Friday, August 21News That Matters

समाचार

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ३० ।  जल तथा मौसम विज्ञान विभागले बुधवार देशभर साधारणतया बदली रहने र सबै प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। विशेषगरी कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ। बुधवार दिउँसो र राति देशभर आंशिकदेखि साधारण बदली रहने अनुमान गरिएको छ। सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उल्लेखित चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। साथै मेघगर्जन र चट्याङको पनि पूर्वानुमान गरिएको छ। विभागले भारी वर्षा हुने क्षेत्रमा बाढीपहिरोको जोखिम रहेको जनाएको छ। यसले दैनिक जीवन, कृषि, स्वास्थ्य, पर्यटन, यातायात लगायत क्षेत्रमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। विगत ६ घण्टामा कोशी प्रदेशको मोरङ, धनकुटा र गण्डकी प्रदेशको लमजुङ आसपास मध्यमदेखि भारी वर्षा भएको छ। त्यसैगरी कोशी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी ...
उदयपुरको त्रिनपामा गर्मीसँगै सर्पदंशका घटना बढ्दो

उदयपुरको त्रिनपामा गर्मीसँगै सर्पदंशका घटना बढ्दो

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २९ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा गर्मी बढेसँगै सर्पदंशका घटनाहरू उल्लेखनीय रूपमा वृद्धि भएको छ। स्थानीयवासीका अनुसार जोगिदह, मोथ्याई, खैजनपुर, भुल्के, पोर्ताह, राजावास, चुहाडे लगायत राजाबास गैरुन, असारी र लक्ष्मीपुर क्षेत्रमा सर्पको उपस्थिति बढेको छ। नेपाली सेना भुल्के सामुदायिक सर्पदंश उपचार केन्द्रका अनुसार करेसाबारी, गोठ र खेतमा काम गर्दा करेत लगायतका विषालु सर्पको डसाइबाट स्थानीयवासी प्रभावित भएका छन्। उपचार केन्द्रका व्यवस्थापन समिति अध्यक्ष पवित्रा गिरीका अनुसार हाल त्रियुगा नगरक्षेत्रबाट दैनिक ५ देखि ६ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि केन्द्रमा आउने गरेका छन्। स्थानीय ज्ञानबहादुर बस्नेतका अनुसार धेरैजसो सर्पदंशका घटनाहरू रातिको समयमा खेतमा पानी लगाउन जाने, घरवरपर काम गर्ने, र गोठमा साँझ बिहान काम गर्ने व्यक्तिहरूमा देखिएको छ। उपचार केन्द्रका अध्यक्...
उपचारको बहानामा नेपाल प्रवेश गर्न खोज्ने दुई बंगलादेशी नागरिक फिर्ता

उपचारको बहानामा नेपाल प्रवेश गर्न खोज्ने दुई बंगलादेशी नागरिक फिर्ता

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २९ । मोरङको सीमा नाकाबाट दुई बंगलादेशी नागरिकलाई फिर्ता गरेको छ। मंगलबार दिउँसो उपचारको बहाना बनाएर नेपाल प्रवेश गर्न खोजेका यी व्यक्तिहरूलाई विराटनगर महानगरपालिका-१५ स्थित हुलास चोकमा रहेको प्रस्तावित सीमा सुरक्षा गुल्मबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो। सशस्त्र प्रहरीका एक उच्च अधिकारीका अनुसार फिर्ता गरिएका व्यक्तिहरू ४९ वर्षीय एमडी रिएजुल कोरिम र ६३ वर्षीया एमएसटी जायद बेगम हुन्। उनीहरूलाई दिउँसो करिब १२:४५ बजे भारततर्फ फिर्ता पठाइएको जानकारी दिइएको छ। बंगलादेशमा आन्दोलन चर्किएर प्रधानमन्त्री शेख हसिनाले समेत देश छाड्नुपरेको परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले सीमा सुरक्षामा कडाइ गरेको छ। यस परिस्थितिको सम्भावित असरलाई ध्यानमा राख्दै नेपाली सुरक्षा निकायहरूले उच्च सतर्कता अपनाएका छन्।...
कैलालीका केही सामुदायिक विद्यालयले लागु ग¥यो मूल्याङ्कन प्रणाली

कैलालीका केही सामुदायिक विद्यालयले लागु ग¥यो मूल्याङ्कन प्रणाली

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, साउन २९ ।  कैलाली जिल्लाका केही सामुदायिक विद्यालयहरूले कक्षा १ देखि ३ सम्म पूर्ण रूपमा निरन्तर मूल्याङ्कन प्रणाली लागू गरेका छन्। यस प्रणाली अन्तर्गत अब यी कक्षाहरूमा परम्परागत प्रश्नपत्र र परीक्षाको सट्टा निरन्तर मूल्याङ्कनका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिनेछ। टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिकाले यस शैक्षिक वर्षदेखि यो प्रणाली कडाइका साथ लागू गरेका छन्। शिक्षा अधिकारीहरूका अनुसार साना बालबालिकाको क्षमताको मूल्याङ्कन छोटो समयको परीक्षाले मात्र गर्न नसकिने भएकाले यो प्रणाली अपनाइएको हो। टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीका अनुसार, "अब हामीले ३ कक्षासम्म प्रश्नपत्र बनाउने, परीक्षा लिने काम गर्दैनौँ। निरन्तर मूल्याङ्कनका आधारमा उहाँहरूको नतिजा आउनेछ।" जोशीपुर गाउँपालिकाका शिक्षा अधिकृत सङ्ग्रामसिंह धामीले भने, "शैक्षिक ...
कोशी प्रदेशसभा बैठक अनिश्चित, माओवादीको आपत्ति

कोशी प्रदेशसभा बैठक अनिश्चित, माओवादीको आपत्ति

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २९ । कोशी प्रदेशसभाको बैठक लामो समयदेखि अनिश्चित बनेको छ। गत असार ८ मा बजेट पारित भएपछि स्थगित गरिएको बैठक अझै बोलाइएको छैन। यसबीच नेकपा माओवादी केन्द्रले तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेको छ। माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले गैरजिम्मेवार ढंगले काम गरेको आरोप लगाएका छन्। उनका अनुसार प्राकृतिक विपत्ति, नीति कार्यक्रम र नयाँ बजेट कार्यान्वयन लगायतका विषयमा छलफल गर्न बैठक आवश्यक छ। माओवादी केन्द्रका सांसदहरूले प्रदेशसभा सरकारको छायाँमा परेको र दुई तिहाई बहुमतले थिचिएको बताएका छन्। उनीहरूले प्रदेश निजामती ऐन संशोधन विधेयक लगायत महत्वपूर्ण विधेयकहरू अलपत्र परेको जनाएका छन्। केन्द्रमा समीकरण फेरबदल भएपछि माओवादी केन्द्र सरकारबाट बाहिरिएको छ, तर समर्थन भने फिर्ता लिएको छैन। कांग्रेस अझै सरकारमा सहभागी हुन सकेको छैन। मन्त्रालय बाँडफाँटमा सहमति न...
कोशी प्रदेशको निजामती सेवा नियमावली विवादमा

कोशी प्रदेशको निजामती सेवा नियमावली विवादमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २९ ।  कोशी प्रदेश सरकारले गत साउन ९ गते स्वीकृत गरेको प्रदेश निजामती सेवा नियमावली २०८१ अझै राजपत्रमा प्रकाशित हुन सकेको छैन। यसले कर्मचारी वृत्तमा असन्तुष्टि र आशंका जन्माएको छ। प्रमुख सचिव केदारनाथ शर्माका अनुसार नियमावलीको भाषा मिलाउन केही समय लागेको हो र यो एक हप्ताभित्र प्रकाशित हुनेछ। तर केही कर्मचारीहरूले नियमावलीमा समस्या भएकाले प्रकाशनमा ढिलाइ भएको आशंका गरेका छन्। निजामती सेवा ऐनप्रति पनि कर्मचारीहरूको असन्तुष्टि छ। विशेषगरी वन रक्षक र लेखाका कर्मचारीहरूले ऐनमा आफूहरूलाई अन्याय गरिएको बताउँदै आन्दोलन गरिरहेका छन्। उनीहरूले तह कायम, बढुवा प्रक्रिया र समान व्यवहारको माग गरेका छन्। सरकारले कर्मचारीहरूको मागलाई सम्बोधन गर्न ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ। तर नियमावली प्रकाशनमा भइरहेको ढिलाइले नयाँ प्रश्न उब्जाएको छ। कर्मचारीहरूले नियमावली कार्यान्वयनमा समस्या...
विराटनगर महानगरपालिकाले पदाधिकारी सुविधा र भत्तामा उडायो २ करोड ७० लाख

