Thursday, May 7News That Matters

समाचार

त्रिनपा १६ मा भलिवल प्रतियोगिता सँगै ७ विद्यालयलाई खेलकुद सामग्री वितरण

त्रिनपा १६ मा भलिवल प्रतियोगिता सँगै ७ विद्यालयलाई खेलकुद सामग्री वितरण

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १७ कार्तिक । त्रियुगा नगरपालिका १६ जाल्पा चिलाउनेमा वडा स्तरीय भलिवल प्रतियोगिता सँगै खेलकुद सामाग्रि वितरण गरिएको छ । युवा तथा खेलकुद लक्षित कार्यक्रम अन्तर्गत वडाको आ.व.२०८१÷०८२ को स्वीकृत वडागत बजेटबाट प्रतियोगिता र सामाग्री वितरण गरिएको हो । वडा कार्यालयको आर्थिक सहयोगमा तिहारको र छैठको अवसर पारेर वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा शुक्रबार एक दिवशिय वडास्तरीय भलिवल प्रतियोगिता र वडाभित्रका विद्यालयहरुलाई खेलकुद सामग्री वितरण कार्यक्रम गरिएको वडा अध्यक्ष मान वहादुर राईले जनाए । प्रतियोगितामा वडाभित्रका जम्मा ११ ओटा खेलाडी टिमहरु दर्ता भएको थिए । जसमा प्रतियोगिताको उपाधि सुनौलो टोल विकास संस्था सुकौरा भए । सिरुवानी टोल विकास संस्था दोस्रो र लालिगुँरास टोल विकास संस्था आहाले तेस्रो भने । बिजेता पहिलो दोस्रो र तेस्रोले क्रमश : १० हजार ७ हजार र ५ हजार नगद सहित प्रम...
उदयपुरमा गाडीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

उदयपुरमा गाडीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १६ ।  उदयपुरको चौदण्डिगढी नगरपालिकामा शुक्रबार सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत बेल्टार बजार नजिकै रहेको द्वार खोला पुल नजिकको मोडमा भएको दुर्घटनामा चौदण्डिगढी नगरपालिका-२ का तिलक राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चपागाईले जानकारी दिए । बेल्टारबाट गाईघाटतर्फ जाँदै गरेको मोटरसाइकललाई काठमाडौंबाट पूर्वतर्फ आउँदै गरेको हुन्डाई गाडीले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक राईको शव नगर अस्पताल बेल्टारमा राखिएको छ । दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी चपागाईले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा दोस्रो चौदण्डीगढी प्रदेश स्तरिय ब्याडमिनटन प्रतियोगिता हुने

उदयपुरमा दोस्रो चौदण्डीगढी प्रदेश स्तरिय ब्याडमिनटन प्रतियोगिता हुने

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक १५ । उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टारमा दोस्रो चौदण्डीगढी प्रदेश स्तरिय ब्याडमिनटन प्रतियोगिता हुने भएको छ । बिहिबार आयोजक बेल्टार ब्याडमिनटन क्लबले पत्रकार सम्मेलन गर्दै आगामी मंसिर ७, ८ र ९ गते प्रतियोगिता संचालन गरिने जनाएको छ । आयोजकका अनुसार प्रदेश नं. १ स्तरीय मेन्स डबल्स उपाधि विजेतालाई ३५ हजार, उपविजेतालाई २० हजार र तेस्रो पुरस्कार १५ हजार रहेको छ भने भेट्रान्स तर्फ प्रथम पुरस्कार प्रथमलाई २५ दोस्रोलाई १५ र तेस्रोलाई १० हजार रहेको आयोजकले जनाएको छ । त्यस्तै मेन्स मिक्स डबल तर्फ भने प्रथम पुरस्कार २० हजार, दोस्रो १२ र तेस्रो ८ हजार रहेको छ । त्यस्तै उदयपुर जिल्ला स्तरिय मेन्स डवल्स तर्फ प्रथमलाई ३० हजार दोस्रोलाई १२ र तेस्रोलाई ८ हजार रहेको छ ।...
तिहारले भरिभराउ गाईघाट बजार

तिहारले भरिभराउ गाईघाट बजार

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १५ कार्तिक । गाईघाट बजारमा तिहारको प्रभाव देखिएको छ । तिहार लागे सँगै बजार पसलहरु भरिभराउ अवस्थामा छ । बजारको सबै क्षत्रमा सबैखाले चहलपलहल देखिन्छ । किनमेल, सवारी साधन, यात्रु, होटल सबैखाले ब्यपारीक क्षेत्र भरिभराउ छ । माईतिलाई चेलिहरुले पुज्नु पर्ने भएकाले किनमेलमा बढी महिलाहरु देखिन्छ । तिहारको सामाग्रीहरु ब्यपारिहरुले छरपस्टै फिजाएर राखेको छ । बिषेशगरी प्लाष्टिकको माला लगायत तिहारको सामाग्रीहरुको किनमेल बढी देखिन्छ । त्यस पश्चात खाद्यन्न, तरल पदार्थ, लत्ता कपडा, उपहार जस्ता कुराहरु पनि किनमेल भैरहेको छ । दशैँमा भन्दा पनि तिहारमा यो पटक गाईघाटमा भिँडभाँड देखिएको छ । बिगतमा कोरोनाले थलिएर संकट ग्रस्त भएको चाँडबाँड फेरी पुरानै अवस्थामा फर्किदैँछ । तिहारको दोस्रो दिन बजारमा भिँडभाँडले सिमा नाघेको छ । सवारी साधनहरुको आवत जावत र यात्रुको घुँईचो बढेको अवस्था छ । नेपालमा मनाईने...
धनिया बेचेको आम्दानीबाट मख्ख त्रिनपा १५ का युवा कृषक

