पूर्णपुष्टि,चैत्र ५ । उदयपुरको बसाहमा अवस्थित नारद आदर्श क्याम्पसमा मत गणना सुरु भएको छ । आईतवार सम्पन्न स्ववियु निर्वाचनमा २ सय ६ मतदाता विद्यार्थी रहेको क्याम्पसमा जम्मा १८१ मत खसेको हो ।
यस क्यामसरमा अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघ गरी मुख्य तिन संगठनहरु रहेको थियो ।
पूर्णपुष्टि, चैत्र ५ । उदयपुरमा स्ववियु निर्वाचनको मदतान कार्य सबै क्याम्पसहरुमा शान्तपूर्वक सम्पन्न भएको छ । आईबार बिहान ७ बजेबाट सुरु भएको मतदान कार्य ४ बजे सम्पन्न भएको हो ।
जिल्लाको सदरमुकाममा रहेको त्रियुगा बहुमुखी क्याम्पस, बरुवा क्याम्पस र चौदण्डीगढी नगरपालिकाका बसाहामा रहेको नारद आदर्श क्याम्पस गरी तिन ओटा क्याम्पसमा स्ववियु निर्वाचन भएका थिए । यी मध्ये त्रियुगा जनता बहुमुखी क्याम्पस सबै भन्दै ठुलो क्याम्पस पनि हो । प्रदेश नं १ स्तरीय युनिभर्सिटी विद्यालय समेत रहेको त्रिजव क्याम्पसमा २१३१ विद्यार्थीहरु भोटर रहेका थिए । जस मध्ये यस विद्यालयमा १०६४ प्रत्यक्ष तर्फ मत खसेको छ भने समानुपातिक तर्फ १०६० मत खसेको निर्वाचन अधिकृत उमेश पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार सर्वदलीय बैठको तयारी भैरहेको र बैठक पश्चात तत्काल गणना सुरु गरिने जनाएको छ । यस्तै गरी बरुवा क्याम्पसमा ५०५२ भोट...
पूर्णपुष्टि,चैत्र ५ । कञ्चनपुरमाको बेलौरीमा अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनमा खाता खोलको छ । अखिल (क्रान्तिकारी)को तर्पबाट रामपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघका उम्मेदवारलाई हराउँदै अखिल (क्रान्तिकारी)को तर्फबाट स्ववियु अध्यक्षका उम्मेदवार सरस्वती तिरुवासहित पुरै प्यानल निर्वाचित भएको हो ।
तिरुवाले १५ मत पाएकी छिन् । त्यस्तै नेविसंघका धनीराम चौधरीले ५ र अनेरास्ववियुकी बिमला रेग्मीले ४ मत मात्र ल्याएकी थिइन् ।
त्यस्तै सचिवमा क्रान्तिकारीका रमिता चौधरी र कोषाध्यक्षमा रविना राना निर्वाचित भएका छन् । रमिताले १७ मत पाएकी निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुकी सोभा विष्टले ३, नेविसंघकी सीता पुजाराले ३ मत ल्याए । त्यस्तै कोषाध्यक्षमा क्रान्तिकारीका रविना रानाले १६ मत पाइन् । नेविसंकी लिला रानाले ५ र अनेरास्ववियुकी निसा विकले ३ मत पाइन् ।
सदस्यहरूमा अख...
पूर्णपुष्टि, चैत ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई नेपाली काग्रेसले विश्वासको मत दिने भएको छ । आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सोमबार प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
कांग्रेस आइतबार बस्ने प्रतिनिधिसभा बैठकबाटै सत्तापक्षको बेन्चमा बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयको संख्याबारे पनि सोमबारबाट ठोस छलफल हुने उनले बताए ।
पुस २६ मा विश्वसासको मत दिएर प्रतिपक्षमा बसेको कांग्रेस राष्ट्रपति चुनावबाट नयाँ गठबन्धन बनेपछि अब नयाँ परिस्थितिमा सरकारमा सहभागी हुन लागेको हो । प्रधानमन्त्री (पचण्ड) नेत्तत्वको सरकारबाट एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले यहि चैत ६ गते विश्वासको मत लिन लागेका हुन् ।...
