Monday, August 24News That Matters

समाचार

बिवादित खानेपानी भवनको कम्जोरी लुकाउन पिलरहरुमा टालटुल

बिवादित खानेपानी भवनको कम्जोरी लुकाउन पिलरहरुमा टालटुल

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ फागुन । चिरा परेको पिलर टालटुल गरेर इन्जिनियर र ठेकेदारले निर्माणाधिन गाईघाट खानेपानी आयोजना उपभोक्ता समितिको भवनको काम अगाडी बढाउन खोजेको पाइएको छ । एउटा पिलरमात्र हैन भवनको सबै ठाडो पिलर र जगको तेर्सो पिलर सबै चर्केको, मसला नभरिएका खाल्डाखुल्डी, कमजोर छन् । दर्जनौ चर्केको र भत्केको ठाउँमा सिमेन्ट घोलेर लिप्ने, टाल्ने काम भएको छ । यस्तो अवस्थामा पनि सम्बन्धीत समिति र त्रियुगा नगरपालिका चुप बसेको छ । कमसल निर्माण सामग्री प्रयोग, काममा लापरवाहीले निर्माणाधिन भवनमा ठुलो भ्रष्टाचार हुनसक्ने देखिएको छ । चुप बस्नुले मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र समितिको मिलेमतो देखिएको छ । संघीय सरकारको बजेटबाट बन्ने सो आयोजनाको सम्पूर्ण काम नगरपालिकाको मातहतमा हुन्छ । यसको निगरानी र नियमतबाट हुन्छ । कमजोर र लापरवाही काम गर्ने ठेकेदार, जिम्मेवार इन्जिनियरलाई जवाफदेहि ...
एउटै पुस्तामा गाउँलाई समृद्ध बनाउने माहाअभियानमा रौतामाई र ताप्ली पनि जोडिए

एउटै पुस्तामा गाउँलाई समृद्ध बनाउने माहाअभियानमा रौतामाई र ताप्ली पनि जोडिए

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ फागुन । लिम्चुङबुङ गाउँपालिकाले सुरु गरेको एउटै पुस्तामा समृद्ध पालिकाको माहाअभियानमा उदयपुरको थप दुई पालिका पनि जोडिएको छ । जिल्लाको रौतामाई गाउँपालिका र ताप्ली गाउँपालिका पनि समृद्ध पालिकाको लागि माहाअभियानमा जोडिएको हो । लिम्चुङबुङले गत मंसिर २५ गते “एउटै पुस्तामा समृद्ध पालिका” को माहाअभियानलाई भव्य कार्यक्रम सहित घोषणा गरेका थिए । सोही अभियान सफल बनाउन पालिका अध्यक्ष मेजर कुमार राई यतिवेल कठोर संघर्षमा उत्रिएको छ । अध्यक्ष राईले यस अभियानलाई बिज्ञापनको रुपमा प्रचार गर्नुका साथै सम्बन्धित ठाउँहरुमा आवश्यक साथ सहयोगको मागलाई निरन्तर बनाएको छ । यसै अभियानलाई आत्मसाथ गर्दै सँगैको छिमेकी पालिकाहरु रौतामाई र ताप्ली पनि अभियानमा जोडिएको हो । शनिवार ताप्ली गाउँपालिकाको रुपाटारमा तिनै ओटा पालिका अध्यक्षहरुको उपस्थितिमा समृद्ध पालिकाको लागि बृहत छलफल भएपछि रौतामाई र ताप्ली प...
बोक्से बाँसबारीमा आगलागी हुँदा ६ लाख बढी क्षती

बोक्से बाँसबारीमा आगलागी हुँदा ६ लाख बढी क्षती

Breaking News 1, समाचार
पूर्णपुष्टि, १२ फागुन । त्रियुगा नगरपालिका १० बोक्से स्थित बाँसवारीमा कुखुरा फर्ममा आगलागी हुँदा अन्दाजी  ६ लाख बराबरको क्षती पुगेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिवार २ बजेको समय तिर राज कुमार उदासको घर नजिकै रहेको परालको टालमा आगलागि भएको हो । प्रहरीलाई आगलागि बारे जानकारी आउन साथ जिल्लाको प्रसनि सहित ९ जनाको टोली घटना स्थल तर्फ पुगेका थिए । नेपाल प्रहरी सँगै सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय, त्रियुगा र रौतामाई गाउँपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रण्मा लिईएको डिएसपी हरिनन्द चौधरीले जनाए । फर्ममा कुखुरा नभएको र अन्य क्षती बाट भने बचेको डिएसपी चौधरीले जानकारी दिए ।...
थारु सांस्कृतिक भवन निर्माणका लागि बहेडुवामा वयल गाडा सफारी गरिने