धनिया बेचेको आम्दानीबाट मख्ख त्रिनपा १५ का युवा कृषक

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, १५ कार्तिक । त्रियुगा नगरपालिका १५ बाँगेका युवा कृषक रुद्र राईले आफ्नो ७ बर्ष कृषि पेशामा बिताईसकेको छ । अनुदान बिहिन र कृषि तालिमहरुमा पनि उत्ति अवसर नपाउने रुद्रले कृषिमा ७ बर्षको अनुभव आफै बटुले । कसरी गर्ने के गर्ने भन्दै सुरुवात गरेको कृषि पेसाले अहिले सन्तुष्टि दिएको रुद्र बताउँछन् । उनले कृषिको थालनी यता चार बर्ष सम्म टमाटर, खोर्सानी लगायत अन्य तरकारी जन्य उत्पादनमा बढी जोड गरे । तर उनले सोचे जस्तो फाईदा लिन सकेन । रुद्रले उत्पाद परिवर्तन गरेर हाल मसलाजन्य उत्पादन धनियामा केन्द्रीद भएको छ । धनिया हेर्दा नपताउने उत्पादन हो । मसलाना हो कसरी बिक्रि गर्ने थोरै मात्रामा धनियाले बजार पाउँछ भन्ने आम कृषकहरुको बुझाई छ । जस्ले गर्दा कृषिमा धनिया लगायत मशला जन्य उत्पादनहरु कमै लगाउने गर्छ तर रुद्रले भने ठिक उल्टो गरेको छ । अन्य उत्पादन तरकारी र फलफुललाई कम मात्रामा लगाउने ...
फेरियो त्रिनपा १५ हुवास स्यालगैरीको  फुटवल खेल मैदान

फेरियो त्रिनपा १५ हुवास स्यालगैरीको फुटवल खेल मैदान

Breaking News 1, Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, १५ कार्तिक । त्रियुगा नगरपालिका १५ हुवास स्यालगैरीमा रहेको पुरानो फुटवल खेल मैदानलाई मर्मत संभार गरिएको छ । लामो समयदेखी बजेट अभावले अलपत्र परेको उक्त खेल मैदानलाई वडा सरकारको पहलमा मर्मत संभार गरिएको हो । वडा सदस्य डम्वर बहादुर राईका अनुसार खेल मैदानका लागि ६८ सालमै जग्गा खरिद गरिएको थियो । त्यो बेला खाँवु गाविस हुँदा गाउँ परिषदको सर्व दलिय बैठक बाट फुटवलका लागि खेल मैदान भनेर बजेट छुटाएर जग्गा खरिद गएिको थियो । त्यस यता फेरी ६९ सालमा ३० हजार बजेट बिनियोजन गरी मैदान सम्म आउने बाटो ल्याईयो र फेरी अर्को पटक थोरै बजेटले मैदानलाई सम्माउने काम भयो । त्यस पछि संघियता आयो संघियताले तिन तहको सरकार खडा गर्यो, त्यस पश्चात त मैदानले पूनर्जिवन पाउनेमा स्थानियहरु निकै आशावादी भए तर सोचे जस्तो काहाँ हुदोरहे छ र तिन तहको सरकार पछि त झनै बजेट बिहिन बन्यो खेल मैदान । १३ बर्ष देखी अलपत्...
दोस्रो वडा कपको उपाधि रुपनिको पोल्टोमा

दोस्रो वडा कपको उपाधि रुपनिको पोल्टोमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक १४ । दोस्रो वडा कप फुटबल प्रतियोगिताको उपाधि रुपनि फुटबल क्लबले जितेको छ । बुधबार त्रियुगा नगरपालिका वडा नं. १ मलामीघाट पूर्वटोलको खेल मैदानमा भएको फाईनल खेलमा धनगढी फुटबल क्लबलाई ० गोलको विरुद्ध २ गोलले हराउँदै रुपनीले उपाधि चुमेको हो । रुपनीका लागी जर्सि नं. ११ का रुबेन राई र जर्सि नं. ११ का सन्देश कार्कीले १–१ गोल गरे । यस खेलको म्यान अफ द म्याच रुपनिका रुबेन राई बने । त्यस्तै बेस्ट गोल किपर रुपनिका कुशल महतरा, बेष्ट डिफेन्ण्र धनगढीका प्रेम राई, बेष्ट मिडफिल्डर धनगढीका ओसन चौधरी, सार्वाधिक गोल कर्ता जनहित युवा क्लबका बिक्रम सुनार र रुपनिका छितिज चौधरी मोष्ट भ्यालुएबल खेलाडी बने । त्रियुगा नगरपालिका वडा नं. १ का अध्यक्ष मनोज कुमार चौधरीले उपाधि विजेता रुपनिलाई नगद रु. १५ हजार र उपविजेता धनगढीलाई नगद रु. १० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हस्तान्तरण गरेका...
किना मनाईन्छ काग तिहार ? यस्तो छ रहस्य

किना मनाईन्छ काग तिहार ? यस्तो छ रहस्य

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुटि, १४ कार्तिक । नेपालमा मनाईने ठुला चाँडहरु मध्यको अर्को चाँड तिहार पनि एक हो । यो दशैँ लगत्तै मनाईन्छ । तिहार भित्र पनि बिभिन्न पर्वहरु छ । काग तिहार, कुकुर तिहार, गाई गोवर्धन पुजा, लक्ष्मी पुजा र अन्तिममा भाई टिका यी तिहार भित्र मनाईने पर्व हो । काग तिहार सँगै तिहार भित्रन्छ । तिहारको पहिलो दिन काग तिहार मनाउँदै तिहार प्रवेश गराईन्छ । यो बर्षको काग तिहार कार्तिक १४ गते बुधबारका दिन परेको छ । कागलाई हाम्रो नेपाली संस्कृति र परम्परामा सन्देशवाहक चराको संज्ञा दिइएको छ, आजकै दिन कागलाई श्रद्धा र सम्मान अर्पण गर्ने विशेष दिन हो । काग यमलोक र मर्त्यलोक दुवै ठाउँमा उडेर पुग्न सक्छ भन्ने मान्यता रहेको छ । त्यसैले लोकमा भएको शुभ सन्देश लिएर जाओस्, अशुभ सन्देश नसुनाओस् भनेर ‘काक बलि’ अर्थात् कागलाई मनपर्ने परिकार खान दिई सम्मान गरिन्छ । काग अत्यन्तै चलाख पक्षी हो । काग यमराजको प्रिय...
वडा कप फुटबलको मैत्रिपुर्ण खेलमा राजनीतिक दल र जोगिदह विजयी

वडा कप फुटबलको मैत्रिपुर्ण खेलमा राजनीतिक दल र जोगिदह विजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक १३ । त्रियुगा नगरपालिका वडा नं. १ मलामीघाटी पूर्वटोलमा जारी दोस्रो वडा कप फुटबल प्रतियोगिताको मैत्रिपुर्ण खेलमा स्थानीय राजनीतिक दल र जोगिदह युवा महिला क्लब विजयी भएका छन् । मंगलबार भएको पहिलो मैत्रीपूर्ण खेलमा स्थानीय राजनीतिक दलले जनप्रतिनिधि तथा सरकारी कर्मचारी टिमलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित गरेको हो । निर्धारित समयमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा लगिएको थियो । दोस्रो मैत्रीपूर्ण खेलमा जोगिदह महिला युवा क्लबले जनहित महिला युवा क्लबलाई १-० गोलले पराजित गर्‍यो । जोगिदहका लागि जर्सी नं. ४ की आकृति राईले पेनाल्टीमार्फत निर्णायक गोल गरिन् । यस खेलको म्यान अफ द म्याच बनेकी आकृती राईले नगद रु. ५०० रुपैँया प्राप्त गरिन् । विजेता जोगिदह टिमले नगद रु. १,००० र उपविजेता जनहित टिमले रु. ५०० प्राप्त गरे । वडा स्तरीय खेलकुद समितिद्वारा आयोजित यस प...
उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण गर्न नहुने एमालेको निष्कर्ष

उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण गर्न नहुने एमालेको निष्कर्ष

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १३ । नेकपा एमाले उदयपुरले देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण गर्न नहुने निष्कर्ष निकालेको छ । प्रतिनिधिसभा सदस्य अम्बर बहादुर रायमाझीको पहलमा भएको छलफलमा उद्योगका उच्च अधिकारी र एमाले नेतृत्वबीच यो निष्कर्ष निकालिएको हो । उद्योग हाल आर्थिक संकटमा रहेको र करिब २ अर्ब रुपैयाँको दायित्व बोकेको छ । निमित्त महाप्रबन्धक महेश प्रसाद साहका अनुसार २०८१ साउन ६ गतेसम्म तिर्नुपर्ने दायित्वमा कर्मचारी तलब, नागरिक लगानी कोष, अवकाश प्राप्त कर्मचारी भुक्तानी, कर दायित्व, बैंक ऋण, विद्युत प्राधिकरण र कोइला तथा अन्य सामान आपूर्तिकर्ताको रकम समावेश छ । उद्योगका वरिष्ठ अधिकृत कोविद काफ्लेले तत्काल उद्योग सञ्चालनका लागि ५५ करोड रुपैयाँ आवश्यक रहेको र निजीकरणको सट्टा लिजमा दिएर सञ्चालन गर्न उपयुक्त हुने सुझाव दिए । एमालेकी पोलिटब्युरो सदस्य मञ्जु क...