पूर्णपुष्टि,चैत्र ५ । गाईघाटका दुई छुट्टा छुट्टै क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान सुरु भएको छ । आइतबार बिहान ७ बजेबाट जिल्लाका क्याम्पसहरुमा मतदान प्रत्रिया सुरु भएको हो ।
पूर्णपुष्टि,चैत ४ । ५ गते हुन गैईरहेको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को चुनावले क्याम्पसको माहोल तातेको छ। यो माहोलले उदयपुर जिल्लाकै सबभन्दा ठुलो त्रीयुगा जनता बहुमुखी क्याम्पस पनि चुनावमय भएको छ। चुनावमा विभिन्न राजनीतिक पार्टीका विद्यार्थी संगठनहरु प्रतिस्पर्धा उत्रिएका छ्न।
त्यस्तै माओवादी केन्द्र निकट अखिल ९क्रान्तिकारी० ले क्षमता र दक्षताकै आधारमा क्याम्पस सभापतिको उम्मेदवार सर्वसम्मत सिफारिस गरेको अखिल ९क्रान्तिकारी०का जिल्ला कमिटी अध्यक्ष सिताराम राउतले बताए ।
अखिल ९क्रान्तिकारी० बाट सरोज कार्की नेतृत्वको टिम चुनावी प्रतिस्पर्धामा छ। २०५८ सालमा जन्मिएका सरोज कार्की उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका ५ जाँतेका बासिन्दा हुन् । बुबा दान बहादुर कार्की र आमा नरमाया खड्काको जेठा छोरा हुन् सरोज ।
एउटा सामान्य किसान परिवारमा जन्मिएका कार्कि सानैदेखि अन्याय र अत्याचारविरुद्ध ...
पूर्णपुष्टि,चैत्र ४ । राष्ट्रपति रामचन्द्र पौडेल र सङ्घ तथा प्रदेशका सांसदहरुबीच शीतल निवासमा भेटघाट हुने भएको छ। राष्ट्रपति पौडेलले शनिवार बिहान ९ बजे प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख, सांसदहरू, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री र सदस्यहरूलाई शीतलनिवास डाकेको हो ।
राष्ट्रपति निर्वाचित भएको खुसीयालीमा चियापान तथा धन्यवाद ज्ञापनका लागि पौडेलले सांसदहरूलाई निम्ता गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । उपराष्ट्रपति निर्वाचनमा भोट हाल्न यतिबेला सबै प्रदेशका सांसदहरू काठमाडौंमै छन् । यही मौका पारेर पौडेलले शीतल निवासमा चियापान कार्यक्रम राखेका हुन् ।
यता एमालेका सुवास नेम्वाङलाई हराउँदै राष्ट्रपति बनेका पौडेलले गत सोमबार शपथ लिएका थिए । राष्ट्रपति चुनावमा ३ सय ३१ संघीय सांसद र ५ सय १८ प्रदेशसभा सदस्य गरी कुल ८ सय ३१ जना सहभागी भएका थिए । यसमा पौडेलले ३३ हजार ८ सय २ मत पाए भने नेम्वा...
पूर्णपुष्टि, चैत ३ । आज सम्पन्न उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । यादवले आफ्ना विपक्षी एमालेकी अष्टलक्ष्मी शाक्य र ममता झालाई उछिन्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार रामसहाय प्रसाद यादवले संघीय सांसद तर्फ–१८४ को मतभार १४५३६ र प्रदेश सभाको मत ३२९ को मतभार १५७९२ पाएका छन् । उनले कुल ३० हजार ३२८ मतभार पाएको जसपा सांसद प्रदीप यादवले जानकारी दिए।
बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव जसपाका संसदीय दलका नेता हुन् । यद्यपि निर्वाचन आयोगले औपचारिक घोषणा गरेको छैन ।
कस्ले कति पाए मत ?
प्रदेश सभा सदस्य तर्फ
१. रामसहाय प्रसाद यादव – ३२९
२. अष्टलक्ष्मी शाक्य – १६९
३. ममता झा – १५
४. प्रमिलाकुमारी यादव –१
संघीय संसद तर्फ
१. रामसहाय प्रसाद यादव –१८४
२. अष्टलक्ष्मी शाक्य –१०४
३....
पूर्णपुष्टि, चैत ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्ना संघ र प्रदेशका सांसदहरुलाई सामुहिक प्रशिक्षण दिने भएका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागी प्रदेश सांसदहरु काठमाण्डौँ पुगेका थिए ।
उपराष्ट्रपतिको निर्वाचन सकिएपछि प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सामुहिक प्रशिक्षणका लागि बोलाएका हुन् ।...
पूर्णपुष्टि, चैत ३ । आज बिहान १० बजेबाट सुरु भएको उपराष्ट्रपति निर्वाचनको मतदान सकिएको छ । शुक्रबार दिउँसो तिन बजे सकिएको मतदानमा ८२९ मत खसेको छ ।
जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको एमालेका सचेतक महेश बर्तौलाले बताए । आज साझँ ६ बजेसम्म मत परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।
उपराष्ट्रपतिमा एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका रामसहायप्रसाद यादव र जनमतकी ममता झा उम्मेदवार रहेकी छन् । त्यस्तै जसपाकी प्रमिला यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिईन् तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उनकोसमेत नाम छ ।...