Thursday, September 10News That Matters

राजनीति

स्ववियु निर्वाचन : नारद आदर्श शिक्षा क्याम्पस बसाहामा (अखिल क्रान्तिकारी) को उम्मेदवार र प्रतिवद्धता

स्ववियु निर्वाचन : नारद आदर्श शिक्षा क्याम्पस बसाहामा (अखिल क्रान्तिकारी) को उम्मेदवार र प्रतिवद्धता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १ । चैत्र ५ मा हुने स्ववियु निर्वाचनका लागि नारद आदर्श शिक्षा क्याम्पस बसाहामा अखिल क्रान्तिकारीका उम्मेदवारहरुले शिक्षा र विद्यार्थी सँग सम्बन्धित प्रतिवद्धता सहित उम्मेदवारी घोषणा गरेको छ । यहाँ अखिल क्रान्तिकारीबाट अध्यक्षका लागि ज्ञानदिल राई, सचिव दिपक परियार र कोषाध्यक्षमा प्रतिक्षा मगर रहेकी छिन् । यता खुल्ला सदस्यहरुमा सरिता बिष्ट, ललिता राना मगर, देउकला राई रहेकी छिन् यस्तैगरी समानुपातिक सदस्यहरुमा सिव कुमार राई, संजोग राई, युकेश बिष्ट, संजिता भुजेल र यमुना राई रहेकी छिन् । उनिहरुले आफ्नो प्रतिवद्धता सहित उम्मेदवारी दिएका छन् । कस्तो छ प्रतिवद्धता ? पाठ्य पुस्तक सहितको पुस्तकालय व्यवस्था । प्रविधियुक्त शिक्षणका लागि डिजिटल क्लासको व्यवस्था । बेलका तथा अन्य जिल्लाका विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै छात्रावासलाई व्यवस्थित गर्ने । जिल्ला वाहिरका तथा दलि...
चैत ६ मा विश्वासको मत लिदैँ प्रधानमन्त्री दाहाल

चैत ६ मा विश्वासको मत लिदैँ प्रधानमन्त्री दाहाल

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, चैत १ । प्रधानमन्त्री एवम् नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी ६ गते विश्वासको मत लिने भएका छन् । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री सचिवालयका एक सदस्यका अनुसार शिर्ष नेताहरुसँगको छलफल पश्चात प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लाग्नु भएको हो । उनले भने प्रधानमन्त्री प्रचण्डले गत मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेतासँग परामर्श गर्नु भएको थियो । यद्यपि औचारिक निर्णय भईसकेको छैन । सत्ता साझेदार दलका शीर्ष नेताले चैत ६ गते विश्वासको मत लिने विषयमा सहमति जनाएको ती सदस्यले बताए । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि पुन स् मन्त्रिपरिषद् गठन गरिने जनाएको छ ।...
प्रधानमन्त्री (प्रचण्ड) र प्रदेशप्रमुखहरु बिच भेटवार्ता

प्रधानमन्त्री (प्रचण्ड) र प्रदेशप्रमुखहरु बिच भेटवार्ता

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत १ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र प्रदेश प्रमुखहरुबिच भेटवार्ता भएको छ । काठमाडौं आएका प्रदेश प्रमुखहरूले आज प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका अवसरमा प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ ।...
काग्रेसको निर्णय : उपराष्ट्रपति निर्वाचनमा रामसहायप्रसाद यादवलाई भोट दिने

काग्रेसको निर्णय : उपराष्ट्रपति निर्वाचनमा रामसहायप्रसाद यादवलाई भोट दिने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत १ । उपराष्ट्रपति निर्वाचनमा नेपाली काग्रेसले जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादवलाई भोट दिने निर्णय गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गठबन्धनबाट साझ उम्मेदवार बनेका यादवलाई मत दिने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । कांग्रेसले पार्टीबाट प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा निर्वाचित भएका सदस्यहरूलाई यादवका पक्षमा मतदान गर्न निर्देशनसमेत दिएको छ।...
नेपाल कम्युनिस्ट र समाजवादी पार्टीबिच एकता

नेपाल कम्युनिस्ट र समाजवादी पार्टीबिच एकता

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत १ । नेपाल कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले एकता गर्ने भएका छन् । नेकपाका प्रचार विभाग इन्चार्ज अनिल शर्माले विज्ञप्ति निकालेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टी बिच एकता हुने जानएका छन् । बुधबार दिउँसो २ बजे प्रज्ञा भवनमा पत्रकार सम्मेलन गरिने विज्ञप्तीमा उल्लेख छ ।...
नेपाल तरुण दलको बिषयमा छलफल गर्न देउवा र अध्यक्ष गुरुङ बिच भेटबार्ता

