम सार्वजनिक गरिने निर्वाचन कार्यालयले जनाएको छ ।...
ह्याक भएको प्रधानमन्त्री कार्यालयको ट्विटर एकाउण्ट पुन : सञ्चालन

ह्याक भएको प्रधानमन्त्री कार्यालयको ट्विटर एकाउण्ट पुन : सञ्चालन

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत २ । ह्याक भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको @pm_nepal ट्विटर एकाउण्ट पुन : सञ्चालनमा आएको छ । हिजो बेलुका देखी ट्विटर ह्याण्डलमा अनाधिकृत रुपमा प्रवेश गरी असम्बन्धित ट्विट गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । प्रधानमन्त्रीको कार्यालयका अनुसार ट्विटर ह्याण्डलमा टू एफए लगायतका सुरक्षा सबै उपाय अवलम्बन भएको अवस्थामा समेत अनाधिकृत भएको घटनाबारे छानबिन र यसबारे सत्यतथ्य चाडैं सार्वजनिक गरिने छ ।...
उपराष्ट्रिपति निर्वाचनमा पनि राप्रपा तथस्ट बस्ने

उपराष्ट्रिपति निर्वाचनमा पनि राप्रपा तथस्ट बस्ने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत १ ।उपराष्ट्रिपति निर्वाचनमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी तथस्ट बस्ने भएको छ । आज राप्रपाको केन्द्रिय कार्यालय धुम्बाराहिमा बसेको केन्द्रिय सम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनमा मत नदिई तथस्ट बस्ने निर्णय गरेको हो । राप्रपाको बैठकले निकालेको विज्ञप्तीमा किसानले रसायनिक मलमा पाउँदै आएको अनुदान र मुल्य वृद्धि गर्ने निर्णय अदुरदर्शी, अमानविय र अनुचित रहेको उल्लेख छ । राप्रपाले यो निर्णय तत्काल फिर्ता लिन र सुलभ ढंगले समयमै मल आपुर्तीको व्यवस्थापन मिलाउन र मल आपुर्तीको समस्या दिर्घकालिन समाप्त गर्न देशभित्रै मल कारखाना स्थापनाको प्रकिया प्रारम्भ गर्न समेत सरकारको ध्यानआकर्षण गरेको छ । रासायनिक मल सम्बन्धमा पार्टीको ७७ ओटै जिल्ला समितिले एक हप्ता भित्र जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, धर्ना दिने र सभा गर्ने निर्णय लिएको छ । हाल बैंकहरुबाट ...
माओवादी केन्द्र भोजपुरले बाँदर आतंक नियन्त्रणको लागि सरकारलाई ध्यानाकर्षण

माओवादी केन्द्र भोजपुरले बाँदर आतंक नियन्त्रणको लागि सरकारलाई ध्यानाकर्षण

राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र १ । नेकपा माओवादी केन्द्र भोजपुरले जिल्लाको सवै स्थानीय तहका वडा, पालिका र प्रशासन कार्यलय मार्फत बादर आतंक नियन्त्रणको लागि पहल गर्न ज्ञापनपत्र बुझाएको छ । जिल्लाका किसानहरु बादर आतंकबाट पीडित हुदाँ समेत सरकारले पहलकदमी गर्न नसकेको भन्दै पार्टीले यसको समुचित पहल गर्न दवाव स्वरुप ध्यानाकर्षण गराएको जनाएको छ । “बाँदर आतंकको कारण उर्वर जमिन बाँझो छोड्नुपर्ने बाध्यतासँगै गाउँबाट किसानहरु पलायन हुने संख्या दिनानुदिन बढिरहेको छ ।” ज्ञापनपत्रमा भनिएको छ,“ राज्यले गम्भीरतापूर्वक विकराल समस्या समाधान गर्ने उपायको खोजी गरि किसानलाई प्रोत्साहन नगर्ने हो भने कुनैपनि गाउँ मानववस्ती विहीन हुने कुरा निश्चित छ । यसैले आम किसानहरुको समस्यालाई मध्यनजर गरि तत्काल बाँदर नियन्त्रण गर्न यस कार्यलय मात्रर्फत नेपाल सरकार समक्ष जोडदार माग गर्दछौ ।” पटक पटक किसानहरुका समस्या सम्वन्धित निकायमा ...