सहकारी संस्थाले रकम ठगी गरेको आरोपमा ३ जना पक्राउ
पूर्णपुष्टि, फागुन ३० ।
सहकारी संचालन गरी ठुलो रकम ठगी गरेको आरोपमा बिराटनगरको तुलसी ९बहुमुखी० बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका क्षेत्रिय प्रबन्धक सहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको, उर्लाबारी नगरपालिका(६ घर भई संस्थाको उपाध्यक्षको जिम्मेवारीमा रहेकी अनिता गौतम, झापाको भद्रपुर नगरपालिका(१४ घर भई विराटनगर महानगरपालिका(३ बस्ने सहकारी संस्थाको सचिवको जिम्मेवारीमा रहेकी सविना न्यौपाने र विराटनगर महानगरपालिका(२ का संस्थाका क्षेत्रीय प्रबन्धकको रुपमा कार्यरत मन्दिप खवास रहेका छन् । नेपाल भरी कार्यक्षेत्र रहने गरी २०५२ सालमा स्थापना भएको उक्त संस्थाको मुख्य कार्यालय बिराटनगर(२ मा रहेको र यही फागुन १ गते देखि सेयर सदस्यहरुलाई कुनै जानकारी नदिई कार्यालय बन्द गरी ठगी गरेको भनि सेयर सदस्यहरुले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबा...








