Friday, August 21News That Matters

समाचार

स्पानिस ला लिगा आजदेखि सुरु

स्पानिस ला लिगा आजदेखि सुरु

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन ३१ । स्पेनको प्रतिष्ठित फुटबल प्रतियोगिता ला लिगाको नयाँ सिजन २०२४-२५ आजदेखि सुरु हुँदैछ। एथ्लेटिक विल्वाओ र गेटाफेबीचको खेलबाट यस सिजनको सुरुवात हुनेछ। एथ्लेटिक क्लबको गृहमैदान सान माम्स बारियामा नेपाली समयानुसार राति १०:४५ बजे यो खेल सुरु हुने तालिका रहेको छ। यस सिजन २० टोलीले प्रतिस्पर्धा गर्दैछन्। गत सिजनका विजेता रियल मड्रिड उपाधि रक्षाको लक्ष्यमा छन् भने बार्सिलोना र एट्लेटिको मड्रिडले उनीहरूलाई कडा चुनौती दिने अपेक्षा गरिएको छ। यस सिजन लेगानेस, भाल्लाडोलिड र स्पानयोल दोस्रो श्रेणीबाट बढुवा भई ला लिगामा फर्किएका छन्। अघिल्लो सिजन ला लिगा खेलेका अल्मेरिया, ग्रानाडा र क्याडिज भने रेलिगेसनमा परी दोस्रो श्रेणीमा झरेका छन्। नयाँ सिजनको पहिलो खेलमा एथ्लेटिक विल्वाओ र गेटाफे दुवै विजयी सुरुआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छन्।...
कटारी नगरपालिकाका मेयरद्वारा विवादित नगर सभाबारे स्पष्टीकरण

कटारी नगरपालिकाका मेयरद्वारा विवादित नगर सभाबारे स्पष्टीकरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ३१ ।  उदयपुरको कटारी नगरपालिकामा हालै सम्पन्न १३औं नगर सभापछि उठेका विवादहरूलाई सम्बोधन गर्न मेयर राजेश चन्द्र श्रेष्ठले बुधबार पत्रकार सम्मेलन गरेका छन्। सामाजिक सञ्जाल र मिडियामा उठेका प्रश्नहरूको जवाफ दिँदै मेयर श्रेष्ठले नगर सभामा पारित भएका निर्णयहरूको वैधानिकता र पारदर्शिताको पक्षमा आफ्नो धारणा राखे। मेयर श्रेष्ठले नगर सभामा उपमेयर गीता खड्काद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सर्वसम्मतिले पारित भएको दाबी गरे। उनले गत आर्थिक वर्षको आय-व्यय र आगामी वर्षको बजेटबारे संक्षिप्त जानकारी दिए। साथै, सभापछि उठेका विवादहरूप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जालमा फैलिएका अफवाहहरू, विशेषगरी एक करोड ७६ लाख रुपैयाँको खर्चबारे स्पष्टीकरण दिए। मेयरले कुनै अनियमितता प्रमाणित भए राजनीति छोड्ने चेतावनी दिँदै नगरपालिकाको कामकारबाहीमा पारदर्शिता र जवाफदेहिताको...
सडक पूर्वाधारको नाममा ठेकेदारले जबरजस्ती कर असुलेको भन्दै व्यवसायीको विरोध

सडक पूर्वाधारको नाममा ठेकेदारले जबरजस्ती कर असुलेको भन्दै व्यवसायीको विरोध

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ३० ।  धरान उपमहानगरपालिका क्षेत्रमा पूर्वाधार सडक सेवा उपभोग शुल्कका नाममा जबरजस्ती कर असुली गरिएको विरोधमा व्यवसायीहरूले मेयर तथा उपमेयरलाई ज्ञापनपत्र बुझाएका छन्। ए.वि. रात देऊ निर्माण सेवा राम धुनीले दैनिक रूपमा प्रति सवारी साधन ७५ रुपैयाँ शुल्क लिने गरेको व्यवसायीहरूको आरोप छ। धरान वितरक संघका अध्यक्ष तथा मदिरा व्यवसायी संघ कोशी प्रदेश अध्यक्ष नवीन तामाङका अनुसार यो शुल्क गुण्डागर्दी शैलीमा असुली गरिएको छ। गत वर्ष एक फर्म एक ढुवानी सवारी साधनलाई दिइएको छुट यस वर्ष हटाइएको छ। व्यवसायीहरूले यो कर कानुन विपरीत भएको र व्यवसाय सञ्चालनमा कठिनाई उत्पन्न गरेको बताएका छन्। उनीहरूले नियमित रूपमा अन्य सबै करहरू तिरेको दाबी गर्दै, यस प्रकारको अतिरिक्त कर असुली तत्काल बन्द गर्न माग गरेका छन्। धरान वितरक संघ, मदिरा व्यवसायी संघ, भवन निर्माण व्यवसायी संघ लगायत ६ व्यावसायिक संगठनहर...
उदयपुर र सुनसरीमा लागुऔषधसहित ५ जना पक्राउ

उदयपुर र सुनसरीमा लागुऔषधसहित ५ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ३० । सुनसरी र उदयपुरबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार हिजो सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लिम्चुङबुङ गाउँपालिकाकी २० वर्षीया राजमिका राईको साथबाट १ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको छ । साथै ईटहरी उप-महानगरपालिका-१७ का २० वर्षीय अब्बास मिया र २८ वर्षीय मो. सफरुद्दीनलाई समेत नियन्त्रणमा लिएको छ । त्यसैगरी प्रहरी चौकी भगलपुर उदयपुरबाट खटिएको प्रहरी टोलीले प्रदेश २-०१-००३ प ७०७० नम्बरको मोटरसाइकलबाट लुकाई छिपाई ल्याउँदै गरेको ८ किलोग्राम गाँजा बरामद गरेको छ । यस क्रममा मोटरसाइकल चालक बेलका नगरपालिका-९ का २४ वर्षीय प्रबिन राई र मोटरसाइकलमा पछाडी सवार बेलका-७ का २१ वर्षीय रोशन राईलाई बेलका-१ बाट पक्राउ गरिएको छ । लागुऔषध सहित पक्राउ परेक...
प्रहरीद्वारा हवाई फायर गरी १०० किलो गाँजा नियन्त्रण

प्रहरीद्वारा हवाई फायर गरी १०० किलो गाँजा नियन्त्रण

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ३० ।  सुनसरीको धरान उप-महानगरपालिका-१५ सेउती पुल स्थितमा प्रहरीले हवाई फायर गरी १०० किलोग्राम गाँजा नियन्त्रणमा लिएको छ। हिजो अपरान्ह ५ बजे अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ WB74S2531 नम्बरको भारतीय कार त्यही स्थानमा छोडेर चालक जंगलतर्फ भागेको थियो। प्रहरीले लखेट्दा समेत चालक नरोकिएपछि प्रहरी टोलीले चाइनिज पेस्तोलबाट १ राउन्ड हवाई फायर गरेको थियो। हवाई फायर गर्दा समेत चालक फरार रहेका थिए। कार चेकजाँच गर्दा भित्र ५ वटा बोरामा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा १०० किलोग्राम लागुऔषध गाँजा बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार फरार भएका कार चालकको खोजी कार्य भइरहेको छ।...
सुनसरीमा हवाई फायर गरी १०० के.जी. गाँजा नियन्त्रण

सुनसरीमा हवाई फायर गरी १०० के.जी. गाँजा नियन्त्रण

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ३० ।  सुनसरीको धरान उपमहानगरपालिका-१५ सेउती पुलमा प्रहरीले हवाई फायर गरी १०० किलोग्राम गाँजा नियन्त्रणमा लिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार हिजो अपरान्ह ५ बजे चेकजाँचका क्रममा एक भारतीय कार चालक भागेपछि प्रहरीले १ राउन्ड हवाई फायर गरेको थियो। कारमा ५ वटा बोरामा लुकाइएको गाँजा फेला परेको छ। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।...
सर्पदंशबाट बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