थारु सांस्कृतिक भवन निर्माणका लागि बहेडुवामा वयल गाडा सफारी गरिने

Breaking News 1, समाचार
पूर्णपुष्टि, १२ फागुन । बहेडुवा थारु होम स्टेले थारु सांस्कृतिक भवन निर्माणका लागि भयलगाडा (लहरु) सफारि संञ्चालन गर्ने भएको छ । यहि फागुन २५ गते बिहान ७ बजे देखी बेलुका ६ बजे सम्म बयलगाडा सफारि संञ्चालन गरिने जनाइएको हो । उक्त बयलगाडाको सुभारम्भ माहाशिवरात्रीको दिन त्रिनपा १३ को थारुहट चोकमा गरिने छ । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको समन्वयमा २ किलो मिटर सफारि गराईने होम स्टेको अध्यक्ष भगवान सिंह चौधरीले जनाए । शुल्क रकम रु १०० गरिएको छ भने थारु भेष भुषा सहित भने २५० रहेको छ । यता २ किलो मिटर सफारिको रिजर्भको लागि भने रु ५ सय टिकट राखिएको छ । उक्त टिकट बाट उठेको रकमले सांस्कृतिक भवन निर्माणमा टुवा पुराउने छ । सोही भवन निर्माण गर्नको मुख्य उदेश्य सहित बयल गाडा सफारि गर्न लागिएको अध्यक्ष चौधरीको भनाई छ ।...
उदयपुरमा जुवा मुद्धाका २ जना फरार प्रतिवादी पक्राउ

उदयपुरमा जुवा मुद्धाका २ जना फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ११ । उदयपुरमा जुवा मुद्धाका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ बस्ने ५१ बर्षीय फिरिलाल चौधरी र ८१ बर्षीय रामलाल भन्ने भरत कुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार जिप्रकाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई बिहिबार पक्राउ गरेको हो । जिल्ला अदालतको मिति २०७३÷०५÷१३ गतेको फैसालाले जुवा मुद्धामा २–२ हजार रुपैँया जरिवाना तोकेको थियो । पक्राउ परेका दुबैजनालाई फैसला कार्यान्वयनको लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।...
उदयपुरमा कर छली गरी ल्याएको ३००० के.जी. सुपाडी सहित ३ भारतीय नागरिक पक्राउ

उदयपुरमा कर छली गरी ल्याएको ३००० के.जी. सुपाडी सहित ३ भारतीय नागरिक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ११ । उदयपुरमा कर छली गरी ल्याएको ३००० के.जी. सुपाडी सहित ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जेलिङ जिल्ला खोरिबारी थाना पानिट्यांकी बस्ने ४४ बर्षीय निलकान्त सिंह, ४४ बर्षीय दुलाल देही र ६४ बर्षीय सन्जय राजबंशी रहेको जिल्ला प्रहरी कर्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार ईप्रका रामपुर ठोक्सिला तथा प्र.चौ. लालबजारबाट खटिएको प्रहरी टोलिले बिहिबार राती ११ बजेको समयमा उनिहरुलाई पक्राउ गरेको हो । बेलका न.पा.वडा नं.५ जहडा स्थित मदन भण्डारी लोकमार्ग सडक खण्डमा प्रहरीले चेक जाँच गर्ने क्रममा प्र १–०१–००१ख ४१०३ नम्बरको मात्री भाग्यरेखा यात्रु बाहक बसमा कर छलीगरी ल्याउदै गरेको काचो सुपाडी ५९ बोरामा अन्दाजी ३००० के.जी. बरामद भएसँगै उनिहरुलाई नियन्त्रणमा लिएको डिएसपी चौ...
बरुवा बसपार्क महोत्सवबाट फेरी अर्को मोटरसाईकल हरायो

बरुवा बसपार्क महोत्सवबाट फेरी अर्को मोटरसाईकल हरायो

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० फागुन । बरुवा बसपार्क बाट फेरी अर्को मोटरसाईकल हराएको छ । त्यहाँ संञ्चालन दोस्रो प्रदेश महोत्वमा गएका त्रियुगा नगरपालिका ३ मोतिगडाका एक युवाको मोटरसाईकल हराएको हो । अर्विन चौधरीको प्रदेश १– ०५००१–प ७३२९ को टु ट्वान्टी फल्सर मोटरसाईकल महोत्सव हेर्न जाने क्रममा राति हराएको हो । चौधरीले मोटरसाईकल खोजिका लागि प्रहरीमा समेत निवेदन दिएको छ । उनले अन्य सबै पक्षहरु सँग पनि हराएको मोटरसाईकलको निगरानी र खोजीमा लागि दिन अनुरोध गरेको छ । यदि कहि कतै फेला परेमा नजिकैको प्रहरी चौकी अर्थात ९८०४७८३७००÷९८०५१३१८९ मा सम्पर्क गर्न अनुरोध गरेको छ । चौधरी बुधबार राती महोत्सव हेर्न बरुवा बसपार्क गएका थिए ।...
एकै पटक गाईघाट बजारको चार स्थानमा  ट्राफिक चेकिङ

एकै पटक गाईघाट बजारको चार स्थानमा ट्राफिक चेकिङ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० फागुन । जिल्ला ट्राफिक कार्यालय उदयपुरले दुर्घटना न्युनिकरण गर्न बजार एरियामा ब्यापक चेकिङ बढाएको छ । बिहिबार गाईघाटको मुख्य स्थानहरु पिजिचोक, त्रियुगा बसपार्क, पिपल चोक र आँखा अस्पताल लगायतका स्थानहरुमा ट्राफिक चेकिङ गरिएको हो । ट्राफिक इन्चार्ज प्रहरी नायव निरिक्षक सुन्दर श्याम पोखरेलले सामान्यदेखी ठुला गल्तीहरु गर्ने चालकहरुलाई कार्वाही गरिएको जनाए । मापासे, तिव्र गति, हेल्मेट नलगाउने, कागजपत्र नभएको, ओभर लोड, सवारीको मोटिफाई, ठुलो आवाज र अन्य वापर्वाही गर्ने चालकहरुलाई कार्वाही गरिएको जनाए । गाईघाट बजारमा पछिल्लो समय दैनिकी जसो दुर्घटना बढेको छ । हाईवे सागै चालकको लापर्वाहीनै दुर्घटनाको मुख्य कारण बनेको भन्दै त्यस्तो अवस्थालाई कम गरी दुर्घटना नियन्त्रण गर्न चेकिङलाई बढाईएको जनाए । बजार एरियामा पहिलो पटक एकैचोटी बिभिन्न चार स्थानमा सवारी चेकिङको काम गरिएको पोखरेल...
१६ नं वडामा प्रधानमन्त्री रोजगागर कार्यक्रम अभिमुखीकरण सँगै बालवालिकाहरुको स्वास्थ्य परिक्षण

१६ नं वडामा प्रधानमन्त्री रोजगागर कार्यक्रम अभिमुखीकरण सँगै बालवालिकाहरुको स्वास्थ्य परिक्षण

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० फागुन । त्रियुगा नगरपालिका वडा नं १६ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक दिने अभिमुखीकरण दिईएको छ । “श्रमको सम्मान राष्ट्रको अभियान” नारा सहित प्रधानमन्त्री रोजगार कार्यक्रमले न्युनतम रोजगगार नागरिकको अधिकार भन्दै अभिमुखीकरण दिईएको वडा अध्यक्ष मान वहादुर राईले जनाए । त्रियुगा नगरपालिका प्रधानमन्त्री रोजगार सेवा केन्द्रको आयोजनामा वडाको अति बिकट ठाउँ धौरी स्थित अभिमुखीकरण दिईएको हो । घरघरमा रोजगार सुचिकृतको लागि यस कार्यक्रमले सहयोग पुराउन कार्यक्रम गरिएको अध्यक्ष राईको भनाई छ । अध्यक्ष राईका अनुसार बिकट क्षेत्रका मानिसहरुले रोजगकारको लागि निति नियम तथा त्यसको आवश्यक प्रक्रियाहरु थाहा नपाउँदा रोजगारबाट बन्चित हुनु परेको जनाए । उनिहरुमाथीको थप आर्थिक संकट गरिबीको सिर्जनालाई न्युनिकरण गर्ने रोजगारबारे अभिमुखीकरण दिईएको हो । अभिमुखीकरणमा त्यहाँको करिब ७० जना...
नेशनल लाईफ गाईघाट शाखाद्धारा रक्तदान, बालवालिकालाई खाना र विरामीलाई फलफुल

नेशनल लाईफ गाईघाट शाखाद्धारा रक्तदान, बालवालिकालाई खाना र विरामीलाई फलफुल

Breaking News 1, समाचार
उदयपुर १० फागुन । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले शनिवार तिन सामाजिक कार्य गरेको छ । कम्पनीको ३७ औँ बार्षिकोत्सवको अवसर पारी बिरामीलाई फलफुल वितरण, विद्यालयका बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई खानाको व्यवस्था र रक्तदान कार्यक्रम गरेको हो । कम्पनीका गाइृघाट शाखा प्रमुख प्रेम कुमार राईका अनुसार बार्षिकोत्सवको अवसर पारी जिल्ला अस्पताल उदयपुरका ६० भन्दा बढी बिरामीलाई फलफुल वितरण, त्रियुगा नमुना माविका ३१ जना बौद्धिक अपाङ्गता भएका बालवालिका विद्यार्थीहरुलाई खाना खुवाईएको जनाए । साथै रक्तदान जिवनदान नारा सहित रक्तदान कार्यक्रम पनि गरिएको छ । उक्त कार्यक्रममा २० जनाले रक्तदान गरेको छ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले देशभरमै उत्कृष्ट कार्यक्रम सहित कम्पनीको बार्षिकोत्सव मनाएको प्रमुख राईको दावी छ । राईले यस कम्पनीले बिगतबाटै बिमा सँगै सामाजिक काम गर्दै आएको जनाए । उनले...