विराटनगर महानगरपालिकाले पदाधिकारी सुविधा र भत्तामा उडायो २ करोड ७० लाख

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २९ । विराटनगर महानगरपालिकाले गत आर्थिक वर्षमा पदाधिकारी सुविधा र बैठक भत्तामा करोडौं खर्च गरेको पाइएको छ। महानगरपालिकाको खर्च विवरण अनुसार पदाधिकारी सुविधा र बैठक भत्तामा मात्रै २ करोड ७० लाखभन्दा बढी रकम खर्च भएको छ। यस्तै, कार्यक्रम शीर्षकमा १८ करोड १४ लाख र विविध खर्चमा १ करोड ६४ लाख रुपैयाँ खर्च गरिएको छ। तालिम, गोष्ठी र कार्यक्रममा पनि ठूलो रकम खर्च भएको देखिन्छ। यी शीर्षकहरूमा १८ करोडभन्दा बढी रकम खर्च भएको तथ्याङ्कले देखाएको छ। महालेखा परीक्षकको कार्यालयले विविध खर्च शीर्षकमा धेरै रकम राखेर खर्च गर्नु कानुन विपरीत भएको भन्दै चिन्ता व्यक्त गरेको छ। तर महानगरपालिकाले यस शीर्षकमा अघिल्लो वर्षको तुलनामा २५ लाख रुपैयाँ बढी खर्च गरेको पाइएको छ। महानगरपालिकाले चालू खर्चतर्फ ८३.८९ प्रतिशत र पुँजीगततर्फ ६४.९५ प्रतिशत बजेट खर्च गरेको जनाएको छ। कुल मिलाएर ७४.६१ प्रतिशत बजेट...
विश्वव्यापी युवा बेरोजगारी दर १५ वर्षयताकै न्यून

विश्वव्यापी युवा बेरोजगारी दर १५ वर्षयताकै न्यून

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २९ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ताजा प्रतिवेदनले विश्वभर युवा बेरोजगारी दर १५ वर्षयताकै सबैभन्दा न्यून स्तरमा झरेको देखाएको छ। सन् २०२३ मा विश्वस्तरमा युवा बेरोजगारी दर १३ प्रतिशतमा झरेको छ, जुन कोभिड-१९ महामारी पूर्वको १३.८ प्रतिशतभन्दा कम हो। तर यो सुधार असमान रहेको छ। पूर्वी एसिया, अरब देशहरू, दक्षिणपूर्व एसिया र प्रशान्त क्षेत्रमा युवा बेरोजगारी दर बढिरहेको छ। विशेषगरी महिलाहरू आर्थिक सुधारको लाभबाट वञ्चित रहेका छन्। प्रतिवेदनले हरेक पाँच युवामध्ये एक जना रोजगार, शिक्षा वा प्रशिक्षणबाट बञ्चित रहेको देखाएको छ। महिलाहरूको लागि शिक्षा र रोजगारीमा पहुँच अझै चुनौतीपूर्ण रहेको छ। युवा श्रमिकहरूमा सामाजिक सुरक्षाको अभाव छ र धेरैजसो अस्थायी रोजगारीमा छन्। कम आय भएका देशहरूमा नियमित र सुरक्षित रोजगारीको अवसर न्यून रहेको छ। धेरै युवाहरूमा रोजगार गुमाउने डर रहेको प...
संसदमा आज मन्त्रिपरिषद् र समिति प्रतिवेदन

संसदमा आज मन्त्रिपरिषद् र समिति प्रतिवेदन

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, साउन २९ ।  प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रिपरिषद्को मर्यादाक्रममा भएको हेरफेर र विभिन्न संसदीय समितिका वार्षिक प्रतिवेदनहरू पेश हुने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर सम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउनेछन्। पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले "पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०" पेश गर्नेछन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले "शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१" प्रस्तुत गर्ने कार्यसूची रहेको छ। कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले "बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विध...
विषाक्त माछाले लियो तीन बालबालिकाको ज्यान

विषाक्त माछाले लियो तीन बालबालिकाको ज्यान

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २९ ।  बारामा विषाक्त माछा खाएका कारण एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। सिम्रौनगढ नगरपालिका-७ झवानी टोलका नरेश रामको दुई छोरी सहित एक छोराको विषाक्त माछा खाँदा मृत्यु भएको हो । आइतबार भारतबाट आएका व्यापारीबाट खरिद गरिएको माछा खाएपछि परिवारका सदस्यहरूमा स्वास्थ्य समस्या देखा परेको थियो। ९ वर्षीया लालिमा राम, ७ वर्षीया पुष्पा राम र ५ वर्षीय कृष्णन्दन रामलाई पेट दुख्ने, बान्ता हुने र झाडापखालाको समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो। स्थानीय स्वास्थ्य केन्द्रबाट प्रादेशिक अस्पताल कलैया हुँदै वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचार गराइए पनि तीनै जना बालबालिकाको मृत्यु भएको छ। लालिमा रामको बाटोमै मृत्यु भएको थियो भने अन्य दुई जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ र मृतकहरूको...