नेपाल तरुण दलको बिषयमा छलफल गर्न देउवा र अध्यक्ष गुरुङ बिच भेटबार्ता

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन ३० ।नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङबिच भेटवार्ता भएको छ । सो भेटवार्तामा नेपाल तरूण दलको केन्द्रीय समितिको विषयमा छलफल भएको अध्यक्ष गुरुङले बताएका छन् । आज देउवा निवास धुम्बाराहीमा भएको भेटमा तरूण दल केन्द्रीय समिति विस्तारलाई अन्तिम रूप दिनेबारे छलफल भएको हो । तरूण दल, नेविसंघलगायत कांग्रेसका अधिकांश भ्रातृ संस्था केन्द्रीय समितिविहीन छन्।...
‘मन्त्रीहरू फेरिन्छन, तर सरकारको नीतिगत प्राथमिकता फेरिँदैन : प्रधानमन्त्री प्रचण्ड

‘मन्त्रीहरू फेरिन्छन, तर सरकारको नीतिगत प्राथमिकता फेरिँदैन : प्रधानमन्त्री प्रचण्ड

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन ३० । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सरकारको नितिगत प्राथमिकता नफेरिने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज भएको दोस्रो चौमासिक समीक्षामा बोल्दै उनले भने, ‘मन्त्रीहरू फेरिनुहुन्छ, तर सरकारको नीतिगत प्राथमिकता नफेरिने बताएका हुन् । ‘यसबीचमा राजनीतिक समीकरणमा फेरबदल आएको छ। ‘मैले नेपाल सरकारका सचिवहरूलाई दिएको निर्देशन, संसदमा गरेको सम्बोधन र नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा भनेजति कुराहरु नफेरिने बताएका छन् । कर्मचारी प्रशासनले पनि ती विषयलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको भनाई छ । उनले सरकारको नेतृत्व तलमाथि नहुने बताए । उनले वर्तमान सरकार आफ्नो घोषित लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्ने बताए।...
आलीको आरोप : मानव अधिकार आयोगलाई माओवादीले धक्की दिने कार्य गर्यो

आलीको आरोप : मानव अधिकार आयोगलाई माओवादीले धक्की दिने कार्य गर्यो

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन ३० । मानव अधिकार आयोगलाई माओवादी केन्द्रले धम्की दिने कार्य गरेको एमाले अधयक्ष केपी शर्मा ओलीको आरोप छ । ओलीले भने माओवादीले आयोगलाई नै घेराबन्दी गर्ने, तर्साउने, धम्क्याउने कार्य गरिरहेको बताएका हुन् । मंगलबारबाट काठमाडौंमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले मानव अधिकारको रक्षाका लागि लडन पार्टीनिकट मानव अधिकार एलाईन्सलाई निर्देशन समेत दिएका छन् । अध्यक्ष ओलीले मानव अधिकारको पक्षमा उभिन सक्ने र रक्षा गर्न सक्ने काममा इमान्दार र समर्पित भएर लाग्न पनि सो एलाईन्सलाई सचेत गराए । अध्यक्ष ओलीले नेपालमा मानव अधिकार उलंघनकर्ताहरुले नै बढी मानव अधिकारको कुरा गर्ने गरेको भन्दै त्यसबाट सचेत रहनुपर्ने जरुरी रहेको पनि बताए ।...
नेपाल मृत्यु दण्डको पक्षमा जानु हुदैन : अध्यक्ष ओली

नेपाल मृत्यु दण्डको पक्षमा जानु हुदैन : अध्यक्ष ओली

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन ३० । नेपाल कहिले पनि मृत्यु दण्डको पक्षमा जानु नहुने नेकपा अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । मृत्यु दण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएको ओलीको तर्क थियो । आज काठमाण्डौमा भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले मृत्यु दण्ड दिने कानुनमा नेपालीहरु जान नहुने पक्षमा आफू दृढ रहेको बताएका छन् । ‘बुद्ध जन्मेको देशका बासिन्दाहरू कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्युदण्डको पक्षमा जान हुँदैन,’ उनले भने, ‘मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नरहेको उनको भनाई छ । त्यसकारण हामी स्थायी रूपमा मृत्युदण्डको पक्षमा कुनै आवेश वा उत्तेजनामा पनि जान हुँदैन ।’ अध्यक्ष ओलीले नेपालमा पनि मानव अधिकार आयोगलाई धम्की दिने राजनीति भइरहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।...
आज राति १२ बजेबाट उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसारमा निषेध

आज राति १२ बजेबाट उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसारमा निषेध

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन ३० । आज राति १२ बजेबाट उपराष्ट्रपति निर्वाचनको प्रचार प्रसारमा निषेध गरिएको छ । निर्वाचन आयोगले आगामी चैत ३ गते हुने निर्वानको लागी आज राति १२ बजेबाट प्रचार प्रसार निषेधको अवधि लागु हुने बताएको छ । मतदान हुन ४८ घण्टा अगाडी देखी अर्थात आज फागुन ३० देखी निर्वाचन सकिएर मतदान केन्द्र बन्द नभईन्जेल सम्मको लागी निषेध गरिएको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ । साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि...