Wednesday, July 1News That Matters

संसार

पढ्नुहोस्, आज-२१ चैत्र २०७७ शनिवारको राशिफल

पढ्नुहोस्, आज-२१ चैत्र २०७७ शनिवारको राशिफल

संसार
मेष आज उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । कर्मप्रेमीहरूका लागि दिन बढी फलदायी रहनेछ । वृष आज गरेका काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मिथुन आज वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यबाटसफलता मिल्दैजानेछ भने बैदेशिक यात्रा तय गर्न सकिनेछ । कर्कट आज विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सिंह रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । कन्या आज रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । तुला मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । वृश्चिक आज नयाँ व्यक्ति संग भेटघाट हुनेछ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । धनु व...
ख्याल गर्नुहोस्, सुत्नु अघि गर्न नहुने यी ८ कामहरु

ख्याल गर्नुहोस्, सुत्नु अघि गर्न नहुने यी ८ कामहरु

संसार
सुत्नु अघि सामान्यतया धुम’पान नगर्ने । सुत्ने बेलामा धुम्रपान गर्ने बानी छ भने आजैदेखि छोड्नुस् । यसले तपाईंलाई निद्रा नलाग्ने सम’स्या हुन सक्छ । सुत्ने समयमा र’क्सी पिउने बानी छ भने पनि छाडिदिनुहोस् । यसले तपाइँको निद्रा ख’राव हुन्छ र विहान पनि ह्याङओभरको समस्या हुन्छ । सुत्नु अघि चिया कफी पनि पिउनु हुँदैन । यसले अनिद्राको समस्या ल्याउन सक्छ । अनिन्द्राको कारण हाम्रो चिया कफीमा पाइने क्याफिन पनि हो । गुलियो खाएर सुत्ने बानी छ भने त्यो पनि राम्रो होइन । सुत्ने बेलामा चिनी हालेको खाद्य पदार्थ सके सम्म नखाएकै राम्रो । सुत्न जानु अघि मसलेदार खाना पनि नखाएको राम्रो हुन्छ । यसले तपाइँको निद्रा विथोलिदिन्छ । सुत्नु अघि तरल पदा’र्थको से’वन पनि नराम्रो मानिन्छ । यसले तपाइँलाई बारम्बार बाथरुम जानु पर्छ र निद्रा वि’थो’लिन्छ । विहान ढिलो उठ्नु छ भन्दैमा राति सम्म टिभी हेरेर बस्...
सेनाको गोली लागेर ४३ जनाभन्दा धेरै बालबालिकाको मृत्य

सेनाको गोली लागेर ४३ जनाभन्दा धेरै बालबालिकाको मृत्य

समाचार, संसार
पूर्णपुष्टि, चैत २०  म्यानमारमा सेनाले चलाएको गोली लागेर ४३ जना भन्दा धेरै बालबालीकाको मृत्यु भएको छ । सेनाल सत्ता हातमा लिएपछि भएको हिंसात्मक प्रदर्शनका क्रममा सेनाको गोली लागेर अहिलेसम्म ४३ जनाभन्दा धेरै बालबालिकाले मृत्यु भईसकेको ’सेभ द चिल्ड्रेन’ले जनाएका छन् । फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएर सङ्कटकाल घोषणा गरेसँगै म्यानमारमा हिंसात्मक प्रदर्शन हुँदै आएको छ । ’सैन्य कू’ विरुद्ध सडक प्रदर्शन गर्ने सर्वसाधारणको घरमै गएर सेनाले मनपरी आक्रमण गरिरहेको र त्यसको चपेटमा बालबालिका परिरहेको ’सेभ द चिल्ड्रेन’ले जनाएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । त्यस्तै म्यानमारमा सेनाको गोली लागेर घाइते भएका बालबालिकाको संख्या पनि उल्लेख्य रहेको जनाईएको छ । १३ वर्षीय बालकलाई घरभित्रै गएर गोली हानेर हत्या गरेको, ९ महिनाकी बालिकालाई आँखामा गोली लागेको र बालबालिकाहरु त्रासैत्रासमा बाच्नुपर...
फ्रान्समा ४ हप्ता लकडाउन

फ्रान्समा ४ हप्ता लकडाउन

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत १९  कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि फ्रान्समा चार हप्ताका लागि लकडाउन गरिएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोले पर्सि शनिवारदेखि चार हप्ता लकडाउनको घोषणा गर्नु भएको हो । राष्ट्रपति म्याक्रोले एक टेलिभिजनमा सम्बोधन गर्दै लकडाउनको अवधिमा अत्यावश्यक वस्तुका पसल खुला रहने तर तीन हप्तासम्म स्कुल भने बन्द हुने बताएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । लकडाउनको अवधिभर मानिसले घरमै बसेर काम गर्नु पर्नेछ । सार्वजनिक ठाउँमा सभा, भेला गर्न पाइने छैन । घरबाट १० किलोमिटरभन्दा टाढा जान पनि नपाइने जनाईएको छ । कोरोनाविरुद्धको खोपलाई तीव्रता दिने र १८ वर्षभन्दा माथिका सबै उमेर समूहलाई खोप दिने जनाईएको छ । फ्रान्समा गत २४ घण्टामा ४१ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । अहिलेसम्म फ्रान्समा ४६  लाख ४४ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने ९५ हजारभन्दा धेरै ज्या...
ब्राजिलका ३ वटै सेनाका प्रमुखद्वारा राजीनामा

ब्राजिलका ३ वटै सेनाका प्रमुखद्वारा राजीनामा

समाचार, संसार
पूर्णपुष्टि, चैत १८  ब्राजिलका तीन वटै सेनाका प्रमुखले एकैसाथ राजीनामा दिएका छन् । राष्ट्रपति जैर बोल्सोनारोले रक्षा मन्त्रीलाई हटाएको भोलिपल्ट त्यहाँका स्थल, जल तथा हवाई सेनाका प्रमुखले राजीनामा दिएका हुन् । राष्ट्रपतिसँग असन्तुष्टि राखेर उनीहरुले राजीनामा दिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छभन् । यस अघि पनि ब्राजिलमा यस्तो घटना हुने गरेको खबरमा उल्लेख गरिएको छ । राष्ट्रपति बोल्सोनारोले सेनालाई संविधान र कानुनसम्मत नभइ आफू अनुकुल बनाउन खोजेको आरोप लागेको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला तीन वटै सेनाका प्रमुखको राजीनामाले राष्ट्रपति बोल्सोनारोमाथि थप चुनौती बढेको जनाइएको छ ।...
भारतमा एकैदिन ६८ हजार धेरैमा कोरोना सङ्क्रमण पुष्टि

भारतमा एकैदिन ६८ हजार धेरैमा कोरोना सङ्क्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत १६  भारतमा पछिल्लो २४ घण्टामा ६८ हजार भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने २ सय ९५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भारतमा ५  लाख २३ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । होलीका कारण त्यहाँ कोरोनाको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरिएको जनाईएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै धेरैजसो ठाउँमा सार्वजनिक रुपमा भेला हुन र भीडभाड गर्न रोक लगाइएको छ ।...
म्यानमारमा रहेका बेलायती नागरिकलाई स्वदेश फर्कन बेलायतको आग्रह

म्यानमारमा रहेका बेलायती नागरिकलाई स्वदेश फर्कन बेलायतको आग्रह

समाचार, संसार
पूर्णपुष्टि, चैत १६  म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन बेलायतले आग्रह गरेको छ । म्यानमारमा सेनाको ज्यादती बढ्दै गकाले बेलायतले आफ्ना नागरिकलाई स्वदेश फर्किन आग्रह  गरेको हो । म्यानमारमा प्रदर्शनकारीमाथि भइरहेको सेनको ज्यादतीको बेलायत, अमेरिका, जापान, अस्ट्रेलिया लगायत विभिन्न १२ देशले भत्सर्ना गरेका छन् । म्यानमारमा एकैदिन सेनाको गोली लागेर बालबालिकासहित एक सयभन्दा धेरैको मृत्यु भएको  थियो । हिंसा लगातार बढ्दै गएपछि अन्तर्राष्ट्रिय समुदायले घटनाको भत्सर्ना गर्दै आएका छन् । अमेरिकाले म्यानमारको सुरक्षाबललाई ‘आतंकको शासनकाल’ भनेको छ  । गत फेब्रुअरी १ तारिखमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायत नेतालाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएदेखि नै अमेरिकाले यसको विरोध गर्दै आएको छ । हिंसामा एक सयभन्दा धेरैको ज्यान गएपछि म्यानमारका सैन्य प्रमुख मिन आङ लाइङ र उनका जन...
भारतमा एकैदिन ६२ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि

भारतमा एकैदिन ६२ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि

समाचार, संसार
पूर्णपुष्टि, चैत १५ भारतमा एकैदिन ६२ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६२ हजारभन्दा धेरैलाई सङ्क्रमण  भएको छ भने ३ सय १२ जनाको मृत्यु भएको छ । सङ्क्रमण तिब्र गतीले बढ्दै गएपछि महाराष्ट्र र दिल्लीमा थप कडाइ गरिएको छ । फागु पर्वमा सङ्क्रमण फैलिन सक्ने भन्दै कडाइ गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । महाराष्ट्रमा अहिले रात्रिकालीन कर्फ्यू छ भने दिल्लीमा मिनी लकडाउन छ । भारतमा अहिले ४ लाख ८६ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित छन् । ६ करोड दुई लाखभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएका छन् । भारतमा अहिलेसम्म एक करोड १९ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने एक लाख ६१ हजारभन्दा धेरैको मृत्यु भईसकेको छ ।...
सेनाको गोली लागेर ९० भन्दा धेरै प्रदर्शनकारीको मृत्यु

सेनाको गोली लागेर ९० भन्दा धेरै प्रदर्शनकारीको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, चैत १५  म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर एकैदिन ९० जनाभन्दा धेरै प्रदर्शनकारीको मृत्यु भएको छ । नेतृ आङ सान सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीलाई त्यहाँको सेनाले गोली प्रहार गर्दा ९० जनाको ज्यान गएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । हिजो सेना दिवसकै दिन सेनाले चलाएको गोली लागेर मारिनेमा बच्चासहित ९० जनाभन्दा धेरैको मृत्यु भएको जनाएका छन् । म्यानमारको सेनाको यो कदमप्रति अमेरिका, बेलायत र युरोपियन युनियनका  अधिकारीहरुले निन्दा गरेका छन् । बेलायतका राजदूत डान चगले विज्ञप्ति निकालेर निर्दोष नागरिकमाथि गोली चलाएर म्यानमारको सेनाले आफ्नो प्रतिष्ठा गुमाएको भन्दै विरोध गर्नुभएको छ । प्रदर्शनकारीहरुमाथि सुरक्षाकर्मीले नै गोली चलाएको जनाइएको छ । म्यानमारमा सेना विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म ४ सयभन्दा धेरै प्रदर्शनकारीहर...
रेल दुर्घटनामा ३२ जनाको मृत्यु

रेल दुर्घटनामा ३२ जनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, चैत १४  इजिप्टको सोहाग प्रान्तको टहटा शहरमा रेल दुर्घटना हुदा ३२ जनाको मृत्यु भएको छ । यात्रु बाहक दुई रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु भएको छ भने एक सय ६५ जना घाइते भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । दुर्घटना भएको ठाउँ इजिप्टको राजधानी कायरोबाट तीन सय ६५ किलोमिटर दक्षिणमा पर्छ । रेलमार्गमा अज्ञात व्यक्ति आएपछि अचानक ब्रेक लाग्दा रेल दुर्घटना भएको रेल विभागले जनाएको छ । दुर्घटना क्षेत्रमा घाइतेहरुलाई अस्पतालसम्म पुर्याउनको लागि ७० भन्दा बढी एम्बुलेन्स पठाएको जनाइएको छ । दुर्घटनाको लागि जिम्मेवार व्यक्तिलाई कडा कारबाही गर्ने इजिप्टका राष्ट्रपति अब्दुल फता अल सिसिले बताउनुभएको जनाईएको छ । इजिप्टको रेल वे प्रणाली कमजोर भएको र मर्मत नगरेका कारण बारम्बार यस्ता दुर्घटना भइरहेको जनाईएको छ । यो भन्दा पहिले सन् २००२ मा पनि इजिप्टमा रेल दुर्घटना हुँदा ३ स...