सर्पदंशबाट बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ३० । दाङको घोराही उपमहानगरपालिका-६ गुरुवागाउँमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ भने उनकी आमाको अवस्था गम्भीर रहेको छ। दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाका अनुसार गए राति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको हो। बालिकाकी आमा २५ वर्षीया आश्मा चौधरीको अवस्था गम्भीर रहेको र उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। प्रहरी प्रवक्ता तिमिल्सिनाले सर्पले डसेपछि तत्काल अस्पताल नलगी झारफुकमा समय खेर फालेका कारण बालिकाको मृत्यु भएको जानकारी दिए।...
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक आज प्रतिनिधिसभामा प्रस्तुत हुँदै

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक आज प्रतिनिधिसभामा प्रस्तुत हुँदै

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ३० ।  प्रतिनिधिसभाको आजको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुने भएको छ। 'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१' लाई आजै पारित गर्ने सदनको तयारी रहेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसअघि मन्त्री चौरसियाले नै कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधेयकमाथि छलफल गर्न प्रस्ताव राख्नेछन्। यसअघि मङ्गलबारको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरेकी थिइन्। प्रतिनिधिसभाले उक्त विधेयक समितिमा छलफलका लागि पठाएको थियो। विधेयक यही साउन २४ गते समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो। समितिमा सहमति हुन नसकेका केही बुँदामा प्रमुख राजनीत...
गुल्मीको रेसुङ्गा र मदानेमा आठ प्रजातिका नयाँ चरा फेला

गुल्मीको रेसुङ्गा र मदानेमा आठ प्रजातिका नयाँ चरा फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ३० ।  गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन्। नेपाल पक्षी संरक्षण सङ्घका परियोजना अधिकृत भरत पन्थीका अनुसार सङ्घले गरेको सर्वेक्षणमा यी नयाँ प्रजातिका चराहरू भेटिएका हुन्। मदाने वन क्षेत्रमा चाकासूचक, कालोकण्ठे भुइँरोबिन, श्यामश्वेत अर्जुनक, कालो बुङ्गेचरी, आली चुइँया र हिमाली लेकचरी गरी छ प्रजाति फेला परेका छन्। त्यस्तै रेसुङ्गा वन क्षेत्रमा सानो सेतो बकुल्ला र अर्को एक प्रजाति गरी दुई नयाँ प्रजाति फेला परेका छन्। परियोजना अधिकृत पन्थीले वर्षमा दुईपटक म्याकिनन्स लिस्टिङ मेर्थड विधिको माध्यमबाट गुल्मीमा चराको सर्वेक्षण गरिँदै आएको जानकारी दिए। विश्वमा पाइने दुर्लभ प्रजातिका चरामध्ये गुल्मीमा मात्र छ किसिमका चरा पाइन्छन्। रेसुङ्गामा चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिल पाइन्छन्।...
वाइडबडी खरिद विवादले नयाँ जहाज खरिद प्रक्रिया अवरुद्ध

वाइडबडी खरिद विवादले नयाँ जहाज खरिद प्रक्रिया अवरुद्ध

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ३० ।  नेपाल वायुसेवा निगमले अघि बढाएको तीन वटा ट्वीनअटर जहाज खरिद प्रक्रिया बिचमै रोकिएको छ। यसअघिको वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेपछि नयाँ खरिद प्रक्रिया प्रभावित बनेको हो। अख्तियारले गत चैत २२ गते १ अर्ब ४७ करोड बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। यसमा निगमका पूर्व अध्यक्ष शंकरप्रसाद अधिकारी, प्रबन्ध निर्देशक सुगतरत्न कंसाकार र नायब महाप्रबन्धक जनक कालाखेती समेत मुछिएका छन्। निगम स्रोतका अनुसार, जहाज खरिद उपसमितिका पदाधिकारीहरू नै मुद्दामा परेकाले अन्य कर्मचारी पनि त्रसित छन्। यसले गर्दा पछिल्लो जहाज खरिद प्रक्रिया अलपत्र परेको छ। निगमले गत अक्टोबरमा तीन वटा ट्वीनअटर जहाज खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। हिन्दुस्तान एओ...